February 19, 2015

TWO POEMS : 'GHAM RA AASHA' AND 'AAJ MALAI BADHAI CHHA'

[Two poems below today also. We sometime post poems also. The first is written  by a retired colonel of Indian army,  lives in New Delhi, a 4th generation immigrant whose ancestors probably were from Palpa, the Magar heartland in Nepal. He writes, "Many years later (after writing this poem) while reading the US Army General Colin Powell's biography, I read that he kept some motivational quotes under the glass on his desk and one of them read:-  “It ain’t as bad as you think. It will look better in the morning.” The other is by a young girl from Gorkha Proper who is now travelling India. She has such a powerful flow of expression. The message of the poem -  'do not lose hope, trust yourself because there are always better days ahead'.- The Blogger]



घाम र आशा


शिव ओम राणा
नयाँ दिल्लीभारत
बिहान झुल्केको घाम बुढोको आशा,
दिन रमाइलो होला नि !
दिउँसोको चर्को घाम
छोराछोरीहरुको चर्को माग,
छिमेकीहरुको निदिखोजी
के हो ?
कसो हो ??
कहाँ छौ  ???

सुन्दासुन्दै  बेलुकी भयो
घाम अस्तायो
तर यो विश्वाश दिलाउदै  कि
फेरि भोलि आउंला

आज भए
भोलि रमाइलो होला
आशा मार,
विश्वाश राख
मलाई हेर

कहिले बादलले छेक्छ ,
कहिले पानीले रोक्छ,
कहिले हिउँले ढाक्छ
फेरि पनि
मुसुक्क हास्दै
बिहान फेरि आउछु
त्यहिँ आशा लिएर कि


आज रमाइलो हुनेछ भोलि पनि त्यस्तै हुनेछ



*


आज मलाई बधाई !




- लिलु थापा मगर
गोरखानेपाल

मौनतामा कुण्ठित ति भावहरु
विशुद्ध ति शव्दहरु
कति मीठासपन थियो त्यहाँ
बुज्रुक बन्नुपर्दाको त्यो पल
नाप्नु पर्दाको लम्बाई चौडाई हरफहरु
अन्योन्याश्रित हाम्रा सम्बन्धहरु
आहा ! कति सुन्दर थिए ति पल
लामो समयको अन्तरालपछि
आज म त्यहि पल अँगालिरहेकि छु
त्यसैले त
बधाई छ, आज मलाई !


हाम्रा अनुभूतिको जीनमय प्रतीक
लुप्त हुन चाहँदैन मेरो स्मृतिको मानसपटलमा
र त आज
पाएका तिम्रा भेटहरु
सम्बोधन कसोरी गरुँ म
कुन शव्दले तारिफ गरुँ म
तिम्रो उपस्थितिको खुशीले
सुनामी छालहरु झै
ब्यग्र छन् भावहरु
तिम्रो पर्खाइको मज्जा बेग्लै
विरसिला भावहरुलाई
सार्वजनिक गर्नुको मज्जा बेग्लै
प्रेमिला शुक्ष्म ति तन्तुहरुले हामीलाई
सुललित रुपबाट बाँधिदिईरहेको
आभाषको मज्जा बेग्लै
र त
बधाई छ आज मलाई !


थकित सुस्केराहरुले सिञ्चित
गरिरहनु पर्दाको त्यो नमीठो क्षण पश्चात्
तिम्रो भेट आज अक्षरहरु मार्फत
न त कतै विचलन
न त कतै विघटन
नियतिको विग्रहले टाढा रहनु पर्दाको त्यो पल
वियोगको शैय्यामा टाँगिदै गर्दाको त्यो पल
अनि भ्रुणको हत्या हुनै लाग्दाको यो पल
आज अनयासै
खुशीको ज्वारभाटा एकै साथ
विनिमय गर्न पाउँदाको यो पल
आत्मीयताले शिखर चुम्दै गर्दा
शव्दहरुको खात लगाएरै भएपनि
आज मलाई बधाई छ !

बधाई छ, आज मलाई !




*