[An
interesting read shared here below today in Nepali language. In the shared
article 'dhākā hoīna thākā' the author, Rāj Kumār Dikpāl discusses the origin
of one of the most popular Nepali dresses - 'dhākā' which he says - 'no dhākā'
but 'thākā'. He brings in some instances from Mūndhūm, the Limbu sacred book
and writes Yūmā, who is worshipped as one of the deities in Limbu community,
while weaving fabrics in her loom the shuttlecock made sound - 'thākā, thākā' and thākā,
thākā' and thus the woven piece of fabric received its name 'thākā'. He
argues,'thākā' later became 'dhākā'
which is one of the cultural dresses of
Limbu people in east Nepal. The author provides a historical record also that
Jung Bahadur Rana's sister Dambar Kumari buying some clothes from Dhaka, now
the capital city of Bangladesh, had sewn 'dhākā hat' to appease her brother. On formal occasions in Nepal, men
wear 'dhākā hats' and women wear 'dhākā shawls'. If we take it phonetically,
the minimal pair 't' and 'd' in 'thākā and 'dhākā' offer more convincing answer
as to how 'dhāka clothe' should have originated in the Himalayan country. - The
Blogger]
ढाका होइन थाका
लेखक
राजकुमार दिक्पाल
यात्राका
क्रममा
सिक्किमतिर
जाँदै
थियौँ
। इतिहासकार
इमानसिंह
चेम्जोङको
जन्मजयन्तीका
अवसरमा
नेपाल
प्रज्ञा
प्रतिष्ठानका
तत्कालीन
कुलपति
वैरागी
काइँलालाई
सम्मान
गर्ने
कार्यक्रम
तय
गरिएको
थियो,
गान्तोकमा
। कुलपति
काइँला
मलाई
पनि
त्यतातिर
लैजाँदै
हुनुहुन्थ्यो,
एक
सञ्चारकर्मीका
रूपमा
। कुरा
प-यो,
सात
वर्षअघिको
।
धुलाबारीस्थित
वैरागी
निवासमा
उहाँलाई
लिन
सिक्किमका
चारजना
संस्कृतिकर्मी
तथा
भाषासेवी
आइपुगे
। एसआर
खजुम,
बिबी
मुरिङ्ला,
एचबी
खाम्दाक
र
बिर्ख
पेघा
हुनुहुन्थ्यो
। बाटोमा
एउटा
प्रसंग
निस्कियो,
ढाका
कपडासम्बन्धी
। एचबी
खाम्दाकले
भन्नुभयो,
‘हामीमाझ
प्रचलित
ढाका
कपडाको
खास
नाम
त
‘थाका’
हो
। उहिल्यै
युमाले
तान
हालेर
यस्तो
कपडा
बनाउँदा
थाक्–थाक्
गर्दै
आवाज
आउँथ्यो,
तानमा
थाक्–थाक्
गरी
आवाज
आउँदा
तानमा
बुनेको
कपडालाई
थाका
भनियो,
तर
पछि
बिगारेर
यसलाई
‘ढाका’
भनियो
।’
खाम्दाकको
शब्दमा
यसरी
बिगारेर
‘थाका’
भन्नुको
सट्टा
‘ढाका’
भनिएको
वा
भनाइएको
कपडा
अहिले
नेपाली
घरेलु
कपडा
उत्पादनलाई
सम्मानस्वरूप
राष्ट्रपति
विद्यादेवी
भण्डारीसमेतको
शरीरमा
कहिलेकाहीँ
सारी,
चोलो
र
पछ्यौरासम्म
भएको
देख्न
सकिन्छ,
विभिन्न
औपचारिक
समारोहमा
। टोपीका
रूपमा
त
ढाका
कपडा
स्थापित
छँदै
थियो
।
खाम्दाकले
यसो
भनिरहँदा
यसको
चार–पाँच
वर्षअघि
ढाका
कपडासम्बन्धी
इतिहासको
एउटा
मान्यता
नेपालमा
केही
सञ्चारकर्मीले
जबर्जस्त
स्थापित
गर्दै
गरेको
सम्झना
भयो
। उनीहरूले
स्थापित
गर्न
खोजेको
ढाका
कपडाको
इतिहाससम्बन्धी
मान्यता
यस्तो
छ,
‘जंगबहादुर
राणाका
बहिनीमध्ये
एकजना
डम्बरकुमारी
कलकत्ता
बस्थिन्
।
उनीसँग
जंगबहादुर
बेखुस
थिए
। बेखुस
दाजुलाई
खुसी
तुल्याउन
डम्बरकुमारीले
बंगलादेशको
ढाकाबाट
कपडा
ल्याएर
त्यसको
टोपी
बनाई
चढाइन्
। त्यसलाई
अलि
मौलिक
शैलीमा
ढालेर
नेपालमा
त्यही
खालको
कपडा
बुन्न,
बुनाउन
थालिन्,
त्यसलाई
पातलो
कपडाले
खोल
हालेर
पछ्यौरा,
टोपी,
चोलो
आदिका
रूपमा
प्रयोग
गर्न
थालियो
। त्यसलाई
‘डम्बरकुमारीको
खास्टो’
पनि
भनिन्छ
। के
अहिले
ब्यापक
रूपमा
प्रचलनमा
आएको
ढाका
कपडाको
इतिहास
यतिमै
सीमित
छ
? डम्बरकुमारीको खास्टोका रूपमा
प्रचलित
खास्टो
सहिद
दशरथ
चन्दले
पनि
उनकी
प्रेमिका
जुलियाना
मैयाबाट
उपहार
पाएका
थिए
। उनले
त्यही
खास्टो
ओढेर
विष्णुमती
किनारमा
गोली
थापे
।
डम्बरकुमारीको
खास्टो
ढाकाबाट
आएको
हुन
सक्छ
। त्यही
शैलीका
बुट्टा
भएका
कपडा
ढाका
कपडा
भए
होलान्
।तर,
अहिले
प्रचलनमा
व्यापकता
पाएको
तानमा
हातैले
बुनिएको
‘ढाका’
भनिएको
कपडा
लिम्बू
समाजको
मौलिक
उत्पादन
हो,
जसलाई
‘लिम्बुनी
ढाका’
पनि
भनिन्छ
। यसप्रकारको
ढाँचा
र
शैलीको
कपडा
जंगबहादुरकी
बहिनी
डम्बरकुमारीले
भित्र्याएको
पनि
होइन
। यसको
निर्माण,
उत्पादन
र
प्रचलन
त
लिम्बूकी
आराध्यदेवी
युमाले
सुरुवात
गरेकी
हुन्
। अनि
यो
जंगबहादुरकालीन
पनि
होइन
।त्यसैले
‘ढाका’
भनिँदै
आएको
यसप्रकारको
तानबुना
कपडालाई
लिम्बूहरूको
मुन्धुमी
मान्यताअनुसार
‘थाका’
भन्न
जरुरी
हुन
आएको
छ
।
जहाँ
युमा
त्यहाँ
धागो
लिम्बू
मुन्धुममा
युमा
विभिन्न
ठाउँमा
विचरण
गरेको
देखिन्छ
। जहाँ–जहाँ
उनी
पुगिन्,
त्यो
ठाउँलाई
पवित्र
ठाउँ
मानिन्छ
र
दर्शन
वा
पूजाआजा
गर्न
जाँदा
धागो
चढाइन्छ
। धागो
पनि
लामो
गरी
टाँग्दै
चढाउनुपर्छ
। यसरी
धागो
चढाउनुको
अर्थ
कपडा
बुनाइको
प्रतीकका
रूपमा
लिन
सकिन्छ
।लिम्बू
मुन्धुममा
एकजना
प्रतिभाशाली,
सुन्दरी
र
चमत्कारी
महिला
देखा
पर्छिन्
। उनलाई
एक
ठाउँमा
मात्र
होइन,
कहिले
कता,
कहिले
कता
देखिन्छ
। उनैलाई
‘युमा’
भनिन्छ
। लिम्बू
भाषामा
युमाको
अर्थ
हजुरआमा
हो
। ती
महिलाको
प्रतिभा,
सुन्दरता
र
चमत्कार
देखेर
उनलाई
उच्च
सम्मानका
साथ
‘हजुरआमा’का
रूपमा
सम्मान
गर्दै
युमा
भनियो
। मुन्धुमअनुसार उनलाई
जहाँ–जहाँ
देखियो
वा
भेटियो,
अधिकांश
ठाउँमा
उनलाई
तान
बुन्दै
गरेको
अवस्थामा
भेटियो
। उनीसँग
मुन्धुममा
वर्णित
स्थानमा
पवित्र
ढुंगा
छन्
। तिनै
ढुंगामा
आड
कसेर
उनले
तान
बुनेको
कथा
मुन्धुममा
वर्णित
छ
।
उनी
यम्बरी
याङधाङ्वा
(तमोरखोला)को
किनारको
लिङ्खिममा
तान
बुन्दै
गरेको
अवस्थामा
देखिइन्
। अहिले
यस
ठाउँमा
युमाको
विशेष
आराधना
गरिन्छ
। यसरी
आराधना
गर्दा
लिङ्खिमबाट
धागो
टाँगेर
तमोर
नदी
कटाएर
पारीको
फुरुम्बु
गाउँमा
पर्ने
माङ्युङ्सम्म
पु-याउँछन्,
भक्तजनले
।यस्तै,
ताप्लेजुङको
खेजेनिममा
एउटा
गढी
छ
। यसलाई
लिम्बू
भाषामा
‘यक्चे
यक’
भनिन्छ
। त्यहाँ
युमाले
तान
बिसाउँदा
विशेष
आवाज
आएर
थर्किदा
‘यचक्’जस्तो
आवाज
सुनिएका
थियो
। त्यही
गढीका
अधिपतिबाट
फैलिएका
सन्तान
आज
यक्सो
कहलाएका
छन्
।
यसैगरी
युमा,
ताप्लेजुङकै
माङपाङ्भे,
नाङखोल्याङ,
तेह्रथुमको
पोक्लाबुङ,
पाँचथर
र
धनकुटाको
सिमाना
सदामटार
आदिमा
तान
बुन्दै
गरेको
अवस्थामा
देखा
परिन्
। यी
ठाउँमा
पनि
लामो
गरी
टाँगेर
युमाको
नाममा
धागो
चढाइन्छ
। त्यसपछि,
उनी
हालको
संखुवासभामा
देखा
परिन्
। यस
क्षेत्रलाई
पहिले
पाँचखपन
भनिन्थ्यो
। त्यहाँ
याक्खा
महिलाका
रूपमा
डोको
बोकेर
देखा
परिन्
। उनकै
स्तुति
गाउँदै
अहिले
पनि
यस
क्षेत्रमा
याक्खाहरू
‘डोकेनी’
नाच
नाच्दै
युमाको
स्मृति
तथा
उपासना
गर्छन्
।
युमा
हालको
पाँचथरको
यासोकमा
अन्तिमपटक
देखा
परिन्
। त्यहाँ
मानिससँग
वार्तालाप
गर्दै
सुँगुर
पालेर
बसेको
अवस्थामा
देखा
परेकी
थिइन्
। त्यसपछि
उनी
अलप
भइन्
। यहाँबाट
अलप
भएकाले
युमालाई
‘यासोकेनी
महारानी’
पनि
भनिन्छ
। यी
मुन्धुमी
मान्यताबाट
के
विश्वास
गर्न
सकिन्छ
भने,
हाल
प्रचलित
जसलाई
लिम्बुनी
ढाका
पनि
भनिन्छ,
यो
जंगबहादुरकालीन
होइन
। लिम्बू
भाषामा
तानलाई
‘थाक्छुम
थाक्के’
भनिन्छ
भने
धागो
टाँग्ने
र
बुन्ने
प्रक्रियालाई
‘थाक्की
थेङ्मी’
भनिन्छ
। उनीहरू
तान
बुन्दा
‘थाक्–थाक्’
आवाज
आउने
विश्वास
गर्छन्
। यसरी
थाक्–थाक्
आवाज
आएर
बुनिने
कपडा
‘थाका’
हुन
पुग्यो
।
अर्को
महत्वपूर्ण भाषिक पक्ष
के
हो
भने
लिम्बू
भाषामा
ट,
ठ,
ड
ढ,
ण
उच्चारण
नै
हुँदैन
। त्यसैले,
अहिले
व्यापक
रूपमा
नेपालमा
प्रचलनमा
आएको
घरबुना
ढाका
भनिएको
कपडाको
खास
नाम
‘ढाका’
नभई
‘थाका’
हो
। यो
बंगलादेशबाट
आयातीत
वा
उताबाटको
सिको
नभई
मौलिक
नेपाली
उत्पादन
हो
भनेर
पनि
बुझ्न
जरुरी
छ
।
तान
बुनाइको
दार्शनिक
पक्ष
मुन्धुममा
युमा
विभिन्न
ठाउँमा
तान
बुन्दै
गरेको
अवस्थामा
देखिएको
प्रसंग
माथि
उल्लेख
गरियो
। उनले
लिम्बू
महिलाहरूलाई
तान
बुन्न
सिकाइन्
। लिम्बू
युवायुवतीको
चोत्लुङ
(शिर
उठाउने
अनुष्ठान)गर्दा
नालिगेन
थाङ्वेन
(ऊर्जाशील
तन्नेरी)
र
सिसागेन
मेन्छेन(सुन्दरी
तरुनी)हरू
दायाँबायाँ
हुन्छन्
। उनीहरूमध्ये
युवाहरू
पक्लुङ
(छेलो
) खेल्न थाल्छन्, यता
युवतीहरू
तान
बुन्न
थाल्छन्
। यसबाट
लिम्बू
युवाहरू
बलशाली
र
युवतीहरू
शिल्पयुक्त
हुन्छन्
भन्ने
मान्यता
लिम्बू
मुन्धुमबाट
प्रकट
हुन्छ
।यसरी
छेलो
खेल्दै,
तान
बुन्दै
गर्दा
बिसौनीमा
लिम्बू
युवा–युवती
हाक्पारे
गाउँछन्
। दुःखसुख
साट्छन्
।लिम्बू
मुन्धुमको
अध्ययनका
आधारमा
अहिले
त्यसको
दार्शनिक
मान्यता
निर्माणमा
व्यस्त
हुनुहुन्छ,
डा.
चैतन्य
सुब्बा
। डा.
सुब्बाबाट
यस
लेखकलाई
व्यक्त
भएको
युमा
र
तानको
विषयको
दार्शनिक
पक्ष
यस्तो
छः
लिम्बू
भाषामा
तानलाई
‘थाक्छुम
थाक्थे
भनिन्छ,
र
यसका
लामा–लामा
धागामा
गरिने
तनौटो
बुनौटोलाई
‘थाक्थिथेङ्की’
भनिन्छ
। धागोले
मानिसको
जीवन
र
समुदायको
चित्रण
गर्छ
। जसरी
धागो
एक–आपसमा
बुनिएर
कपडा
बन्छ,
त्यसैगरी
समाज
पनि
एक–आपसमा
अन्तरसम्बन्धित
बन्धनमा
बाँधिएर
निर्माण
भएको
हुन्छ
भन्ने
जनाउँछ
। यसले
सामूहिकतावादको
अर्थ
खुलाउँछ
। यस्तै,
ढाका
कपडामा
देखिने
बुट्टा
आदिम
किसिमका
छन्
। यसले
तत्कालीन
समाजको
चित्रण
गर्छ
।
लिम्बू
मुन्धुममा
वर्णित
तागेरा
निङ्वाफुङमाङ
देह
दृष्टिमा
आउँदैनन्
। तर,
युमा
ठाउँ–ठाउँमा
देखा
पर्छिन्,
तान
बुन्दै
गरेको
अवस्थामा
। त्यसैले
परमचेतनायुक्त
तागेरानिङ्वाफुङ्को
अवतारका
रूपमा
युमालाई
लिन
सकिन्छ,
जसले
धागोबाट
कपडा
बनाउन
सकिन्छ
भन्ने
सीप
सिकाइन्
। अहिले
युमाले
सिकाएको
यही
सीप
उद्यमशीलतामा
विकसित
हुन
पुगेको
छ
। सम्भवतः
त्यस
समयमा
रूखका
बोक्रा,
जनावरका
छाला
आदिबाट
बनेको
बस्त्र
पहिरिई
हिँड्ने
मानिसहरूलाई
युमाले
कपडा
बुनेर
लगाउन
सिकाइन्
।
डा.
सुब्बाले
उल्लेख
गर्नु
भएको
लिम्बू
महिलाको
सीप
तान
बुन्नु
र
त्यस
सीपमार्फत
आत्मनिर्भर
हुनु
पनि
हो
। लिम्बू
जातिमा
विवाह
गर्दा
बेहुला
पक्षले
बेहुली
पक्षलाई
रीत
तिर्नुपर्छ
। अहिले
क्रमशः
रीत
लिने
चलन
प्रतीकात्मक
मात्रै
बन्दै
गइरहेको
छ
। पहिले
बेहुलापक्षले
ससुरालीलाई
ठूलो
रकम
रीत
तिर्नुपथ्र्यो
। विभिन्न
शीर्षकमा
यस्ता
रीत
तिर्नुपथ्यो
। तीमध्ये
‘योक्याङ्वा’
शीर्षकमा
पनि
रीत
तिर्नुपथ्र्यो
। यो
भनेको
छोरीलाई
घर
गरी
खाने
सीप
माइतीपक्षले
सिकाएबापत
बेहुला
पक्षले
तिर्नुपर्ने
रीत
हो
। यसमा
निकै
ठूलो
रकम
तिर्नुपर्ने
हुन्थ्यो
।
यस
लेखकसँग
आफ्नै
बराजु
भगिवन्त
लिम्बूको
बिक्रम
संवत्
१९३२
वैशाख
सुदी
१४
रोज्
३
मेवाखोलाकी
शुभहाङ्मा
नामकी
कन्यालाई
विवाह
गर्दा
विभिन्न
शीर्षकमा
रीत
तिरेको
कागज
सुरक्षित
छ
। त्यस
कागजमा
सबैभन्दा
बढी
यही
शीर्षकमा
२५
रुपैयाँ
रीत
तिरेको
देखिन्छ
।यताबाट
नियाल्दा
पनि
लिम्बुनीहरूको
कपडा
बुन्नेलगायतका
सीपको
महत्वको
स्पष्ट
झल्को
देख्न
सकिन्छ
।