[On the occasion of 'Vijaya Dashami - 2073'
Bikram Sambat, an interesting article is posted here today for discussion. The
author of the article has a bit long-range view here that Emperor Ashoka
started observing 'Vijaya Dashami' and which may simply not be accepted by all.
If a reader only reads Moda Nath Prashrit's 'Devasura Sangram' (2030), s/he can
easily understand how societies developed overtime in South Asia. The author's
opinion as such may not be substantiated by historiography, archeology, sociology
or even genetics. People have different opinions about the origin of 'Dashain'
or 'Vijaya Dashami' and in Nepal's context, it's fundamentally a
religious ritual or 'weapon worship'(not dropping any weapons as discussed by
the author in the article) performed for
the expansion of Gorkha Kingdom - so to say King Prithvi Narayan Shah brought
this festival in Kathmandu. 'The Other Gorkha' beneath Nagarjun Mountain in
Kathmandu is an evidence. This festival commemorates the struggle between (which
still continues some way or the other) two groups of peoples - the Aryans or the
invaders and the Asuras , the indigenous peoples. A recent story on Sushma Asura (सुषमा असुर) from Sakhuwapani
Gurdari Panchyat, Bishanpur, Gumla District of Jharkhand, India and another report on
Mahisahsura may suffice here. - The
Blogger]
लेखक केदार शाक्य
इतिहासको एक
कालखण्ड थियो । मगध सम्राट चक्रबर्ती अशोकले कलिंग युद्ध जिते । राजधानी पाटलीपुत्रमा
दश दिनसम्म विजय उत्सव मनाइयो । युद्धमा एक लाख मानिस बलिदान भएका थिए । अखण्डभारतको
निर्माण भयो । तथापि उनको मनमा असह्य डाहा
उत्पन्न भयो । छटपटी भयो । मन अशान्त भयो । बिक्षिप्त र बिचलित भयो । यति धेरै मानिसको बलिदानको जिम्मेवार उनी स्वयम थिए । आश्विनशुक्लपक्ष दशमीका दिन सम्राट
अशोकले शस्त्रत्यागेको घोषणा गरे । संयोगले हिन्दुहरुको विजयादशमी कै दिन पर्नगयो ।
मौर्यवंशका संस्थापक महान सम्राट चन्द्रगुप्त मौर्यको तलवार उनका पुत्र सम्राट विन्दुसारलेप्राप्त
गरे । त्यही तलवार सम्राट विन्दुसारका पुत्र चक्रबर्ती महान सम्राट अशोकले कलिंग विजयपश्चात
सदाका लागि त्यागे । उनी आजीवन बुद्धको शरणमा गए । जतिसुकै ठूलो शत्रु भए पनि क्षमादान उत्तम हो ।
आमा धर्माबाट
पाएको शिक्षा यही थियो । ब्राह्मण कन्या धर्माले सम्राट विन्दुसारसित विवाह पश्चात
अनेक कष्ट सहनु परेको थियो । उनमा बदलाको भावना अलिकति पनि थिएन । सम्राट अशोक आमालाई पितासम्राट बिन्दुसारलाई भन्दा
धेरै श्रद्धा गर्थे । रागदरवारीका कारण धर्मालाई षडयन्त्रगरी मारे । अशोकले दुइ शत्रुसंग
प्रत्यक्ष लड्नु परेको थियो । आन्तरिक र बाह्य शत्रुसंग लडेर अन्ततः विजय हासिल गरे
। अन्ततःगत्वाकलिंग युद्धको परिणाम पछि उनमा महान परिवर्तन आयो । हृदय परिवर्तन भयो
।
सम्राट अशोक
संसारको इतिहासमा संझनयोग्य छन् । उनले बुद्ध तीर्थस्थलहरुको भ्रमण गरे । बुद्धजन्मस्थल
लुम्बिनीमा दर्शन पुजन गरे । ब्राह्मीलिपिमा अभिलेख सहित देवानामःपियतिष्य अर्थात देवताहरुका
पनिप्रिय सम्राट अशोक भनि उल्लेखगरी अशोकस्तम्भ खडागरे । "हिद भगवं जाते ति लुं मिनी गामे" लेख्न लगाएरशाक्यमुनि बुद्ध यहाँ लुम्बिनीमा जन्मिएको
कुरा प्रमाणित गरे । बुद्ध महापरिनिर्वाणको
दुइ सयबर्षपछि सम्राट अशोक लुम्बिनी दर्शन पुजनमा आए । सम्राट अशोकले बिभिन्न स्थानमा
शिलास्तम्भहरु खडा गरेका छन् । 'हिद बुधे जाते साक्य-मुनि
ति' भनेर यहाँ मात्र लेखे । इतिहासको यही आधारमा सन१९९७ मा लुम्बिनीलाइ युनेस्कोले
बिश्वसम्पदा घोषित गरेको हो । उनी राज्यशासनको
बीसौं बर्षमा आफ्ना गुरु भिक्षु उपगुप्तसित तीर्थस्थल भ्रमणमा आएका थिए । लुम्बिनीमा
अशोकस्तम्भ खडागरेपछि सम्राटलेबाटोघाटो बनाए । कुवा खनाए । किसानहरुका लागि पैनी,कुलो बनाए । यहाँ यौटा बिषय उल्लेखनीय छ । शिलाभिलेखमा उल्लेख
भएको .... 'अठ- भागीयचःको शाव्दिक अर्थमा रहेको बिबाद
अझै पनि समाधान भएको छैन । बुद्धजन्मस्थल लुम्बिनीका जनतालाई आठभागको एक भाग मात्र
कर तिरे पुग्ने हिसाबले कर मिनाह गरिदिए भन्ने अर्थ पुरातत्वबिभाग आदी सरकारी पक्षले
लगाएको छ । तर केही भारतीय विद्वानहरुले भने बुद्धको अस्तुधातु आठ भागमा बाढेर आठ दिशामा विशाल चैत्यहरु बनाइएको
भन्ने तर्क अगाढी सारेका पनि छन् । तर यी सबै
तर्कहरुमा इतिहासविद, विद्वतबर्ग सहमत छैनन् । बिपक्षमा छन् । यो अर्थसंग एकमत छैन
। यसको सही अर्थ आर्यअष्टांगिक मार्गमा लाग भनिएको हो भन्ने धेरैको दाबी छ । सत्य पनि यही हो ।
कलिंगसित मगध
साम्राज्यको पुस्तैनी दुष्मनी थियो । कलिंगकी राजकुमारी कौरवकी र अशोकको प्रेम थियो
। विवाह अर्कै नारी देवीसित भयो । विवाह पक्का भएपनि कौरवकीका पिता राजा जनार्दनले
अनौठो शर्तराखे । विवाह पछि मगधले कलिंंगको आधिपत्य स्वीकार गर्नुपर्छ । सम्राट विन्दुसार
र अशोकलाइ शर्त बिल्कुलै स्वीकारयोग्य थिएन । मगध साम्राज्य झनै शक्तिशाली थियो । सम्राट अशोकले शस्त्र त्यागगरीशान्तिमार्ग अवलम्बनगर्ने
कारणहरुमा अन्य केही महत्वपूर्ण पक्षहरु पनि मान्न सकिन्छ । लाखौं मानिसको बलिदानबाट
प्राप्तहुने राज्यसुख भन्दा धम्मविजयको सुझबुझ अपनाउनुमा श्रेयष्कर हुन्छ । उनलाई यसकोमनोवैज्ञानिक अभास
हुनुमा अन्य कतिपय पक्ष रहेको विश्वास गर्नसकिन्छ । आफु सम्राट बन्न उनले १६ जना सौतेनी
आमाहरुबाट जन्मिएका ९९ जना दाजु भाइहरुको हत्या गरेका थिए । राज्यशक्ति प्राप्तीमा
उनले थुप्रैयुद्ध,जनहत्या र हिंसात्मक
घटनाहरुको सामनागर्नु परेको थियो । अनेक हिंसात्मक घातप्रतिघात प्रतिशोधको मुलकारण
बन्न सक्छ भन्ने मनोवैज्ञानिक आभाष उनलाई भयो ।
धम्मविजयको
मार्ग अपनाउन आमा रानी धर्माको प्रभाव यौटा पक्ष थियो । तथापि उनकी अर्की रानी विदिसाको
सहयोग विशेष् उल्लेखनीय छ । वेदिस नगरकी कन्या विदिसा बौद्धकुलकी थिइन् । बिडुडभले कपिलबस्तुमाथि आक्रमण गरेर चौहत्तर हजार शाक्यहरुको बध गरे । आमसंहारबाट बचेर
पलायनभएका शाक्यवंशीय एक परिवारकी सन्तान विदिसासित सम्राट अशोकको गान्धर्व विवाह भएको
थियो । उनकैकोखबाट महेन्द्र र संघमिता जन्मिएका
थिए । सम्राट अशोक एकताका युद्धमा गएका बेला वेदिसा नगरमा बास बसेका थिए । चैत्य पुजागर्न
गइरहेकी विदिसालाई देखेर उनी मोहित भएका थिए ।अशोकले विदिसासित विवाहका लागि प्रस्ताब गरे । अशोक उनकै घरमा बास
बसेका थिए । सम्राट अशोकले पहिलो सन्तान छोराको नाम महेन्द्र राखे । दोस्रो सन्तान
छोरीको नाम रानी विदिसाले आफै बौद्धविधिअनुसार संघमिता राखिन्। सम्राटले स्वीकृति प्रदानगरेका
थिए ।
अशोकलाई धम्म
उपदेशमा आकर्षितगर्नमा रानी विदिसाको हात रहेको देखिन्छ । ३२ बर्षको उमेरमा सम्राट
बनेका अशोकको ७२ बर्षमा देहान्त भयो । उनले १४ बर्षपछि मात्र मगधसम्राट बिन्दुसारलाई
पिता भनेरचिनेका थिए । रानी धर्माले दरवारिया षडयन्त्रका कारण हत्या हुने देखेर अशोकलाई
उनको पिताको नाम बताएका थिएनन् । अर्को बिडम्बना थपियो । पिताको पहिचान पछि पनि उनले
दश बर्षसम्म अज्ञातस्थलमाचण्ड बनेर बस्नुपरेको थियो । आफुलाइ भन्दा वोधिवृक्षलाई बढी मायागरेको देखेर
सम्राट अशोककी अर्की रानी असन्धिमित्राले वोधिवृक्षमा बिष खन्याउन लगाइन् । वोधिवृक्ष
सुक्यो । यसबाट सम्राटलाइ झनैशोक उत्पन्न भयो । पछि पुनः राजबैद्यहरुले जरामा दूध हालेर
बचाएका थिए ।
बुद्ध उपदेशलाई
ब्याबहारिक बनाउन उनले लोककल्याणकारी थुप्रैकार्य गरे । आफ्ना जनतालाई सुखसुविधा दिन
गाउँगाउँमा खानेपानीको व्यबस्था गरिदिन्थे । बाटोघाटो बनाइ दिन्थे । उनमा आएको हृदयपरिवर्तनको
यौटा अर्कोपक्ष बौद्ध साहित्यमा यसरी पनि उल्लेख छ । एकदिन शान्तभावमा सडकमा पिण्डपात्र लिएर हिंडिरहेका
निग्रोध श्रामणेरलाई देखे । सम्राटले उनलाई दरवारमा बोलाएर सोधे । तिमी को हौ ?निग्रोध श्रामणेरले
शान्त भावले भने । राजकुमार सुसिमका
पुत्र हुँ । उनी सम्राटका सौतेनी दाजु राजकुमार सुसिमका छोरा थिए । सम्राटले श्रामणेरलाई
सोधे । मैले तिम्रो पितालाई मारें । तिमी त्यसको बदला लिनचाहदैनौ ? श्रामणेरले आफु बुद्धको शरणमा गएकाले कुनै पनि बदलाको भाव मनमा
नभएको बताए । उनी ५ बर्षको उमेरमा नै श्रामणेर भएका थिए । इतिहासविदहरु भन्छन् सम्राट अशोकलाई धम्मराज्यखडागर्नमा
यसको पनि प्रभाव परेको थियो ।
महान चन्द्रगुप्त
मौर्यले आचार्य चाणक्यको मार्गनिर्देशमा मगध साम्राज्यको स्थापना गरेका थिए । उनका पुत्र सम्राट बिन्दुसारले आन्तरिक र
बाह्य शत्रुहरुसित लड्नु परेको थियो । उनी माथि ब्राह्मणवादी दरवारियाअधिकारीहरुको
मनोवैज्ञानिक दवाव थियो । महान सम्राट अशोकले ब्राह्मणबादी दरवारिया अधिकारीहरुको दबदबालाई
अन्त्यगर्न पनि शस्त्रत्यागको घोषणा गरेका थिए । सम्राट अशोकले धम्मराज्य बिस्तारकोघोषणापछि
बौद्धभिक्षुहरुलाई नियमित भोजनदान गर्थे ।
इतिहासबिदहरुको उपरोक्त भनाइ यसरी पनि पुष्ठी हुन्छ । अशोकको दरवारमा दिनहुँ पाँचसय भिक्षुहरुलाई भोजनदान हुन थालेपछि छद्मभेषीभिक्षुहरुको संख्या बढ्न थाल्यो । सम्राटको आदेश भन्दै ब्राह्मणबादी दरवारियाहरुले दरवारमा नै हिंसा मच्चाए । सम्राटले थाहा पाएर पछि रोकेका थिए । जीवनको अन्तिमकालमा उनी असक्त र दयनीय भएपछिउनको आदेशको पालना हुन छाड्यो । भिक्षुहरुलाई दानदिने कार्यमा दरवारियाहरुबाट बाधा खडा गरियो । सम्राटले आफुसंग भएको अन्तिम स्वर्णमुद्रा दानदिन भनिकन आचार्य राधा गुप्तलाई दिए ।उनी आचार्यचाणक्यका नाति भनि इतिहासमा उल्लेख गरिएको छ । आचार्य चाणक्य पछि यिनी अशोकका सहयोगी थिए ।
इतिहासबिदहरुको उपरोक्त भनाइ यसरी पनि पुष्ठी हुन्छ । अशोकको दरवारमा दिनहुँ पाँचसय भिक्षुहरुलाई भोजनदान हुन थालेपछि छद्मभेषीभिक्षुहरुको संख्या बढ्न थाल्यो । सम्राटको आदेश भन्दै ब्राह्मणबादी दरवारियाहरुले दरवारमा नै हिंसा मच्चाए । सम्राटले थाहा पाएर पछि रोकेका थिए । जीवनको अन्तिमकालमा उनी असक्त र दयनीय भएपछिउनको आदेशको पालना हुन छाड्यो । भिक्षुहरुलाई दानदिने कार्यमा दरवारियाहरुबाट बाधा खडा गरियो । सम्राटले आफुसंग भएको अन्तिम स्वर्णमुद्रा दानदिन भनिकन आचार्य राधा गुप्तलाई दिए ।उनी आचार्यचाणक्यका नाति भनि इतिहासमा उल्लेख गरिएको छ । आचार्य चाणक्य पछि यिनी अशोकका सहयोगी थिए ।
सम्राट अशोकले
बिभिन्न देशमा धम्मदुत पठाए । आफ्ना छोरा महेन्द्रलाई बौद्धभिक्षु बनाएर धम्म प्रचारका
लागि श्रीलंका पठाए । त्यहाँका राजा दुठ्ठगामिनिलाई बुद्धअस्तुधातु उपहार पठाए । सुनको
पात्रमापठाइएको बुद्धअस्तुधातु राजाले समुद्रमा कम्मरसम्म पानीमा भिजेर आफै ग्रहणगर्न
लाग्दा अदुभुत दृश्य देखियो । अस्तुधातु राखिएको सुनकोपात्र उडेर राजाको शिरमा पर्नगयो
। राजा आनन्दले भाव विभोर भए ।बुद्धको जीवनकालमा नै झरेको अर्को दन्तधातु चीनमा पनि
सात किसिमको हिरा,मोति,जवाहरातहरुले सजाएर बेइजिंगको एक बुद्धचैत्यमा दर्शनको लागि राखिएको छ । श्रीलंकामा आज पनि महेन्द्रमहास्थविरलाई बुद्धपछि
अत्यन्त श्रद्धा गरिन्छ । उनले अशोकको धम्मराज्य बिस्तारमा योगदान गरेका छन् । छोरी
संघमितालाई पनि सम्राटले धम्मदुत बनाएर श्रीलंका पठाए । उनिहरु दुबैले धम्मप्रचार गरे
।अर्कोपटक संघमिताका छोरालाई समेत महेन्द्र
महास्थविरको आग्रहमा श्रामणेर बनाएर उसैको साथमा राजालाई वोधीबृक्षको कलमी उपहार पठाए
। बुद्धअस्तुधातु र वोधिबृक्ष कलमी अहिले यहींबाट नेपालमासमेत उपहारमा ल्याइएको छ ।
कुशीनारामा
बुद्धमहापरिनिर्वाणपछि आठभाग लगाइ श्रद्धपूर्बक स्तुपबनाइ राखिएको बुद्धअस्तुधातुहरुको
खोजीगरी सम्राट अशोकले चौरासीहजार स्तुपहरुमा
राखेका थिए । रामग्राममा कोलियहरुबाट सुरक्षितअस्तुधातुहरु नागहरुले रक्षागरी
राखेको हुँदा त्यसै छाडिएको बौद्ध साहित्यमा उल्लेख छ । रामग्राम अहिले नवलपरासी जिल्लामा पर्छ। बुद्धअस्तुधातु
भूगर्भमा नै सुरक्षित रहेको विश्वास छ । अंग्रेज शासनबाटस्वतन्त्र भएपछि भारतको तिरंगा
राष्टिय झण्डामा राखिएको धम्मचक्रलाई अशोकचक्र भनिन्छ । वास्तवमा त्यो धम्मचक्र हो
। धम्मविजय पछि सम्राट अशोकले धम्मचक्र प्रयोगमा ल्याएका थिए । अशोक चैत्यःलिपिविशेषज्ञ हेमराज शाक्यको स्वयम्भूमहाचैत्य
ग्रन्थमा उल्लेख छ । सम्राट अशोक नेपाल आएका थिए । उनले आफ्नी छोरी चारुमती नेपालका
राजकुमार देवपालसित विवाह गरिदिए । बुद्धपुजा र उपासनाकालागि चाबहिलमा विहार बनाइ दिए
। ललितपुरमा चारयुग सत्य,त्रेता,द्वापर र कलियुगको प्रतिकस्वरुप चार दिशामा माटोको ढिष्को उठाएर
चारवटा चैत्य निर्माण गरेका छन् । जनबोलीमा अशोक चैत्यः नै भनिन्छ ।इमाडोल,लगनखेल र पुलचोकमा अद्यापि छ । यौटा पिमबहालमा भएको विश्वास
छ । तर जग्गा अतिक्रमणबाट अस्तित्वमा छैन ।
सम्राट अशोकको
धम्मविजयको अभियान नेपालमा पनि प्रत्यक्ष परेको छ । अशोक चैत्य नेपालमा पनि विद्यमान छ । दोलखामा रहेको
ढुंगाको कलात्मक चैत्यहरुलाई पनि जनबोलीमा अशोक चैत्यः नै भनिन्छ ।महान सम्राट अशोकले
धम्मविजय कै सिलसिलामा नेपालमा पनि चैत्यहरु
निर्माण गरेर बुद्ध र धम्मको प्रचारमा उल्लेखनीय योगदान गरेका छन् । प्रत्येक बर्ष
आश्विन शुक्लपक्ष दशमीका दिन नेपालमा पनिअशोक शस्त्रत्याग विजय दिवस मनाइन्छ । संयोगले
यो दिन हिन्दुहरुको विजयादशमी कै दिन पर्नेभए पनि प्रबुद्ध बौद्धहरु सम्राट अशोकको
धम्मविजय दिवसका रुपमा सभा समारोहका साथ मनाउँछन्
।
संदर्भ सामग्रीहरुः
१.आचार्य भिक्षु
अमृतानन्द लिखित बुद्धकालीन राजाहरु ।
२.,, ,,
,, ,, सम्राट अशोक ।
३.इतिहासविद
भुवनलाल प्रधान लिखित लुम्बिनी संबन्धी पुस्तकहरु ।
४.भिक्षु सुदर्शन
लिखित लुम्बिनी संबन्धित पुस्तकहरु ।
५.डा.भीमराव
अम्बेदकर लिखित पुस्तकहरु ।
६.भदन्त आनन्द
कौशल्यायन लिखित पुस्तकहरु ।
७.बिभिन्न अन्तरराष्टीय
तथा राष्टीय बौद्धसम्मेलनमा प्रस्तुत कार्यपत्रहरु ।
८.राष्टिय दैनिक
गोरखापत्र,कान्तिपुर,दि राइजिंग नेपाल,मधुपर्क मासिक, एवं देशी विदेशी