September 14, 2014

FOR THEIR HEALTHCARE ABROAD NEPALESE LEADERS' ABUSIVE EXERCISE OF AUTHORITY

[We share today an oped with Online Khabar from Kathmandu. It is about Nepalese leaders' abusive exercise of authority, pertaining to their healthcare abroad and; thereby national wealth drain out - while common people die of common diseases in the country. These power abusing leaders include the president, prime ministers, party leaders, prime minister's wives and other leaders also. The Kathmandu media had once reported those leaders 'misusing' over a billion Nepalese rupees just in five months only. Speaking to the online, Dr. Sundar Mani Dikshit, a renowned physician and forefront civil society activist of Nepal told it was not so during the Panchyat System - even King Mahendra had not sent his queen to India for treatment. Dr. Dikshit had treated former prime-ministers, other ministers in Kathmandu's Bir Hospital, the once iconic and oldest hospital in the country. - The Blogger] 


कहाँबाट आउँछ सुशील कोइरालाको उपचार खर्च ?
डा. दीक्षित भन्छन् - विदेश जाने भए आफ्नै पैसाले जाऊ !


Dr. Sundar Mani Dikshit, a renowned physician and forefront civil society
activist of Nepal
२९ भदौ, काठमाडौं । नागरिक समाजका अगुवासमेत रहेका डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री सुशील कोइरालाको उपचार नेपालमै हुन सक्ने बताएका छन् ।

जनताबाट उठाइएको कर र विदेशमा मृत्यु भएका नेपाली जनताको लाससँगै साटिएको रेमिट्यान्स खर्च गरेर प्रधानमन्त्री कोइरालाले अमेरिकामा महंगो उपचार गराएको डा. दीक्षितको गुनासो छ । नेताले विदेशमै उपचार गराउने भए राष्ट्रको ढुकुटीबाट नभई आफ्नै निजी खर्चले गर्नुपर्ने उनको सुझाव छ ।

विदेश जाने भए आफ्नै पैसाले जाऊ !

नेताहरुको स्वास्थोपचारको कुरा गर्दा मेरो मान्यता के छ भने आम नागरिक आफ्नो खर्चमा जहाँ उपचार गर्न जान्छन्, जाउन् । राष्ट्रलाई देन दिएका घाइते, अपाङ्गहरुलाई राष्ट्रले उपचार गर्छ भने त्यसमा पनि मलाई केही भन्नु छैन ।

सुशील कोइरालाको उपचार भरतपुरमा पनि हुन्थ्यो । यहीँ भक्तपुरमा पनि क्यान्सर अस्पताल छ । करोडौं खर्च गरेर न्युयोर्क जाने त्यो पैसा कहाँबाट आएको छ, थाहा छ ?

तर, जुन नेताहरु निर्णय गर्ने ठाउँमा पुगेका छन्, तिनीहरुले स्वदेशमै हस्पिटल बनाउन सक्छन्, यहाँ उपचारको राम्रो व्यवस्था गर्न सक्छन्, यस्ता नेताहरुले औषधोपचार गर्न बाहिर जान हुँदैन । गए पनि आफ्नै पैसाले जाउन् । सरकारी पैसाले जान पाइँदैन ।

कुनै पनि नेता जहाँ जान चाहन्छ जाओस्, तर, ऊ आफ्नो पैसामा जाओस् ।

दोस्रो कुरा, राष्ट्रले कसैलाई पठाउनु छ भने, एबीसी कुनै नेताले विदेशमा उपचार गर्न जानुपर्‍यो भने उनीहरुले निवेदन दिनुपर्छ । तर, निवेदन के दिन्थे, आफूखुशी गर्छन् ।

ठूला नेताहरु, जस्तो मण्डेला भनौं, उनलाई राष्ट्रले नै घपक्कै मायाले ढाकेर जहाँ पुर्‍याएर हुन्छ, जनताले बचाउन चाहेका हुन् । गान्धी भए पनि त्यही हुन्थ्यो । अहिले सिंगापुरको लि क्वानलाई त्यही नै हुन्छ ।

यहाँ अहिले वीपी कोइराला भएको भए पनि त्यही नै हुन्थ्यो होला । तर, आजको दिनमा मेरो यो मुलुकका आउरे-बाउरे जोसुकै नेतालाई हाम्रो राष्ट्रको ढुकुटीबाट पैसा दिएर, करोडौंको सम्पत्ति खर्च गरेर विदेश पुर्‍याउनु कुनै पनि हालतमा सही होइन । उनीहरुको काम त यहाँको स्वास्थ्य सेवा प्रत्येक नागरिकलाई दिन सक्ने बनाउनुपर्थ्यो ।

आज राउटेले केही पाउँदैन । चेपाङले केही पाउँदैन । डोटीका मान्छे झाडा पखालाले मर्दा उनीहरुले केही नपाउने, यिनीहरुलाई चाँहि एयर एम्बुलेन्स दिएर पठाउने ? यिनीहरुको क्यान्सरको उपचार न्युयोर्क जानुपर्ने ? यिनीहरुले मुलुकलाई के देन दिएका छन् ? केही पनि दिएका छैनन् । मैले हैन, जनताले भन्नुपर्छ यो नेताले देशलाई यो देन दिएको छ, उसलाई हामीले बचाउनैपर्छ । त्यो अवस्थामा कुनै नेता छ भने ठीक छ, राष्ट्रको ढुकुटीबाट उपचार गर्दा हुन्छ । नत्र भने नो ।

सुशील कोइराला विदेशै जार्नुपर्थ्यो ?

हैन । विदेशै जानुपर्ने अवस्था थिएन । सुशील कोइरालाको उपचार भरतपुरमा पनि हुन्थ्यो । यहीँ भक्तपुरमा पनि क्यान्सर अस्पताल छ । बढी नै भए दिल्ली गएको भए पनि हुन्थ्यो नि ।

लोकेन्द्रजी म तपाईलाई हस्पिटल भर्ना गर्छु । तपाई नेता मान्छे, म तपाईलाई जनरल वार्डमा भर्ना गर्छु, क्याबिनमा गर्दिँंन है । लोकेन्द्रबहादुर साह्रै सरल मान्छे, उहाँले हुन्छ भन्नुभयो ।

करोडौं खर्च गरेर न्युयोर्क जाने त्यो पैसा कहाँबाट आएको छ, थाहा छ ? या त मेरो ट्याक्सबाट, या त खाडीबाट लाससँग आएको पैसा हो । यसै गरेर हामीले काम गर्ने हो त ?

राष्ट्रपति कोलोनोस्कोपी गर्न जापान गए

राष्ट्रपति डा. रामवरण यादव जापान जानुभो । एउटा कोलोनोस्कोपी गर्न जानु भो । त्यो केका लागि ? धेरै कुरा भन्न सकिन्छ, त्यहाँभित्र क्यान्सर देखिएको भए त्यहीँ उपचार हुन्थ्यो भन्न सकिएला । तर, नेपालमै एक से एक डाक्टर त छन् नि । इण्डियामै छैनन् र ? नेपालमा पनि छन् । जापान नै किन जानुपर्थ्यो ?

बीपी कोइरालाको क्यान्सरका कारण जीपी कोइरालाले चितवनको भरतपुरमा क्यान्सर अस्पताल खोलेको होइन र ? त्यहाँ कोही नेता किन नजाने ? त्यसलाई के पत्रु बनाइदिने ? सबै नेताचाँहि उपचार गर्न विदेश जाने हो भने अनि आम नागरिकको हस्पिटल कसरी सपि्रन्छ, मलाई बताइदिनोस् त ।

लोकेन्द्रबहादुर वीर अस्पतालमा भर्ना भए

वीरेन्द्र राजाका पालामा सूर्यबहादुर थापा प्रधानमन्त्री थिए, त्यसबेला लोकेन्द्रबहादुर चन्द मेरोमा आएर उपचार गर्नुहुन्थ्यो । एक दिन मैले यस्तो देखें कि उहाँलाई हस्पिटल भर्ना गरेर मैले उपचार गर्नुपर्ने भो ।

गोली लागेको छ, आफ्नी रानीलाई । राजाले भने काठमाडौं लग । राजा महेन्द्रले यसरी राति ३ बजे श्रीमतीलाई काठमाडौं ल्याए । उनी दिल्ली गएनन् । किनभने यो उनको नेपालप्रतिको अडान हो ।

मैले उहाँलाई भनें, लोकेन्द्रजी म तपाईलाई हस्पिटल भर्ना गर्छु । तपाई नेता मान्छे, म तपाईलाई जनरल वार्डमा भर्ना गर्छु, क्याबिनमा गर्दिँंन है । लोकेन्द्रबहादुर साह्रै सरल मान्छे, उहाँले हुन्छ भन्नुभयो ।

तपाईले मात्रै हुन्छ भनेर हुँदैन, तपाईका दुईवटा श्रीमती छन्, अहिल्यै फोन गरेर सोध्नोस्, डा. सापले मलाई जनरल वार्डमा भर्ना गर्दै हुनुहुन्छ, तिमीहरुको स्वीकृति चाहियो भनेर सोध्नोस् । मैले यसो भन्दा उहाँले हुन्छ भन्नुभयो ।

मैले भनें, तपाई त नेता हो । तपाई मेरो जनरल वार्डमा आउनुभयो भने मेरो वार्ड सपि्रन्छ । अरुले पनि त्यही सेवा पाउँछन् । लोकेन्द्रबहादुर असाध्यै असल मान्छे । उहाँले मान्नुभो । उहाँलाई मैले वीर अस्पतालको जनरल वार्डमै भर्ना गरें ।

नतिजा केभो ? नेताहरु त लाइन लागेर आउन थाले । त्योबेला उहाँ प्रधानमन्त्री पनि हुनुहुन्थेन । उहाँ खाली एउटा एन्टी नेता हुनुहुन्थ्यो ।

मेरो त्यो बेडमा बस्दा बस्दै उहाँलाई दरबारबाट बोलावट आयो । उहाँले डा सा, आज प्यालेसबाट हुकुम आएको छ, म जाऔं कि भन्नुभयो । किन हँ ? प्रधानमन्त्री दिन लागेको हो कि क्या हो भनेर मैले सोधें । उहाँले खै सरकारको के हो, न्युयोर्क पठाउनलाई हो कि भन्नभयो । मैले ठट्टा गर्दै भनें, जानोस्, जानोस्, प्रधानमन्त्री पाउनलाई हो कि !

नभन्दै उहाँलाई न्युयोर्क पठाए । उहाँ फर्केर आएपछि प्रधानमन्त्री भइहाल्नुभयो ।
मैले त्यति गरेर वार्ड सपार्न खोजें । नेताहरुले गर्ने नै त्यही हो । हामीले गरेर देखायौं कि तपाईहरु यहीँ भर्ना हुनुपर्छ । मैले चन्दलाई पाँच/सात दिन भर्ना गरें । मैले पूर्वमन्त्री रुद्र गिरीलाई पनि त्यसैगरी वार्डमा भर्ना गरें । नेताहरुले यति गरिदिए भने तब नेपालका अस्पतालहरु राम्रा हुन्छन् ।

महेन्द्रले रानीलाई दिल्ली लगेनन्

महेन्द्र राजाकै कुरा गरौं न । कञ्चनपुरमा महेन्द्र राजाकी रानीलाई गोली लाग्यो । दिउँसो २/३ बजेतिर गोली लागेको थियो ।

मण्डेला, लि क्वान जस्ता नेता छन् भने गरौं, होइन भने मेरो राष्ट्रको ढुकुटीको पैसा, अरबमा नेपाली जनताको लाससँग साटेर कमाएको पैसा नेताको उपचारमा खर्च गर्न पाइँदैन ।

क्याम्पबाट हवाइ मैदानसम्म पुग्न कति समय लाग्थ्यो ? यतिकैमा बेलुका भयो, त्यहाँबाट दिल्ली आधा घण्टाको फ्लाइट छ । सबै सुविधा छ । राजा महेन्द्रलाई सबैले भने, सरकार दिल्ली नजिकै छ । आर्मीको चिफले पनि त्यसै भन्यो । महेन्द्रले के भने थाहा छ ? काठमाडौं लग ।

गोली लागेको छ, आफ्नी रानीलाई । राजाले भने काठमाडौं लग । आर्मीको चिफले के भन्यो भने सरकार, हामीसँग नाइट ल्याण्डडिङ छैन । महेन्द्रले भने, तिमीहरुले अभ्यास गरेका छौ, राँको बालेर नाइट ल्याण्डिङ गर ।
राजा महेन्द्रले यसरी राति ३ बजे श्रीमतीलाई काठमाडौं ल्याए । उनी दिल्ली गएनन् । किनभने यो उनको नेपालप्रतिको अडान हो । उनले यहीँ उपचार गराए । हाम्रो कत्रो इज्जत बढ्यो ।

सबै नेताहरुले यसै गरिदिए जनताको नजरमा नेपालका डाक्टरप्रति विश्वास बढ्थ्यो । अस्पतालको विकास हुन्थ्यो । आफू फुत्त-फुत्त भागिदिने, सानो सानो बिमारमा पनि बाहिरैतिर भागिदिने ।

लाससँग साटिएको पैसा

हामीले यस्तो व्यवस्था गर्नुपर्छ, जसले नेताहरुलाई सरकारी पैसाबाट, मेरो ढुकुटीबाट उपचार गर्न जाने हो भने स्वतन्त्र डाक्टर लैजाऊ, सरकारी सेवामा बसेको डाक्टर होइन । इण्डिपेन्डेन्ट डाक्टर राखेर, आफ्नो खर्चमा पठाउने हो कि ? या जनताको पैसाबाट दिने हो ? सरकारी सेवामा बसेको डाक्टरले हुँदै हुँदैन ।

यसलाई फलानो ठाउँमा जान स्वीकृति दिन्छु, तर सरकारी खर्चमा हैन, आफ्नो खर्चमा जाने । राष्ट्रको खर्चमा जाने हो भने तिमीलाई स्वीकृति पाइँदैन भनेर व्यवस्था गर्नुपर्छ । नागरिकले जसरी उपचार गर्छन्, गर्न पाउँछन् ।


मण्डेला, लि क्वान जस्ता नेता छन् भने गरौं, होइन भने मेरो राष्ट्रको ढुकुटीको पैसा, अरबमा नेपाली जनताको लाससँग साटेर कमाएको पैसा नेताको उपचारमा खर्च गर्न पाइँदैन ।

@ Online Khabar