[Two
posts today on Teej, exclusively a Hindu women's festival in Nepal and India also from two different perspectives: one from Nepal's current socio-political
change and assertion thereafter of universal human rights, including the
practice of religious and cultural rights from indigenous population. The other
is from India - purely a spiritual discourse. Social activists nowadays think
Teej as 'social divider' between the
rich and poor. - The Blogger]
तीज पर्व मनाउने आदिबासी जनजाति महिला दिदीबहिनीहरुले बुझ्नु पर्ने कुराहरु !
[कुन धर्म, संस्कृति अपनाउने वा नअपनाउने भन्ने कुरा कसैको
मानव अधिकारको कुरा पनि हो । अथवा मानव अधिकारको
हकमा भन्नु पर्दा आफुले चाहेको कुरा गर्नु पाउनु वा स्वतन्त्र भई बाच्न पाउनु मानिसको नैसर्गिक अधिकारको कुरा हो । कसैले ब्यक्तिगत रुपमा कुनै चाडपर्व मनाउछ भने त्यसमा केही भन्नु आवश्क हुदैन । यसलाई ठूलो मुद्दा बनाउँनु पनि हुदैन तर संस्थागत रुपमा अरु समुदायको धर्म, संस्कृति, रितिरिवाज, मनाउंदा त्यसले सम्पूर्ण समुदायमा नकारात्मक संदेश दिनेहुदा यस्ता कुराहरुमा विचार पुर्याउनु पर्दछ
किनभने अहिलेको अबस्थामा आदिबासी जनजाति लगायत सम्पूर्ण
जातजातिहरुको आफ्नै घर्म, संस्कार, रितिरिवाज र चाडपर्ब मनाउन पाउने कानूनी हक अधिकारको ब्यबस्था गरिएको छ । यसको अर्थ हाल मुलुक धर्म निरपेक्ष घोषित
भएको छ ।]
-
कमला थापा *
सधै झैं यस वर्षको तीज पनि नजिकै आईसक्यो । यही भदौ १२ गते विहिवार अर्थात् अगष्ट २८ तारिखका दिन नेपालभर विशेष धुमधामका साथ यस वर्षको तीज मनाइने छ। छिमेकी मुलुक भारतका सबैजसो प्रान्तहरुमा पनि यो पर्व विशेष हर्शोल्लाशका साथ मनाइन्छ ।
मूलतः तीज पर्व भनेको हिन्दु महिलाको विशेष चाड हो । यस पर्वले समाजमा पुरुष प्रधानतालाई स्वीकार गर्दछ र उसको अहम्त्याईंलाई स्वीकार मात्र होईन वढवा
दिएको पनि छ । यसको ठीक विपरीत
यस चाडले महिलाहरुको अधिकार अत्यन्त नराम्ररी कुण्ठित गरेको छ । यसले महिलाहरुलाई समाजमा दोस्रो दर्जाको नागरिक जस्तो गराएको
छ । महिलाहरुको सर्वाङ्गिण विकाशमा यो पर्व सम्पूर्ण हिसाबले वाधक बनेको छ । यस्तो संस्कृति र संस्कारले महिलाहरुको उन्नति र प्रगतिमा अबरोध ल्याउने काम मात्र गर्न सक्छ । यस्ता धर्म संस्कार मनाउदै वा अंगाल्दै आउदा हामी सम्पूर्ण महिलाहरु पछाडी परेका हौ ।
यति मात्र होईन अहिलेको तीज मान्ने तौर तरिका, तडक भडक
देख्दा
यसले समाजमा धनी र गरीबमा ठूलो बिभाजन ल्याएको छ । यस्ता कुराहरुमा बहस हुनु आवस्यक
भै सकेको छ । अन्य समुदायको धर्म, संस्कृति, रितिरिवाज, चाडपर्वलाई फेशनको रुपमा तपाई हाम्रो समुदायमा पनि भित्र्याउदा त्यसबाट गलत सूचना प्रबाह हुनगई हाम्रो आफ्नो खास खास,संस्कृति, रितिरिवाज र चाडपर्बहरुमा दुष्प्रभाव पार्न सक्छ साथै ती संस्कार, रितिरिवाज र चाडपर्बहरुलाई ओझेलमा वा संकटमा पार्न सक्छन। त्यस्तो नहोस भन्ने हाम्रो विशुद्ध चाहना हो तर
त्यसो भै रहेको छैन । यो एउटा ठूलो चिन्ताको विषय हो !
कुन धर्म, संस्कृति अपनाउने वा नअपनाउने भन्ने कुरा कसैको
मानव अधिकारको कुरा पनि हो । अथवा मानव अधिकारको
हकमा भन्नु पर्दा आफुले चाहेको कुरा गर्नु पाउनु वा स्वतन्त्र भई बाच्न पाउनु मानिसको नैसर्गिक अधिकारको कुरा हो । कसैले ब्यक्तिगत रुपमा कुनै चाडपर्व मनाउछ भने त्यसमा केही भन्नु आवश्क हुदैन । यसलाई ठूलो मुद्दा बनाउँनु पनि हुदैन तर संस्थागत रुपमा अरु समुदायको धर्म, संस्कृति, रितिरिवाज, मनाउंदा त्यसले सम्पूर्ण समुदायमा नकारात्मक संदेश दिनेहुदा यस्ता कुराहरुमा विचार पुर्याउनु पर्दछ किनभने अहिलेको अबस्थामा आदिबासी जनजाति लगायत सम्पूर्ण
जातजातिहरुको आफ्नै घर्म, संस्कार, रितिरिवाज र चाडपर्ब मनाउन पाउने कानूनी हक अधिकारको ब्यबस्था गरिएको छ । यसको अर्थ हाल मुलुक धर्म निरपेक्ष घोषित
भएको छ ।
तर दु:खको कुरा देश धर्मनिरपेक्ष हुदांहुदै पनि एकात्मबादीहरुले राज्यसत्तामा हालिमुहाली गरिरहेको कारण आफ्नै धर्म संस्कार, रितिरिवाज र चाडपर्बहरुलाई मात्र बढवा दिईरहेकाछन। अन्य समुदायको
धर्म संस्कार, रितिरिवाज र चाडपर्बहरुलाई ओझेलमा पारिएको छ वा वेवास्ता गरिएको यथार्थ तपाई हाम्रो माझ छ । हिन्दु धर्म अनुसारको चाडपर्बहरुमा राज्यकोषबाट लाखौ बजेट छुटाईन्छ, खर्च गरिन्छ
तर अरू धर्मावलम्वीहरुको चाड पर्बमा किन त्यो व्यवस्था हुदैन भन्ने प्रश्न स्वभावैले
उठ्छ । राज्यले हिन्दु धर्मको चाडपर्बमा आधा महिनै सार्बजनिक बिदाको ब्यबस्था गरेको
छ तर अरु जातजातिको चाडपर्बका निम्ति पनि एक दिन सार्बजनिक बिदाको ब्यबस्था मिलाउनु पर्दछ भन्न र गर्न किन नसकिएको ?
हिन्दु धर्मका चाडपर्बहरुलाई
अन्य समुदायका मानिसहरुले
पनि बिना कुनै हिच्किचाहट मान्दछन तर हिन्दुधर्मालम्बीहरुले पनि मुलुकका अन्य समुदाय जस्तै: आदिवासी जनजातिहरुको चाडपर्वलाई मनाउदां उनीहरुलाई के कति नोक्सान हुन्छ त ? बरु यसो भैदिदां एक अर्को समुदाय वीच विश्वास, सद्भाव र सहयात्राको वातावरण बन्छ । अहिले मुलुकमा एक अर्को समुदाय वीच विश्वास, सद्भाव र सहयात्राको वातावरण बिथोलिएको अवस्था छ ।
जानिफकारहरूको कुरा मान्ने हो भने अहिले
मुलुकमा अन्य धर्म संस्कार, रितिरिवाज र चाडपर्बहरुलाई राज्ययन्त्रको प्रयोग गरेर नै दबाउन खोजिराखिएको अबस्था छ । यस्तो अवस्थामा तपाई हामी, जो भाषिक वा सांस्कृतिक हिसाबले आफ्नै छुट्टै पहिचानका छौ; यसरी तीजको रमझममा रंगिएर रातै हुनु भनेको
“आफ्नो खुट्टामा आफैले बन्चरोले हान्नु” भन्ने भनाईलाई निरन्तरता दिनु हो । तपाई हामी नै हाम्रो लोप हुन लागेको धर्म संस्कार, रितिरिवाज र चाडपर्बहरुलाई बचाउन मद्धत गर्न होइन लोप गराउनमा उद्धत भै रहेकाछौ ! यसरी त तपाई हामीले हाम्रो हक अधिकारको कुरालाई कसरी बुलन्द गर्न सक्छौ र संस्थागत गर्न सक्छौ ?
यी कुराहरुमा गहन मनन् गरी हाम्रो समाज र समुदायलाई सहि दिशा निर्देश गरौ । तपाई हाम्रो सही भुमिकाले नै समाज सुधार गर्दै आफ्नो हक अधिकारहरु सुरक्षित र सुनिश्चित गर्न सक्छौ । अबका दिनहरुमा समाज सुधार गर्ने जिम्मेवारी तपाई हाम्रो कांधमा आएको छ ।
त्यसैले अब हाम्रो समाज र समुदायभित्र भएका यस्ता कुराहरुमा अलि संबेदनशील भएर जाऔ । अहिलेको अबस्थामा
यदि कुनै बिकृति वा बिसंगतिहरु छन् भने तिनलाई पनि बिस्तारै हटाइ समाजभित्र हाम्रो धर्म, संस्कृति, रितिरिवाज, चाडपर्वहरुको बारेमा सही सूचना प्रवाह गर्दै जाऔं । हाम्रो धर्म, संस्कृति र रितिरिवाजको संरक्षण र सम्वर्धन गर्नु तपाई हाम्रो जिम्मेवारी र दायित्व पनि हो ।
* नोट : समय सान्दर्भिक भएकाले
यो लेख लेखिकाको फेसबुकबाट
साभार गरिएको छ ।
हरियाली तीज पर डलेंगे झूले, गूंजेंगे सावन के गीत
[देश में तीन तरह से मनाई जाती है हरियाली तीज : भारत में तीन तरह की तीज मनाई जाती है। पहली हरियाली तीज जो सावन में शुक्ल पक्ष की तृतीया को आती है, जिसमें दूध, दही व फूलों से चांद की पूजा की जाती है। दूसरी कजरी तीज, जो कृष्ण पक्ष की तृतीया को आती है व इसमें नीम की पूजा की जाती है। तीसरी हरतालिका तीज होती है, यह भाद्रपद महीने में मनाई जाती है।]
-
दीपक कुमार
रोहतक : उत्तर भारत का प्रसिद्ध त्यौहार हरियाली तीज बड़ी धूमधाम के साथ मनाया जाता है। इस दिन जहां बच्चों व युवाओं में पतंगबाजी की होड़ लगी रहती है, वहीं युवतियां व महिलाएं मेहंदी लगाने के लिए उत्साहित दिखाई देती हैं। हरियाली तीज पर लोग अपने रिश्तेदारों को घेवर व मिठाइयां देकर शुभकामनाएं देते हैं। हरियाणा में इस पर्व का विशेष महत्व है। इस बार यह पर्व ३०
जुलाई को है।
यह है पौराणिक महत्व :
श्रावण मास के शुक्ल पक्ष की तृतीया को श्रावणी तीज या हरियाली तीज का त्यौहार मनाया जाता है। यह पर्व भगवान शिव और पार्वती के पुर्नमिलाप के उपलक्ष्य में मनाया जाता है। मां पार्वती ने १०८ जन्म लिए थे, भगवान शकर को पति के रूप में पाने के लिए। मा पार्वती के कठोर तप और उनके १०८ वें जन्म में भगवान ने पार्वती को अपनी पत्नी के रूप में स्वीकार किया था। तभी से ऐसी मान्यता है कि इस व्रत को करने से मा पार्वती प्रसन्न होकर पतियों को दीर्घायु होने का आशीर्वाद देती हैं। सामाजिक परंपरा को निभाते हुए इस दिन लोग अपने रिश्तेदारों को घेवर व मिठाइयां देकर शुभकामनाएं देते हैं।
कोथली व
सिंधारे
के रूप में
शुभकामनाएं
:
हरियाली तीज का पर्व बड़े हर्षोल्लास व उत्साह के साथ मनाया जाता है। तीज पर एक महीना पहले ही गांवों व शहरों में पेड़ों पर झूले डाल दिए जाते है और महिलाएं मिलकर झूला झूलती हैं और सावन के गीत गाती हैं। गांवों में लोक गीतों के बोल जैसे पीपी पपीहा बोल्या बाग में, सामण आयो री झूले पड़ गए बागा में, आई री सासु सामण की तीज झूला झूलण जांगी बाग में.. आदि काफी प्रचलित हैं। नव विवाहित व शादीशुदा महिलाओं को उनके मायके व ससुराल से कोथली व सिंधारे के रूप में उपहार मिलते हैं। इनमें मेहंदी, चूड़ियां, कपड़े व घेवर आदि शामिल हैं।
देश में तीन तरह से मनाई जाती है हरियाली तीज : भारत में तीन तरह की तीज मनाई जाती है। पहली हरियाली तीज जो सावन में शुक्ल पक्ष की तृतीया को आती है, जिसमें दूध, दही व फूलों से चांद की पूजा की जाती है। दूसरी कजरी तीज, जो कृष्ण पक्ष की तृतीया को आती है व इसमें नीम की पूजा की जाती है। तीसरी हरतालिका तीज होती है, यह भाद्रपद महीने में मनाई जाती है।
महिलाएं रखती है निर्जला व्रत :
महिलाओं का मानना है कि हरियाली तीज पर देवी पार्वती की तीज माता के रूप में पूजा की जाती है व निर्जला व्रत रखकर मां पार्वती का आशीर्वाद लिया जाता है। महिलाएं माता पार्वती से प्रार्थना करती हैं कि शिव व पार्वती ही तरह उनकी जोड़ी भी बनी रहे। इस दिन सब महिलाएं नई दुल्हन की तरह सजकर व आस-पास की सब महिलाएं मिलकर तीज माता की पूजा करती हैं, झूला झूलती हैं और सावन के गीतों पर नाचती हैं।