[Today,
posted here is an article on 'Kakrebihar Controversy' (काक्रेबिहारमा बुद्द मूर्ति स्थापना गर्ने सम्बन्धी विवाद ) in Nepal .
We have also heard that District Court Surkhet has ordered the concerned people
to not install the graven image of the Buddha. Now, Nepal Government seems not
interested in resolving the issue and therefore protests in Kathmandu
are being reported in social media almost everyday.- The Blogger]
(Note: कांक्रे बिहार बौद्ध सम्पदाको क्षत्र हो भन्ने कुरामा विवाद छैन. मेरा ०५५ सालमा गरेको अध्ययनको प्रतिवेदन हेर्नुहोस. यो 'के किन भनियो? भन्ने मेरो पुस्तकमा प्रकाशित छ. यस पुस्तकको लागि मैले 'नेपाल कल्चर सेन्टर' लन्डनबाट 'इन्नोभेटिव अन्तराष्ट्रिय अवार्ड' २००८ मा पाएको थिएँ.)
सुर्खेत आउँदा थाहा थिएन कि याहाँ विरेन्द्रनगरको किनारैमा काँक्रेविहार जस्तो ऐतिहासिक साँस्कृतिक दृष्टिकोणले महत्वपूर्ण जीउँदो भग्नावशेष पनि छ । जीउँदो यस कारणले कि यो भग्नावशेष जस्तो मात्र नदेखिई भग्नअवस्थाको कुनै निर्माण जस्तो मात्र देखिन्छ जसलाई सजिलै पुनद्र्धार गर्न सकिन्छ । यसमा प्रयोग भएका मुर्तिहरू तथा कलाकृतिहरूले यो निर्माण बौद्धसम्प्रदायको थियो भन्ने सम्म स्पष्ट हुन्छ । तर यो विहार थियो वा मन्दिर, स्पष्ट हुँदैन । नाम भने विहार मानेर दिइएको छ – काँक्रेविहार । तर विडम्बना यो छ कि यो के थियो ? कसले बनायो ? कहिले बनायो ? किन बनायो ? कसैलाई थाहा छैन । तीन किलोमिटरकै दुरीमा रहेको पुरातत्व विभागको क्षत्रीय संग्रहालयलाई समेत थाहा छैन । यो नाम नै नितान्त नयाँ प्रतित हुन्छ । यी सवैको विश्लेषण प्राप्त लोकोक्तिहरू इतिहास तथा ऐतिहासिक सामाग्रीहरूको आधारमा निम्नानुसार गरिन्छ ।
मलाई यसबारे पहिलोचोटि बताउने व्यक्तिबाट सुन्दा लागेको थियो – त्यहाँ कुनै मध्यकालीन दुर्ग हुनसक्थ्यो जसलाई साधरणतः कुनै पुरानो दरवारको भग्नावशेष भन्ने गरिन्छ । तर त्यहाँ पुगेपछि म त पुरै आश्चर्यचकित नै भएं । त्यस्तो दुर्ग भनिनसक्ने खण्डहर रहेन छ त्यो । कुनै एक भव्य निर्माणको लागि प्रयोग भएका कलापूर्ण ढंगमा कुँदिएका ठूलाठूला ढुंगाका ब्लकहरू (टुक्राहरू) एकै ठाउँ थुप्रिएर रहेका रहेछन् त्याहाँ । ती ब्लकहरूमा खम्बा, तोरण, गजुर, दलिन, पेटी आदिका छेउ, टुप्पा, फेद, र बीचबीचका भागहरू स्पष्टै चिनिने देखिन्छन् । बनौटको कारणले पनि यो याहाँको भाग हो भनेर चिन्न सकिने । कुनैपनि भागलाई सकेसम्म एउटै ढुंगाको प्रयोग भएको । चेप्टै हुनुपर्ने सामग्री बाहेक लम्बा चौडा हुनपर्ने सामग्रीहरूका चौडाई र उचाई ३/४ फिटका छन् भने लम्बाई पनि ३/४ फिटदेखि १२ फिटसम्मका देखिन्छन् । हरेक भाग कलात्मक तथा आकर्षक ढंगले कुँदिएका देखिन्छन् ।
त्यसमा काठहरूको पनि प्रयोग भएको थिएन भन्ने कुरा काठहरू प्रयोग हुनसक्ने दलिन, ढोका आदिका भागहरू स्पष्टै ढुंगाहरूबाटै बनेकाबाट स्पष्ट हुन्छ । यतिका गह«ौं ढुंगाहरू प्रयोग हुने निर्माणमा काठको प्रयोग हुन पनि त सक्दैन । त्यस्तै जुन हिसावमा यी ब्लकहरू बनेका छन् त्यसबाट स्पष्ट हुन्छ कि यसको जडानको लागि चुना वा माटोको प्रयोग भएको थिएन । अर्थात यी हेर्दैमा पनि जोड्न सजिलो नै लाग्ने ठूलठूला ब्लकहरू छन् । प्रत्येक ब्लकमा जडानको लागि ट्याप्प मिल्ने खाप, चुकुल र दुलाहरू बनाइएका देखिन्छन् । चुनाको अंश कत्तिपनि भेटिन्न । त्यस्तै यस थुप्रोमा माटो पनि उल्लेख्यरूपमा छैन । सैयूँ बर्षसम्म ढलेको अवस्थामा रहेको हुँदा हावाले ल्याएका माटो वा त्यसमा उम्रेका झारपातहरू कुहिएर बनेको माटो मात्र हुन् कि जस्ता देखिन्छन् ।
यी ब्लकहरूमा धम्मचक्र तथा बुद्धका मुर्तिहरू खोदिएका पाइएकाले यो निर्माण बौद्धसम्प्रदायको थियो भन्ने स्पष्ट हुन्छ । तर बिहार नै यो थियो भन्ने चाहिं मलाई लागेको छैन । विहार भनेको बौद्धभिक्षुहरू वा तीर्थयात्रीहरू बस्न हुने एउटा धार्मिक प्रयोजनका भवन भएकोले यसमा प्रयुक्त सामाग्रीलाई हेर्दा यो विहार लाग्दैन । ढुंगा मात्रको प्रयोग भएको हुनाले यो मन्दिर मात्र हुन सक्ने सम्भावना छ । विहार हुँदो हो ता मान्छे बस्नेगरी बनाउन पर्दा यसमा माटो तथा काठहरूको जडान हुन्थ्यो नै । यसको आकार हेर्दा पनि यो विहार लाग्दैन । यस्तो भव्यताका साथ बनाइएका विहारमा कमसेकम वीस तीसवटा कोठाको लागि ठाउँ हुनु पर्ने हो । यो त एउटा सानो क्षेत्रमा मात्र सिमित छ जुन बढीमा तीन आना भरिका मात्र होलान् । मान्छे बस्नकै लागि मात्र यत्रो खर्च सजधज वा मेहनत हुने थिएन । यो निश्चय नै मन्दिर नै थियो । यसका वरीपरी विहारहरू बनेका हुन सक्छन् जसको यो प्रमूखमन्दिर थियो ।
छरिएका ब्लकहरू हेर्दा र काठ वा जोडनहरू नभएको वास्तविकतालाई नियाल्दा यो मन्दिरको वास्तुकला झण्डै पाटनको कृष्णमन्दिरको जस्तो शीखरशैलीको थियो भन्ने लाग्दछ । जमीन माथि नै देखिने बडेमानका टुक्राहरूमा छ सातवटा त गजुरकै कलात्मक टुप्पाहरू छन् । मुनि कतिवटा पुरिएका होलान् भन्न सकिन्न । यस्तो लाग्छ यो मन्दिरका चारकुनामा तीनतीनवटा वा चारचारवटा गजुरका पुञ्जहरू थिए । यदि त्यसै हो भने त्यस मन्दिरमा बीचको मूख्य गजुरसमेत गरी जम्मा तेह्रवटा वा सत्रवटा गजुरहरू थिए भन्ने मेरो सोच छ । बाँकी गजुरहरू पनि मन्दिरको माथिल्लो भाग भएको हिसावमा तल नथिचिएर माथि नै हुनु पर्ने हो । चोरी भयो वा तोडफोड भयो खोजको विषय हुन आउँछ ।
यत्तिसम्मको यत्रो कलात्मक निर्माण कस्ले कहिले बनायो कसैलाई थाहा छैन । कसरी ढल्यो थाहाछैन । सुर्खेतको यो वसोबास नै औलो मासिएर ०१८ साल यता सुरु भएकोले स्थानीय आदिबासी थारु जातीमा नै यसबारेका तथ्यहरू संरक्षित हुनुपर्ने हो । त्यसवारे उत्तरदायी ढंगले खोज नभएको स्थिति छ । यतिसम्म कि यसलाई काँक्रेविहार किन भनियो भनेर सोध्दा सही उत्तर दिनेसम्म कोही भेटिएनन् । रामेछापबाट २००७ सालमा आएर यही गाउँमा बस्दै आउनुभएका बालकृष्ण मानन्धरले भन्नुभयो कि यो विहार स्थापना भएको डाडाँ काँक्राको स्वरूपमा भएकोले यसलाई काँक्रे डाडाँ भनियो र यस डाडाँमा अवस्थित विहारलाई काँक्रेविहार भनिएको होला । “होला” अर्थात यो उहाँको अड्कल हो जो सही पनि नहुन सक्छ ।
कसैकसैले यसलाई पाण्डवहरूका दरवार भन्ने गरेको पनि पाइयो । स्पष्टै बौद्धसाम्प्रदायका कलाहरू कुँदिएका यस निर्माणलाई कसरी भहाभारतका पात्रहरूसंग जोडियो कसैले भन्न सकेका छैनन् । बडेमानका ढुंगाहरूलाई देखेर बलशाली भीमसेनले मात्र यस्तो उठाउने काम गर्नसक्छन् भन्ने साधरण जनमानसको यो उपज हुनसक्छ ।
कसैकसैले भने यसलाई देवताको दरवार पनि भन्दछन् अरे । सुर्खेतको समस्त उपत्यका चौधौं शताव्दीतिर ‘सुरक्षेत्र’ अर्थात देवहरूको पूण्यभूमीको रूपमा चिनिइन्थ््यो भन्ने कुरा भोटको एउटा मठमा सुरक्षित “अभिसमयालंकार” भन्ने ग्रन्थले बुझाउँदछ । यो ग्रन्थ यसै भेगका राजा रीपुमल्लले रचेका थिए ।१ यो सुरक्षेत्र कालान्तरमा प्राकृतबोलीको ‘सुर्खेत’ हुन पुगेको कुरा विद्वानहरूले भन्ने गरेका छन् । यसै परम्पराले निर्देश गरे बामोजिम जनमानसले यसलाई देवताको दरवार भने होलान् भन्ने ठाउँ रहेको छ ।
देवताहरूको वासस्थानको रूपमा जोड्ने एउटा चल्तीको लोककथाले भन्दछ कि यो उपत्यका पहिले एउटा ठूलो तालको रूपमा थियो र पछि देवताहरू आई दक्षिणको पर्वत काटी यसको पानी निकास गरेर रातभरीमा खेत बनाए । मध्येभागमा रहेको एउटा उच्च भाग सम्याउन बाँकी रहँदैमा कुखुरा बासिहालेकोले देवताले खेत बनाउने काम छोडे र आज त्यसैले यो सम्मपरेको उपत्यकाको माझमा एउटा डाडाँ देखिन्छ भन्ने गरिन्छ । यही डाडाँ नै काँक्रेविहारको डाँडाँ हो । यस कथाले यो निर्माणलाई कुनैपनि तरिकाले सम्बन्धित बनाएको छैन तापनि पछि देखिन आएको यो कौतुहलमय निर्माणलाई यसै देवताको दरवार भनेर स्वीकार गरेको भान हुन्छ । अर्थात यो साधरण मानवीय घर वा मन्दिरहरूमा प्रयोग नहुने तथा मान्छेको बल भन्दा परका अभूतपूर्व ठूलाठूला प्रस्तरका सामग्रीहरूको उपस्थिति नै यो सोचको कारक हो भन्न सकिने ठाउँ छ ।
यसको निर्माण कसले कहिले ग¥यो भन्ने प्रश्नमा रोचक कथाहरू सुनिन्छन् । यो कथाले लाटीकोइलीको ४०० बर्ष पुरानो मन्दिरसंग सम्बन्धित बनाएको छ । भनिन्छ कि लाटालाटी र सालीभेना बीच मन्दिर कसले छिटो बनाउने भनेर होड चलेछ । त्यसपछि लाटालाटीले शीव मन्दिर र सालीभेनाले यो भव्य कलात्मक निर्माण बनाउन लागेछन् । लाटालाटीले सानो मन्दिर बनाएकोले भाले बास्न अघि नै मन्दिरको निर्माण सिध्याएछन् । तर सालीभेनाले भने कलात्मक तथा ठूलै निर्माण गर्न खोज्दा भाले बास्न अघि यसको निर्माण सिध्याउन सकेनछन् । उनीहरूलाई बीचैमा छोडेर जान परेछ । त्यसैले अहिलेको यो सामग्री थुपारिएको स्थितिमा मात्र रहन प-यो । हार्ने साली भेनाको पैतालाको छाप अझै देखिन्छ भन्दै द्यौतीबज्यैको परिशरमा पूजिएर राखिएका एउटा झण्डै डेढ फिट बर्गाकारको चप्लेटी परेको एक इन्च जति बाक्लो ढुंगामा दुइजोडी पाइतालाको छाप देखाइन्छन् । तर ती हेर्दैमा कुँदिएका देखिन्छन् ।
लाटीकोइलीको शीवमन्दिरको दैलोमा स्पष्टै वाराणासीबाट आएका आत्मनाथ र लंगननाथले वि.सं. १६९६ मा बनाएका भनेर उल्लेख भएको शिलालेख भएबाट स्थानीय लाटालाटीले बनाएको भन्ने लोकआहान सत्य देखिन्न । एउटा कथाले उल्लेख गर्दछ कि त्यो मन्दिरमा कुनैवेला एउटी लाटी पसेकी थिइन् रे र बाहिर निस्कँदा त्यसले बोलेको मात्र होइन त्यसको स्वर कोइलीको जस्तो मीठो थियो रे । त्यसैले यसलाई लाटीकोइलीको मन्दिर भनियो । यसबाट स्पष्ट हुन्छ कि लाटीकोइलीले यो मन्दिर बनाएर होइन कि त्याहाँ पस्दा तिनले बोल्न सकेको आश्चर्यपूर्ण घटनाको कारणले जनमानसले यसलाई लाटीकोइलीको मन्दिर भन्यो । यसै घटनाबाट प्रभावित भएका जनमानस आजसम्म लाटो बच्चालाई बोल्न सक्ने आशासाथ त्यस मन्दिरमा भिœयाउने गर्दैनैछ । यस्तो लाग्छ यही कथा भन्दाभन्दै जनमानसले यो कसले बनाएको हो भन्ने कुरा नै बिर्सिई लाटीकोइलीलाई नै यसको निर्माणको श्रेय दिएर नयाँ कथा सिर्जना गरेथे ।
जे होस् यो निर्माताको प्रशंग सत्यको नजीक नपुगेपनि यस कथाले यी दुवै मन्दिर एकै समयमा बनेका हुन् कि भनेर सोच्ने ठाउँ भने दिएको छ । तर यी दुवैमा प्रयोग भएका वास्तुकला, कला र सामाग्रीको तुलना गरेर हेर्दा त्यसरी तुलना गर्नपर्ने विषयनै यो लाग्दैन । लाटीकोइलीको शीवमन्दिर तुलनात्मक हिसावमा अति नै साधारण छ । ढुंगाबाट बनेका उस्तै लाग्ने मन्दिर भएकाले मात्र साधरण जनमानसले यस्ता कथा सिर्जेका हुन् । तै यसमा उल्लेखनीय संकेत यो छ कि देउताहरूबाट बनाइएका दरवार वा विहार भन्ने सोचको भने यसले खण्डन गरिरहेछ र यी मानव निर्मित हुन् भन्ने संकेत दिइरहेछ । साथै हामी कसैलाई पनि झस्काउने संकेत यो पनि छ कि कुनै कारणवश यो र्काक्रेविहारको निर्माण पुरा भएकै थिएन त्यसैले यो सामाग्री थुपारिएको अवस्थामा मात्र देखिन्छ ।
यसको निर्माण पुरा भयो वा भएन त्यसको विवाद आफ्नै ठाउँमा छँदैछ । निर्माण पुरा भएको भएपनि नभएको भएपनि उपलव्ध सामाग्रीहरूले भनिरहेछ याहाँ निर्माणकार्य भयो नै । त्यो कसले ग-यो ? कुनै व्यक्ति वा गैह्रसरकारी संस्थाले यो बनाउन सकिने कुरा होइन भन्ने यसका एक दुई टुक्रा हेर्दैमा जोकोहीलाई पनि लाग्दछ । कुनै राज्यसत्ता र राज्यकोषको हात नभई यो बनेन नै । त्यो कुन राज्य वा राजा थियो जो यसको निर्माणमा संलग्न भयो ? । याहाँ प्रयोग भएका प्रस्तरको आकार प्रकार र कलाको गुणस्तरलाई हेर्दा सामान्य राज्य वा स्थायित्व नभएको राज्यले यो गर्न सक्ने कुरो अवश्यै लाग्दैन । तथा यो पनि लाग्छ कि एउटा राजाको राज्यकालमै वनिसक्ने कुरो पनि यो थिएन । अर्को उल्लेखनीय पक्ष यो पनि छ कि यसमा भएका कलात्मकता र वास्तुकला नेपालका कुनैपनि मन्दिर वा वास्तुकलासंग मिल्ने खालका छैनन् । नेपालीे भूभागमा पाइने नेवारी शैलीका कला र वास्तुकलाको यसमा छनकसम्म पनि छैन । साथै यी नेवारी कलाकृतिहरू भन्दा अवश्य नै कम गुणस्तरका छैनन् । अझ बढेर भन्ने हो भने सक्दोमात्रमा ठूलै ढुंगाहरूको प्रयोग गर्ने यसमा देखिएका प्रयासले बुझाउँछ कि नेवारी वास्तुकलामा नपाइएका विशिष्ठता यसमा छ । कलापक्षमै पनि यसमा पाइएका केही आकृतिहरू नेपालमा कतै प्रयोग नभएकाहरू पाइएका छन् ।
त यसलाई कसले बनाएको हो ? यसै क्षेत्रको विकास होकि भनेर शंकासम्म गर्ने ठाउँ छैन । किनभने यो बाहेक यस्ता अरू यत्तिनै उच्च मानिने स्तरका कला, वास्तुकला वा निर्माणहरू यस्ता शैलीमा यता पाइएकै छैन । यत्रो भव्य मन्दिर भएको ठाउँमा यता कतै सम्बृद्धीशाली शहर वा बस्ती वा राज्य हुनुपथ्र्यो । त्यो पनि कहीँ कतै आजसम्म पाइएको छैन । न त त्यस्ता शहरको भग्नावशेष नै पाइएको छ । केही ठाउँहरूमा भग्नावेष भएको कथा सुन्नमा आउँछन् । यस्ता ठाउँहरूमा फलानाले बारी खन्दा सुनको गाग्री नै भेट्यो । ढीस्कानाले कलात्मक प्रस्तर कलाकृतिहरू पाए, आदि । तर यी कुराहरूको पुष्टी हुन भने पाएको छैन । यस्ता केही ठाउँलाई पुरातत्व विभागले तारबारले घेरेर समेत राखेका छन् । तर उत्खनन् कार्य याहाँ भएको नै छैन । त्यसले त्यो ठाउँको निक्र्यौल भएछ नै भने पनि यसै स्तरको कलाकृतिको विरासत तिनले बोकेका छन् कि छैन भनेर थाहा हुने कुरा त अहिले असम्भव नै भयो । यस्ता जोडीका वास्तुकला यसै नेपालमा कतैपनि नदेखिंदा यो मन्दिर कतै भारतीय शासकहरूले बनाएका ता होइनन् ? भन्ने शंका गर्ने ठाउँ पनि रहेकोछ । तर त्यो अलि परकै कुरा हो । राज्यसत्ताले मात्र बनाउन सम्भव मानिने यस्तो भव्य निर्माणको लागि भारतीयहरूको यता राज्यविस्तार हुँदै नभएको सन्दर्भमा यो शंका पूर्णतः निराधार नै हुन पुग्छ ।
कर्णालीसंस्कृतिमा यत्तिसम्म बनाउन सक्ने संस्कृतिको विकास नै नभएको कुरा यता पाइने समस्त वास्तुकलाहरूले नै बताउँछ तापनि एउटा शंका गर्ने ठाउँ भने छँदै छ – के यताका राजाले भारतीय वास्तुवीद र कलाकारहरूलाई ल्याएर यसको सृजना ता गरेनन् ? यसको संभावना भने प्रचुर छ नै ।
सिंजाली खसराजाहरू बौद्धधर्मका अन्यन्य उपासक थिए । खसराजाहरूमा क्राचल्लको छोरा अशोकचल्लले वोधगयामा बौद्धविहार निर्माण गराएका कुरा त्याहाँनै प्राप्त अभिलेखमा वर्णन गरिएको छ ।२ अन्यत्र यस्ता निर्माण गरि हिंडने राजामहाराजाले आफ्नै राज्यभित्रका पूण्यभूमीमा झनै बनाउन सक्छन् भन्ने एउटा मान्यता बनाउन सकिन्छ नै । उनका पिताबाट ठूलै राज्य र राज्यकोष उसलाई प्राप्त थियो । साथै बोधगयामा विहार बनाएको अनुभव त थियो नै उनै कारिगरहरूलाई यता ल्याएर यो मन्दिर सहितको विहार बनाउन सजिलो पनि थियो । तर यदि उनले यो बनाएका भए निश्चय नै आफ्नै राज्य भित्र बनाएका यस्तो भव्य मन्दिरको निकै प्रशंसाका साथ कहीँ न कहीँ उल्लेख गरेका हुन्थे र वास्तवमा यस्तो उल्लेख कहीँ कतै आजसम्म पाइएको नै छैन । यस हिसावमा यस्तो शंका हुन्छ कि यसको सुरुवात त उनीबाट भयो तर पूर्णताको जिम्मा उनका उत्तराधिकारीहरूमा गयो ।
नेपालको
इतिहास
हेर्दा
यस्तो
देखिन्छ
कि
अशोकचल्ल
पछिका
उनका
उत्तराधिकारी
जितारिमल्लदेखि
आदित्यमल्लसम्म
जम्मा
४
पुस्ताका
राजाहरूले
५१
वर्षसम्म
नेपालमा
७
पल्ट
(जितारीमल्लले
वि.सं.
वि.सं.
१३४४,
१३४५
र
१३४६
मा
३
पल्टसम्म,
रिपुमल्ल,
पून्यमल्ल
र
अदित्यमल्लले
वि.सं.
१३७८,
१३८४,
१३९१,
१३९४
मा
जम्मा
४
पल्ट) आक्रमण गरे
।
यी
आक्रमणहरूको
विशेषता
यही
रह्यो
कि
उनीहरूले
प्रत्येकपल्ट
आगो
लाउने,
शहरवासीलाई
बनतिर
धपाउने
र
रित्तो
शहरमा
लुटपाट
मच्चाएर
फर्कने
तथा
पछिल्ला
पटकका
आक्रमणहरूमा
करदमा
पारेर
फर्कने
गरे
।
अर्थात
राज्य
हत्याउने
प्रयत्न
यी
थिएनन्
।
धनसम्पति
जुटाउने
प्रयत्न
थिए
।
ठूलै
नोक्सानीहरू
सहेर
गरिएका
यस्ता
आक्रमणहरू
सीर्फ
धनकैलागि
गरिन्छ
भने
त्यस्तो
के
आवश्यकता
थियो
यी
राजाहरूलाई
? विशेष
एउटा
स्थीर
र
सम्बृद्धीशाली
राज्यमा
? के
यही
मन्दिर
बनाउने
पुख्र्यौली
जिम्मालाई
पुरा
गर्न
यस्तो
गरेका
त
थिएनन्
? यो
बलियो
सम्भावना
छ
।
यो भवनको भव्यतालाई हेर्दा र एकै राजाको राज्यकालमा यस्तो निर्माण हुन सक्दैन भन्ने मान्यता राख्ने हो भने निश्चय नै यसको शिलान्यास गर्ने वा बनाउने सोचको पहिलो राजा अशोकचल्ल नै थिए । उनले बोधगयाको विहार बनाइसकेपछि त्यताकै कारीगढहरूलाई ल्याएर यो कार्य याहाँ शुरु गराएका हुन सक्छन् । पछि उनका सन्तानहरूलाई त्यो पूर्ण गर्न वाध्यता थियो र वेलावेलामा आक्रमण गर्दै करमा पारेर कर उठाउने नत्र आगो लगाएर भगाएर भएपनि लुट्ने उनीहरूले कामहरू गरे । तर यी सव पनि अड्कलै मात्र भए । यदि यसै हो भने यो कुराको संकेत अशोकचल्लको शिलालेखमा नभए उनी पछिका राजाहरूमा त हुनु पर्ने ? ती कुराहरूको संकेत तीनमा पाइएका छैनन् ।
हामी यसलाई काँक्रेविहार भनेर मात्र चिन्दर्छौं यसका वास्तविक अर्कै नाम हुन पनि सक्छन् र त्यो हामीलाई आजसम्म थाहाछैन । आजसम्म त्यस्ता शंका गर्न सकिने सम्भावित नामहरू हाम्रा अघाडी प्राप्त छैनन् सिवाय यो कि रिपुमल्लले ‘सुरक्षेत्र’ भन्ने नाम आफ्ना रचना ‘अभिसमयालंकार’ मा उल्लेख गरेका छन् । सुरक्षेत्र भनेको सुर्खेत उपत्यका पुरै हुदाँहुदै पनि त्यसको मुटु स्थान यही काँक्रेविहार डाँडो हो भन्नलाई लोकोक्तिहरूले यसलाई दिएका महत्ताहरूबाट नै प्रयाप्त छ । रिपुमल्लले कुन ठाउँ वा गाउँ वा शहर वा विहार वा दरवारमा बसेर यो कृतिको रचना गरे ? त्यस्तो स्थान आजसम्म भेटिएको छैन । सम्राट सरहको राजा बसेर लेख्ने ठाउँ निकै नै भव्य नै हुनुपर्छ । स्थान पनि काँक्रेविहारजस्तै नै महत्ताले भरिपूर्ण हुनपर्छ । मलाई लाग्छ त्यो स्थान यतै यो भव्य निर्माण वरपरकै क्षत्रमा उत्खनन् पर्खेर बसिरहेको छ । एउटा बलियो सम्भावना याहाँ छ – के रिपुमल्लले यो निर्माणकै रेखदेख गर्ने क्रममा यो रचना गरेका ता होइनन् ? त्यसै हो भने यतै यसै क्षेत्रमा उनले बस्ने गरेका दरवार वा कोठी याहाँ थिए ।
सुरक्षेत्रको अर्थ हुन्छ देवताहरूको स्थान । किमवन्तिहरूले भनेका देवताहरूको क्षेत्र, अनि यीनै भग्नावशेषलाई देवताको दरवार भन्नु के यसैको संकेत त होइन ? यता सुरक्षेत्र जस्ता राजाहरू बसेर रचना गर्ने पूण्यभूमी कतै भेटिएका छैनन् । र याहाँ नै आजको आश्चर्यकै सीमाको भव्य निर्माणको अवशेषले नामसम्म पाएको छैन । यसको अर्थ के लाग्छ ? म विश्वस्त छु यस मन्दिरको पुनर्रुद्धार कार्य गरेमा तल कसैको नभएपनि रिपुमल्लका शिलालेख वा केहीनकेही संकेत अवश्यै भेटिनेछन् । रिपुमल्ल भनेको आफ्ना किर्ति राख्न अत्यन्तै सचेत राजा थिए । उनले अरूकै स्तम्भमा समेत आफ्ना नाम खुदाउन पछि नपरेका प्रमाण छँदैनै छ ।'उनले निग्लिहवा र लुम्विनीका अशोकस्तम्भहरूमा क्रमशः “ॐ मणी पद्मे हुँ श्री रिपुमल्लश्चिर जयतु” र “ॐ मणी पद्मे हुँ श्री रिपुमल्लश्चिरञ्जयतु संग्राम (म) ल्ल जयः” भन्ने अक्षरहरू खुदाएका छन् ।१०"
यो मन्दिरको पतनको बारेमा खालखालका अड्कलहरू काटिएका छन् । धेरैले बुद्धधर्मको विरोधी शंकराचार्यले यो भत्काएको हो भन्ने सोच राख्दछन् । शंकराचार्यले उनका समय आठौं शताव्दीतिर यस्ता धेरै भवनहरू ठाउँठाउँमा ढालेका पनि हुन् । तर यो मन्दिरनै अशोकचल्लले वि.सं १३३२ देखि बनाउन सुरु गरेको भन्ने मान्यता राख्ने मेरो लागि दुवैको समयलाई ध्यानमा राख्दा फिट खाने कुरा लागेन । दुल्लुदैलेख निवासी डिलबहादुर जिसीले आफ्नो लेख “काँक्रे विहारको ऐतिहासिक पक्ष ः खस राज्यहरूको सन्दर्भमा” मा यसको पतनको लागि तीन कुराहरूमाथि अड्ल काटेर विवेचना गर्नु भएको छ । त्यसैको सन्दर्भमा विवेचना गरी हेरौं ।
जि.सि.जीको पहिलो अडकल यो छ कि यो मन्दिरलाई दिल्लीसम्राट गयासुद्दीन तुगलकले वि.सं. १३८१ (यो १३८२ हनुपर्छ) मा वंगालको विद्रोह दवाएर यही बाटो गरी फर्कने क्रममा सिम्रौनगढ धोस्त पारेपछि यसलाई पनि यता पसेर धोस्त पारेका हुन सक्छन् । गोपालराज वंशावली अनुशार वि.सं. १३८२ मा गयासुद्दिन सिम्रौनगढतिर आउँदा राजा हरिसिंहदेवले उनीसंग युद्ध गरेर हारेको र आफै भागेको भन्ने देखिन्छ । तर गयासुद्दीन त्यताबाट कता गए भन्ने कुरा यसमा उल्लेख छैन ।११ यसमा पहिलो ता गयासुद्दीन यही बाटो फर्के होलान् भन्ने एउटा अडकलै मात्र देखिन्छ । दोश्रो, उनले यही बाटोबाट फर्केर यसलाई ध्वस्त पारेका भए निश्चयनै त्यस काल वा त्यसपछिका राजाहरू आदित्यमल्ल, कल्याणमल्ल, पुन्यमल्ल र पृथ्वीमल्लका वि.सं. १३९५ सम्मका शिलालेख, कनकपत्र, ताम्रपत्र आदिमा कतै न कतै यसको वर्णन पर्नपर्ने थियो ।१२ यत्रो ठूलो घटनाको कहीँ कतै वर्णन भेटिएको छैन । यो घटना अलि पछि नै घटेको हुनसक्छ । बरू वि.सं. १४०६ मा शमसुद्दीनले नेपालमा आक्रमण गरेको बेलामा१३ यता पसेर विध्वंश ग-यो होला भन्ने सोच अलि बलियो प्रतित हुन्छ ।
शमसुद्दीन यता आयो होलान् भन्ने कुरा मेरो पनि अड्कलै मात्र हो तापनि मुसलमानहरूको हिन्दु तथा बौद्धधर्मका केन्द्रहरूमा आक्रमण गर्ने इतिहासलाई हेर्दा यत्रो सम्पदा नष्ट गर्ने कुनै जमात छ भने मुसलमाननै हुनुपर्छ भन्ने सोच मेरो पनि छ । वि.सं. १४०६ सम्ममा यो निर्माणले वि.सं. १३८१ को तुलनामा निकै आकार लिइसकेको हुनपर्छ र यसको ख्याति टाढाटाढासम्म पुगेको हुनुपर्छ जसलाई समसुद्दीनले नेपालमा हुँदाखेरि नै सुने होलान् ।
त्यसवेलातिर खसहरूका राज्य अन्त हुने स्थितितिर आइपुगेका थिए १४ यस्तो अवस्थामा ठूला घटनाहरूको अभिलेख राख्ने मनस्थितिको ता कुरै भएन राज्य जोगाउनै हम्मे परिरहेको थियो । त्यो राज्य समसुद्दीन जस्ता आततायीको प्रतिकार गर्ने अवस्थामा निश्चयनै थिएन । त्यसैकारण समसुद्दीनको आक्रमण त्यो पनि राज्यको दक्षिणी भागमा भएकोलाई खसराजाले नीच मारेर ध्यान दिएनन् । हुनसक्छ आक्रमण पछि झनै टाउको उठाउने स्थितिमै उनीहरू रहेनन् र निमार्णको उद्धार गर्ने त कुरा परै रह्यो यसलाई पुरै विर्सन नै कर प-यो । अथवा हुनसक्छ त्यसवेलासम्ममा दक्षिणतिरकै सामन्तहरूले यो भेग आफ्ना हातमा पारिसकेका थिए र उनीहरूले पनि यसलाई जोगाउन सकेनन् र यो धारासायी भयो । अन्ततः यसको लेखा राख्ने नै कोही नभएर वेवारिसे ढंगमा पतन भयो ।
जि.सी.जी दोश्रो अड्कलमा भन्नुहुन्छ कि यसलाई सत्रौं शताव्दीतिर शैवहरूले ढालेका हुनसक्छन् । यो सोचलाई एक किलोमीटरको दुरीमा रहेको वि.सं. १६९६ बनेको शिवमन्दिरसंग सम्बन्धित बनाइएको छ । उहाँको सोच अनुसार यस मन्दिर बनाउने शैवहरूले यो बौद्धविहार भत्काएर त्यसैका प्रस्तरहरूले यो मन्दिर बनाएका हुन् । तर ढुंगाहरूको आकार र प्रकार हेर्दा त्यस्तो कत्तिपनि प्रतित हुदैन । नीकै साना छन् यसमा प्रयोग भएका ढुंगाहरू र साथै यीनमा बुट्टाहरू पनि देखिन्न् । कमसेकम सामान्य बुट्टाहरू ता हुनुपथ्र्यो नै । त्यो निर्माणलाई उनै शैवहरूले ढालेका हुन सक्छन् । तर त्यसैका ढुंगाहरू यसमा प्रयोग गरियो भन्ने सोच युक्तिसंगत देखिन्न ।
जि.सि.जीको तेश्रो र अन्तिम सोच खस राजाहरूको पतन पछि यसको उचित संरक्षण हुन सकेन भन्नेछ । अँैलोको प्रकोपको कारणले यो उपत्यका नीर्जन बन्यो र कुनै ठूलै भूकम्पले यो ढल्यो होला भन्ने अड्कल छ । खस राजाहरूको पतन राजा अभयमल्ल को पालामा वि.सं. १४३३ पछि केही बर्षमै सामन्तहरूको हातमा गएपछि भएको देखिन्छ । खसहरूको राज्यपतनसंग यसको पतनको सम्बन्ध छ भने त्यो यो हो कि यो निर्माण पूरा नहुँदैमा नै राज्यको पतन भइसकेको हुनुपर्छ । चाहे त्यहाँ समसुद्दीनको आक्रमण होस् वा न होस् । यदि समसुद्दीनको आक्रमण यता भएको थिएन भने यही भन्न पर्ने हुन्छ कि जव सामन्तहरूले टाउको उठाउन लागे तवदेखि नै पृथ्वीमल्ल र उनका उत्तराधिकारी अभयमल्लले राज्यको दुरावस्थालाई नियन्त्रित गर्न नसकेको अवस्थामा यसको निर्माण कार्यलाई नै छोडिदिए होलान् । खसराज्यको पतनपछि सुरखेतको भेग एउटा सामन्तको हातमा प-यो र उसले यसको निर्माण कार्य पुरा गर्ने कुरै रहेन र यो पूर्णतः त्यक्त र वेवारिस हुन पुग्यो होला । याहाँ भन्दा बढी सम्भावाहरू आँक्न नसकिने स्थिति छ ।
यसको सवै पूर्वसोच भनेको निर्माण कार्य पूरा नहुँदैमा यसको अन्त पनि भयो भन्ने हो । नत्र राजबंशको पतन हुँदैमा बनिबनाउ धार्मिक स्थलको पतन भयो होला भन्न अलि नपच्ने नै कुरा लाग्दछ । धार्मिक आस्थाहरू राजाले काँध थापेर मात्र निरन्तरित भइरहने होइन । त्यो आस्था त जनताका मनमा हुन्छ । जनता आस्थावान रहेसम्म त्यसको पतन हुनुपर्ने कुनै कारण छैन । ढलेकै मन्दिरहरूमा पनि जनता पुज्न पुग्दछन् । यहाँ त त्यस्तो पूज्ने परम्पराको त कुरै भएन । यो के थियो भन्नेसम्म विर्सिएको स्थितिमा त्यो जनताको आस्थाको केन्द्र नै थियो भन्ने कुरामै शंका भइरहेको छ । बुद्धधर्म भनेको राम्रै स्थापित धर्म थियो त्यस भेगमा । मुसलमानहरूको ताडनाबाट भागेर आउने भारतिय भिक्षुहरू यतै पसेको तथ्य इतिहासले दिइरहेछ । त्यस्तो स्थितिमा राज्यको पतनै भएपनि त्यो परम्परामा ह्रास नआउनु पर्ने हो । अझ राज्य स्वयंले कुनै पनि मठ वा मन्दिरहरूको संचालन गर्दैन नै । त्यसको संचालन तथा संरक्षणको लागि गुठीहरू राखिदिएका हुन्छन् । राज्य पतन हुँदैमा त्यसको पतन हुनु पर्ने कुनै कारण छैन । गुठीहरू रहेसम्म त्यसको पतन हुनै सक्दैन । गुठीको परम्परा भनेको निरन्तरित भइनै रहने कुरा हो । इतिहासै मासिएपनि त्यो गुठी निरन्तरित भइरहने हुँदा कमसेकम गुठी मासिने कुरै रहँदैन । त्यस्तो गुठी थियो भने त्यो अद्यापि कतै हुनुपर्ने हो । त्यस्ता गुठीहरूको कतै उल्लेख पाइएको छैन नै । अतः राज्य पतनसंग यसको पतनको कुरा होइन निर्माण कार्य नै पुरा नभएर यो स्थिति भयो भन्ने मेरो जिकिर छ ।
माथिका विवेचना गर्दा जताबाट पनि यस्तो महत्वपूर्ण लाग्ने भग्नावशेषलाई चिनाउने कहीँ कतै लौकिक प्रमाण नपाएको स्थितिले यही निस्कर्ष दिन्छ कि यो मन्दिर पूर्णरूपले बनीनसक्दै कुनैपनि कारणवश् यसमा व्यवधान आयो र पुरा गरिएन । ती व्यवधानमा समसुद्दीनको आक्रमण पनि हुन सक्दछ र खसराज्यको पतन पनि कारक हुन सक्दछ । पुरा हुन नपाएको त्यस निर्माणलाई पुरा गर्न कसैलाई आँट आएन र त्यसलाई त्यतिकै छाडे ।
युगौं विते । आउने पुस्ताहरूलाई यसको हेक्कै रहेन र यो यत्तिकै अनजानकै गर्भमा रह्यो । जव फेरि युगौं पछि यसलाई कसैले भेटे, यसका विशेषता अनुरूप थरीथरीका किमवदन्तिहरू सीर्जना भए । यो कुरा सम्भव नहोला भन्ने ठाउँ छैन । भारतका अजन्ता र एलोराका गुफा र लुम्विनीकै अशोकस्तम्भ पनि यसरी नै धेरै समयसम्म गुमनाम रही पछि पत्ता लागेका हुन् । यदि त्यसै हो भने स्थानीय आदिवासी थारुहरूमा यसको बारेमा केही सूचनाहरू छन् कि खोजी गरेमा केही न केही संकेत मिल्नेछ ।
यस निर्माणका सवै भागहरू त्यहाँ नै सुरक्षित छन् । माथिल्लो भाग मात्र ढलेर तलका भागहरू यथावत रहने राम्रै सम्भावना छ । माथिका भागहरूलाई पन्छाएमा तलका अंशलाई अवश्यै देख्न सकिने छ । तर यदि अन्य सम्प्रदायका शत्रुहरूले यसलाई ढालेका हुन् भने फेदैलाएर ढालेका हुनसक्ने हुँदा तलका अंशहरू जस्ताको तस्तै नरहेका पनि हुन सक्छन् । तथापि तल हेर्ने कार्य फलदायक नै हुन सक्ने मेरो सोच छ । यस प्रयाशले यसमा तलका भाग देखिने मात्र होइन कि त्यहाँ मूलमूर्ति तथा अन्य धेरैखाले मूर्तिहरू हुनसक्ने साथै शिलालेखहरू पाइनसक्ने ठूलै सम्भावनाहरू छन् । अझ त्यसताका प्रयोग हुने सरसमानहरू, पूजाका सरदाम, सिक्का, हातहतियारहरू आदि हुनसक्ने सम्भावनाहरू पनि उत्तिकै छन् । माटोको जडान नभएको मन्दिर भएको हुँदा तल पाइने सामग्रीहरूको वास्तविक स्वरूप नविग्रेका हुनसक्छ । वा विग्रेको भएपनि उनका स्वरूपलाई हेर्न बुझ्न वा अध्ययन गर्न सजिलो पर्ने छ । त्यति मात्र होइन भवितव्य परेर यो मन्दिर ढलेको रहेछ भने नरकंकालहरू समेत हुनसक्ने सम्भावना छँदैछ । विजातीहरूले ढालेका रहेछन् भने ढाल्ने औजारहरू पाइनेछन् । विजातिहरूसंग संघर्ष भएको रहेछ भने हातहतियार समेत पाइनेछन् । मन्दिर भित्र पाइने सामग्रीहरूको अध्ययन गरेर यो मन्दिरको पतन कसरी भयो भन्ने कुराको अध्ययन सजिलै गर्न सकिनेछ । उत्खनन् कार्यले यसको पतन मात्र होइन कि यसका सम्पूर्ण इतिहास कोर्न नै सधाउ पु-याउने छ । निर्विवादैछ ।
राष्ट्रको यत्रो नीधि यसै वेवारिसे पडिरहेछ । कसैलाई मतलव छैन यत्रो नीधि के थियो ? र कसरी यसको पतन भयो ? यस्तो लाग्छ – यो नीधिले आफ्नो दुर्दशा देखाइरहेको छैन अपितु राज्यको गैह्रजिम्मेवारी र नालायकपना यसले प्र्रदर्शित गरिरहेछ ।
अस्तु ।
सन्दर्भ सामग्रीहरू
1. Medieval Nepal - Part I, .Dr. DR. Regmi
२. साभार इतिहास– संसोधनको प्रमाण प्रमेय
३. कर्णाली प्रदेशको ऐतिहासिक रूपरेखा – धनबज्र बज्राचार्य
४. जनमञ्च – ०५० माघ, ७–१७, काठमाण्डौं
५. काँक्रीविहार (स्मारिका) – ०५३, काठमाण्डौ
६. वालकृष्ण मानन्धरसंगको अन्तरवार्ता
7. प्रेममानसंगको अन्तरवार्ता
सुर्खेत, ०५५, चैत्र १४

नेपालको इतिहास हेर्दा यस्तो देखिन्छ कि अशोकचल्ल पछिका उनका उत्तराधिकारी जितारिमल्लदेखि आदित्यमल्लसम्म जम्मा ४ पुस्ताका राजाहरूले ५१ वर्षसम्म नेपालमा ७ पल्ट (जितारीमल्लले वि.सं. वि.सं. १३४४, १३४५ र १३४६ मा ३ पल्टसम्म, रिपुमल्ल, पून्यमल्ल र अदित्यमल्लले वि.सं. १३७८, १३८४, १३९१, १३९४ मा जम्मा ४ पल्ट) आक्रमण गरे । यी आक्रमणहरूको विशेषता यही रह्यो कि उनीहरूले प्रत्येकपल्ट आगो लाउने, शहरवासीलाई बनतिर धपाउने र रित्तो शहरमा लुटपाट मच्चाएर फर्कने तथा पछिल्ला पटकका आक्रमणहरूमा करदमा पारेर फर्कने गरे । अर्थात राज्य हत्याउने प्रयत्न यी थिएनन् । धनसम्पति जुटाउने प्रयत्न थिए । ठूलै नोक्सानीहरू सहेर गरिएका यस्ता आक्रमणहरू सीर्फ धनकैलागि गरिन्छ भने त्यस्तो के आवश्यकता थियो यी राजाहरूलाई ? विशेष एउटा स्थीर र सम्बृद्धीशाली राज्यमा ? के यही मन्दिर बनाउने पुख्र्यौली जिम्मालाई पुरा गर्न यस्तो गरेका त थिएनन् ? यो बलियो सम्भावना छ ।