May 25, 2013

THE BUDDHA WAS BORN IN NEPAL: SAYING OTHERWISE IN INDIA IS FALSE PUBLICITY

[The Buddha birth controversy began in 1928 from Orissa. Some Orissa historians claimed the Buddha was born in Lembai of Kapileshwor in Orissa. And since then, it hasn't ceased yet. Apart from India, people from Shri-Lanka, Thailand and Iraq also claim the Buddha was born in those countries. If both Pakistan and Afghanistan  were also  some non-Muslim countries; writers from these countries would also do the same to own the greatness of the Buddha.  Below is an article on what should be done from Nepal's side.  The author has some tips for Nepal government and peoples also. But we would  say China-Nepal-India should promote transnational Buddhist tourism to benefit their people. The evidence suggests the Buddha was born in present day Nepal's Lumbini. Since 2010, The Himalayan Voice has offered forum for discussion on the Buddha birth controversy and many scholars from different countries have already taken part. - Editor] 

बुद्ध नेपालमा जन्मेका हुन्

लेखक  बुद्धिनारायण श्रेष्ठ*

बुद्ध नेपालमा जन्मेका थिए । आजभन्दा २ हजार ५ सय ५७ वर्षअघि बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् । बुद्धको आमा मायादेवी तिलौराकोटबाट माइती देवदेह जाँदा लुम्बिनी पुगेको बेला प्रसव वेदनाले च्यापी बुद्धको जन्म त्यहीं भएको थियो । आमाले बच्चालाई जन्म दिंदा सामान्यतया भुइँमा बसेर या पल्टेर दिन्छन् । तर बुद्धको आमा मायादेवीले सालवृक्षको हाँगा समाएर उठेकै अवस्थामा बुद्ध जन्माएकी थिइन् । पौराणिक वृत्तान्तअनुसार बुद्ध जन्मनेबित्तिकै उत्तरतर्पm सात पाइला हिंडेका थिए र उनले बोलेका थिए– ‘म लोकको ज्येष्ठ हुँ, म संसारको श्रेष्ठ हुँ, म जगत्मा अग्र हुँ ।’ बुद्ध जन्मदा उनको शिर तेजमण्डल (सूर्यचक्र) ले घेरिएको थियो । उनलाई राजा शुद्धोदनको छोरा राजकुमारका हैंसियतमा ‘सिद्धार्थ’ भनिन्छ भने भिक्षुका रुपमा ‘गौतम’ र ध्यानपश्चात् ज्ञानप्राप्तकर्ताका हैंसियतमा ‘बुद्ध’ भन्ने गरिन्छ । उनलाई शाक्य वंशका प्राज्ञ (सिद्ध) का कोटिमा उपदेशकका ह‘ैसियतले ‘शाक्यमुनि’ भन्ने चलन पनि रहेको छ । कसैकसैले सर्वअर्थ सिद्ध गर्नसक्ने भएकोले सिद्धार्थ भनिएको भन्ने पनि गरेका छन् ।

ज्ञानोपार्जनका लागि २९ वर्षको उमेरमा बुद्धले तिलौराकोट दरबार छाडी भारतको बोधगया तथा बनारसलगायत विभिन्न स्थानमा गएर बुद्धत्व प्राप्त गरेका थिए । बुद्धत्व प्राप्तिपछि उपदेशकका रुपमा नेपाल फर्केका थिए । शान्ति, अहिंसा, परमोधर्म जस्ता उनको उपदेश विश्वभर प्रख्यात रहेको छ र यसैलाई ‘बुद्धिजम्’ मानिएको छ । हिजोआजको युगमा पनि बुद्धको शान्ति सन्देश सान्दर्भिक रहेको छ । उनको जन्म पूर्णिमा तिथिमा भएको थियो भने असी वर्षको उमेरमा पूर्णिमा तिथिकै दिन देहान्त भएको थियो ।

शाक्यमुनि सिद्धार्थ गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने अनेक प्रमाण छन् । त्यस्ता प्रमाणहरूमध्ये बुद्ध जन्मेको ३५० वर्षपछि भारतका सम्राट अशोकले बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण गरेको साढे ६ मिटर अग्लो ‘अशोक स्तम्भ’ नै ज्वलन्त प्रमाणका रुपमा रहेको पाइन्छ । यस स्तम्भमा पाली भाषामा ‘हितबुधे जाते सक्यमुनिति’ अर्थात ‘यहाँ बुद्ध शाक्यमुनिको जन्म भएको’ भन्ने सूचीबद्ध विवरण शिलापत्रमा कुँदिएका छन् । यसबाहेक लुम्बिनी बुद्धको जन्मस्थल हो भनी संयुक्त राष्ट्रसंघको युनेस्कोले विश्वसम्पदा सूचीमा सन् १९९७ मा सूचीकृत गरेको छ । यसका साथै जर्मनी, जापान, क्यानडाजस्ता विभिन्न देशका पुरातत्वविद्हरूले उत्खनन् गरी लुम्बिनी क्षेत्रको निर्माण सामग्री २५ औं सय वर्ष पुरानो भएको प्रमाणित गरी बुद्ध यहीं जन्मेका थिए भन्ने अनुसन्धान प्रतिवेदन तयार पारेका छन् । यसै कारणले जापानी आर्किटेक्ट केन्जो टाँगेले सन् १९७८ मा लुम्बिनी गुरु योजना तयार पारेका थिए । यसरी लुम्बिनीमै बुद्ध जन्मेको प्रमाणित भएका कारणले विश्वका विभिन्न देशहरूले लुम्बिनी क्षेत्रमा करोडौंको लागतमा बुद्ध प्यागोडा शैलीमा भवन, चैत्य, मठ, मन्दिर बनाएका छन् । उनीहरू लुम्बिनीलाई ‘बुद्धिजम् डेस्टिनेशन’ बनाउन लागिपरेका छन् ।

बुद्ध नेपालमा जन्मेका हुन् भनी यत्तिका प्रमाण हुँदाहुँदै पनि छिमेकी मित्र देश भारतले बुद्ध भारतमा जन्मेका हुन् भनी मिथ्या प्रचार गर्दै आएको छ । उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्लाअन्तर्गत पिप्रहवा गाउँमा बुद्ध जन्मेका हुन् भनी भारतले भन्ने गरेको छ । कहिले चाहिँ उडिसा राज्यको कपिलेश्वर बुद्धको जन्मस्थल हो भन्ने गरेको छ । विद्यालय तथा महाविद्यालयको शैक्षिक कोर्ष किताबमा बुद्ध भारतमा जन्मेका हुन् भनी पठन–पाठन गर्ने गरिएको छ । भारतीय टुरिस्ट गाइडले विदेशी पर्यटकहरूलाई बुद्धको बुवा राजा शुद्धोदनको दरबार भारतको पिप्रहवामा रहेको छ भन्दै बुद्ध भारतमा जन्मेका थिए भनी भ्रम पैmलाउने गरिन्छ । उदाहरणार्थ, गएको वर्ष फागुन २४ मा दिल्लीको ‘टप ट्राभल्स’ ले ३ वटा ठूला बसमा १०३ भितनामी बौद्ध धर्मावलम्बीलाई लुम्बिनी भ्रमणपछि तिलौराकोट भ्रमण गराएको थियो । भ्रमणको क्रममा सोनु जयसवालनामक भारतीय पथ प्रदर्शकले पर्यटकहरूलाई यी पुराना भग्नावशेष बुद्धस्थलका एउटा भाग मात्र हुन् भन्दै भगवान् गौतम बुद्धको बाबु राजा शुद्धोदनको राजप्रासाद भारतको पिप्रहवामा भएको बताए । त्यस बखत कान्तिपुर सञ्चारकर्मीले किन गल्ती जानकारी गराएको भनी भारतीय पथप्रदर्शक समक्ष जिज्ञासा राख्दा ती पथप्रदर्शकले भने– ‘मैले यस्तै पढेको र जानेको हुनाले यस्तै भनेको हुँ ।’ यसबाट बुद्धको जन्मस्थलबारे कुन तहसम्म भ्रम पै्रदा गरिएको रहेछ भनी बुझ्न सकिन्छ । यसले नेपाली मात्रलाई नभई विश्वकै सत्यनिष्ट व्यक्तिहरूका निम्ति पनि चिन्ताको विषय उत्पन्न गरेको छ ।

वास्तवमा राजा शुद्धोदनको दरबार नेपाल–भारत सीमाबाट १३ किलोमिटर उत्तर नेपालको कपिलवस्तु जिल्लास्थित तिलौराकोटमा पर्छ । हाल यो पुरातात्विक भग्नावशेषका रुपमा रहेको छ । भारतले नक्कली दरबार सीमारेखाबाट भारततर्पm १ किलोमिटर दक्षिण पिप्रहवामा बनाई बुद्धको जन्मस्थलबारे मिथ्या प्रचार प्रसार गर्ने गरेको पाइन्छ । लुम्बिनीमा मायादेवीको मन्दिर भत्काई जिर्णाद्धार गर्दा त्यहाँको पुरातात्विक एउटा इँटालाई दश हजार रुपैयाँमा र इँटा जडान गर्ने सुर्कीको धुलो सामग्री प्रतिकिलो पचास हजार रुपैयाँमा रातसाँझ तस्करी गरेर बेच्ने हामी नेपाली नै हौं । अनि भारतले ती पुराना सामग्री पिप्रहवामा लगेर नयाँ सामग्रीमा मिसाई निर्माण कार्य गरेको बुझिन्छ । यसरी भारतले बुद्ध भारतमा जन्मेका हुन् भनी प्रमाणित गर्न खोज्दैछ ।

यहाँ जिज्ञासा उत्पन्न हुन्छ आखिर भारत किन यस्तो गर्छ र बुद्ध भारतमा जन्मेका हुन् भनी किन भन्ने गर्छ ? यसको जावाफमा राजनीतिक र आर्थिक कारण रहेको हुनसक्छ । भारत विश्वको ठूलो प्रजातान्त्रिक मुलुक छँदाछँदै पनि शान्तिका प्रतीक गौतम बुद्ध भारतमा जन्मेका हुन् भनी आफ्नो देशको नाम अझ माथि उकाल्न यस्तो गरिएको हुनसक्छ । भारत चीनभन्दा अगाडि बढ्दै गयो भने अमेरिका तथा पश्चिमा मुलुकले भारतलाई अझ बढी मुलाहिजा गर्नेछ भन्ने धारणाले पनि यस्तो गरिएको हुनुपर्छ । यसबाहेक छिमेकी मुलुकलाई जेजस्तो गरे पनि हुन्छ भन्ने मनोवैज्ञानिक प्रवृत्ति प्रदर्शन गर्न पनि हुनसक्छ ।

भारतले बुद्ध उसको देशमा जन्मेको हो भन्ने कुरामा ‘परालको त्यान्द्रोको सहायता’ लिन खोजेको छ । बुद्धले शिक्षा–दिक्षा हासिल गरी बुद्धत्व प्राप्त गरेको स्थान भारतमा भएको हुनाले यसै कुरालाई परालको त्यान्द्रोको रुपमा लिएको हुनुपर्छ । बुद्धले भारतको सारनाथमा पहिलो पटक शिक्षा लिएका थिए भने कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरेका र बोधगायामा बुद्धत्व प्राप्त गरेको तथा भारतकै कुशिनगरमा उनको देहान्त भएको हुनाले बुद्ध भारतमा जन्मेका भनी भ्रम पार्न बेलामौकामा भन्ने गरेको छ । यसै सन्दर्भमा अर्को प्रसङ्ग उल्लेख गर्न मिल्छ या मिल्दैन । तथापि सगरमाथामाथि पहिलो पटक पाइला टेक्ने नेपालका तेन्जिङ शेर्पालाई भारतले भारतीय बनाई छाड्यो । बुद्धको जन्मस्थलबारे पनि भारतले यस्तै गर्न खोजेको हो कि भन्ने भान नेपाली समाजमा पर्न गएको छ ।

बुद्ध भारतमा जन्मेका हुन् भनी भारतले प्रचार गर्नुका पछाडि आर्थिक कारण पनि रहेको छ । विश्वका विभिन्न देशका लगभग ५० करोड (चीन बाहेक) जनसंख्या बुद्ध धर्मावलम्बि छन् । उनीहरूमध्ये वहुसंख्यक प्रतिशतका व्यक्ति एक पटक बुद्धको जन्मस्थल टेक्ने अभिलाशा राख्छन्, चाहे धार्मिक दृष्टिकोणले होस् या व्यक्तिगत इच्छाभ्रमणका कारणले होस् । संयुक्त राष्ट्रसंघका वर्तमान महासचिव बानकि मुनको सानैदेखिको इच्छा जीवनमा एक पटक बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने रहेकोमा २०६५ कात्तिक १७ मा उनले लुम्बिनीको दर्शन गरेका थिए । दर्शनका समय उनले भनेका थिए– ‘संयुक्त राष्ट्रसंघको महासचिवको हैंसियतमा म अन्तस्करणदेखिनै आशा राख्दछु कि बुद्धको दर्शन र उपदेशले विभिन्न संस्कृति र सम्प्रदायका मानिसलाई सुख, शान्ति र मेलमिलापमा आवद्ध गरिराख्ने छ ।’ यसैगरी थाइल्यान्डका भूतपूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले २०६८ पुस २ मा मायादेवी मन्दिरभित्र र अशोकस्तम्भ अगाडि प्रार्थना गरेका थिए । धेरै अघिदेखि बुद्धको जन्मस्थल भ्रमण गर्ने इच्छा गरेको कुरा आगन्तुक पुस्तिकामा लेख्दै उनले लुम्बिनी दर्शन गर्ने आफ्नो सपना साकार भएको कुरा व्यक्त गरेका थिए । यस प्रसंगमा विश्वका करोडौं बुद्ध धर्मावलम्बि पर्यटक भारतमा भित्र्याएर प्रतिवर्ष अर्बौं डलर आर्जन गर्न बुद्ध भारतमा जन्मेका हुन् भनी भ्रम पैmलाउने गरेको बुझिन्छ ।

यस्तो भ्रमको एउटा उदाहरण प्रस्तुत गरौं । यस पंक्तिकारसमेत सम्लग्न रहेको नेपालको प्रतिनिधिमण्डलले हालै श्रीलंका भ्रमण गर्ने अवसर पाएको थियो । कोलम्बोको औपचारिक कार्यतालिका सम्पन्न भएपछि हामीलाई ०७० वैशाख १० गते क्यान्डी शहरको दलादा मलिगवामा रहेको बुद्धको ‘टेम्पल आप्m टुथ रेलिक’ अवलोकन गर्न लगियो । त्यहाँ हामीलाई मन्दिरको अन्तर्राष्ट्रिय मामिलाका निर्देशक गमिनि बन्दरासँग पनि भेट गराइयो । कुरै–कुरामा उनले बुद्ध भारतमा जन्मेको कुरा उल्लेख गरे । मैले प्रतिवाद गर्दै बुद्ध नेपालमा जन्मेका हुन् भनें । यसको जवाफमा उनले नेपाल भारतको एक प्रान्त हो भने । त्यसपछि रातोपिरो हु‘दै हामीले एकै स्वरमा भन्यौं– कदापि होइन । नेपाल परापूर्वकालदेखि स्वतन्त्र हिमाली राष्ट्र हो । यो कसैको अधिनमा कहिल्यै परेको छैन । यति भन्दै मैले ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएको भिजिटिङ् कार्ड थमाउ‘दै भनें– कृपया आफ्नो भनाइ सुधार गर्नुहोस् । त्यसपछि उनको अनुहार कच्याक्–कुचुक परेजस्तो भयो र उनले भने– म अध्ययन गर्छु, सुधार गर्छु । यहॉ जोड्न खोजिएको कुरा चाहि‘ बुद्ध भारतमा जन्मेका हुन् भन्ने भ्रामक प्रचार कति गहिराइसम्म पुगेको रहेछ, यस्ता उदाहरणबाट थाहा पाउन सकिन्छ ।

अब नेपालले के गर्ने ?

नेपालमा विभिन्न प्रकारका राष्ट्रिय चिन्तन, मनन र भनाइको कमी छैन । तर कार्यान्वयनमा सख्त कमी र कमजोरी सँधै रहिआएको छ । अब बुद्धको जन्मस्थलबारेको मिथ्या प्रचारलाई हटाउन नेपालले उदासिनता देखाइरहनु हुँदैन । यसका लागि ठूलो तामझाम गरिरहनु पर्दैन । करोडौं धनराशि खर्च गर्नु पर्दैन । चाहिन्छ त, एउटा सानो प्रतिवद्धता । यस्तो प्रतिवद्धता निम्न माध्यमद्वारा कार्यान्वयन गर्न गराउन सकिन्छ ।

कागजी तथा विद्युतीय माध्यम

       प्रथमतः मन्त्री परिषद्को निर्णयद्वारा मन्त्रालयदेखि जिल्ला तथा गाविससम्मका सरकारी÷अर्ध सरकारी कार्यालयहरूको लेटर प्याडको पुछारमा ‘बुद्ध नेपालमा जन्मेका थिए’ भनी उल्लेख गर्नुपर्छ । यसैगरी पदाधिकारीको भिजिटिङ कार्डको पुछारमा पनि उल्लेख गर्ने परिपाटी चलाउनु पर्छ । विभिन्न निकायका ब्रोशर, पम्प्लेट, परिचयपत्रको पुछारमा यसै गरी लेखिनु सान्दर्भिक हुन्छ । विभिन्न निकायको वेब साइट, होम पेजमा ‘बुद्ध वाज बर्न इन नेपाल’ उल्लेख गरिनु पर्छ । प्रत्येक इ–मेलको पुछारमा यही कुराको टेम्प्लेट अवलम्बन गर्नुपर्छ ।

भौतिक माध्यम

अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलको आगमन कक्षमा ठूलो अक्षरले ‘वेलकम टु द कन्ट्री अप्m बुद्ध’ र प्रस्थान कक्षमा ‘बुद्ध वाज बर्न इन नेपाल’ लेख्ने प्रचलन धेरै प्रभावकारी हुनसक्छ । होटेलको ‘चेकइन काउण्टर’ को भित्तामा तथा वाणिज्य बैंकमा यसै गरी लेखी पर्यटकले पैसा कारोबार गरेको रसिद तथा हवाइयात्रुको अध्यागमन कार्डको पुछारमा पनि अनिवार्य रुपले उल्लेख गर्ने परिपाटी बसालिनु पर्छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा सचिवका विदेशी भेटघाट गर्ने कार्यकक्ष भित्ताको सुहाउँदो ठाउँमा सुहाउँदो अक्षरमा अङ्कन गर्नु बढी प्रभावकारी हुनसक्छ ।

भारत र चीनको सीमा–नाकामा बनिएका सीमाद्वारमा एकदमै प्रभावकारी ढङ्गले ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएकै हुनुपर्ने व्यवस्था गरिनु पर्छ । सीमावर्ती जिल्लाका अदालत, प्रहरी, भन्सार, अन्तशुल्क, अध्यागमन कार्यालय, विद्यालयले पनि यिनै कुरालाई पछ्याउनु पर्छ । यसैगरी निजी क्षेत्रका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ जस्ता उद्योगी व्यवसायीले यस कुरालाई अनुशरण गर्न सरकारले अनुरोधपत्र पठाउनु पर्छ ।

कूटनीतिक माध्यम

 विदेशस्थित नेपलको दूतावास, नियोगमा राजदूतको भेटघाट कक्ष तथा भिसा काउण्टरमा पनि यस्तै प्रक्रिया अवलम्बन गर्ने निर्देशन गर्नुपर्छ । दूतावासको लेटर प्याड, राजदूतको भिजिटिङ कार्ड, नेपाली भीसा स्टिकरको पुछारमा ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएमा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश व्यापक रुपमा विश्वभर प्रचार प्रसार हुनसक्छ ।

यस्तैगरी संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय निकाय तथा विदेशी सभा, सम्मेलन, बैठकमा नेपाली पदाधिकारी प्रतिनिधिको भाषणको अन्त्यमा ‘थ्याङ्क यु, बुद्ध वाज बर्न इन नेपाल’ भन्ने परिपाटी पनि अपनाउन सकिन्छ । विश्वका कतिपय मुस्लिम देशका पदाधिकारीले अन्तर्राष्ट्रिय सम्मेलनको भाषणमा ‘विस्मिल्लाह हिर रहमा निर रहिम’ भनी भाषण सुरु गर्ने गरेका छन् भने नेपाली पदाधिकारीले बुद्ध नेपालमा जन्मेका हुन् भनी भाषण टुग्याउन किन नहुने ? यसमा अप्ठेरो मान्नुपर्ने कुनै कारण रहँदैन । विदेशीलाई उपहार प्रदान गर्दा ‘ शान्ति र समृद्धिका प्रतीक बुद्ध नेपालमा जन्मेका हुन्’ भनी उपहारमा लेख्नु अन्तर्राष्ट्रिय परिप्रेक्षमा कुनै अतिशयोक्ति हुने देखिंदैन । यसबाट दूरगामी सन्देश प्रवाह हुन जान्छ ।

अन्तिम

बुद्ध भारतमा जन्मेका हुन् भन्ने भ्रामक प्रचारलाई चिर्न हाम्रो सरकारी तवरबाटै सशक्त भूमिका खेल्नुपर्नें समय आएको छ । देश र विदेशसम्म पहुँच पुगेका सञ्चारमाध्यमद्धारा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सशक्त सन्देश प्रवाह गराउने परिपाटी मिलाउनु पर्छ । स्मरणीय छ न्यूज टुएन्टीफोर टेलिभिजनमा रबि लामिछानेले गत चैत २९ मा ६२ घण्टा ‘बुद्ध नेपालमा जन्मभेका हुन्, नेपाललाई विश्वले चिन्नेछ’ नामक यस पंक्तिकारलाई समेत अन्तरवार्तामा सरिक गराइएको सबभन्दा लामो म्याराथुन टेलिभिजन वार्ता कार्यक्रम सञ्चालन गरेका थिए । यसले गिनिज बुक अप्m ओल्र्ड रिकर्ड प्राप्त ग¥यो । यहाँ उल्लेख गर्न खोजिएको कुरा यस्ता कार्यक्रम राष्ट्रियता संरक्षणका लागि बढी प्रभावकारी हुन सक्छन् ।

 यसैगरी बुद्ध नेपालमा जन्मेका हुन् भन्ने ठोस प्रमाण र अन्तराष्ट्रिय मान्यतासमेत सम्लग्न गरिएको पुस्तिका हिन्दी, चिनियाँ र अंग्रेजी भाषामा तयार गरी खास गरेर भारत र चीनमा व्यापक रुपले विक्री वितरण गर्ने चाँजोपाँजो मिलाउनु पर्छ । यसबाट बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश विश्वभर प्रवाह हुनसक्छ । बुद्ध जयन्तिका अवसरमा सरकारमा रहेका पदाधिकारीलाई यस कार्यका लागि शाक्यमुनि सिद्धार्थ गौतम बुद्धले सद्बुद्धि प्रदान गरुन् भनी कामना गर्दछु ।

* The author is former Surveyor General of  Topographical Survey Department, Government of Nepal.