November 9, 2012

NEPAL: 'SETO DHARTI' BRINGS 'MADAN PURASKAR' DOWN TO ITS KNEES

[The Himalayan Voice had posted a report of burning down a novel 'Seto Dharti सेतो धरती (possible English translation - The White Earth)   honoured with Madan Puraskar, a prize  of towering reputation and recognition for literary works  for the year 2012. Below posted today is an article which clearly tells, as we had anticipated,  that the novel 'Seto Dharti सेतो धरती (The White Earth) borrows its story and plot, if not 'copies' from Pearl S . Buck's Pulitzer Prize(1932) and Nobel Prize (influenced, 1938) winning novel The Good Earth (असल धरती).  One of the reasons for this assertion is that the title of the novel Seto Dharti (सेतो धरती', The White Earth)  itself is exactly copied, if not 'stolen' from  The Good Earth (असल धरती). Reading the article below what can be surmised is that the plot in the novel is also 'borrowed' from  The Good Earth (असल धरती). We can only find Nepali social life and landscape in Seto Dharti (सेतो धरती , The White Earth). Otherwise, what is the difference and where is its originality ? The major question here is how can such a novel win  Madan Puraskar, a prize  also treated as Nepal's Nobel Prize ?  The Himalayan Voice agrees  that book burnings are not good jobs to do. But  what can also be noted is that authors have a duty to be respectful towards some communities' self-respect and pride  also as we live in the 21 century world today. Can we imagine Pearl S . Buck  writing  The Good Earth (असल धरती)forgetting all modern advancement of Chinese societies today ? Times change and so do the feelings of the people also. In 1911 Shikhar Nath Subedi published 'Thargotra Pravaravali 'थरगोत्र प्रवरावली'  demeaning and demonizing the local peoples of Nepal. It created a huge controversy among the Gurungs of the country. Mukhiya Sarvjit Krochai Gurung of then West No 3, Kaski  Saldada lodged a petition prompting the Rana Goverment, on Bikram Sambat 1978 Jestha 13 (Thursday),  to order banning or seizure of the book. - The Blogger]

पुस्तक दहन, भौतिक कारबाही र दुःख
लेखक खगेन्द्र संग्रौला
आमा र यमदूतहरुमा नर्कको त्रास र स्वर्गको आश देखाएर मृतकलाई प्रेत योनिबाट मुक्ति दिने नाउँमा ठगीखाने गरुड पुराण जलाउनु उचित हुन्छ भनी मैले लेखेको थिएँ। अहिले आफ्नै त्यो मतसँग मेरो विमति छ। पुस्तक, चाहे त्यो जतिसुकै नरद्वेषी किन नहोस्, त्यसलाई जलाउनुहुँदैन, जोगाउनुपर्छ। त्यो जस्तो छ, त्यस्तो किन छको अर्थ ऐतिहासिक-सामाजिक सन्दर्भमा, परम्परा र संस्कृतिमा, मानव मनोविज्ञान र सम्बन्धमा खोजिनुपर्छ। त्यस्तो खोजी ज्ञानबर्द्धक हुन्छ र त्यसले सभ्यता र संस्कृतिलाई परिमार्जन गर्दै जान सघाउ पुर्याखउँछ।
तर पुस्तक जलाउनुहुँदैन भन्दाभन्दै पनि यदाकदा पुस्तक जलाउने क्रम चलेकै छ। अन्तका कुरा म गर्दिनँ, हाम्रैमा पनि बीपी कोइरालाको सुम्निमा जलाइयो, सरुभक्तको तरुनी खेती जलाइयो। र, अहिले अमर न्यौपानेको सेतो धरती जलाइएको छ। द्वन्द्व कालमा विश्वविद्यालयका विद्यार्थीले आफैँले पढ्ने पुस्तक जलाएका थिए। आफ्नो नाकैअगाडि पुस्तक जलाइँदाको आगोले पोलेर छट्पटाउँदै, निसासिँदै र रुँदै अभि सुवेदीले अग्निको कथा लेखे। अग्निको कथामा पुस्तक जलाउने युवाहरुका प्रतिरुप अमर भए तर पुस्तक जलाउने कर्ताहरु भने अहिले त्यो धन्दामा छैनन्। अभिको भाषामा ती अग्निहोत्री कहलिएका छन्। उनी तिनलाई जब अग्निहोत्री भनेर पुकार्छन्, ती ङिच्च हाँस्छन्। तिनको त्यो हाँसोमा पुस्तक जलाउँदाको गौरव होइन बरु ग्लानि झल्किन्छ। तीमध्ये कसैले कुनै दिन पुस्तक दहनबारे संस्मरण लेखे भने मलाई लाग्छ, त्यसमा पश्चातापको ओइरो लाग्नेछ। उत्ताल आवेग र चरम आक्रोशबाट वशीभूत भएर पुस्तक जलाउनेहरु जब विवेकमा फर्किन्छन्, तिनलाई आफ्नै कर्मप्रति कष्टप्रद् खेद महसुस हुन्छ। यो मानव स्वभाव हो।

अमर न्यौपानेको सेतो धरती कात्तिक ४ गते जलाइएछ पोखरामा। जलाउने हातहरु भुजेल सेवा समितिका सदस्यका रहेछन्। उसो त त्यसमा अन्य जनजातिका कतिपय सदस्य पनि सामेल नभएका होइनन्। दशैँभरि यो घटना गुपचुप रह्यो। जब दशैँ गयो, तब यसमाथि सानोतिनो विमर्श शुरु भयो। कात्तिक १८ को नागरिक दैनिकमा कृष्ण धरावासीले मुख खोले। तिनले साहित्यमा समाजको वास्तविक चित्र कसरी उतारिन्छ भन्नेबारे चर्चा गर्दै पुस्तक दहनप्रति विमति प्रकट गरे। तिनको अभिव्यक्तिमा ठाउँठाउँमा आक्रोशको हल्का ज्वाला प्रकट भएको थियो। पुस्तक जलिसक्यो तैपनि कोही किन बोल्दैन भन्ने झोँकमा तिनले पोखरेली लेखक सरुभक्त, तीर्थ श्रेष्ठ, विजय वजिमय, रमेश श्रेष्ठ आदि मूक मुद्रामा 'किताबको धुवाँ सुँघिरहेका छन्' भनेर ठोकिदिए। धरावासीको अभिव्यक्तिको समय सन्दर्भ र पारा दुवै सरुभक्तलाई चित्त बुझेनछ। तिनलाई निभ्न लागेको आगोमा धरावासीले घिउ हालेझैँ लागेछ। र, तिनले विनम्र भाकामा कठोर प्रतिक्रिया गरे। जाग्रत जनजातिगणको संवेदनाको सम्मान गरिनुपर्ने र पुस्तक दहनको विरोध गरिनुपर्ने तिनको मत थियो। विवादको दशगजामा उभिएर प्रकट गरिएको तिनको मतमा सामाजिक सद्भावको चिन्ता टनाटन भरिएको थियो। विमर्शको मेसोमा कात्तिक २० को कान्तिपुर दैनिकमा एकराज भुजेल हाजिर भए। तिनले पनि विवादको दशगजामै उभिएर प्रतिक्रिया दिए। तिनले पुस्तक दहनप्रति छद्म विमति राखे। र, दहनकर्ताबाट दहनको कारण खुलस्त पारियोस् भनी सविनय आग्रह गरे।

मलाई लागेको थियो, पानीको फोकोझैँ उठेको यो विवाद फोको फुटेर अब तुरियो। तर मेरो सोचाइले हावा खायो। अमर न्यौपाने र नीरज भारी सम्पर्कमा आए। र तिनले पुस्तक जलाउने बन्धुहरुको रिसको पारो अझै नझरेको अप्रिय यथार्थ मलाई अवगत गराए। अमरलाई त भौतिक कारबाहीसम्मको ध्वा"स पनि आइरहेको मैले सुने"। मैले यी दुवै युवक चिन्तित र किञ्चित् त्रस्त भएको छनक पाएँ। गण्डकी खबरमा भुजेल समाजका अध्यक्ष सूर्यबहादुर भुजेलको कथन जब पढें, म नराम्ररी झस्के"। तिनले त मेरी बास्सै, 'पुस्तकमा लेखिएका कुरा तत्काल नसच्याइए त्यसको प्रतिरोधमा जे पनि हुनसक्ने' कुरा गरेका रहेछन्। 'जे पनि' को अर्थ यसै लाग्छ, अर्थ खोल्ने लेठो गरिरहनुपर्दैन। लेखक, प्रकाशक र मदन पुरस्कारले सार्वजनिकरुपले माफी मागून्। भुजेल जातिलाई अपमान गर्ने शब्दहरु सम्पादन गरियुन्। होइन भने पुस्तकमाथि प्रतिबन्ध लागोस्। हो यस्ता रहेछन् अध्यक्ष भुजेल आदिका कठोर दाबीहरु।

कुनै पनि पुस्तकबारे कसैले पनि समग्र वा अंशमा मौखिक वा लिखित विमति वा विरोध प्रकट गर्नु सामान्य कुरा हो। विमति वा विरोध गर्नेहरुबाट आफ्नो विमति र विरोधको औचित्य सिद्ध गर्न तथ्य र युक्तिहरुको आधारमा चित्तबुझ्दो तर्कको अपेक्षा गरिनु पनि सामान्य कुरा नै हो। तर, विचारले विचारको प्रतिवाद र विरोध गर्नुको सट्टा भौतिक कारबाहीका कुरा गर्नु उदेकलाग्दो कुरा हो। विचारमाथि मुढेबल प्रयोग गरेर विचारको बहस किमार्थ जितिँदैन। बरु विवेकशील लोकका दृष्टिमा हास्यपात्र पो भइन्छ।

यसरी विवाद जब भौतिक कारबाहीको धम्कीतर्फ माडियो, मलाई केही बोल्नु जरुरी लाग्यो। कान थापेर सुनिहेरेँ, बोल्नुपर्नेहरु सबै मुख जाम गरेर बसेका छन्। विवादमा आफूसमेतलाई मुछेर आफूद्वारा पुरस्कृत लेखकमाथि भौतिक कारबाहीको ध्वाँस आइरहँदा मदन पुरस्कार गुठी मौन छ। रङ्ग-रङ्गका र ढङ्ग-ढङ्गका लेखक संघ मौन छन्। अभिव्यक्ति स्वतन्त्रताको पहरेदार भइखाएको पत्रकार महासंघ मौन छ। मानव अधिकारका ध्वजाबाहक गैसस उद्यमका कमाउ खेलाडी मौन छन्। शायद जाडोले यी सबैका वाणी र ओठ जाम भएका होलान्। अमर न्यौपाने तथाकथित 'वरिष्ठ', 'चर्चित', 'स्वनामधन्य', 'गण्यमान्य' र 'बयोबृद्ध' को कोटीमा नपरेर होला शायद। न्यौपाने कुनै गुट, गुठी वा पार्टीको जन नभएर होला शायद। उता आक्रोशको आगो ओकल्दै हिँड्नेले आफ्ना माग पूरा नभए 'भौतिक कारबाही' गर्छु भनिसक्यो, यता यी सब कानमा तेल हालेर आनन्दसँग चूपचाप बसेका छन्। यसलाई के भन्ने? संवेदनहीनता? स्वार्थजन्य संकीर्णता? विवादमा परिएला भन्ने भय?

अथवा यो विराट मौनताबीच मैले अमर न्यौपानेको सेतो धरती फेरि पल्टाएँ। सोचेँ, उपन्यासमा कतै घर्ती भुजेल समुदायमाथि ज्यादति नै पो भएको छ कि? आखिर त्यसमा त्यस्तो के छ जसले भुजेल बन्धुहरुलाई यति साह्रो त्रू्कद्ध तुल्यायो? उपन्यासमा ३२ र ३३, ३५ र ३६ तथा ७८ र ९७ पृष्ठमा घर्ती भुजेलको चर्चा भएको रहेछ। झन्डै पौने शताब्दीअघिको कथा हो यो। चर्चा सामान्य छ। उपन्यासमा घर्ती भुजेलबारे जे/जे लेखिएको छ, ती सब मैले पचपन्न-साठी वर्षअघि नै देखेका र सुनेका कुरा हुन्। बाहुन-क्षेत्रीका कलिलो उमेरका ब्याउला-ब्याउलीमात्र होइन, जुँगामुठे भुसतीघे्रहरु पनि डोलामा बोकिएका मैले देखेको हुँ। घर्ती भुजेल नेपाली समाजको अतिशय उत्पीडित र वञ्चित अल्पसंख्यक समुदाय हो। त्यसका लुगा मैला हुनु र ठस्ठसी कन्दै डोला बोक्दा बगेका त्यसका पसिना बोकिने ब्याउलीलाई गन्हाउनु स्वाभाविक हो। पसिना घर्ती भुजेलका होउन् वा बिष्ट बराजुका, ती गन्हाउँछन्। लुगा गरिब घर्ती भुजेलका होउन् वा अरु कुनै जात-जातिको गरिबका, ती मैलाधैला हुन्छन्। त्यसैले घर्ती भुजेलका लुगा मैला भएको वा तिनका पसिना गन्हाएको वर्णनमा उक्त जाति समूहप्रति अपमान र तिरष्कारको छनक कतै पाइ"दैन। त्यो त केवल कठोर यथार्थको यथार्थपरक प्रस्तुति हो। घर्ती भुजेलले बोकिने ब्याउलीलाई पुठामा चिमोटेका कथा-किस्सा मैले उहिल्यै थुप्रै सुनेको हुँ। त्यो चिमोटाइमा ब्याउली डोलीबाट ओर्लिएर हिँडोस् भन्ने अभिप्राय हुनसक्छ अथवा त्यो यौनजन्य कुतकुतीको अभिव्यक्ति हुनसक्छ। चिमोटाइको वर्णनमा पनि अपमान वा तिरष्कारको छनक कतै पाइँदैन। उपन्यासमा अमर न्यौपानेले घर्ती भुजेलको वर्णन र चित्रण उक्त जातिप्रति कुनै द्वेष वा अनुराग नराखी गरेका छन्। त्यो त केवल यथार्थको यथातथ्य वर्णन र चित्रण हो। त्यसैले घर्ती भुजेल बन्धुहरुले लेखक अमर न्यौपाने, प्रकाशक फाइन प्रिन्ट र पुरस्कारदाता मदन परस्कार गुठीमाथि तिनले गर्दै नगरेको कसुरबापत फत्तुर लगाएको देख्दा म आश्चर्यचकित र दुखित छु।

उत्पीडनको स्मृतिमा नै उत्पीडित जातिको शक्ति र तिनको मुक्तिको आकांक्षा निहित छ। विभेदकारी संरचना र परम्परा तथा रीति र रुढीहरुको जुवामुनि किचिएर हदैसम्म अमानवीकृत भएका आफ्ना पूर्खाहरुका दारुण कथाले तिनका उत्तराधिकारीमा इख र आक्रोश पैदा गर्छन्। ती इख र आक्रोश त्यस्ता तत्त्व हुन्, जसले उत्पीडित समुदायलाई मुक्ति संग्रामतर्फ लम्कन हौस्याउँछन् र जोस्याउँछन्। अमर न्यौपानेले आफ्नो उपन्यासमा घर्ती भुजेलहरुको अतीतको कथा कहेर सुदूर अतीतका स्मृतिलाई तिनका मन-मस्तिष्कमा जीवन्त तुल्याइदिएका छन्। यसबापत घर्ती भुजेल बन्धुहरु न्यौपानेप्रति कृतज्ञ हुनुपर्ने हो। तर दुर्भाग्यवश भइरहेको छ त्यसको ठीक उल्टो। न्यौपानेको उपन्यासमा घर्ती भुजेलहरुलाई असभ्य वा बर्बर मानवका रुपमा चित्रण गरिएको छैन। तिनको जे/जस्तो दारुण दशा छ, त्यो त तिनमाथि थोपरिएको अभिशाप पो हो। त्यो न तिनको रोजाइ हो न त त्यसका लागि ती स्वयं दोषी छन्। अमर न्यौपानेले इतिहास जस्तो देखे, उपन्यासमा त्यस्तै लेखे। यसमा अतिरञ्जना वा लाञ्छना वा दुराशय वा अमङ्गलको कामना म कतै लेसमात्र पनि देख्दिनँ। आशा छ, कालक्रममा विवेकवान् भुजेल बन्धुहरुमा यो तथ्यबोध हुने नै छ।

जलाएर पुस्तक हराउँदैन, बरु त्यसप्रतिको आकर्षण झन् बढ्छ पो। गणेशकुमार राई नागरिकमा कति मजासँग लेख्छन्- किरातीहरुले सुम्निमा किन जलाए भनेर मैले पछि सुम्निमा बजारमा खोजेर पढेँ। आगामी पुस्ताका भुजेल मित्रहरुले पनि हाम्रा पूर्खाहरुले सेतो धरती किन जलाए भनेर खोज्नेछन्। कृपया कहीँ न कहीँ सेतो धरतीका एक दुई प्रति बचाएर राख्नुस्।

@ Nagarik News