October 19, 2012

NEPAL'S LABOUR MINISTER 'DEMANDS BRIBE' AND ACTIVISTS IN POKHARA BURN DOWN 'SETO DHARTI', A NOVEL THAT HAS WON 'MADAN PURASKAR' THIS YEAR

[Below posted today are two newsreports from Kathmandu, Nepal.  The first report is published in Kantipur Daily with a video running below, that the Labour and Employment Minister of Nepal, Kumar Belbase openly asked  bribe for registering manpower agencies in Nepal. The Government of Nepal has halted registering such agencies following wide spread condemnation that employment seekers abroad are suffering much. The other report is of burning down a novel 'Seto Dharti सेतो धरती' [( 'The White Earth', (sounds like Pearl S . Buck's Pulitzer Prize winning novel The Good Earth ?)],  which is awarded Madan Puraskar,  a prize for literary works also treated as Nepal's Nobel Prize, for the year 2012. The report reads that the novel has 'dehumanized' Gharti Bhujels, one of the indigenous peoples of Nepal. Can such a creation be awarded a prize  of national  recognition? - The Blogger]

श्रम मन्त्रीले यसरी मागे घुस (भिडियो हेर्नुस्) 

म्यानपावर दर्ता गरिदिने भन्दै श्रममन्त्रीले घुस मागे


काठमाडौ, कार्तिक ३ - श्रम तथा रोजगारमन्त्री कुमार बेलबासेले म्यानपावर कम्पनी दर्ता गरिदिने भन्दै घुस मागेको प्रकरण सार्वजनिक भएको छ । मन्त्री बेलवासेले व्यवसायीको आवरणमा पुगेका 'भ्रष्टाचारविरुद्धको अभियान नेपाल' का प्रतिनिधिसँग पार्टीका लागि भन्दै रकम मागेका हुन् । नेकपा मालेका तर्फबाट मन्त्री बनेका बेलवासे पार्टी पोलिटब्युरो सदस्यसमेत हुन् । 

अभियानका प्रतिनिधिले मन्त्री बेलवासे र मध्यस्थकर्ताको भूमिकामा रहेका मालेका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज भाष्कर काफ्लेसँगको संवादको भिडियो रेकर्डिङ नै गरेका छन् । भिडियो रेकर्डिङमा रहेको संवादका क्रममा रकम दिएपछि काम हुने ग्यारेन्टी खोजिएपछि श्रममन्त्री बेलवासेले भनेका छन्, 'कुनै व्यक्तिलाई दिए फस्न सक्छ तर पार्टीले त उपयुक्त समयमा त्यसको स्लीप नै दिन्छ । सहयोगबिना त पार्टी चल्दैन । पार्टीले सहयोग लिन्छ नै ।' 

 भिडियो टेपबारे प्रतिक्रिया माग्न खोज्दा मन्त्री बेलवासेले यतिमात्र भने, 'फटाहाहरुले फसाए ।' उनले मध्यस्थकर्ता काफ्ले वा पार्टीका अन्यलाई फटाहा भनेका हुन् वा कसलाई हो थप प्रतिक्रिया दिन नचाहेकाले प्रष्ट भएन । घुस प्रकरणमा मध्यस्थता गरेका काफ्लेले ९ वटा नयाँ कम्पनी दर्ताका लागि साढे २ लाख रुपैयाँका दरले २२ लाख ५० हजार रुपैयाँ मागेका हुन् । 

व्यवसायीको आवरणमा पुगेका पदाधिकारीहरुले काफ्लेसँग ७ पटक र मन्त्रीसँग एकपटक कुराकानी गरेका थिए, ती सबै भेटघाट र कुराकानीको दृश्य गोप्य क्यामेराबाट खिचिएको थियो । काफ्लेले साढे २ लाखमध्ये डेढ लाख पार्टीलाई र अन्य एक लाख मन्त्री, सचिव र आफूबीच बाँडफाड हुने बताएका छन् । महानिर्देशक (डीजी) लाई पनि जान्छ कि भनेर सोध्दा काफ्लेले भनेका छन्, 'डीजीलाई दिदैँनौ, डीजीतिर टच नै गर्दैनौं ।'


Kantipur Daily

मदन पुरस्कार पाएको उपन्यास ‘सेतो धरती’ जलाइयो 
[तमूवान युथ भोलेन्टियर्स संयोजक कृष्ण गुरुङले घर्ती भुजेल जाति प्रति गरिएको अपमान आम आदिवासी जनजाति प्रतिको अपमान भएको बताउनु भयो । मदन पुरस्कार छनौट गर्नेहरु प्रति घोर आपत्ति जनाउदै उहाँले भन्नु भयो “लेखक साहित्यकार र कथित विद्धानहरुको सोच बारे पनि जनजातिले गहिरो विश्लेषण गर्नु पर्ने भयो ।” विरोध स्वरुप गरिएको कार्यक्रमबाट सचेत नभए लेखक स्वयमंले पनि गम्भिर चुनौती बेहोर्नु पर्ने चेतावनी दिनु भयो । ]

पोखरा, ३ कार्तिक । साहित्यकार अमर न्यौपानेद्धारा लिखित “सेतो धरती” उपन्यासले घर्ती भुजेल जाति माथी अपमान गरेको भन्दै भुजेल समाज सेवा समितिले आज पोखराको पृथ्वीचोकमा एक घण्टा चक्काजाम सहित पुस्तक जलाएको छ । 

पुस्तकले जातीलाई नै पात्रको रुपमा खडा गरेर घर्ती भुजेल जातिको अपमान गरेएको भन्दै पुस्तक जलाइएको हो । 

आफुहरुलाई उपेक्षापुर्वक पात्र बनाएर अपमानका शब्दहरु प्रयोग गरिएको भन्दै घर्ती भुजेलहरु आक्रोशमा आएका हुन् । सेतो धरती नामक उपन्यास चितवनका लेखक अमर न्यौपानेले लेखेका हुन् । फाइनप्रिन्टले प्रशासित गरेको पुस्तकलाई यस बर्षनै मदन पुरस्कार गुठिले २०६८ सालको मदन पुरस्कार प्रदान गरेको छ । यसरी एक जातिलाई नै गलत चित्रण गरेको पुस्तकलाई मदन पुरस्कार प्रदान गरिएको प्रति भुजेल जाति सहित आदिवासी जनजाति नेताहरुले समेत आक्रोश जनाए । 

पुस्तक जलाउने कार्यक्रम पछि आयोजित कोणसभालाई संबोधन गर्नु हुदै भुजेल समाज सेवा समितिका केन्द्रीय अध्यक्ष सुर्य बहादुर भुजेलले आदिवासी जनजातिलाई शासक जातिले गर्दै आएको विभेदको निरन्तरता भएको बताउनु भयो । यसले सम्पुर्ण आदिवासी जनजातिको अपमान गरेको छ । भुजेलले भन्नु भयो “पुस्तकमा लेखिएका कुराहरु तत्काल नसच्चाइए, त्यसको प्रतिरोधमा जे पनि हुन सक्छ ।” आफुहरुको बारेमा गलत अफवाह फैलाउने पुस्तकलाई नै मदन पुरस्कार दिनुले मदनपुरस्कार गुठि प्रति समेत गम्भिर प्रश्न चिन्ह खडा भएको बताउनु भयो । 

तमूवान युथ भोलेन्टियर्स संयोजक कृष्ण गुरुङले घर्ती भुजेल जाति प्रति गरिएको अपमान आम आदिवासी जनजाति प्रतिको अपमान भएको बताउनु भयो । मदन पुरस्कार छनौट गर्नेहरु प्रति घोर आपत्ति जनाउदै उहाँले भन्नु भयो “लेखक साहित्यकार र कथित विद्धानहरुको सोच बारे पनि जनजातिले गहिरो विश्लेषण गर्नु पर्ने भयो ।” विरोध स्वरुप गरिएको कार्यक्रमबाट सचेत नभए लेखक स्वयमंले पनि गम्भिर चुनौती बेहोर्नु पर्ने चेतावनी दिनु भयो । 

आदिवासी जनजाति महासंघ समन्वय परिषद् कास्कीका अध्यक्ष पान बहादुर घर्तीले लेखकले र्सार्वजनिक रुपमा माफि मागेर पुस्तक सच्चाउनु पर्ने बताउनु भयो । जातिय रुपमा अपमान गर्ने पुस्तक लेख्ने लेखकलाई समेत कारबाही गर्न उहाँले माग गर्नु भयो । 

आदिवासी जनजाति महासंघ समन्वय परिषद् कास्कीका सचिव पुर्ण हेल्मोले अब पनि जनजातिलाई अपमान पुर्ण ढङगले चित्रित गर्ने क्रम नरोकिए आफुहरु जस्तो सुकै विरोधमा पनि उत्रन तयार रहेको बताउनु भयो । भुजेल विद्यार्थी मञ्च कास्कीकि अध्यक्ष जानु भुजेलले लेखकले गल्ति नसच्चाई विद्यार्थीहरु त्यसको प्रतिरोधमा कडा भन्दा कडा कार्यक्रम लिएर आउने बताउनु भयो ।