[From tomorrow begins the New Year 2069 in Bikram Calendar. Below posted are two articles, The Himalayan Voice had already posted on April 8, 2010 and November 1, 2010 respectively. The essence of both of the articles has not changed at all so they are posted here again today. Happy New Year 2069 to you all. May you all have a very prosperous and happy New Year 2069. May the New Year 2069 bring peace, prosperity and stability in the Himalayan Region. - The Blogger]
२०६९ साल नयाँबर्षको उपलक्षमा
भोलि विक्रम संवत् २०६९ साल वैशाख १ गतेदेखि नयाँबर्ष प्रारम्भ हुदैछ । मीन राशि समाप्त भई मेष राशि प्रारम्भ हुनासाथ अर्थात मेषमा सूर्यले प्रवेश गरेको दिन वैशाख १ गतेदेखि विक्रम संवत्को नवबर्ष प्रारम्भ हुन्छ । ‘अथ सूर्यवंश प्रभावान्नेपाले किराँत राजन निजित्य लिच्छवि वंश प्रवर्ततेः।’–(पशुपति पुराण) अर्थात् सूर्यवंशी लिच्छवि राजाको प्रभावले किराँत राजालाई जिती लिच्छविवंश शुरुभएपछि लिच्छविवंशका पहिला राजा धर्मपाल, भूमिवर्मा विक्रमादित्य उपाधिवाट पुकारिएका सूर्यवंशी पराक्रमी चक्रवर्ती राजाबाट विशालनगर र बत्तीसपुतलीमा राजधानी स्थापना गरेर शासन गरेको बेलादेखि विक्रम संवत् उठान भएको हो । वैदिककालदेखि चल्दै आएका महिना, वार, थीतिहरुलाई निरन्तरता दिई राष्ट्रिय संवत्को रुपमा यो संवत् प्रचलित हुँदैआएको छ । हिमवत्खण्डका स–साना राज्यहरु सेनवंशी, बाइसी, चौबिसी तथा काठमाण्डौं उपत्यका लगायत ब्रम्हपुत्रदेखि गंगाको आसपाससम्म विक्रम संवत् चलनचल्तीमा आएका प्रमाणहरु छन् । विक्रम संवत् लगायत इतिहासको फेरबदलमा नेपालमा चलिआएका शक संवत्, नेपाल संवत्हरु तिथिको आधारमा मात्र चलिरहेको र तिथिहरु गडबड भइरहने हुँदा शासन व्यवस्थामा असजिलो भएकाले सुव्यवस्थाको लागि चन्द्रशम्शेरले ज्योतिषीहरुको सम्मेलनबाट सल्लाह लिएर तीथि र बारहरुमा तलमाथि नगरी विक्रम संवत् १९६१ मेष संक्रान्ति वैशाखदेखि १ गते प्रारम्भ गरी गतेमा लेख्ने चलन चलाएका हुन् । विक्रम संवत् भन्दा १३५ बर्षपछि शक संवत्को उठान र ९३७ बर्षपछि नेपाल संवत्को उठान भएको हो । विक्रम संवत्को बर्षमा ३६५ दिन र शक संवत् र नेपाल संवत्का ३५४ दिन मात्र हुनेहँदा विक्रम संवत् व्यवहारिक हुनगएको छ । विक्रम संवत् जेठो संवत् भएकाले ऐतिहासिक तथ्यलाई जीवन्त राख्न सफल बनेकोछ ।
इतिहासविद् श्री नयनाथ पौड्यालले नेपालको पुरातत्व विभाग राष्ट्रिय पुस्तकालयवाट प्रकाशित भाषा वंशावलीमा विक्रमादित्य राजा बारेमा किंवदन्तीहरु प्रस्तुत गर्दै बज्रयोगिनीवाट पारसमणी सहित आसिरवाद प्राप्त गरेको राजप्रसादको दक्षिणतर्फ (हालको नारायणहिटी) चतुर्मुख नारायण स्थापित गरी जोडीधारा बनाई तीर्थस्थल समेत बनाई विक्रम संवत् चलाएको कुरा उल्लेख गरेकाछन् । साँखु बज्रयोगिनीको मन्दिरदेखि केही माथि एक मन्दिरमा विक्रमादित्य राजाको टाउको रहेको र जस्को अध्यावधि बज्राचार्यवंशका पूजारी विक्रमादित्य राजाको टाउकाको पूजा गरेर बसेका छन् । यसबारेमा अनेकौं किम्वदन्ती छन् । विक्रमादित्यले यहाँ राज्य गरेका यो ज्वलन्त प्रमाण हो । उनैबाट काभे्र जिल्लाको नालामा उत्तरापुर राज्यको नाममा विक्रमादित्य राजाले राज्य गरेको किंवदन्ती प्रचलित छ । योगी नरहरिनाथले भन्नु भएकोछ–“श्री वीर पालःनृपतिःततः अभूत तस्मात अभूत विक्रमपाल भूपः”भन्ने उल्लेख गर्दै देवमाला वंशावलीमा कुनै चक्रवर्ति राजा विक्रमादित्यको बत्तिसपुतली राम मन्दिर भएको ठाँउमा राजसिंहसान थियो भन्ने पाइन्छ, भन्नु भएकोछ । यसबारेमा काभ्रे नालामा विक्रमादित्यले शासन गरेको कुरा बाशुपाशाबाट काभ्रे सिन्धु वृतान्त पुस्तकमा र कविताराम श्रेष्ठले अनेकौ वेवसाइट र अन्नपूर्ण पोष्टमा लेख्नु भएकोछ । लिच्छवि शासनकालमा निर्मित हरिसिद्धि मंन्दिरमा विक्रम संवत् ७११ उल्लेख भएको वंशावली छ र विक्रम संवत् ९४५मा हरिसिद्धिनाटक मञ्चन भएको हरिसिद्धि उपपुराणमा उल्लेख छ । जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा ‘विक्रम राजबर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु’ उल्लेख छ । त्यसपछि त्यसरी नैं मल्लकालभरी विक्रम संवत् चलनचल्तीमा भएको कुरा अभिलेखहरुमा प्राप्त छन् ।
मोरङ्गका राजा हरिश्चन्द्र सेन र बृषशेनको स्याहामोहरमा विक्रम संवत् १७१९ पौष वदी ४, मकवानपुरका राजा मानिकसेनले विक्रम संवत् १७८४ कार्तिक शुदी ७, विजैपुरमा बुद्धिकर्ण राईले विक्रम संवत् १८२४ नेपाली भाषामा लेखिएका कैयौं प्रमाणहरु भएको कुरा इतिहासविद् शंकरमान राजवंशीले पुरातत्व संग्रह (२०१८)मा प्रकाशित गराएका छन् । फर्पिङ्मा कनकेशरको ढोका फेरेर मुकुट चढाएको अंकित अभिलेखमा विक्रम संवत् १२९७ उल्लेख छ । गोरखाको रामेश्वर मन्दिरको रामशाहको अभिलेखमा विक्रम संवत् १६९३ उल्लेख छ । अछामको वरदादेवी मंदिरमा विक्रम संवत् १७७९ पौष उल्लेख छ । भक्तपुर दरबार नजिकैको गहिरो धाराको पश्चिमपट्टिको भित्तामा विक्रम संवत् १७३५ र भक्तपुर दरबारको तलेजु चोकको देवद्वारको तोरणको स्वर्णपट्टामा विक्रम संवत् १७४१ र भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा विक्रमाब्द १७६४ साथै नेपाल संवत् ८२८ माघ उल्लेख भएको र भक्तपुर राजदरबार कुमारी चोकमा जितामित्र मल्लको अभिलेखमा विक्रम संवत् १७३४ उल्लेख भएको कुरा नयनाथ पौडेललबाट अभिलेख संग्रहमा उल्लेख गरिएको छ । राजा भूपतेन्द्र मल्लले विक्रम संवत् १७६३ उल्लेख गरेको कुरा भुवनलाल प्रधानले उल्लेख गर्नु भएको र जयप्रकाश मल्लले विक्रम संवत् १८१४मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई नेपाली भाषामा धर्मपत्र गरी दिएको कुरा इतिहासविद् नयराज पन्तले ‘इतिहास संशोधनको प्रमाण प्रमेय’ मा उल्लेख गर्नुभएको छ ।
विक्रम संवत् यसक्षेत्रको प्रचलित सम्वत्को रुपमा मानिएकाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विक्रम संवत् १८२५को वसन्तपुर दरबारको अभिलेखमा– ‘राजा पृथ्वीनाराण शाहको बंश गुह्येकाली र पशुपतिका दुई पाउका धुलाका प्रसादले स्थिर भइरहोस्’ भनेर विक्रम संवत् १८२५ उल्लेख गरेका थिए । जंगबहादुरले मुलुकी ऐनलाई संग्रह गरी त्यसमा विक्रम संवत् १९१०नैं उल्लेख भएको छ । इतिहासकार दिनेशराज पन्तले ‘राजीवलोचन जोशीका बराज्यू’ नामक पुस्तकमा विक्रम विक्रम संवत् १७२१मा लमजुङमा वीरमर्दन शाह राजा थिए र विक्रम संवत् १७४१मा लमजुङमा केहरिनारायण शाह राजा थिए । केहरिनारायणका नाती वीरमर्दन शाह हुन् । विक्रम संवत् १७९६मा पृथ्वीनारायण शाहसँग चेपेघाटमा सन्धि गर्ने लमजुङे राजा रिपुमर्दन शाह हुन् भनी (पूर्णिमा १० पूर्णाङ्कको ३९) उल्लेख गर्दै विक्रम संवत् १७२१ मा वीरमर्दन शाहका दरबारमा जोतिषी काम गरी विर्ता वितलप रागिनासमा पार्ई बस्याका सदानन जोशी हुन् भनेर उसबेलामा विक्रम संवत् चलनचल्तीमा लोकप्रिय भएको कुरा उल्लेख छ । इतिहाकिार ज्ञानमणि नेपाल लेख्छन्–΄विक्रम संवत्को प्रचलन मध्यकालमा वाइसी–चौबीसी, सेन, मल्ल, शाह राजाहरले विक्रम संवत् चलाउदै आएका थिए । केन्द्रका तीन सहरका मल्लराज्यहरमा पनि पूर्व मललकालदेखि नै. अभिलेख, हस्तलिखित, पाण्डुलिपिका पुक्ष्पिका वाक्यहरुमा विक्र संवत्को प्रयोग हुँदैआएको थियो । भक्तपुरमा नवर्ष प्रारम्भ हुादा धमधामसाथ बिस्केटजात्रा मनाइँछ । तराईमा थारुहरु वैशाख शररु हुने दिनदेखि नैं सिरुवाजात्रा मनाउँछन् ।’ त्यस्तै अरुणकुमार पाण्डे लेख्छन्– ΄सृष्टिको आरम्भमा सूर्य लगायतका ग्रहनक्षत्र सून्य अवस्थामा रहेको र त्यही सून्यमा विक्रम संवत्को गणनाप४ति शूर हुन्छ । विक्रम संवत विश्वब्रह्माण्डका ग्रहगति र प्राकृतिसँग सापेक्ष छ । नेपालमा विक्रम संवत्ले सबै जाति, भाषा, धर्म र संस्कृति र विविधतालाई समिटेको छ ।’
संवत्हरुको विषयमा विक्रम संवत् १९३७ मा भारत गुजरातका विद्वान खोजकर्ता पं.भगवानलाल इन्द्रजी नेपालमा आई यहाँबाट २३वटा अभिलेख खोजी लगी लिच्छविकालमा उल्लेखित संवत्हरुलाई विक्रम सम्वत् ठह¥याएका थिए । त्यसैगरी कलकत्ता विश्वविद्यालय इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उत्तरपूर्व भागको इतिहासमा लेखेका छन–‘मानदेवको सम्वत् ३८६को चाँगुको अभिलेखको संवत विक्रम संवत् हो । यसरी विक्रम संवत् ३८६देखि प्रारम्भ भएर चपली गाउँमा रहेको अभिलेखमा लेखिएको संवत् ४८९ सम्मका सम्वत् विक्रम संवत् हुन् ।’ यसैगरी नेपालका खोजकर्ता इतिहासविद् शंकरमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका संवत्हरु शक संवत् होइनन् भन्दै लिच्छविकालका अभिलेखमा उल्लेखित संवत्हरुलाई विक्रम संवत्नै मानेका छन् । लिच्छविकालमा उल्लेखित संवत्हरुलाई शक सम्वत् होइनन् (लिच्छवि संवत्को निर्णय, नयराज पन्त–नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान २०४३) भनेका छन् । यसैगरी तर, कतिपय नेपालकै इतिहासकारहरुले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीवाट भएको हो, भन्छन् । तर यो सत्य होइन । इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमात्यि लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नु भएन । इतिहास शिरोमणी बाबुराम आचार्यले लेख्नुभएको छ– ‘जुनसमय ईशापूर्व ५७ बर्षमा यो संवत्को उठान भएको थियो उससमयमा उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन । उज्जयिनीका खण्डहरुको उत्खनन् हुँदा पनि त्यस समयमा विक्रमादित्य रहेको चिन्ह भेटिएको छैन ।’ विक्रमादित्य राजाको भारतमा उदय भएको थियो भने त्यस्ता प्रतापी चक्रवर्ती राजाको विषयमा त्यससमयका भारतका कवि वा कलाकारहरुले कहीं न कहीं त्यस्ता राजाको विषयमा चर्चा गर्थे होलान्, कहीं कतै गुनगान हुन्थ्यो, कहीं मूर्ति पनि बन्थ्यो होला ।
नेपाल संवत्मा बर्षमा ३५४ दिन र तीथिबाट मात्र चल्ने र विक्रम संवत्को बर्षमा ३६५ दिन, गते लगायत तीथि, बारमा आवद्ध रहँदै आएको र शक संवत् भन्दा १३५ बर्ष र नेपाल संवत् भन्दा ९३६ बर्ष जेठो संवत् भएकाले यसको एतिहासिक गरिमा छ । ज्योतिषी पंं. सूर्यप्रसाद ढुगेल भन्नुहुन्छ– ‘विक्रम संवत् प्रकृतिसँग आवद्ध छ । दिन र रात सूर्यले नैं निर्धारण गर्ने र सूर्यले एकबर्ष अर्थात ३६५ दिन १५ घडि ३१ पला ३१ प्रतिपला, यति समयमा एक चक्कर ३६० डिग्री पुरा गरेको हुन्छ । सूर्यले जव ३६० डिग्री अर्थात रासी, अंशा, कला, विकला ०० हुन्छ, त्यही समयमा मीन रासी समाप्त भई मेष रासी सूर्यमा प्रवेश गर्छन् र विक्रम संवत् अनुसार नयाँबर्ष प्रारम्भ हुन्छ । यसैगरी ३० अंशको एक महीना हुनेहँदा पहिलो ३० अंश सिद्धिएपछि वैशाख सिद्धिएर जेष्ठ महीना प्रारम्भ हुन्छ । यहीक्रमबाट ३०।३० अंश काटेपछि बर्ष पुरा हुन्छ ।’ यस्तै ज्योतिषी पंं. राष्ट्रिय धर्मसभाका अध्यक्ष माधव भट्टराई भन्नुहुन्छ– ‘विक्रम संवत् नेपालका उपज र युगयुगान्तरदेखि प्रचलित हुँदै आएको मौलिक संवत् हो । वास्तवमा विक्रम संवत् नेपाली जनमानसमा यति धेरै लोकप्रिय छ कि यसबारे जानकारी नराख्ने कोही नहोला । यसका महीना बार, तीथि र गते साधारण नागरिकहरु सबैलाई थाहा रहन्छ । यसको लोकप्रिय गरिमालाई निरन्तर जनसमक्ष पु¥याउन प्रत्येक राष्ट्रप्रेमी नेपालीहरुको कर्तव्य हो ।’
फलतः विक्रम संवत् नेपाल र भारतमा कतिपय स्थानमा इतिहासको प्रारम्भदेखि लोकप्रिय हुँदैआएको छ । अहिले पनि भारतका कतिपय ठाउँमा हिमवतखण्ड नेपालको प्रतावले विक्रम संवत्हरुलाई नैं आधार बनाएर पञ्चाङ्गहरु प्रकाशित भइरहेका छन् । १२ करोड जनसंख्या भएको भारतको बंगालमा विक्रम संवत् अनुसारको सूर्य सिद्धान्तमा आधारित पञ्चाङ्गहरु चल्नचल्तीमा छन् । भारतमा अरुण बंशलबाट सम्पादित दशौंलाख छापिने फूचर समाचार मासिक र डा. गीता शर्माबाट सम्पादित पञ्चाङ्गहरु पनि विक्रम संवत्लाई नैं आधार मानेर चलनचल्तीमा छन् । विक्रम संवत् नेपालको मौलिक हो । सम्राज्यवादी शक्तिको आक्रमणबाट सुरक्षित बन्दै नेपालले आप्mनो सार्वभौमसत्ता, मौलिकता र पहिचान बचाउँदै आएको प्रमाणहरुमा विक्रम संवत्को निरन्तरता पनि एक हो । विक्रम संवत् नेपालको गौरव हो । २०६७ साल नयाँबर्षको शुभ–उपलक्ष्यमा स्वदेश–विदेशमा रहेका नेपालीहरु विचमा सुख–समृदिको शुभकामना आदान–प्रदान गरौं ।
यस्तो छ – विक्रम सम्बतको इतिहास
लेखक दीर्घराज प्रसाई

@ THE NEW YEAR ONCE A YEAR: HISTORY OF BIKRAM SAMBAT
ADJUSTING 'NEPAL SAMBAT' AND 'BIKRAM SAMBAT' IN CALENDAR : SOME SUGGESTIONS
[* Nepal Sambat - NS - is an indigenous Nepalese creation with its own legend. It is a pride of all Nepalese. It does not belong only to Newar
community. NS usually begins on the day after Laxmi Puja or Gobardhan
puja day or ‘Mha’ Puja day of Newar community. It was initiated in the
reign of King Raghav Deva on October 20, 879 AD. The first day of 1130 NS is on October 19, 2009.]
Tilak B. Shrestha, Ph.D
Nepal Sambat
(NS) is basically a lunar calendar adjusted to the solar cycle –
lunisolar. Its association with the Moon phase makes it an ideal
calendar for the Dharmic festivals. Bikram (Vikram) Sambat (BS) is a
Solar calendar ideal for seasonal issues like planting/harvesting, and
official events.
Lunar
NS and Solar BS caters for different needs and do not compete. That is
NS and BS do not substitute each other. Thus, we must promote both
calendars: NS for Dharmic festivals and BS for official events. We also
need to use the solar Gregorian calendar
to communicate in international level. Most of the business people in
Nepal close the old and begins new account according to NS. Thus, it
could be the ideal as the fiscal year.
Nepal
Sambat- NS - is an indigenous Nepalese creation with its own legend.
It is a pride of all Nepalese. It does not belong only to Newar
community. NS usually begins on the day after Laxmi Puja or Gobardhan
puja day or ‘Mha’ Puja day of Newar community. It was initiated in the
reign of King Raghav Deva on October 20, 879 AD. The first day of 1130
NS is on October 19, 2009.
The
legend associated with NS goes that a commoner Sankhadhar Sakhwa made
lots of money by converting sand from Bishnumati river to gold, paid
every body’s debt, and made all Nepalese free of debt then. To
commemorate the occasion (national, economic and spiritual) the Sambat
was instituted. Historians or chemists may dispute a few finer points.
However, they are not important and best left to the academicians. The
importance of the legend is the very idea of a simple man rising to the
occasion and contributing in the national level. He remains our ideal
and a source of inspiration. He is recognized in the list of the heroes
of Nepal "Nepali Bivuti” by the Government on November 18, 1999.
BS
is instituted by the ancient Emperor Vikramaditya to commemorate his
victory over the invading Sakas. The first day of 2066 BS is on April
14, 2009.
Earlier,
NS was the prominent among other Sambats used in Kathmandu valley.
Though it is ideal for Dharmic festivals, being a lunar calendar it’s
dates repeats and skips frequently. Besides, every 3 years an extra
month needed to be added. The other prominent calendar in use then was
the solar Saka Sambat. King Prithvi Narayan used Saka Sambat as the
official calendar. Later, Chandra SJB Rana replaced Saka Sambat with BS
as the official calendar in 1903 AD. BS being older than both Saka and
Gregorian gives the sense of antiquity and perceived importance.
The Solar year or the sun coming to same position as per distant stars, which defines the seasons, is 365.2424 days. The Lunar month or the ‘synodic period’ between same phases of Moon
is 29.530589 days. Both these numbers differs from the actual period
‘sidereal’ of revolution. But these numbers are relevant for the
calendars. Presently, the annual equinoxes are on March 20 (Spring) and
September 22 (Autumn). The solstices are on June 21 (Summer) and
December 21 (Winter). Even in the ancient times, the 365 days in a year
is recognized and calendars are devised as such. However, recognition of
the fraction 0.2424 rendered different ingenuous solutions.
Twelve
lunar months makes only 354.36 days. Thus, the lunisolar NS is adjusted
to the solar cycle by adding one extra month every 3 years. It gives
364.21 for a year. NS is pegged to the observed Sun’s position against
the stars and additional adjustments are rendered by adding or loosing a
lunar month once a while.
BS
is also pegged to the observed Sun’s position against the stars. Its
months have anywhere from 28 to 32 days. Aligning it to the solar year
is done by adjusting the number of days of the months. It does not use
rule-based leap year. One of the ancient Hindu treaties on the astronomy
describing the computation is the ‘Surya Siddhanta.’
Currently
the solar Gregorian calendar is the internationally used system. It
adjusts to the solar cycle using rule-based leap year. It has 365 days
in the common year and 366 days in the leap year. It uniquely improves
on the earlier Julian calendar by an imaginative leap year rule. In
Julian calendar every 4rth year is the leap year. Thus it accounts for
365.25 days. The unaccounted fraction 0.0076 days off sets it over a
week in a millennium.
The
Gregorian calendar tries to fix it with the new rule: Every year that
is exactly divisible by four is a leap year, except for years that are
exactly divisible by 100; the centurial years that are exactly divisible
by 400 are still leap years. For example, the year 1900 is not a leap
year; the year 2000 is a leap year.
Thus,
it repeats completely every 146,097 days, which fill 400 years, and
which also happens to be 20,871 seven-day weeks. Of these 400 years, 303
(the "common years") have 365 days, and 97 (the leap years) have 366
days. This gives an average year length of exactly 365.2425 days. Thus
it is longer by 0.0001 day. In one millennium it off sets only by 0.1
day. Or, it will off set by a day after 10 millenniums.
Pope
Gregory XIII instituted the calendar in 1582. The Julian calendar was
already off set by almost 10 days then. Thus, the Gregorian calendar
takes off about 10 days to adjust it back. However, its acceptance was
quite slow. British Empire including America adopted it only in 1752. It
is interesting to note that the adoption was quite confusing. The day
after September 2, 1752 (Wednesday) became Sept 14, 1752 (Thursday).
The recent news on possible adjustment of Bikram Sambat provokes a few suggestions:
· Perhaps
we can have the spring equinox as the first day of the year, fix the
days in the months, and use Gregorian style leap year rule.
· Currently
BS New Year falls usually on April 14. Move it to the spring equinox
(March 20 in 2009). It can be done painlessly by having only 31 days in
the months with 32 days. After a few years the New Year will slide back
to the equinox.
· Fix
the days of the month using 30 and 31 days in sequence, except for the
last month. That is 30 days for Baisakh, Ashad, Bhadra, Kartik, Poush
and Falgun; and 31 days for Jestha, Shrawan, Aswin, Mangshir and Magh.
The last month Chaitra will have 30 days in general and 31 days in the
leap year. It will give 365 days for a year in general and 366 days in
the leap year.
· The
leap year to follow the rule of the Gregorian system. That is, the next
leap year will be 2012 BS and the month of Chaitra will have 31 days.
It makes conversion between BS and Gregorian easy.
· Also
we should keep an eye on the position of the sun relative to the stars.
Bikram Sambat can be fine tuned by appropriate correction as per the
location of the sun on the leap year, above the standard rule.
Perhaps
our Nepal Academy ‘Pragna Pratisthan’ should take initiative on it.
FYI, here is the converter between BS and Gregorian calendars: http://www.ashesh.com.np/nepalicalendar/
May Bhagwan Surya Deva enlighten us all.
Related articles