[Martyr Lakhan Thapa Magar II of Nepal , is
sometimes dragged into controversy by few writers. Or some writers even do not
write his name at all while writing on the martyrs of the country. The
government of Nepal declared
Lakhan Thapa Magar martyr of the country on
February 23, 2000. But knowingly or otherwise few Nepali writers do not
consider him martyr of the country. This is harmful partisan thinking. It is very wrong. Martyr Lakhan
Thapa Magar was hanged to death on political ground. So he qualifies for
becoming a martyr of the country . - The Blogger]
प्रसंग शहीद लखन थापा मगरको शहादतको : को शहीद हुन वा होइनन भन्ने कुराको निर्क्यौल अरुले हैन, राज्यले गर्ने हो |
लेखक बि. के. राना
गत साल सरकारी मुखपत्र 'गोरखापत्र'मा शहिदका सम्बन्धमा एउटा लेख ( सहिद औपचारिकता वा महान बलिदान? ) प्रकाशित भएपछि 'द हिमालयन भ्वाइस (The Himalayan Voice) ले
पनि शहीद लखन थापा मगरका बारेमा बहस चलाएको थियो ।कतिपय विद्वानहरुले शहीद लखन थापा मगरले शहीद हुनका निम्ति त्यस्तो कुनै हैसिएत आर्जन गरेकै छैनन् भन्ने जिकिर समेत गरेका थिए ।
फेरी
पनि एक पटक एकजना अर्का लेखकद्वारा यस्तै कुरा उठाइएको छ, 'मगर अध्ययन केन्द्र'ले काठमाडौँमा हालै आयोजना गरेको एक विद्द्वत गोष्ठीमा प्रश्तुत गरिएको कार्यपत्रमा | 'मगर अध्ययन केन्द्र'को साइटमा यो कार्यपत्र हेर्न सकिन्छ ।
१) शहीद लखन थापा मगरलाई शहीद मान्न तयार नभएका वा नदेखिएका लेखक महोदयले एउटा के कुरामा हेक्का राख्नु पर्थ्यो भने जंग बहादुर राणाले राजनीतिक कारण वा आधारमा शहीद लखन थापा मगरलाई झुन्ड्याएर मारिसकेपछि उनी सरासर शहीद भै हाले नि । भएनन् र ? अहिले झन्डै १४० वर्षपछि आएर यो र त्यो कुरा झिकी रहनुको कारण उही अन्य केही लेखकहरुलेझैं शहीद लखन थापा मगरको शहादतको अवमूल्यन गर्ने अभियानलाई समर्थन गरे जस्तो भएन र ?
२) यतिखेर यहाँ एक पटक फेरी पनि उही कुरा “सिद्ध लखन थापा (प्रथम) को अवतार हुँ र म राजा भएँ” भन्ने कुरा दोहोर्याइएको छ । “सिद्ध लखन थापा (प्रथम) को अवतार हुँ र म राजा भएँ” भनेर शहीद लखन थापाले बोलेका भन्ने कुराको प्रचार किन भै रहेको छ भन्ने बुझिएकै कुरा हो । यो कुरालाई अब 'भ्रामक हल्ला' हो भनेर भन्नु पर्ने अवस्था आइपरेको छ । यसबारेमा किन केही भन्न न पाइने ? यो हल्ला ति वीर शहीदको शहादतको अवमूल्यन गर्नका निम्ति गरिएको बेफजूल कसरत भन्दा अरु केही हुदै होइन । र, एकाध यथास्स्थितिवादी लेखकहरुले यस्तो कुरा लेखे भन्दैमा त्यसको पछि लाग्नै पर्ने पनि त केहि छैन नि ! अब सधै यस्तो जोरजबर्जस्ति गरिएपछि वा भएपछि यसको प्रामाणिकताको आधार के हो भनेर सोध्न पाइने वा नपाइने ? मिल्छ ? किन नमिल्ने ?
३ ) कुरै गर्ने हो भने अर्का लेखक पुरुषोत्तम शमशेर जबराले त लखन थापा मगरलाई झन् अझ गिराएर लेखेका छन । " जंगको हत्या गर्न भनी लखन थापाको दलले गोरखामा षड्यन्त्र रच्यो । लखन थापा प्रथम पटक पक्राउमा परे । केरकार गर्दा हात जोडी "फगत् पेट पाल्नका निमित्त औतारी बनि टोपलेको हुँ " भन्ने बयान गरेकाले केही दिन कैदमा राखी छोडियो । " (हेर्नु "श्री ३ हरुको तथ्य वृतान्त" - पृष्ठ ५१) । अब यो झन् कामै नलाग्ने कुरा हो । यस्तो उडन्ते कुरा पनि लेखेर छाप्छन त ? शहीद लखन थापा मगर कुनै औतारी बनिहिडेको कुरा अरु कसैले पनि लेखेका छैनन् । शहीद लखन थापा मगरको त्यो जमानामा आजको यो नेपाल नामको देश निर्माण र रक्षा गर्ने खास गोरखा मगर वीर भारदारका, कुनै खास वीर सन्तति, लखन थापा मगरले पेट पाल्नका निम्ति औतारी बन्नु पर्ने अवस्था थियो भन्ने कुरा लेख्ने लेखक कुनै पनि हालतमा देशलाई माया गर्ने लेखक हुनै सक्दैन । यो सरासर झूट कुरा हो । यी लेखक महोदयले पनि जंग बहादुर राणाको छोरा पद्म जंग राणाले सन् १९०९ मा भारतको अल्लाहबादबाट प्रकाशन गरेको "नेपालका महाराजा जंग बहादुर राणाको जीवन " भन्ने अंग्रेजी भाषामा लेखिएको किताबमा जे लेखिएको छ त्यही सारेका छन । यस किताबमा लेखिएको कुराबारे अर्को लेखमा सविस्तार छलफल गरिएको छ ।
४ ) शहीद लखन थापाको शहादतको गिल्ला गर्ने सबभन्दा पहिलो नेपाली लेखक बालचन्द्र शर्मा हुन ( हेर्नु निज लेखकले लेखेको किताब - "नेपालको ऐतिहासिक रुपरेखा" । तर उनको भनाइलाई ढुन्डीराज भण्डारीले गलत मानेका छन् , स्वीकार गरेका छैनन् । हेर्नुस "नेपालको आलोचनात्मक इतिहास" ) । यिनै बालचन्द्र शर्मा प्रवृतिका अन्य लेखकहरुले शहीद लखन थापा मगरको शहादतको अवमूल्यन गर्ने काम अझैं पनि जारिराखिरहेको प्रतित हुन्छ । लेखक बालचन्द्र शर्मा राजावादी सरकारी लेखक हुन भन्ने कुरा सबैलाई जानकारी भएकै कुरा हो । राजा महेन्द्रको उनीमाथि बेसुमार कृपा दृष्टि छदै थियो । त्यसर्थ उनी त्यसबेलाको 'नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान'को उपकूलपति बनाइएका पनि हुन | हेक्का राख्नु पर्ने अर्को कुरा के पनि हो भने विक्रम सम्बत १६१६ अर्थात आज भन्दा ४५२ वर्ष पहिले राजा द्रब्य शाहले गोर्खाली खड्का मगर राज वंशलाई खत्तम गरेर गोरखामा शाह वंश शुरु गराएका हुन ( हेर्नुस - 'गोरखा वंशावली') । शहीद लखन थापा मगर जस्ता व्यक्ति, जनसंख्याको हिसाबले नेपालको सबभन्दा ठुलो जनसंख्या ( जंग बहादुर राणाको उदय संगसंगै धेरै मगरहरु क्षत्रीय बनिटोपलेका छन्) भएको मगर जातिका निम्ति अटुट प्रेरणाको श्रोत रहेका छन् । शहीद लखन थापाको निर्मम हत्या वा दमन गरेपछि जंग बहादुर राणाले मगर जाति प्रति आफ्नो कुदृष्टि कायमै राखे । मगर भाषा बोल्नेको जीब्रो थुतिदिने वा काटी दिने उर्दी नै चलाए । त्यसैले कुनै पनि बाठो लेखकले राणाहरुको विरुद्द, शहीद लखन थापा मगरको गुणगान गाएर, बोलेर वा लेखेर आफु खत्तम हुने कुरा गर्नै सक्दैनथ्यो । त्यसैले गर्दा नेपालको इतिहास लेखन परम्परामा यस प्रकारको बालचन्द्र प्रवृतिको बोलवाला कायम हुन गयो । यो अझै पनि यथावत कायम रहेको बुझिन्छ । यो एउटा खेदको विषय हो । यसको अब अन्त्य हुनु जरुरि भएको छ । जनताको छोराको त्याग र वलिदानको सही मूल्याकन गर्ने हो भने यस प्रकारको कुरामा कमी आउनु पर्दछ |
५ ) प्रश्तुत गरिएको कार्यपत्रमा "जंगबहादुर राणाको निरंकुसतालाई राजनैतिक पक्षबाटै
उखेल्न र जंगबहादुरलाई मार्ने उदेश्य लिएर वीरध्वज बस्न्यात लगायतले वि.सं.१९०३ मा
नै शसस्त्र योजना बनाए । तर असफल भयो र वीरध्वज लगायत थुप्रै जना काटीए, मारिए । जंगबहादुर
विरुद्धको यो पहिलो विद्रोह देखिन्छ । तर लखन ले वि.सं.१९२७ पछि सैनिक जागिरबाट गएल
परी (हाजिर न भै जंगबहादुर विरुद्धअभियान थालेको देखिन्छ भने उनलाई वि.सं.१९३३ मा जंगबहादुरले
फांसी दिई मारेको देखियो । झन्डै २६ बर्ष पछि भएको यस विद्रोहलाई जंगबहादुर वा राणा
शासन विरुद्धको पहिले विद्रोह मान्ने की नमान्ने ?" "करवीरखत्री, जय बहादुर
कुँवर, बद्रिनरसिंह कुँवर लगायतले वि.सं. १९०७ फागुन (सन १८५१, १७ फेब्रुवरीको दिन)मा
जंगबहादुरलाई मार्ने प्रयत्न गरे । समयमै सो पोल खुलेकोले षड्यन्त्रमा लाग्ने सबै जना
पक्राउ परे रउनिहरुलाई भारतको इलाहाबाद जेलमा लगेर थुनियो । यो जंगबहादुर विरुद्धको
दोस्रो विद्रोह देखिन्छ । " भन्ने कुरा कुन चाहिँ व्यक्तिले गरेको आन्दोलन पहिलो
सवालमा उठाईएको छ - (बस्न्यात - २०११)। तर, यो कुरा उठाउनु ठीक हो भन्ने लाग्दैन किनभने दुइ चारजना हतियारधारी
मान्छेको सानो जत्थाले जंगबहादुर राणालाई 'मार्ने षडयन्त्र' गर्न खोज्नु आफैंमा अर्को
'भाई कोतपर्वको ' दुर्घटना दोहोर्याउने प्रयत्न गरिनु भन्दा दोश्रो कुरा हुन सक्दैन
। यदि त्यो 'शसस्त्र योजना'को काम कुरा कुनै राजनीतिक कार्यक्रम थियो भनेरअगाढी बढ्ने
हो भने त्यसको स्वरूप, संगठन र सामाजिक वा राजनीतिक सिद्दान्त के कस्ता थिए त भन्ने
बारेमा पनि विवेचना गरिनु उत्तिकै आवस्यक हुन्छ । यसखाले काम कुराको बारेमा कुनै प्राज्ञिक
छलफल भएकोछैन भन्ने हाम्रो मान्यता हो । अर्थात् नेपालका दिग्गज,नामी सुनामी इतिहासविदहरुले
यसबारेमा कुनै विवेचना गरेका छन् वा छलफल चलाएको जस्तो लाग्दैन । वस्तुतः त्यो 'सशस्त्र
योजना' जंग बहादुर राणाको हत्यागर्ने षड्यन्त्र थियो । कुनै खास नेताको वा सरकार प्रमुख
वा कुनै खास व्यक्तिको हत्या गर्ने कामकुरो कुनै पनि अवस्थामा 'राजनीतिक कार्यक्रम'
हुन सक्दैन । माथि दाबी गरिएका वा भनिएका सशस्त्र योजनाहरु जनताकोसहमति वा समर्थनमा
तयार गरिएको वा उठेको कुनै घोषित राजनीतिक कार्यक्रम नै थिएनन । यो कुराको हेक्का हुनु
जरुरि छ । र, के ति माथि भनिएका 'विद्रोहीहरु'ले शहीद लखन थापा मगरले झैं जनसंगठन र
त्यसकोपरिचालन गरेका थिए त ? पक्कै पनि थिएनन । के ति 'विद्रोहीहरु'ले शहीद लखन थापा
मगरले झैं जनतालाई निरङ्कुश शासनबाट मुक्ति दिलाउन भनी जनपरिचालन गरेका थिए त ? उनीहरुले
समग्र जनताको भलाइकोचिन्तन गरेका थिए वा केही खास व्यक्ति विरुद्द वदलाको भाव मात्र
? स्पस्ट नै छ - उनीहरुले बदला लिनका निम्ति हतियार उठाएका थिए । कुनै पनि शासन सत्ताका
विरुद्ध तत्काल १ डेढ वर्ष पनि नहुदै कुनै राजनीतिकविद्रोह हुने कुरा आउदै आउदैन ।
यसरी बदला लिनका निम्ति हतियार उठाएका भनिएको कुरा राजनीतक कार्यक्रम हुन सक्दैन ।
त्यो जंगको हत्याको षड्यन्त्र थियो। हत्याको षड्यन्त्र कुनै पनि हालतमा राजनीतिकपरिघटना
हुन सक्दैन । त्यसैले माथि भनिएका व्यक्तिहरुलाई शहीद मान्नु पर्ने भन्ने अप्रत्यक्ष
आग्रह सही होइन ।
६ ) "निरंकुशतालाई राजनैतिक पक्षबाटै उखेल्न र जंगबहादुरलाई मार्ने उदेश्य लिएर वीरध्वज बस्न्यात करवीर खत्री, जय बहादुर कुँवर, बद्रिनरसिंह कुँवर लगायतले वि.सं. १९०७ फागुन (सन १८५१, १७ फेब्रुवरीको दिन)मा जंगबहादुरलाई मार्ने प्रयत्न गरे । समयमै सो पोल खुलेकोले षड्यन्त्रमा लाग्ने सबै जना पक्राउ परे र उनिहरुलाई भारतको इलाहाबाद जेलमा लगेर थुनियो । यो जंगबहादुर विरुद्धको दोस्रो विद्रोह देखिन्छ ।" भनेर लेखिएको कुरा होइन भन्ने कुरा पनि आएन । हुन सक्छ , तर ति कामकुराहरू शहीद लखन थापा मगरले गरेको जस्तो राजनीतिक अभियान थिए भन्ने कुराको प्रामाणिकता के हो ? यस बाहेक पश्चिम डोटी डडेल्धुरातिरका उतिवेला 'बाकावीर' भनेर चिनिने वलदेव शाहलाई जंगबहादुरका विरुद्ध छापामार आन्दोलन शुरु गरेकामा १९०६ मा फाँसीमा लट्काएर मारिएको दाबी गर्ने उनकै सन्तति सुरत बहादुर शाहले पनि एउटा सानो पुस्तिका छपाएका छन् ।
७ ) जंग बहादुर राणाको छोराहरु वा अरुहरुले लेख्दैमा सबै कुरा प्रमाणिक हुने भन्ने परम्परावादी सोच हो र यस्तो सोचको अब अन्त्य हुनु पर्दछ | छर्लंगै छ नि, त्यसमा जंग बहादुर राणाकै पक्षमा नै वकालत हुन्छ भन्ने कुरा । जनताको मुक्तिको आवाज बुलन्द गर्ने शहीद लखन थापा मगरको बढाई चढाई गरिएका कुरा त्यहाँ कसरी हुने र ? उनी त पराजित व्यक्ति पो परे त ! अब त्यहाँ हार्नेको कुरा बढाएर चढाएर लेखिने त कुरै आउदै आउदैन । उल्टै भएका कुरालाई पनि होइन भनेर वा हुदै नभएका कुराको कुप्रचार गरिएको हुन्छ भन्ने कुरा नेपालका शाह राजाहरुको माथि भनिएको एक मात्र आधिकारिक वंशावली - 'गोरखा वंशावली'ले नै प्रमाण बोलिरहेको छ नि । त्यो गोरखा वंशावलीमा द्रब्य शाहले मारेको भनिएका खड्का मगर राजाको बारेमा यस्ता अनर्गल कुराहरु छन् कि जस्तै : ' गोर्खामा षड्का राजा थियो . उसको अन्याय अनरिति पनि धेरै भयाको, अजात राजा भयाको देषदा वहुत चित्तमा षेद भै क्षत्रीय राजा कस तरहले हुनन्...." ( हेर्नु 'प्राचीन नेपाल' संख्या २८ - २०३१)' । अब यस्तो व्यहोराको कुरामा के कुरा गर्ने ? त्यसैले शहीद लखन थापा मगरका बारेमा पनि सही र साँचो कुरा लेखिएकै छैन भन्ने हाम्रो मान्यता रही आएको छ | यो हुने लेखिने कुरै होइन । तर, अरुले जसरी लेखे त्यसरी नै कुरा गर्नु कुनै पनि हालतमा प्राज्ञिक अभ्यास हुदै होइन ।
८ ) र अब अन्त्यमा, कुन लेखकले कहाँ के लेख्यो वा कुन किताब वा स्मारिकामा कसले के लेख्यो वा लेखिएको छ वा थियो, आधिकारिक हुने वा नहुने भन्नु भन्दा पनि शहीद लखन थापा मगरको अभियानलाइ त्यसबेलाको नेपालको शैक्षिक स्थिति, सामाजिक अवस्था वा विकास र जनमानस वा जनताको चेतनाको स्तर के कति थियो भन्ने कुराको सापेक्षिक विवेचना हुनु आवस्यक छ । झन्डै १४० वर्ष पहिलेको नेपालको जनताको चेतनाको स्तर के कति थियो होला भन्ने कुराको यहाँ चिन्तन गर्नु नै छैन । स्पष्टनै छ नि एकदम न्यून थियो, होइन र ? त्यसबेला धर्मको आडमानै सब कुरा हुने हुन्थे । जंग बहादुर राणाले सन् १८५४ को मूलुकी ऐनमा किन मनुस्मृतिका कुरा घुसाउनु पर्थ्यो त नत्र ? स्वयम शहीद लखन थापा मगरले पनि सन्त दिलदासले शुरु गरेको जोसमनी सन्त परम्पराको आन्दोलनमा घुस्नु परेको कारण पनि यही नै त थियो । शहीद लखन थापा मगरको शहादतको मूल्याकन गर्नु पर्दा आजको २१सौ शताव्दीको चस्माले हेर्यौँ भने यी शहीद माथि हामीले न्याय गरिरहेका हुन्नौ । हामीले उनको अभियानलाई त्यसै बेलाको नजरले हेर्नु पर्दछ | उनको त्यो राजद्रोहलाई जोहन व्हेल्प्टनले (John Whelpton) 'निरङ्कुश साशन सत्ताका विरुद्ध राजद्रोह' भनेका छन् |( हेर्नु 'Kings ,
Soldiers & Priests in Nepalese Politics and Rise of Jung Bahadur '- 1830
-1857 ) । शहीद लखन थापा मगरको अभियानलाई त्यसै बेलाको नजरले हेर्नु पर्दछ र उनको त्यो राजद्रोहलाई निरङ्कुश साशन सत्ताका विरुद्ध जनपरिचालन गरिएको मुलुकको सबभन्दा पहिलो राजनीतिक कार्यक्रम थियो भनेर हामीले मान्नु पर्दछ । आजको सरोकारको विषय वा कुरा नै यही हो ।उनी कहाँ , कुन जागिरको कुन पदमा थिए वा थिएनन भन्ने कुरा कुनै महत्वको कुरै होइन । राजनीतिक कारणले राजद्रोहको अभियोग लगाई जुन प्रकारको सजाय दिइयो माने झुनड्याएर मारियो, त्यसैले नै लखन थापा मगरलाई शहीदको दर्ज्यानी सम्मानका निम्ति योग्य बनाउछ । त्यसैले नेपाल सरकारले २०५६ सालमा उनलाई राष्ट्रको शहीद घोषणा गरेको हो । कुनै व्यक्तिलाई शहीद घोषणा राज्यले गर्ने हो, अरुले होइन किनभने शहिदको शहादतको सवाल जनताको प्रत्यक्ष सरोकारको विषय हुने र जनताको प्रत्यक्ष सवाल नै राज्य व्यवस्थाको सवाल हुनेहुदा यो विषय राजनीतिक विषय हो । त्यसैले ढिलै भएपनि राज्यले लखन थापा मगरलाई शहीद घोषणा गरेको कुरा ठीक हो । यस सन्दर्भमा हामी सबैको सकारात्मक सोच बन्नु आवस्यक छ।
References:
गोरखापत्र दैनिक, काठमाडौँ , नेपाल :सहिद औपचारिकता वा महान बलिदान ?
जबरा, पुरुषोत्तम
शमशेर २०५९ : श्री ३ हरुको तथ्य वृतान्त - विद्यार्थी पुस्तक भण्डार , भोटाहिटी
काठमाडौँ
।
पुरातत्व विभाग
२०३१
: प्राचीन नेपाल संख्या २८ , रामशाहपथ , काठमाडौँ ।
बस्न्यात, प्रेम
सिंह - नेपाली सेनाका अगुवाहरु - मगर अध्ययन
केन्द्रले आयोजना गरेको विद्वत गोष्ठीमा
प्रश्तुत कार्यपत्र - २०११
भण्डारी , ढुण्डीराज २०२७
: नेपालको
आलोचनात्मक
इतिहास -प्रकाश -प्रकाशन काठमाडौँ, नेपाल । Nepalko Aalochanatmak Itihas (A Critical
History of Nepal)
मानन्धर, त्रिरत्न २०४८ : नेपालको इतिहासमा जंगबहादुर - दिअती प्रकाशन काठमाडौँ ।
राना,बि. के. २०५४: गोरखा मगरहरु
विगत
देखि वर्तमानसम्म : ऐतिहासिक पृष्ठभूमिमा एक विश्लेषण - राज मैया रानामगर , पिंगनस्थान बत्तीसपुतली, काठमाडौँ |
राना , बि . के . २०५९ : संक्षिप्त मगर इतिहास ; राज त्रिवंधु प्रकाशन काठमाडौँ । Sanchhipta Magar Itihas (A Concise
History of Magars)
सुबेदी, राजाराम
२०५८:
'नेपालको प्रजातान्त्रिक आन्दोलनमा शहीद लखन
थापाको योगदान' - विषयक गोष्ठीमा प्रस्तुत कार्यपत्र | ( फाल्गुण २, २०५८ साल)
शर्मा , बालचन्द्र
२००८ : नेपालको ऐतिहासिक रुपरेखा - प्रकाशिका श्रीमती कृष्ण कुमारी देवी , २३/११९ दूधविनायक, वाराणसी
- प्रथम
संस्करण २००८ | दोश्रो संस्करण २०२२ | Nepalko
Aitihasik Ruprekha (Glimpses of Nepalese History) (Reprint)
शर्मा , जनकलाल
२०२०
: जोसमनी सन्त-परम्परा र साहित्य -
Josmani Sanit-Parampara Ra Sahitya 1964 - Josmani Saint Tradition and
Literature - 1964.
Baidhya, Tulsiram, Vijay Kumar
Manandhar and Premsingh Basnyat. 2009. Military History of Nepal
(Part 2). Kathmandu : Army Headquarters.
Gurung, Hark - 1998: Nepal
: Social Demography and Expressions. New Era Kathmandu .
Lecomte-Tilouine, Marie - 2008: Hindu Kingship, Ethnic Revival and
Maoist Rebellion in Nepal ,
- Oxford University
Press -
Rana, Promod Sumsher - 1978 :
Rana Nepal - An
Insider's View
Whelpton, John 1991 : Kings
Soldiers & Priets in Nepalese Politics and Rise of Jung Bahadur Rana ( 1830
-1857). Manohar Publications, 216 Ansari Road ,
Darya Ganj, New Delhi - 110002, India .
THE HISTORY OF THE MESSIANIC AND REBEL KING LAKHAN THAPA MAGAR: UTOPIA AND IDEOLOGY AMONG THE MAGARS,