July 5, 2010

INDIRA GANDHI, KING MAHENDRA AND NEPALESE INDIGENOUS PEOPLES

[Below we have three interesting ‘memoir’ kind of write-ups of Khagendra Jung Gurung on Indo-Nepal relation some 50-60 years ago. In the first write up, then Indian Prime Minister Mrs. Indira Gandhi has been described as mulling to install some indigenous leader(s) from Magar, Gurung, Rai or Limbu communities at the helm in Kathmandu to counter King Mahendra’s ‘aggressive nationalistic rule’ which actually sounds very unlikely. In those days, the Janajatis (indigenous peoples) as discussed in the write-ups were not  well advanced or organized to demand their linguistic, ethnic and cultural rights as  they are doing today. Even in those days, none was called ‘Janajatis or indigenous’, instead they were known basically as ‘tallo jat’ (sic) or ‘lower caste’  in the alarmingly prevalent caste system. It is also understandable that Mrs Gandhi had sound knowledge of South Asian caste system as she herself was from a Brahmin community. So, it is very unlikely she would have asked  or thought of some ‘Tallo Jati’ (sic) leader  to  run Nepal ! In the second write-up the king has been blasted for having spoilt the broth reincarnating himself as a Hindu monarch who had written 60 years ago to China's Mao that he would even become a communist to save the country. In the third write up Khampa attack on the Himalayan border of Nepal has been discussed interestingly. Those Khampas had helped Chinese army oust the Dalai Lama from Tibet in 1959.   Later, those Khampas had escorted the Holy Lama to India's Dharmashala also. - The Blogger]



इन्दिरा गान्धीलाई भेट्दा

खगेन्द्रजंग गुरुङ



गेजंग गुरु

भारतमा इन्दिरा गान्धीको उदय, रुससँगको ३० वर्षे सुरक्षा सन्धि र पाकिस्तानबाट बंगलादेश छुट्टनि राजा महेन्द्रलाई चोट पार्ने विषय बने। त्यसबेलासम्म पाकिस्तानलाई चीनको राम्रो संरक्षण प्राप्त थियो। चीनसँग रुस टाढिरहेको, भियतनामीहरू पनि चीनप्रति क्रूद्ध भइरहेका बेला इन्दिरा गान्धीले पाकिस्तानमा हमला गरेकी थिइन्। 

महेन्द्रलाई यहीबेला इन्दिरा गान्धीले बदला लिने छिन् र आफूलाई पाकिस्तानी राष्ट्रपति याया खाँको हालतमा पुर्‍याउने छिन् भन्ने परेछ। इन्दिरा गान्धीले नेपालमा त्यहीताका गोप्य रूपमा गर्न लगाएको अध्ययन पनि उनका लागि टाउको दुखाइको विषय बनेको थियो। जनजातिका समस्या हल नगरेसम्म र उनीहरूलाई अघि नलगाएसम्म नेपालमा आफ्नो प्रभाव विस्तार गर्न सकिन्न भन्ने भारतले बुझेको रहेछ। उसको अध्ययनको निष्कर्ष नै नेपालको शक्ति जनजातिमा निहित छ भन्ने थियो। 

त्यसपछि इन्दिरा गान्धीले जनजाति समुदायका भारतीय सेनाबाट अवकाशप्राप्त नेपाली सैनिक अफिसरलाई एकएक गरेर भेट्न थालिन्। त्यसपछि राजनीतिमा संलग्न जनजातिका मानिसहरूलाई पनि भेटिन्। पञ्चायतकालका धेरै मगर, गुरुङ, राई र लिम्बू मन्त्री एवं उच्च ओहदाका व्यक्तिहरू इन्दिरा गान्धीलाई भेट्न दिल्ली गए। पर्वतका लालकाजी गुरुङका पिता नरबहादुर इन्दिरा गान्धीको चिट्ठी लिएर नेपाल आएका थिए। मलाई पनि उनैले निम्तो दिएका हुन्। यो २०२८ सालको कुरा हो।

म दिल्ली जान भनी हेटौँडा पुगेको थिएँ, महेन्द्रले चाल पाएछन्। उनी त्यसबेला दियालो बंगला, चितवनमा आराम गररिहेका थिए। त्यहीँ बोलाएर सोधे, "इन्दिरा गान्धीले बोलाएर जान लागेको हो ? अनि, को को जाँदै छौ ?" मैले भनेँ, "त्यो त सरकारलाई नै थाहा होला। म के भनौँ !" त्यसपछि त्यहाँ भएको कुराकानी जस्ताको तस्तै यहाँ आएर सुनाउन भने। मैले त्यस्तो गर्नु उपयुक्त ठानिनँ। भनेँ, "म त्यसो गर्न सक्दिनँ सरकार ! यसो गर्नु सरासर धोका हुनेछ। विरोधी हुँदाहुँदै पनि विश्वास गरेर भेट्न बोलाएको प्रसंग छ। त्यस्तोमा यताको कुरा उता र उताको कुरा यता कसरी गर्न सक्छु र ? बरु, सरकारबाट नजान मर्जी हुन्छ भने जान्नँ।" महेन्द्र बडो चिन्तित भए र अन्त्यमा यति मात्र भने, "मुलुक संकटको अवस्थातर्फ गइरहेको छ। तिमीहरू नै त्यसो भन्छौ भने म के भनौँ त !" त्यसपछि म दिल्लीतर्फ लागेँ।

दिल्लीमा मैले आफ्नो कुरा भन्नेभन्दा पनि इन्दिरा गान्धीले बोलाएकाले उनको कुरा सुन्नुपर्ने थियो, सुनिरहेँ। कुराकानीका दौरान उनले ०२५ सालतिरको कुरा निकालिन्, जतिबेला भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो। देशव्यापी विरोध भयो। तर, लमजुङका गुरुङहरू त्यसका विरुद्धमा उठ्न मानिरहेका थिएनन् उनीहरू राजाबाट भन्दा पनि आफूहरूलाई भारतबाटै सहयोग मिलिरहेको बताउँथे। उसैका कारण शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर पाइरहेको भन्ने उनीहरूलाई सम्झाउन मलाई धौधौ परेको थियो। लामो प्रयास र सम्झाइ-बुझाइपछि स्िथति केही सामान्य भयो र लमजुङ-मनाङतिरका गुरुङ-मगरहरू पनि नाकाबन्दीको विरोधमा सडकमा उत्रिएका थिए।

त्यो कुरा इन्दिरा गान्धीले थाहा पाएकी रहेछिन्। भनिन्, "हामी आफ्नै देशभित्रको समस्याले यति पिरोलिएका छौँ कि त्यसको बयान गरेर साध्य छैन। नेपाललाई भारतले खान खोजेको छ भनेर चलाइएको हल्ला वाहियात हो। तपाईंका नेताहरूका कारण हामीले नचाहेर पनि फस्नुपर्ने अवस्था आएको छ।" उनले त्रिभुवनको उदाहरण दिइन्। भनिन्, "पहिले शरण मागे। सरकारमा पुगिसकेपछि सैन्य र प्रशासनिक क्षेत्रको आधुनिकीकरणमा सहयोग पुर्‍याइदिन भने। विशेषज्ञहरू पठाइदियौँ। तर, त्यहीबीचमा मातृका र बीपी कोइरालाका बीचमा झगडा पर्‍यो। मातृका प्रधानमन्त्री बने। अनि भन्न थालियो, भारतले हस्तक्षेप गर्‍यो।" उनले यो पनि भनिन्, "आफूअनुकूल हुँदा सहयोग हुने तर आफूप्रतिकूल हुँदा हस्तक्षेप मान्ने नेपाली राजनीतिज्ञहरूको मानसिकतामा परविर्तन गर्नुपर्छ।" 

"हामीले नेपालमाथि हस्तक्षेप गर्नुपर्ने अवस्था आयो भने जनजाति समुदायको सहयोगमा नै त्यो सब गर्नेछौँ। तपाईंलाई त्यससम्बन्धी योजनाबारे जानकारी हाम्रा जर्नेल माणिक शाहले दिनेछन्। एकपटक तपाईं उनलाई भेटेर जानूस्," इन्दिरा गान्धीको यस कुराले म झसंग भएँ। शाह, जो पछि फिल्ड मार्सल पनि भएका थिए, ले सबै योजना र नक्सा देखाए। त्यसमा जनजाति समुदायलाई कसरी परचिालन गर्ने भन्ने थियो। 

मैलेभन्दा अघि इन्दिरा गान्धीलाई क-कसले भेटे त्यो मलाई सम्झना छैन। थुप्रै गएका थिए। तर, मैले भेटेर आइसकेपछि स्याङ्जाका खड्गबहादुर गुरुङ र पर्वतका नरबहादुर गुरुङले भेटेको भने मैले देखेको हुँ। भेटघाटबाट बाहिर निस्केपछि योगी नरहरनिाथ पनि त्यहाँ पुगेको देखेँ।

महेन्द्रका बारेमा इन्दिरा गान्धीले थुप्रै कुरा उठाइन्। आफूहरूले उनलाई चिन्न नसकेको कुरा पनि बताइन्। "शत्रु चिन्न सजिलो हुन्छ तर मित्र बनेर घात गर्नेहरूलाई ठम्याउन गाह्रो पर्दो रहेछ," उनले भनिन्। तर, दुर्भाग्य ! इन्दिरा गान्धीले के के न गर्लिन् भनेर तर्सिरहेका महेन्द्रको ०२८ माघ १७ गते हृदयाघातका कारण मृत्यु भयो। त्यो खबर पनि त्यही भेटमा इन्दिरा गान्धीकै मुखबाट सुन्नुपर्‍यो।



महेन्द्रको सन्देश माओलाई


'म आफ्नो मुलुकलाई बचाउनका लागि परअिाए राजगद्दी त्याग्न मात्र होइन, कम्युनिस्ट बन्न पनि तयार छु।' राजा महेन्द्रले २०१० सालमा चीनका राष्ट्रपति माओत्सेतुङ्लाई लेखेको पत्रको अन्त्यमा भनिएको थियो। अंग्रेजी भाषामा लेखिएको त्यस पत्रमा नेपाललाई भारतीय थिचोमिचो र हैकमबाट मुक्त पार्न चिनियाँ सहयोग अपेक्षित रहेको उल्लेख गरएिको थियो । र समग्रमा, सीमान्त वर्गमा रहेका नेपाली जनतालाई केन्द्रभागमा स्थापित गर्न चीन नै भरपर्दो सहयोगी हुने र त्यसका लागि कुनै पनि सर्त मान्न आफू तयार रहेको महेन्द्रले त्यस अवधारणा-पत्रमा जिकिर गरेका थिए। 

त्यो पत्र चिनियाँ भाषामा अनुवाद गरेर माओलाई सुनाइएको थियो। दरबारभित्रका आफूनजिकका मानिसहरूमार्फत त्यो पत्र चीन पुर्‍याउन सम्भव थिएन। त्यसैले महेन्द्रले मलाई सम्भिए। केन्द्रमा मलाई चिन्ने कमै थिए र मैले पनि गुन तिर्नु थियो। किनभने, मविरुद्ध ००९ सालमा जारी गरएिको वारेन्ट उनले नै खारेज गरििदएका थिए।

विमानबाट जाँदा बर्मा वा हङ्कङ् भएर जानुपथ्र्यो। किनभने, चीनसँग हाम्रो दौत्य सम्बन्ध कायम भएको थिएन। म मनाङबाट तिब्बत हुँदै ल्हासा पुगेँ। त्यसबेला ब्रह्मपुत्र नदीमा पुल थिएन। डंुगा पनि याकको छालाको बनाइएको थियो। त्यसैको सहयोगले मैले ब्रह्मपुत्र नदी तरेको थिएँ। तिब्बतमा करबि एक महिना बसेपछि चिनियाँ अधिकारीसँग सम्पर्क भयो। त्यसपछि ल्हासा विमानस्थलबाट हवाईजहाज चढी चीन पुगेँ।

चीनमा मेरो पहिलो भेट प्रधानमन्त्री चाउएनलाईसँग भयो। माओ बेइजिङ्बाट करबि एक घन्टाको दूरीमा बसेका रहेछन्। मलाई त्यहीँ पुर्‍याइयो। दोभाषेहरूको व्यवस्था गरएिको थियो। तिनीहरू बडो मीठो नेपाली बोल्थे। 

"कम्युनिस्ट भन्ने कुरा राष्ट्रिय आवश्यकताले हुने हो, त्यो जरुरी छैन। तर, एसियाको बीचमा तटस्थ भएर बस्ने र संयुक्त राष्ट्रसंघको एसियन केन्द्र बन्ने जुन अवधारणा ल्याएका छौ, त्यो ज्यादै सराहनीय छ। तिम्रो राजालाई भनिदेऊ, हामी लागतको पर्वाह गर्ने छैनौँ," माओले भनेको कुरा दोभाषेमार्फत मलाई सुनाइयो। माओले कम्बोडियाका राजा नरोद्दम सिंहानुक र महेन्द्रको त्यहाँ खूब प्रशंसा गरे। 

त्यो कुरा मैले काठमाडौँ आएर महेन्द्रलाई सुनाएँ। राजा त्रिभुवनको निधनपश्चात् महेन्द्र जब राजा भए, चीन आफँै अग्रसर भएजस्तो गरी दौत्यसम्बन्ध कायम गर्‍यो। नेपालको अग्रसरता देखिएको भए, त्यसमा भारतको विरोध हुन सक्थ्यो। 

महेन्द्रसँग मेरो चिनजान ज्यादै रहस्यात्मक रह्यो। आचार्य नरेन्द्रदेवको संगतले म कम्युनिस्ट राजनीतिप्रति झुकाव राख्थेँ। र, गाउँको सामाजिक परविेशभन्दा भिन्न एकाएक कम्युनिस्ट भएको थिएँ। यो कुरा धेरैले रुचाएनन्, पोल लगाइदिए। र, सरकारले मेराविरुद्ध वारेन्ट जारी गर्‍यो। यो विसं २००९ को कुरा हो।

त्यसबेला नेपाल प्रहरीको टोली मलाई पक्राउ गर्न गाउँ पुगेको थियो तर गाउँबाटै खेदियो। त्यसपछि भारतीय सैनिक मिसनका प्रमुख जर्नेल यदुनाथ सिंहको नेतृत्वमा आएको सुरक्षाकर्मीले गाउँ घेरा हालेर पक्राउ गर्ने प्रयास गर्‍यो। म भागेर तिब्बत गएँ। तिब्बतको ब्रह्मपुत्र नदीको किनारमा रहेको सिङदुवा भन्ने गाउँमा करबि एक वर्ष बसेपछि त्यहीँबाट कालिम्पोङको बाटो हुँदै दिल्ली झरेँ।

राजा त्रिभुवनलाई उपचारार्थ स्वीट्जरल्यान्ड लैजाने क्रममा तत्कालीन युवराज महेन्द्र दिल्लीमै थिए। ज्योतिषी उमानाथको प्रबन्धमा त्यहीँ मेरो उनीसँग भेट भयो। पहिले ज्योतिषी उमानाथ हाम्रो बुटवल/भैरहवाको मौजाको रेखदेख गर्थे। समयक्रममा उनी नारायणहिटी राजदरबारको मीरसुब्बा पनि भए। उनको महेन्द्रसँग राम्रै मित्रता थियो, जसको फाइदा मलाई पनि मिल्यो।

दिल्लीबाटै महेन्द्रले मेराविरुद्ध जारी गरएिको वारेन्ट रद्द गराइदिए। म महेन्द्रसँगै काठमाडौँ फर्किएँ। त्यसपछि बरोबर मेरो उनीसँग संगत हुन पुग्यो। म उनीसँग बसिरहेका बेलाको एउटा प्रसंग सम्भिन्छु। त्यसबेला काठमाडौँको मजिस्ट्रेट थिए, सरदार विष्णुमणि। त्रिभुवन राजमार्ग निर्माणका क्रममा भारतीय पक्षले त्यहाँका नेपाली तामाङ चेलीहरूलाई अभद्र व्यवहार गरेको विरोधमा घन्टाघरस्िथत संस्कृत पाठशालाका विद्यार्थीले ठूलो जुलुस निकालेका थिए। त्यसपछि त सरकारको विरोधमा काठमाडौँका धेरैजसो क्याम्पसबाट जुलुस नै निस्िकयो। तर दुर्भाग्य ! खड्गमान सिंहले उल्टै 'तामाङ केटीहरूले गल्ती गरे' भनी भारत सरकारसमक्ष माफी मागेको कुरा महेन्द्रलाई सुनाउन विष्णुमणि त्यहाँ पुगेका थिए। त्यस कुराले महेन्द्र ज्यादै दिक्क भए। त्यसअघि पनि भारतीय पक्षबाट यस्ता धेरै कुरा भएका थिए, जसले महेन्द्रलाई भित्रभित्रै बिथोलिरहेको थियो। सरदार विष्णुमणिको कुराले त उनी बेचैनजस्तै भए। भने, "देख्यौ नेपालीको हालत कस्तो छ ?" भर्खरको ठिटो भएकाले मनमा धेरै विचार खेल्न थाले। तर, कुनै प्रतिक्रिया भने जनाइनँ। 

महेन्द्र स्वीट्जरल्यान्डको संघीय व्यवस्थाबाट प्रभावित थिए। त्यहाँका चार जात र ३६ क्यान्टोन -राज्य)को ढाँचा नेपालमा पनि कायम गर्न सके भारतीय थिचोमिचो र प्रभावबाट मुक्ति मिल्ने उनको अवधारणा थियो। दक्षिणको प्रभावबाट चल्ने प्रवृत्ति ००७ सालपछि पनि कायमै रहेकाले महेन्द्र त्यसको विरुद्धमा थिए। राजनीतिक र सामाजिक रूपमा दक्षिणबाट प्रभावित वर्ग राज्य सञ्चालनमा कायम रहेसम्म कुनै सुधार हुँदैन भनेर त्यसबाट पृथक् वर्गको उत्थानमा उनी क्रियाशील थिए। त्यसैका लागि महेन्द्रले चीन गुहारेको कसैबाट लुकेको छैन। अञ्चलको अवधारणा पनि उनले स्वीट्जरल्यान्डकै सिकोस्वरूप भित्र्याएका हुन्।

युरोपको तटस्थ राष्ट्रका रूपमा स्वीट्जरल्यान्ड स्थापित भएजस्तै एसियाको तटस्थ राष्ट्रका रूपमा नेपाललाई स्थापित गर्ने चाहना महेन्द्रको थियो। अर्कोतर्फ, चीन पनि नेपाल एसियाकै तटस्थ राष्ट्रका रूपमा विकसित होस् भन्ने चाहन्थ्यो। त्यसका लागि उसले भियतनाम युद्धताका शान्तिवार्ताका निम्ति नेपाललाई प्रस्ताव गरेको थियो। तर, भारतीय पक्षको अरूचिका कारण त्यो पनि सम्भव भएन।

नेपालको दुर्भाग्य नै भन्नुपर्छ, समयक्रममा महेन्द्र पनि दक्षिणको 'हिन्दु सम्राट' हुने प्रलोभनमा परे। र, सबै समाप्त गरे। 

Source: Nepal National Weekly 


खम्पा सन्त्रास बेहोर्दा


खम्पा विद्रोहका बेला मनाङ र मुस्ताङवासीले ज्यादै दुःख खेपे। खम्पाहरूले त्यहाँ लुटपाट र आतंक मात्र मच्चाएनन्, चेलीबेटीको अस्िमतामाथिसमेत खेलवाड गरे। कतिसम्म भने, नेपालतर्फ लुटपाट नै मच्चाउने काम गरे। प्रहरी प्रशासन वास्तै गर्दैनथ्यो।

राजा महेन्द्र आफ्नो वचनबद्धताबाट पछि हटेकामा मेरो उनीसँग मतभेद बढ्न थालेको थियो। महेन्द्रले गुरुङ, मगर, राई, लिम्बू आदि पछाडि परेको जातिलाई राजनीतिक मूलधारमा ल्याउने प्रतिबद्धता जनाएका थिए। २०१३ सालमा टंकप्रसाद आचार्यको मन्त्रिमण्डलमा स्वास्थ्य उपमन्त्री भएको म ०१७ सालमा राजा महेन्द्रकै कारण उद्योग, वाणिज्य र खाद्य-कृषिमन्त्री बनाइएको थिएँ। तर, राजा महेन्द्र आफ्नो वचनबाट पछि हटेकामा असन्तुष्ट हुँदै ०१९ सालमा मन्त्रीबाट राजीनामा दिएर हिँडेँ। तर दुर्भाग्य ! पछि उनै राजासँग आएर खम्पाहरूका बारेमा कुरा गर्नुपर्ने अवस्था सिर्जना भयो। उनले पनि सहयोग गर्ने वचन दिए।

०१५ सालमै निर्वाचित सरकारले भारतको दबाबमा खम्पाहरूलाई नेपाली सीमामा ल्याएर राखिदिएको थियो। नेपालकै तिब्बती मूलका भोटेहरूसँग पनि खम्पाहरू मिल्न सकेनन्। विद्रोही जात न पर्‍यो। लुटपाट गर्ने, धम्क्याउने, बलात्कार गर्ने काम गर्न थालेपछि तिब्बती मूलका मनाङी र मुस्ताङीहरू पनि विद्रोही भए। उनीहरूका कारण तिब्बततर्फ होइन, नेपालतर्फ ज्यादा हानि-नोक्सानी हुन थाल्यो। उनीहरूलाई उचालेर पि|m तिब्बत कायम गर्ने अमेरकिा, भारत र युरोपेली देशहरूको उद्देश्य पूरा हुन सकेन। त्यसपछि उनीहरू मनाङ-मुस्ताङका नेपाली मूलका भोटेहरूलाई उचालेर त्यस अभियानमा सरकि गराउने प्रयासमा लागे।

०१९ सालको घटना हो। चिनियाँ राजदूतले एउटा 'डिनर'मा बोलाएका थिए। १४ हजारको संख्यामा रहेका खम्पा विद्रोहीमाथि ३ हजार ५ सय सेना भएको नेपालले कसरी आक्रमण गर्ने भन्ने कुरा त्यहाँ उठ्यो। तत्कालीन चिनियाँ राजदूतले भने, "त्यसो भए खम्पामाथि संयुक्त हमला गरौँ।" त्यसबेला १२ हजारको संख्यामा रहेको च्याङकाइसेकको एउटा सानो पल्टन बर्मामा लुकेर बसेको थियो। त्यसले नेपाली सेनासँग मिलेर हमला गर्ने प्रस्ताव उनको थियो। सायद, त्यतिबेलासम्म महेन्द्रको चीनसँगको सम्बन्ध चिसिइसकेको थियो। त्यसैले उनी चीनलाई अल्मल्याउन चाहन्थे। मैले यसबारेमा महेन्द्रसँग लामै कुरा गर्नु पर्‍यो। महेन्द्रले उल्टै मलाई प्रश्न गरे, "राष्ट्रिय दृष्टिले तिनीहरूबाट हामीलाई कत्तिको खतरा छ?" मैले भनँे, "उनीहरूबाट हामीमाथि कति खतरा छ भन्ने त सबैलाई थाहा भएको कुरा हो।" त्यसपछि महेन्द्र चुप लागे।

०२० सालतिर हुनुपर्छ, राजा महेन्द्रले भने, "तिमी गुरुङ राजाका सन्तान। यस नाताले खम्पाहरूविरुद्ध लड्न गाउँ गएर मिलिसिया गठन गर । म तिमीलाई सहयोग गर्छु !" मनाङ जिल्ला पञ्चायतबाट निर्णय गराएर म मिलिसिया गठनमा लागेँ। १८ वर्षमाथि र ४० वर्ष तलका थुप्रै युवालाई तालिम दियौँ। गाउँलेलाई पनि तयारी अवस्थामा राख्यौँ। हामीसँग राणाकालदेखि नै केही मानिसहरूले आफ्नो सुरक्षार्थ राखेका थोरै हतियार थिए। केही भरुवा बन्दुक, हँसिया, कुटो, कोदालो र बन्चरो हाम्रा हतियार थिए। सरकारले आधुनिक हतियार देला भन्ने हाम्रो आशा थियो।

०२२ सालमा हतियारसहित आएका ७० जनाजति खम्पा विद्रोहीले मेरो गाउँ थोँचेलाई घेरा हाले। मस्र्याङ्दी र दूधखोलाको बीचमा रहेको हाम्रो गाउँलाई अन्य गाउँसँगको सम्बन्धबाट विच्छेद गरििदए। ती दुवै खोलाको पुलमा आएर खम्पाहरू बसे। हामी पनि के कम ! आइमाई, केटाकेटी र बूढापाकालाई घरमै बन्चरो-खुकुरी लिएर पहरा दिन लगाई मैदानमा उत्रियौँ । मेरो घरमा चार-पाँचवटा राइफल थिए। तीसहित करबि २०/२२ वटा राइफल लिएर हामी लडाइँका निम्ति उत्रियौँ। हाम्रै गाउँमा नेपाल सरकारको चेकपोस्ट थियो। त्यहीँबाट हामीले सहयोगका निम्ति सरकारसँग आग्रह गर्‍यौँ। तर, कुनै सुनुवाइ भएन । यहाँ पनि मलाई महेन्द्रले धोका दिए।

त्यसपछि युद्धबाट कसैको पनि जित नहुने निष्कर्ष निकाली खम्पाका नेता वाङ्दीको नेतृत्वमा आएको त्यो शक्तिसँग हामी सम्झौता गर्ने सहमतिमा पुग्यौँ । 'नेपालतर्फ उनीहरूले आतंक नमच्चाउने र तिब्बततर्फको उनीहरूको गतिविधिप्रति हामीले चासो नराख्ने ।' यही सम्झौता गरेर त्यो युद्ध टुंग्याइयो ।

खाम प्रदेश चीन र तिब्बतबीचको इलाका हो। त्यहाँका बासिन्दा -खम्पा)को सांस्कृतिक रहन-सहन न चिनियाँसँग मिल्छ, न त तिब्बतीसँग। पठानसँग मिल्दो जाति हो यो। अस्िथर खालको जाति हो। जसले जित्यो त्यसैको नियन्त्रणमा बस्नुपर्ने मान्यता राख्छ यो जातिले। जो व्यक्ति पराजित हुन्छ त्यो काटिन्छ, अर्को शक्तिमा आउँछ । उसैको हैकम चल्छ। 

मुस्ताङदेखि ओलाङचुङगोलासम्म १४ हजारको संख्यामा तालिमप्राप्त खम्पा विद्रोहीको तैनाथी थियो। त्यसका विरुद्ध भारत सरकारले युद्ध गर्न कर्णेल श्रीप्रसाद बुढाथोकीको कमान्डमा गोर्खा सेना पठाउने निर्णय गर्‍यो। तर, बुढाथोकीले 'आफ्नै देशमा युद्ध गर्न हामी जाँदैनौँ' भनेर इन्कार गरे। त्यसै कारण उनले त्यही समय जागिरबाट हात धुनु पर्‍यो। पछि उनलाई महेन्द्रले सेनाको कर्णेल, राष्ट्रिय पञ्चायतको सदस्य र मन्त्री बनाइदिए।

खम्पा विद्रोहीहरूको पृष्ठभूमिको कुरा गर्दा, भारत स्वतन्त्र भएपश्चात् अंग्रेजहरू त्यहाँबाट फर्किन लाग्दा दलाई लामालाई ठूलो संकट पर्‍यो। किनभने, त्यसबेलासम्म उनलाई अंग्रेजहरूको साथ-सहयोग थियो। प्रशासनिक र सैनिक संरचनामा रहेको परम्परागत परपिाटीले युद्ध लड्न नसक्ने हुनाले दलाई लामालाई सचेत गराउँदै अंग्रेजहरूले भारत छोडेका थिए। त्यसपछि दलाई लामाले आधुनिक सेना तयार गर्ने उद्देश्यले तालिम/प्रशिक्षणको सुरुवात गर्दा सबैभन्दा ठूलो अवरोध खम्पाबाटै बेहोर्नु पर्‍यो। ठूलै तनाव सिर्जना भयोे।

खम्पाहरू कति चलाख थिए भने, दलाई लामा कमजोर भएको अवस्था देखे भने तिब्बतमा लुटपाट मच्चाउँथे र भागेर चीनतर्फ गई लुक्थे। एउटा घटना सम्भिmन्छु, सुरुमा चीनले तिब्बतमाथि आक्रमण गर्न चाहेको बेला उसलाई सजिलो र छोटो बाटो थाहा थिएन। त्यही बेला खम्पाहरूले तिब्बतविरुद्धको लडाइँमा सघाउँदै चिनियाँहरूलाई सजिलो र गुप्तीबाटोबाट तिब्बतको ल्हासा पुर्‍याइदिए। दलाई लामा स्तब्ध भए। त्यसपछि त के थियो, बिनारक्तपात चीनले तिब्बतमाथि कब्जा गर्‍यो। दलाई लामा चिनियाँ सरकारसमक्ष आत्मसमर्पण गर्न बाध्य भए।

त्यसको मुआब्जास्वरूप खम्पाहरूले तिब्बतमाथि आफ्नो हैकमको कुरा उठाए तर चीनले विरोध गर्‍यो। त्यसपछि खम्पाहरू दलाई लामातर्फ लागे। उनलाई तिब्बतबाट भगाएर दिल्ली पुर्‍याए। त्यसपछि खम्पाहरूलाई निमिट्यान्न नपारेसम्म तिब्बतमा शान्ति आउँदैन भन्ने निष्कर्षमा पुग्यो चीन। र, हमला गर्न थाल्यो। अहिले त तिब्बतमा त्यस जातिको ज्यादै न्यून उपस्िथति छ। खम्पा विद्रोहीका नेता वाङ्दी ०३१ भदौमा दार्चुलामा मारएिपछि त खम्पा विद्रोहीको जगजगी नै समाप्त भयो।


प्रस्तुति:  ईश्वरी ज्ञवाली