[Posted below today are random discussions on recent Nepalese elections, pro federalists, opposing groups, Gulmi in Kali Gandaki region and believed to be a 'Magar King' of 8th century Nepal also. There is a district called Gulmi in Kali Gandaki region in western Nepalese hills. The word is found recorded in a copper plate of King Shivaskand Verma (350-375) of Kanchipur. The river is named in Kalhan's Rajtarangini also. We thought to post them here today for archiving only. -Editor]
[नेपालमा जातजातिका नामबाट संघीयताका निम्ति कुरा उठाउनु उपयुक्त हुदैन भन्ने हाम्रो भनाई रहेको थियो र हामी अहिले पनि त्यसै भन्छौ । त्यस नेपाल नामधारी मुलुकका झन्डै दुई तिहाई जनता विकाशको मूल प्रवाहमा आउन सकेको छैन । त्यसकानिम्ति संघीयता नै एउटा राम्रो उपाय हुन सक्दछ भन्ने हामीलाई पनि लागेको हो किनभने 'तथाकथित विकेन्द्रीकरण' त्यहाँ सफल हुन सकेन । मन्त्रीका कोटका खल्ती बनेका स्थानीय सरकारहरुलाइ जताभावी मनलागी भंग गर्नु र त्यसमा अहिलेसम्म चुनाव नगर्नु नगराउनु त्यसको एउटा बलियो प्रमाण हो । शेर बहादुर देउबाहरुले जुलाई २००२ मा भंग गरेका स्थानीय सरकारहरुमा शाही सरकारबाट २००६ मा चुनाव गराउने प्रयत्न पनि भएकै हो तर त्यसमा जनताले भाग नै लिएन भने पनि हुने अवस्था बन्यो । ]
चुनावको कुरो सकिएको छ एक प्रकार । थुप्रै समीक्षाहरु भएका छन र थप अर्को के समीक्षा पनि गरिएको पाइयो भने " विदेशीको एजेण्डा असफल भो ।"
तर, यो कुरो कसरी भो ? बुझिएन । छिमेकी मुलुक भारत त सफल भो नि ? भारत छिमेकी मुलुक भएका नाताले 'विदेशी मुलुक' होईन कि ?
" विदेशीको एजेण्डा असफल भो ।" भनेर हल्ला गरिएको चाहिँ संघीयतावादीहरुले व्यहोरेका करारी हारको कारण नै हो भन्ने लाग्दछ ।संघीयतावादीहरुको प्रदर्शन अत्यन्त लज्जास्पद रहन गयो । हारिने कुरो बुझेकाले वा हारिने डरले उनका नेताहरुले प्रत्यक्ष उम्मेदवार बन्न पनि चाहेनन् । यो भन्दा बिडम्बना अरु के हुन् सक्दछ त ?
यहा क्याम्ब्रिजमा हामीले पनि गत साल अर्थात् सन् २०१२ मार्च २५ तारिखका दिन 'नेपालका निम्ति संघीयता' विषयक एउटा छलफल कार्यक्रम आयोजना गरेका थियौं । त्यसमा, मिसिगन विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक महेन्द्र लावतीद्वारा एक कार्यपत्र प्रश्तुत भएको थियो |
नेपालमा जातजातिका नामबाट संघीयताका निम्ति कुरा उठाउनु उपयुक्त हुदैन भनेर हामीले भनेका थियौं र हामी अहिले पनि त्यसै भन्छौ । त्यस नेपाल नामधारी मुलुकका झन्डै दुई तिहाई जनता विकाशको मूल प्रवाहमा आउन सकेको छैन । त्यसकानिम्ति संघीयता नै एउटा राम्रो उपाय हुन सक्दछ भन्ने हामीलाई पनि लागेको हो किनभने 'तथाकथित विकेन्द्रीकरण' त्यहाँ सफल हुन सकेन । मन्त्रीका कोटका खल्ती बनेका स्थानीय सरकारहरुलाइ जताभावी मनलागी भंग गर्नु र त्यसमा अहिलेसम्म चुनाव नगर्नु, नगराउनु त्यसको एउटा बलियो प्रमाण हो । शेर बहादुर देउबाहरुले जुलाई २००२ मा भंग गरेका स्थानीय सरकारहरुमा शाही सरकारबाट २००६ मा चुनाव गराउने प्रयत्न पनि भएकै हो तर त्यसमा जनताले भाग नै नलिदिएपछि त्यसको पनि कुनै माने भएन।
एकल पहिचान वा जाति-संघीयतावादीहरुको प्रदर्शन राम्रो रहेन भनेर माथि नै भनिसकिएको छ । उनीहरुको चर्को कुरो सुनेर संघीयता विरोधीहरुले हप्तौंसम्म पश्चिम नेपाल नै बन्द गरे, गराए । एकल पहिचान वा जातीय संघीयतावादीहरुको प्रदर्शन अनियन्त्रित एवम् एकप्रकार 'उच्छृङ्खल' पनि रहन गयो अथवा मूलधार संचारका माध्यमहरुले उनीहरुलाई 'खलपात्र'का रुपमा नै प्रश्तुत गरिदिए । तर, त्यसरी प्रश्तुत गर्ने गराउनेहरुसंग यथोचित बौद्धिक वहश वा प्रतिकार जो अपेक्षित रहेको थियो त्यो सम्बन्धित जाति-संघीयतावादीहरुबाट भएको पाइएन ।
सामाजिक क्रान्ति वा आन्दोलन भड्काउने, सरकार गिराउने वा बनाउने आदि इत्यादी काममा आजभोलि सामाजिक संजालको वा संचारका माध्यमको अत्यन्त ठूलो हात रहन थालेको छ । तर, नेपालमा पहिचानवादीहरुको कुरो मूलधार संचारका माध्यमहरुले पटक्कै रुचाएनन् । त्यसो त नेपालमा मूलधार भनिएका संचारका माध्यमहरू यथास्थितिवादको गुणगान र पक्षपोषणको प्रपन्चमा नै तल्लीन रहेका पाइन्छन । त्यसैले त्यस्तो तिकडम वा प्रपन्चलाई चक्नाचुर हुनेगरी तोड्नकानिम्ति एउटा छुट्टै 'मिडिया हाउस' चाहिन्छ भनेर सन् २००१ मा काठमाडौँमा आयोजना गरिएको एउटा कार्यक्रममा त्यसनिम्ति हामीले आफ्नो कार्यपत्रमा प्रश्ताव गरेका थियौं । तर, त्यो काम अझै पनि सरल र सहज दृष्टिगोचर भैरहेको छैन ।
वैदिक युगदेखि बौद्धिक वा प्राज्ञिक अभ्यास गर्दै आईरहेको जमातसंग वहस र प्रतिस्पर्धा गर्नकानिम्ति 'वन्चित' आवाजवालाहरुको समूह दक्ष जनशक्तिको अत्यन्त ठूलो अभावमा छ भने लगानीकर्ताहरु त छदै छैनन् भन्नु पर्ने अवस्था छ । चिच्याएर , चर्को कुरो गरेर मुलुकमा विद्वेषको बीऊ रोप्न र त्यसलाई समाजमा सबैतिर फैलाउनकानिम्ति कसैले पनि लगानी गर्दैन । बेलायतको अन्तर्राष्ट्रिय विकाश विभाग Departmant for International Development- DFID ले जनजाति महासंघलाई आफुले दिने भनी गरेको सम्झौता बमोजिमको १२ करोड वा त्यत्ति नै रकम रुपैयाँ शायद यसै कारण दिएन पनि । अरु युरोपिएन एजेन्सी वा अन्यान्यको कुरो पनि त्यस्तै हुनुपर्दछ ।
शायद, त्यसैले हुनसक्छ भनिएको : " विदेशीको एजेण्डा असफल भो ।" तर, अग्रगमनको 'महान' छलांग लगाउनेहरुले अर्थात् १० - १० वर्षसम्म बन्दुक बोकाएर वा बोकाउनकानिम्ति हुने नहुने सपनाको बिटोमाथि बिटो बाड्नेहरुले, अरुहरुको एजेण्डा पछिल्लो समयमा आएर उछालेको कसरी विदेशीको हुन गो ? यो बुझिएन । छिमेकी मुलुक भारत बाहेक अन्य दातृ राष्ट्रहरुले अग्रगमनको 'महान हिंसात्मक छलांग' लगाउनेहरुलाई सहयोग गर्ने सवालै थिएन त त्यो कसरी विदेशीको एजेण्डा बन्यो ? संघीयताका विरुद्ध त्यसका पक्षधरहरुलाई मूलधार भनिएका वा मानिएका संचारका माध्यमहरुद्वारा उतिबेलाका शिखर नाथ शर्मा वा राममणि आ दी हरुले जस्तै अझै पनि खलपात्रका रुपमा चित्रित गर्नु गराउनु यथास्थितिवादको भजन कीर्तन गाउनु भन्दा अरु बढी केही होईन ।
झन्डै दुई तिहाई दु:खी एवम् दमित समुदायकानिम्ति चुस्त दुरुस्त संघीयता बाहेक अर्को विकल्प के छ त नेपालमा ?
*
गुल्मी नेपालको पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने लुम्बिनी अञ्चलको पहाडी भेगमा रहेको एक जिल्लाको नाम हो । यो जिल्ला बाहेक नेपालमा आजसम्म यस्तो नामको अरु कुनै ठाँउ छैन । किन यस ठाँउको नाम अरु नराखिएर गुल्मी नै राखियो होला भन्ने बारेमा प्रश्न उठ्नु स्वाभाविकै हुन्छ । कांचीपुरका पल्लववंशी राजा शिवस्कन्दवर्मा (सन् ३५० -३७५) को हिराहदगल्लिको ८ वटा ताम्रपत्रहरु मध्ये दोश्रो पत्र (Second Plate) को पहिलो पातो (First Side) मा पाली भाषामा 'गुमिके' भनेर लेखिएको छ (सरकार १९६५: ४६२)। त्यही पाली भाषाको 'गुमिके'बाट आजको 'गुल्मी' बनेको हो, यसमा कुनै संशय छैन।
यस 'गुल्मी' शव्दलाई नेपाली वृहत शव्दकोषमा " नौवटा हात्ती, नौवटा रथ, सत्ताइसवटा घोडा र पैँतालीसवटा पैदल सिपाही रहने, प्राचीन कालको सैनिक एकाइ; सेनाहरूको एक गण ।" भनेर पनि अर्थ दिइएको छ । यसका अरु पनि अर्थ हुन्छन (नेप्रप्र २०६७ : ३६१ )।
गुल्मी जिल्ला काली गण्डकी नदीको प्रश्रवण क्षेत्रमा पर्दछ । त्यहाँ आठौँ शताव्दीमा काश्मिरका राजा जयपीड (सन् ७८२ -८१३) ले आक्रमण गरेका भन्ने कुरा कल्हणद्वारा लेखिएको काश्मीरका राजाहरुको इतिहास - 'राजतरंगिणी' को चौथो तरंगमा वर्णन गरिएको छ । कल्हणले हालको 'काली गण्डकी' नदीलाई - 'कालागण्डिका' भनेर लेखेका छन् । तर यसमा कुरोको चुरो उही नै हो । 'काला' वा, 'काली' जे भने पनि अहिलेको 'काली गण्डिकी' नै हो । र, त्यहा त्यो लडाईमा 'नेपाल देशका प्रतापी राजा' अरमुड़ीले आक्रमणकारी काश्मिरका राजा जयपीडलाई हराएर ढुंगाको झेलखानामा युद्धबन्दीका रुपमा थुनेर राखेका थिए भन्ने लेखिएको छ (Stein 1961 : 64 )।
यसमा भनिएका राजा अरमुड़ीलाई हामीले 'मगर जातिका' थिए होलान भनेर लेखेका छौ । नेपालका नाम चलेका अरु इतिहासकारहरुले पनि राजा अरमुड़ीलाई 'मगर जाति'का नै थिए होलान भन्ने लेखेका छन् । तर, आजभोलि ति राजा 'अरमुड़ी' नभएर 'अरिमुड़ी' थिए भनेर उल्टो पाल्टो लेख्न थालिएको छ । 'अरमुड़ी'को नाम 'अरमुड़ी' नै हुनु पर्दछ ; संस्कृतको 'अरिमुड़ी' हुन सक्दैन किनभने त्यस क्षेत्रमा प्राचीन काल वा मध्यकालका मगरहरुको बारेमा हामीसंग अन्य ऐतिहासिक तथ्य पनि मौजुद छन । एउटा उदाहरण - बिक्रम सम्बत १०५५ का गन्ड़ीगुल्ममा बस्ने 'सुवर्णकार श्रीराणक' जसलाई प्रशिद्ध इतिहासकार धनवज्र बज्राचार्यले 'राना मगर' मान्नु भएको छ (बज्राचार्य २०६४: १६) । त्यो क्षेत्र मध्यकालको 'मगराँत'मा पर्दथ्यो वा अहिले पनि पर्दछ । यस बारेमा मेरा केही लिखितहरु पहिल्यै प्रकाशित भैसकेका छन । तिनलाई यहा फेरि दोहोर्याउनु आवस्यक देखिदैन ।
'मगराँत'मा मगर नै राजा हुने गर्दथे, आफ्नै मगर भाषा बोल्दथे र आफ्नै मगर भाषामा नाम पनि राख्दथे । ऐतिहासिक भाषा विज्ञानका अनुसार 'अरमुड़ी' मगर भाषाको नाम हो तथापि यस कुरामा थप अध्ययन अनुसन्धान हुनु जरुरी छ ।
*
_______________________________________________________
---------- Forwarded message ----------
From: B. K. Rana & Langhali Pariwar Cambridge <langhalipariwarcambridge@gmail.com>
Date: 2013/12/1
Subject: Re: RECENT COMMENT ON (MAGAR KING) ARAMUDI OF 'KALAGADAKI'
Iman Singh Chemjong's History of Kirat People (1967) is not a reliable history of the Kirats, I agree with the commentator.
Swami Prapannchary once wrote - his was a 'Baptized' History of the Kirats or in other words, Kirat history with immense Christian influence. There is lot to discuss here. A full paper can be written on it - but not now, few more other deadlines to meet.
I am only concerned here about 'अरमुड़ी' > Aramudi. It is not what the commentator has said below. It can't be any Sanskrit word per se . It is is a typical "folk etymology" meaning it is actually worse, may not be definitively talked about. I have also discussed it in my 2011 paper . In ancient times, in most parts of the world, Kings 'would borrow' their names also from 'river names' or water elements. ( Cf. Magar Kura -di >'डी' or ri 'री' )
Firstly, Kalhan was a renowned Sanskrit poet at the Kashmiri King's court, which would imply he was an expert in Sanskrit language and grammar also. He knew what Ari (अरि ) or Ara (अर) would mean. He has not written Arimudi (अरिमुड़ी) but 'अरमुड़ी' (Kalhan's Rajtarangini - pp -64). It is not like 'अरिमल्ल' or 'अरमल्ल' either. As he says it should have been Ari (अरि ) or 'enemy' - not Ara (अर) and which is also very wrong or worse, मुडी or मुदी > 'mudi' does not mean 'मर्दन ' माड्नु, दबाउनु वा मार्नु ' or "subdue".
He may also not feel any easier with Monier Williams' Sanskrit Dictionary (online) pp . 822 that there are 3 > धातु > roots/words with 'मुद or मोद ' - mud - and they all mean 'प्रसन्न हुनु' 'to be merry, enjoy" etc or is (late) word मुडी > mudî > चाँदनी > 'moonshine" . So the idea may also be चन्द्रको चाँदनी > 'moonshine" if not in line with historical linguistics or Magar Kura so to say.
It's not only, S. K. Chatterjee, the commentator may also check with Raja Ram Subedi ( गरिमा > Garimaa, Falgun, 2046 PP - 104) or Jgadish Chandra Regmi - Lichhavi Itihas - ( 2053 - PP 200)
एकथरी मानिसहरु जे पनि संस्कृतमा मात्रै छ भन्छन । यो कुरा सही होईन । पहिलेको मगराँतमा प्रचुर मात्रमा पाईने स्थान नामको अन्त्यमा आउने 'कोट' > जस्तै मुसीकोट, रिब्दिकोट, लिगलिगकोट, भीरकोट, नुवाकोट वा मीरकोट ईत्यादी ईशा पूर्व तेश्रो शताव्दी भन्दा पहिलेको हो र यो संस्कृत शव्द होईन । त्यसैगरी 'गण्ड' वा 'गण्डकी' र 'गुल्म' वा 'गुल्मी' पनि अशोक कालीन वा ईशा तेश्रो शताव्दी भन्दा पहिलेको हो ।
यी 'कोट', 'गण्ड' वा 'गण्डकी' र 'गुल्म' वा 'गुल्मी' हालको गुल्मी जिल्लाको प्राचीन इतिहास अध्ययन अनुसन्धानका निम्ति अत्यन्त महत्वपूर्ण छन् ।
*