December 29, 2013

HUMANKIND MAY BENEFIT FROM GORAKHNATH'S TEACHINGS

[Today something different than usual, an article on the teachings of Gorkhanath, the founder of natha (master) or in other word 'Shaivite' sect, along with his teacher Matsyendranath roughly in the 11th century Indian subcontinent, whom the sect followers believe, one of the seven 'eternal-lifers' or Saptchiranjivi also. So, Gorakhnath, the other manifestation of Shiva in the Hindu trinity, the Yogeshwor, a Yogi or 'Jogi' still lives somehow in their faith. 'The Yogi never dies' - those followers maintain. Traditions and legends concerning the Yogi are widespread and extensive from Sindh province in Pakistan to Sri Lanka, the entire India and Nepal also. Gorkhapur, a city in Uttar Pradesh has obtained its name from Gorkhanath himself whereas Nepalese people are known also as the Gorkhalis, after Gorkha, a small township believed to be protected by the Yogi. There, at the Gorkha Dubar in Nepal, is a small cave wherein worshippers have installed his small but beautiful white marble idol. He is said to have lived in Pakistan controlled Punjab in Satya Yug (Briggs 1938 : 228) but we may not have any historical records to substantiate it. The author draws conclusion that Gorkhanath's teachings which are in Khadi language, the people's language so to speak, are important today for the benefit of humankind. - Editor]



लेखक चिन्तामणि योगी
गुरु गोरखनाथका सद्वाणीको श्रवण, संस्मरण सत्प्रयोग गर्दै जाने हो भने हाम्रो मानव जीवन धन्य हुन्छ यी सद्वाणीले हामीलाई पुनः उद्बोधित हुन सन्तुलित हुन प्रेरणा दिन्छन् तर अत्यधिक व्यस्त हुँदै जाँदा मस्त हुने जीवनकला हराउँदो रहेछ साधनको पछि दुगुर्दा साधन कमजोर हुन जाँदो रहेछ जीविकाको दौडमा जीवन हराउँदो रहेछ  

गुरु गोरखनाथका सद्वाणीका संकलनको रुपमा हाल उपलब्ध भएकोगोरख बानीवास्तममै एक दुर्लभ ग्रन्थ हो यसमा गुरु गोरखनाथका दिव्य वाणी संकलित छन् ती मध्ये कति अप्राप्य पनि छन् यताउता धेरै छरिएका पनि छन् हुन सक्छ, ‘‘गोरख बानीमा कालान्तरमा क्रमशः नाथ परम्पराका अन्य सिद्धहरुका पनि वाणीहरु संग्रहित भएका छन् यी सबै इतिहासका खोजीका विषयहरु हुन् जे होस्, यी वाणीहरु कालजयी छन् , सरल छन्, साथै गहन पनि छन्, लौकिक छन् , साथै पारमार्थिक पनि छन् व्यावहारिक छन् साथै दार्शनिक पनि छन् यी वाणीहरु खडीभाषा ( देहाती भाषा वा जनभाषा) मा लेखिएका छन् तर साथै संस्कृतमय नै छन् साँच्चिकै भन्ने हो भने ‘‘गोरख बानीगोरख गीता नै हो प्रत्येक दर्शनप्रेमीले, अध्यात्मयात्रीले, ज्ञानप्यासीले एवं नाथ योगीले पढ्नै पर्ने, बुझ्नै पर्ने प्रयोग गर्ने पर्ने  

अतः आऔं, केही प्रमुख गोरख वाणीहरुको चर्चा गरौं

षांये भी मरिये, अणषांये भी मरिये गोरष कहै पूता संजमि हि तरिये
मधि निरंतर कीजै वास, निहचल मनुवा थिर होइ सांस।।
                                                                                                                     
अर्थात् खाने कलाको ठीकठीक ज्ञान नहुँदा पनि धेरै मान्छे मरिरहेका छन्  आजभोलि के खाने ?, कहिले खाने ?, कसरी खाने ? किन खाने ? यी पाँच ओटा महत्वपूर्ण प्रश्नहरुमा सचेत नहुँदा खान पाउँदा पनि मानिस मरिरहेका छन्, रोगी भइरहेका छन्, शरीरद्वारा पीडित भइरहेका छन्  

एकातिर ‘‘षांये भी मरियेभन्ने समस्या भने अर्कातिर ‘‘अणषांये भी मरियेभन्ने ठूलो समस्या अनिकाल वा भोकमरी विश्वकै लागि डरलाग्दो समस्या हो कैयौं बच्चाहरु कुपोषणका शिकार भइरहेका छन् कैयौं भने धार्मिक आडम्बरमा फसी उपवासको नाममा शरीरलाई सुकाइरहेका छन्  त्यसकारण गुरु गोरखनाथ भन्नुहुन्छधेरै पनि नखाउ, थोरै पनि नखाउ अखाद्य÷अभक्ष नखाउ, उपवासका नाममा पनि शरीरलाई नसुकाउ आहार विज्ञानलाई राम्रोसंग बुझी ‘‘आहार विहार  विचार व्यवहारमा राम्रो सन्तुलन गर संयम गर त्यसैले गोरखनाथ भन्नुहुन्छ –‘‘संजमि हि तरिये

अर्थात् जो संयमी मात्रै तर्न सक्छ, सफल हुन सक्छ, सुफल हुन सक्छ अन्य पूर्वीय दार्शनिकहरुले पनि भनेका छन् –‘‘सयमः खलु जीवनम्

आहार विज्ञानको महिमालाई अझ स्पष्ट पार्दै गुरु गोरखनाथले ‘‘सिद्धसिद्धान्तपद्धतिमा पनि स्पष्ट भन्नु भएको –  
       
मिष्टं मधुरसुरभि गव्यं धातु प्रषोषणम्
मनोऽभिवाञ्छितं योग्यं योगी भोजनमाचरेत् ।।

भोजनकलाका बारेमा स्पष्ट निर्देश गरिसकेपछि गुरु गोरखनाथ मनोविज्ञानलाई पनि ध्यानमा राखी मध्यममार्गी जीवनकला बारे साधकहरुलाई उपदेश दिनुहुन्छ –‘‘मधि निरन्तर किजै वासअर्थात् मध्यममार्गी बन अति महत्वाकांक्षी पनि बन्नु हँुदैन दीनहीन पनि बन्नु हुँदैन आफ्ना जीवनका सबै क्रियाकलापलाई, सोचलाई, व्यवहारलाई सन्तुलित राख्नुपर्छ सधैं मध्यमावस्थामा रहनु पर्छ बुद्धले पनि यही मध्यम मार्गका बारेमा विशेष उपदेश दिएका थिए पश्चिमी समाजमा पनि आजभोलि द्यबबिलअष्लन षिभ भनेर धेरै ठूला ठूला चर्चा, गोष्ठी, सभा, सेमिनार, प्रशिक्षण भइरहेका छन् स्वयं यस पंक्तिकारले पनि त्जभ ब्चत या षिभ सम्बन्धी प्रवचन, प्रशिक्षण विश्वभरि नै दिदै आइरहेको  

यस मध्यममार्गी सुन्दर, सन्तुलित अवस्था प्राप्त गर्नका लागि निश्चल मन स्थिर श्वांस हुनु अत्यावश्यक – ‘‘निहचल मनुवा स्थिर होइ सांस अर्थात् जबसम्म मन निश्चल हुँदैन तबसम्म श्वांसप्रश्वांस वा प्राणगति पनि स्थिर हुँदैन तबसम्म मध्यमावस्था वा सहजावस्था वा सन्तुलित अवस्था पनि प्राप्त गर्न सकिंदैन  

योग विज्ञानका हिसाबले अझ गहिरिएर भन्ने हो भने जबसम्म मन निश्चल हुँदैन तबसम्म प्राण स्थिर हुँदैन जबसम्म प्राणगति स्थिर हुँदैन तबसम्म मन निश्चल हुँदैन मनले प्राणलाई प्राणले मनलाई स्थिरताका लागि सहयोग पु¥याइरहेका हुन्छन् यहाँ अन्योन्याश्रित सम्बन्ध –‘‘ढुंगाको भर माटालाई माटाको भर ढुंगालाईभने जस्तै मनले प्राणलाई प्राणले मनलाई निश्चलता एवं स्थिरता तर्फ डो¥याउँदछन् ‘‘सिद्धसिद्धान्तपद्धतिमा पनि गुरु गोरखनाथ भन्नुहुन्छ
    
चले वाते चलं चित्तं निश्चले निश्चलं भवेत् 
योगी स्थाणुत्वमप्नोति ततो वायुं निरोधयेत्  

अतः स्वस्थ एवं सुन्दर जीवन बिताउन चाहनेहरुले तथा योगसाधकहरुले मन एवं प्राणको उद्बोधन सहित सदा संयमी भई मध्यममार्गी जीवन बिताउन सक्नु पर्दछ  
     
पषांणची देवली पषांण चा देव, पषांण पूजिला कैसे फीटिला सनेह
सरजीव तोडिला निरजीव पूजिला, पाप ची करणी कैसे दूतर तिरीला ।।

यस वाणीका माध्यमबाट गुरु गोरखनाथले प्रचलित मूर्तिपूजाको पद्धतिमाथि ठाडो प्रश्न उठाएका छन् साथै पूजापाठका नाममा ढोंगी, पाखण्डी, कठोर, निष्ठुर बन्नु हुँदैन अपितु सरल, कोमल, संवेदनशील प्रकृतिप्रेमी बन्नु पर्छ भनी प्रेरणा दिएका छन्

 हुन पनि हाम्रो हिन्दू समाज अलि बढी प्रदर्शनमुखी बन्दै गएको देखिन्छ आजभोलि ठूला ठूला मन्दिर बनाउने प्रतिस्पर्धा जारी तर वृक्षारोपण भने न्यून गंगा महिमा वा जल महिमा बारे ठूलाूुला काव्य स्तुति, बन्दना रच्ने होडबाजी बढ्दो तर धेरै गंगाहरु, पवित्र नदीहरु अत्यन्तै दूषित भएका छन्, दयनीय अवस्थामा पुगेका छन् कर्मकाण्डका नाममा हाम्रो हृदयको संवेदनशीलता पनि घट्दै गएको देखिन्छ फलस्वरुप बलि प्रथा लगायत अनेकौं प्रकारका धार्मिक हिंसा पनि समाजमा देखिएका छन् त्यसैले गुरु गोरखनाथ व्यङ्गय गर्नुहुन्छ–‘‘ पषांणची देवली पषांण चा देव, पषांण पूजिला कैसे फीटिला सनेह?” अर्थात् देवालय पनि पाषाणले बनेका छन् देवता पनि पाषाणकै बनेका छन् त्यही पाषाणको वा मूर्तिको पूजा रातोदिन भइरहेको , अनि कसरी स्नेहको मूल फुट्ला

हुन पनि हाम्रो समाज कता कता हृदयशून्य भएको देखिन्छ पाषाणको पूजा वा मूर्तिको पूजा भने हुन्छ, मान्छेको पूजा हुँदैन कर्मकाण्डी चाहिं बनेका छौं तर कर्मयोगी बन्न सकेका छैनौं देवल चाहिं धाइरहेका छौं तर देवत्व जगाउन सकिरहेका छैनांै साकारको उपासनाद्व  निराकार तर्फ प्रेरित हुने हाम्रो जुन उच्च दार्शनिक मान्यता थियो त्यसलाई भुलाएर हामी मात्र साकार उपासनामा खुम्चिएका छौं सगुणको उपासनाद्वारा निर्गुणको आराधना गर्न सक्ने उच्च आध्यात्मिक क्षमतालाई गुमाई हामी मात्र आडम्बरी बन्न पुगेका छौं मूर्तबाट अमूर्तमा पुग्न सक्नुपर्ने, देवलबाट देवत्वलाई बुझ्न सक्नुपर्ने, पूजाबाट प्रेम जगाउन सक्नुपर्ने थियो तर त्यसो हुन नसक्दा हामी धर्मका नामामा झन् ठूलो जञ्जालमा पो फस्यौं पुण्यको नाममा पाप बढेको जस्तो देखिन्छ त्यसैले गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘सरजीव तोडिला निरजीव पूजिला, पाप ची करणी कैसे दूतर तिरीला ?” अर्थात् सजिीव फूललाई तोडेर्र िनर्जीव मूर्तिको पूजा गर्दछौं यसरी पाप ¥यौ भने यस संसारसागरबाट झन् कसरी तर्न सकिएला

प्रकृतिको उपासना आफैमा ईश्वरको उपासना हो हाम्रा देवीदेवताहरु पनि प्रकृतिमय छन् भगवान् शिव प्रकृतिका अधिष्ठातृ देवता नै हुन् जसले प्रकृतिको रहस्य बुझ्यो उसले ईश्वरीय महिमालाई बुझ्यो गीतामा पनि भनिएकोछ –‘‘मयाध्यक्षेण प्रकृति सूयते सचराचरम्ईश्वर तत्व वास्तमा कुनै पृथक् तत्व होइन यो घट घटमा, कण कणमा व्याप्त ‘‘सर्वं शिवमयं जगत्भनेझै सिङ्गो विश्व ब्रम्हाण्डमै उही एक शिवशक्ति वा चेतना शक्ति सूक्ष्मरुपले विराजमान पश्चिमी मुलुकका वैज्ञानिकहरुले दार्शनिकहरुले पनि त्रगबलतगm भलभचनथ, अयकmष्अ भलभचनथ आदि भनी यही सिद्धान्तको परिपुष्टि गरिरहेका छन् सम्पूर्ण जगत् नै ब्रम्हमय –‘‘सर्वं खल्विदं ब्रम्ह नेह नानास्ति किञ्चन” 

सम्पूर्ण जगत् नै उही एक ब्रम्हको अभिव्यक्ति हो भन्ने मान्दछौं तर फेरि यस्तो उच्च वैदिक दर्शनलाई भुली हामी सुन्दर, सुकोमल फूलहरु टिप्दछौं त्यो पनि भगवान्का नाममा ! यसरी फूल टिप्नु पनि हिंसा हो, अपराध हो, पाप हो प्रकृतिको व्यवस्थामा हस्तक्षेप गर्नु पाप होइन ? फूलको सौन्दर्यलाई स्वीकार्न नसक्नु क्रूरता होइन ? सजीव पूm टिपेर निर्जीव पत्थरलाई सिंगार्नु भेदबुद्धि वा द्वैतबुद्धि होइन ? यसरी जानी जानी पाप गर्नेहरु पनि तर्न सक्लान् ? भनी गुरु गोरखनाथले ठाडो चुनौति दिएका छन्् धर्मभीरुहरुलाई  

यसरी वर्तमानलाई हेर्दा हाम्रो समाज धर्मभीरु भएकोछ, धार्मिक बन्न सकेको छैन कर्मकाण्डवादी भएको , कर्मवादी एवं कर्मयोगी बन्न सकेको छैन राष्ट्रवादी भएकोछ, राष्ट्रभक्त बन्न सकेको छैन व्रmान्तिकारी भएकोछ कल्याणकारी बन्न सकेको छैन

अवधू ऐसा ग्यांन बिचारी, तामै झिलमिल जोति उजाली
जहां जोग तहां रोग ब्यापै, ऐसा परषि गुरु करनां

सनातन वैदिक परम्पराको अन्तिम पुरुषार्थ होमोक्ष मानव जीवनको प्रमुख उद्देश्य नै हो मुक्ति निर्वाण, निःश्रेयस, अपवर्ग, लिबरेसन, साल्भेसन आदि भनी यही मुक्तिका वारेमा बिभिन्न दर्शन सम्प्रदायहरुमा अनेक प्रकारका सुन्दर व्याख्याहरु गरिएका छन् वेदले ‘‘ऋते ज्ञानान्न मुक्तिः” (ज्ञान बिना मुक्ति हुँदैन) भनी घोषणा गरेको  
हुन पनि हरेक प्रकारका समस्याहरुबाट मानिसलाई आज मुक्ति चाहिएको , टेन्सनबाट, डिप्रेसनबाट, फ्रस्टेसनबाट, भयबाट, चिन्ताबाट, बुढापाबाट, दुःखकष्टबाट साथै जन्ममरणको चक्रबाट यो सबै सम्भव मात्र ज्ञानद्वारा त्यसैले गुरु गोरखनाथ आज्ञा गर्नुहुन्छ– 

‘‘अवधू ऐसा ग्यांन बिचारी, तामै झिलमिल जोति उजाली”  अर्थात् यस्तो ज्ञानको खोजी गर, साधना गर जसले झिलमिल ज्ञानज्योति प्रदान गरोस् यस्तो ज्ञानज्योति जसले सबैेतर्फ प्रकाशित गरोस् ‘‘तमसो मा ज्योतिर्गमयभन्ने वैदिक सन्देश हाम्रो जीवनको यथार्थ बन्न सकोस् गुरु गोरखनाथले यही ज्ञानको प्रचार गरे नाथ परम्पराका शिष्यप्रशिष्यहरुले पनि यही ज्ञानको प्रकाश पिंmजाए शिवावतार गुरु गोरखनाथले सिद्धसिद्धान्तपद्धति, अमरौघप्रबोध, विवेकमात्र्तण्ड, शिवस्वरोदयसंहिता, योगबीजमं् आदि उत्कृष्ट सुदुर्लभ ग्रन्थहरुका माध्यमबाट यही ज्ञानको ज्योति फैलाए त्यसैले गुरु गोरखनाथ भन्नु हुन्छ– 

                       यस्मिन् ज्ञाते जगत्सर्वं सिद्धं भवति लीलया
                       सिद्धयः स्वयमायान्ति तस्माज्ज्ञेयं परं पदम् ।।

हाम्रो जीवनमा ज्ञानको जति महत्व त्यत्ति नै योगको पनि ज्ञानबिनाको योग एवं योग बिनाको ज्ञान आफैमा अपूर्ण त्यसैले गीतामा भगवान् श्रीकृष्णले ज्ञानयोगको विशेष उपदेश दिनुभएको ज्ञानले योग तर्फ प्रेरित गर्दछ भने योगले ज्ञानामृत पान गराउँछ त्यसैले यस ‘‘गोरख बानीको दोस्रो पंतिmमा गोरखनाथ भन्नुहुन्छ– ‘‘जहां जोग तहां रोग ब्यापै, ऐसा परषि गुरु करनां अर्थात् जहाँ योग त्यहाँ रोग हुँदैन  

अहिले संसारका मानिसहरु अनेकौ प्रकारका रोगहरुद्वारा आक्रान्त भएका छन् शरीरको रोग, मनको रोग, भावनात्मक रोग आदि आजभोलि सामान्य भएका छन् हरेक व्यक्ति रोगी, दुःखी कष्टकर जीवन बिताउन बाध्य यति सुन्दर मानवजीवन प्राप्त गरेर पनि मानिस आज छट्पटाइरहेको यस शरीरद्वारा भोग प्राप्त भयो, मोक्ष नै ‘‘शरीरं व्याधिमन्दिरंभनेझैं अनेकौं प्रकारका रोगहरुको शिकार भएको मानव शरीर त्यसैले गुरु गोरखनाथ घोषणा गर्नुहुन्छ – ‘‘जहां जोग तहां रोग ब्यापै, ऐसा परषि गुरु करनां

वास्तवमा भन्ने हो भने योग उपचार हो विचार पनि योग ज्ञान हो विज्ञान पनि योग साधना हो साध्य पनि योग शरीरको पुष्टि हो आत्मतुष्टि पनि योग तनको औषधि हो चेतनाको अनुभूति पनि योगको यही महिमालाई बुझेर गीताले ‘‘योगः कर्मसु कौशलंतथा ‘‘समत्वं योग उच्यतेआदि भनी योगको परिभाषा दियो भने ऋषि पतञ्जलिले ‘‘योगश्चित्तवृत्तिनिरोधःभनी योगको साह्रै गहन परिभाषा दिए योगावतार गुरु गोरखनाथले योगमार्ग नै श्रेष्ठतम मार्ग हो भनी ठोकुवा गरे

                       आलोक्य सर्वशास्त्राणि विचार्य पुनः पुनः
                       इदमेकं सुनिष्पन्नं योगशास्त्रं मतं परम् ।।
                       यस्मिन् ज्ञाते सर्वमिदं ज्ञातं भवति निश्चितम्
                       अस्मिन् परिश्रम कार्यः किमन्यत् शास्त्रभाषितम् ?(शिवसंहिता)

हाल संसारमा शास्त्रज्ञानीहरु धेरै छन् तर आत्मज्ञानी भने ज्यादै थोरै छन् योगप्रचारकहरु पनि धेरै छन् तर योगसाधकहरु अत्यन्तै थोरै छन् ज्ञानको चर्चा गर्ने धेरै छन् तर ज्ञानमा रम्नेहरु थोरै छन् यो आफैमा एक डरलाग्दो असन्तुलन हो त्यो ज्ञानको पनि के प्रयोजन ? जहाँ बौद्धिकता तर हार्दिकता छैन, जहाँ अनुसन्धान तर अनुभूति छैन, जहाँ दर्शन तर चेतना छैन त्यसै कारण गुरु गोरखनाथ यस्ता गुरुको खोजी गर ( ऐसा परखि गुरु करना ) जसले तिमीलाई झिलमिल ज्ञानज्योति प्रदान गरोस्   ज्ञानामृत पान गराउने योगशक्ति प्रदान गरोस् भन्नुहुन्छ

वास्तवमा गुरुको महिमा अपरम्पार सच्चा गुरुले नै योगज्ञान दिई जीवनलाई धन्य धन्य बनाउन सक्छ हैन भने शास्त्रज्ञानमै आफुलाई अलमल्याएर अरुलाई पनि अलमल्याउनेहरु धेरै छन् त्यसैले विवेकमार्तण्ड पुस्तकमा गुरु गोरखनाथ भन्नुहुन्छ – 

        कार्ये नैव परीक्षेत वाक्पटुः किं करिष्यति ?
        चिकित्सापाठमात्रेण रोगिणः किं करिष्यति ?

उपसंहार 

गुरु गोरखनाथका देशकालातीत वाणीहरु वस्तुतः अध्यात्म सागर नै हुन् जति डुबुल्की लगाए पनि गहिराइ नाप्न नसकिने यी वाणीहरु जति सुन्दा पनि नयाँ लाग्ने, ताजा लाग्ने हरेक व्यक्तिलाई जीवन्त बनाइदिन सक्ने तर आज सारा विश्वमै योगको डंका बजिरहेको बेलामा पनि गोरक्ष योगदर्शनबारे योगसाधकहरु समेत अनभिज्ञ भएको देख्दा भने आश्चर्य लाग्छ यस राष्ट्रको एकीकरणसंग जोडिएका गुरु गोरखनाथको इतिहासलाई दर्शनलाई राष्ट्रवादीहरुले समेत भुलेको देख्दा पीडा लाग्छ आदिनाथ, मच्छिन्द्रनाथ, मीननाथ, रतननाथ आदि नाथ परम्पराका मेला मन्दिरहरुको प्राचुर्य भएको देशमा पनि योगावतार गोरखनाथको योगप्रचार नभएको देख्दा अनौठो लाग्छ जनभाषा वा खडी भाषामा समेत शिक्षा दिई जनजनलाई जागृत गराउने गुरु गोरखनाथलाई गोर्खालीहरुले समेत भुलेको देख्दा प्रश्न गर्न मन लाग्छ के गोरखनाथ, गोर्खा गोर्खाली अलग अलग हुन् ? के पशुपतिनाथ, स्वयंभूनाथ, बौद्धनाथ आदिनाथ भएको देशमा पनि नाथ संस्कृति भुलाउन मिल्छ ? नाथ योगीहरुले योगप्रेमीहरुले योगका मूल प्रणेता वा आदि गुरु शिवलाई शिवावतार गोरक्षनाथलाई नै भुल्न मिल्छ ? के गोरखनाथ, बुद्ध, वाल्मीकि, वेदव्यास, कपिल, विश्वामित्र, याज्ञवल्क्य आदि परमपूज्य, विश्ववन्दनीय ऋषिमहर्षिहरुकै आशीर्वादले बनेको हाम्रो नेपाललाई पुनः विश्मै देवभूमि, ऋषिभूमि, पुण्यभूमि भनी चिनाउन सकिन्न