[Below is a post today from 'Chhargongma Monthly' which is published from Kathmandu and shared here for discussion that Nepalese people must respect each other to promote social harmony and lasting peace in the country. The indigenous peoples or the IPs, including the Terain people also used until recently to be publicly humiliated in Nepal, the education ministry even kept publishing degrading stuff against those IPs in school curricula which we had also, while in the country, strongly condemned from different public forums and now it seems the trend has not ceased yet for the good of the nation. When a small group of people does disrespect and publicly humiliate other disadvantaged groups of people then the Maoists can take a chance or the recent C. K. Raut secessionist movement can surface in the country. According to the article below The Gorkhapatra : Nepal government's 'mouthpiece media' - to fill some vacant positions, had recently a public service commission examination test question with multiple answers, one of which suggested the Tamangs as 'criminals' in the country. This is outrageous and totally unacceptable. The people must respect other peoples' identities and self-respect in order for lessening social tension in the country. - The Blogger]
[जबसम्म समाजको खाइपाई आएको जातिले आफूभित्रको ब्राह्मणवाद त्यागेर साँचो अर्थमा नेपालका सबै जातजातिलाई आत्मनिर्णयको अधिकारसहितको सङ्घीय राज्य दिँदैन तबसम्म यस्ता विध्वंशहरू समाजमा चलिरहन्छन् । किन कि उच्च जातिले हजारौं वर्षदेखि दमन गर्दै आएको छ । हिजो इतिहासमा भाषा, संस्कृति, भूगोल खोसिएकाहरूलाई आज मान्छे भएर बाँच्न दिनु पर्छ । तब मात्र साँचो गणतन्त्र नेपाल हुनेछ । इतिहासमा दबिएका मान्छेहरू एकसाथ उठे भने सानो सानो डकैती मात्रै होइन युग नै बदली दिन सक्नेछ । आजको समयमा पनि सत्ताको वरिपरि बस्ने कथित उच्चजातको चेत नखुल्ने हो भने, मान्छे भएर बाँच्नकालागि ८० प्रतिशत तामाङहरू मात्रै होइन सयमा सय प्रतिशत तामाङहरू अधिकारका निम्ति लुटेरा बन्न बाध्य हुनेछन् ।]
- राजु
स्याङ्तान
गत
भदौ
१८
गते
गोरखापत्रको
लोकसेवा
आयोगसँग
सम्बन्धित
प्रश्नोत्तरमा
एउटा
प्रश्न
सोधियो
।
“अपराध
गरेर
जेल
बसेकामध्ये
नेपालमा
८०
प्रतिशत
कुन
जाति
भएको
सरकारी
तत्थ्याङ
रहेको
छ
? बैकल्पिक
उत्तरका
रुपमा
अन्य
जनजातिको
नाम
भएपनि
सहि
उत्तर
‘घ’
नम्बरको
तामाङ
सही
उत्तर
भनिएको
छ
।
सबैभन्दा
धेरै
कुकर्ममा
संलग्न
हुने
जाति
तामाङ
भनेर
चिनाइदिने
नेपालकै
बुढो
पुरानो
राष्ट्रिय
दैनिकले
कसरी
हिम्मत
ग-यो
? यथार्थ
के
हो
? यो
गोरखापत्रको
भनाइलाई
स्वीकार
गर्ने
कि
नगर्ने
? त्यति
धेरै
तामाङहरू
अपराधमा
कसरी
लागे
? गोरखापत्रसँग
तथ्य
प्रमाणित
गर्न
आधार
के
छ
? समाजशास्त्रीय
अध्ययन
नगरी
पत्रकारिताको
कर्मकाण्डीय
अनुसन्धानको
आधारमा
मात्र
यो
भनिएको
हो
भने
गलत
भयो
।
निश्चय
पनि
अपराधपूर्ण
गतिविधिमा
तामाङहरूको
संलग्नता
पाइन्छ
।
तर
८०
प्रतिशत
होइन
।
सम्पूर्ण
तामाङ
समुदाय
आक्रोशित
छ
यतिबेला
।
गम्भीर
चिन्तन
गर्नुपर्ने
विषय
हो
।
अब
चर्चा
गरौं,
कुकर्ममा
किन
तामाङहरु
संलग्न
छन्
? यहाँ
प्रष्ट
हुन
आवश्यक
छ
कि
नेपालको
कुल
१५
लाख
३९
हजार
तामाङहरूमध्ये
८०
प्रतिशत
तामाङहरू
नै
चोरी,
डकैती,
हत्या
र
विध्वंशकारी
गतिविधिमा
संलग्न
रहेको
प्रमाणित
गर्न
खोजिएको
छ
।
मानवसभ्यताको
इतिहास
वर्गसङ्र्घको
इतिहास
हो
।
समाज
विकासको
प्रत्येक
कालखण्डमा
दुईवटा
वर्गहरूबीच
भीषण
टकारावपछि
नयाँ
युगको
सुरुवात
भएको
इतिहास
पाइन्छ
।
नेपालको
सन्दर्भमा
करिव
दुई
हजार
वर्षदेखि
एउटा
वर्ग
शासनसत्तामा
रहे
भने
अर्को
वर्ग
सदा
दासताको
बन्धनमा
बाँधिएर
रैतीको
जीवन
बिताइरहे
।
मङ्गोलियन
मूलका
तामाङ
जाति
३०
हजार
वर्षदेखि
नेपालमा
अस्तित्वमा
थियो
भन्ने
विभिन्न
अध्ययन
अनुसन्धानले
देखाएको
छ
।
सरल,
सिधा
र
इमान्दारीका
धनी
तामाङहरू
सुरुमा
प्रकृति
पुजा
गर्ने
बोन
धर्मावलम्बी
थिए
।
पृथ्वीनारायण
शाहको
सामन्ती
राज्य
विस्तारसँगै
तामाङहरुमाथि
दमनको
सुरुवात
भयो
।
पृथ्वीनारायण
शाहले
काठमाडौंको
कीर्तिपुर
जितेपछि
उनको
भाइ
सुर
प्रताप
शाहको
आँखा
कीर्तिपुरका
नेवारहरूले
फुटाएको
आरोपमा
नेवारहरूको
नाक,
कान
काट्न
सोझा
तामाङ
सिपाहीहरूलाई
लगाए
।
नाक,
कान
काट्दा
कसैकसैको
मुख
पनि
काटियो
।
त्यही
निउमा
पृथ्वीनारायण
शाहले
धेरै
तामाङ
सेनाको
हत्या
ग-यो
।
त्यसपछि
मगर,
गुरुङ
लगायतकालाई
सेना
बनाइयो
र
तामाङलाई
रसदपानी
बोक्ने
भरिया
बनाइयो
।
तामाङ
जातिलाई
फौजमा
भर्ति
नगर्ने
नीति
बनाइयो
।
तामाङहरूले
बाँच्नका
लागि
बाध्य
भई
आफ्नो
जाति
नै
परिवर्तन
गरि
थापा,
मगर,
गुरुङ,
घले,
बस्नेत,
पाँडे
बनाई
भर्ति
भए
।
वि.सं.
१९१०
मा
जङ्गबहादुर
राणाले
मुलुकी
ऐन
जारी
गरि
मासिने
मतवाली
र
नमासिने
मतवालीमा
वगीकरण
गरि
तामाङलाई
मासिने
मतवालीमा
राखे
।
तामाङहरूले
गाई
मारी
खाएमा
उसै
दिन,
उसैबेला,
उसैठाउँमा
उसको
टाउको
काटे
पनि
ज्यान
मारेको
सजाय
नहुने
ऐन
जारी
ग-यो
।
तामाङलाई
राणाले
दरबारमा
हुक्के,
बैठके,
छाते,
डोले,
सुसारे
बनाई
राखे
।
१६,
१७
वर्ष
उमेरका
तामाङ
युवतीहरूलाई
नाङ्गै
लिस्नो
वरपर
उभिन
लगाए
अनि
भ-याङमा
तलमाथी
गर्दा
संवेदनशील
अङ्गमा
छुँदै
हिड्ने
काम
गरे
।
राणा,
शाहका
जुन
बच्चालाई
सुसारे
राखेको
तामाङले
हुर्कायो
त्यही
बच्चा
ठूलो
भएपछि
उनैलाई
बलत्कार
गर्न
आए
।
दासता
अस्वीकार
गर्ने
शिवपुरी
उत्तरका
पाँच
सय
तामाङलाई
सामुहिक
हत्या
गरि
एउटै
चिहानमा
गाडे
।
परिणाम
स्वरुप
राजधानी
वरपरका
तामाङहरू
भागेर
भारतको
सिक्किम,
आसाम,
दार्जीलिङ,
भुटान,
बर्मासम्म
फैलिए
।
वि.सं.
१९३८
र
१९४२
मा
रणबहादुर
शाह
र
गीर्वार्णयुद्ध
विक्रम
शाहको
पालामा
दुईपटक
तामाङ
सैनिकले
सैनिक
विद्रोह
गरे
।
उनीहरूको
हत्या
तत्काल
नै
भयो
।
जुद्ध
शमसेरको
पालामा
मकवानपुरको
भीमफेदीबाट
उर्दीको
भरमा
तामाङहरूले
भोकभोकै
मोटर
बोकेर
ल्याए
।
नेवारलगायत
अरू
जातिलाई
३०
पैसा
दिए
पनि
तामाङहरूलाई
पेट
भरि
खान
पनि
दिइएन
।
कति
तामाङहरू
गाडी
बोक्दा
बोक्दै
रगत
छादेर
मरे
।
माथि
लेखिएका
अमानवीय
दमनका
काला
दिनहरू
सानो
अंश
मात्रै
हुन्
।
ती
दिनहरूको
हिसाब
किताब
खोज्ने
दिन
एकदिन
आउँछ
।
वि.सं.
२००५
सालमा
राणा
शासनविरुद्ध
जनमुक्ति
सेनाको
स्थापना
भयो
।
त्यसमा
२३
जना
संस्थापकमध्ये
आठ
जना
तामाङहरू
नै
थिए
। २००७
सालमा
प्रजातन्त्र
स्थापना
भयो
।
तर
के
पाए
तामाङहरूले
? २०४६/४७
को
आन्दोलन, २०६२/०६३
को
आन्दोलनमा
लाखौं
तामाङहरू
सडकमा
उत्रिए
।
कयौं
सहिद
भए
।
१०
वर्षको
जनयुद्धमा
सहिद
हुने
तामाङ
जाति
नै
अग्रस्थानमा
छ
।
आज
सङ्घीय
गणतन्त्र
भनियो
तर
तामाङको
झुप्रो
घरमा
कहिल्यै
गणतन्त्र
आएन
।
बरु
गणतन्त्रसँगै
चुनाव
चिन्ह
बोकेर
तामाङ
बस्तिमा
भोट
माग्न
आए
नयाँ
जङ्गबहादुरहरू
।
झण्डा
बोकेर
पार्टी
सदस्यता
बाँड्न
आए
नयाँ
पृथ्वीनारायण
शाहहरू
।
समानुपातिक
समावेशीता,
सङ्घीयता
रछ्यानमा
मिल्काएर
तिनै
रणबहादुर
र
जुद्धसमसेरहरू
आए
सत्ताको
बागडोरमा
।
खै
तामाङहरूको
मुक्ति
? खै
चुँडिएको
दासताको
बन्धन
? खै
मान्छे
भएर
बाँच्न
पाएको
तामाङले
?
नेपालको
मानव
विकास
सुचाङ्कमा
तामाङहरूको
आर्थिक,
राजनीतिक,
शैक्षिक,
सामाजिकस्तर
अन्त्यन्तै
तल
छ
।
बाहुन
क्षेत्रीहरूभन्दा
११
वर्ष
कम
छ
तामाङहरूको
आयु
।
६१
प्रतिशत
तामाङहरू
गरिबीको
रेखामुनि
बाँच्न
विवश
छन्
।
६५
प्रतिशत
तामाङहरू
लेखपढ
गर्नै
सक्दैनन्
।
०.७
प्रतिशत
तामाङहरू
मात्र
प्रमाणपत्र
तह
र
स्नातक
तहसम्म
पुगेका
छन्
।
घरबार
बन्धकी
राखेर
अरब
जाने
तामाङहरू
नै
धेरै
छन्
।
प्रत्येक
दिन
कफिनमा
बन्द
भएर
घर
फर्कने
पनि
तामाङहरू
नै
धेरै
छन्
।
नेपालमा
साँच्चै
गणतन्त्र
आएको
हो
भने
सदियौंदेखि
सत्ताको
वरिवरि
सुख
भोग
गरि
बस्ने
कठिन
उच्चजाति
(जो
आज
पनि
सत्तामै
छ)
ले
सोच्नुपर्छ
कि
पर्दैन
? आफूभन्दा
कमजोर
अङ्क
ल्याएरसँगै
एसएलसी
पास
गरेको
ब्राह्मण
साथी
काठमाडौंको
महङ्गो
कलेजमा
पढ्ने,
तामाङ
भएकै
कारण
आर्थिक
अवस्थाले
पढ्न
नसकी
खलासी
बस्नुपर्ने,
गलैंजा
र
ईंटा
भटटमा
गई
भोकभोकै
काम
गर्नु
पर्ने
।
के
यस्तै
हो
गणतन्त्र
भनेको
? राजधानी
वरिपरि
बसेर
कति
दिन
हेर्नुपर्ने
तामाङले
शासकहरूको
ताण्डव
नृत्य
? तामाङ
जातिको
नसा
नसामा
दौडिरहेको
छ
विद्रोह
र
बदला
भावको
रगत
।
टाउकोमा
फनफनी
घुमिरहेको
छ
पुर्खाको
इतिहास
।
यस्तो
जातिले
के
स्वस्थानी
पाठ
गरेर
बस्न
सक्छ
? लुट्नु,
डकैती
गर्नु,
चोर्नु
आफैमा
नराम्रो
कुरा
हो
।
तर
मान्छे
पसिना
बगाएर
पनि
पेटभर
खान
नपाएपछि
विद्रोह
गर्न
कर
लाग्छ
।
चोर्नु
भोक
विरुद्धको
विद्रोह
हो
।
जबसम्म
समाजको
खाइपाई
आएको
जातिले
आफूभित्रको
ब्राह्मणवाद
त्यागेर
साँचो
अर्थमा
नेपालका
सबै
जातजातिलाई
आत्मनिर्णयको
अधिकारसहितको
सङ्घीय
राज्य
दिँदैन
तबसम्म
यस्ता
विध्वंशहरू
समाजमा
चलिरहन्छन्
।
किन
कि
उच्च
जातिले
हजारौं
वर्षदेखि
दमन
गर्दै
आएको
छ
।
हिजो
इतिहासमा
भाषा,
संस्कृति,
भूगोल
खोसिएकाहरूलाई
आज
मान्छे
भएर
बाँच्न
दिनु
पर्छ
।
तब
मात्र
साँचो
गणतन्त्र
नेपाल
हुनेछ
।
इतिहासमा
दबिएका
मान्छेहरू
एकसाथ
उठे
भने
सानो
सानो
डकैती
मात्रै
होइन
युग
नै
बदलीदिन
सक्नेछ
।
आजको
समयमा
पनि
सत्ताको
वरिपरि
बस्ने
कथित
उच्चजातको
चेत
नखुल्ने
हो
भने,
मान्छे
भएर
बाँच्नका
लागि
८०
प्रतिशत
तामाङहरू
मात्रै
होइन
सयमा
सय
प्रतिशत
तामाङहरू
अधिकारका
निम्ति
लुटेरा
बन्न
बाध्य
हुनेछन्
।