August 1, 2014

'NAGAPANCHAMI' FOR SAVING 'SERPENT GODS' AND TEEJ FOR HER HUSBAND'S LONG LIFE

[Two posts below : one on 'Nagapanchmi' and the other on Teej  - both Hindu festivals observed with great vigour, enthusiasm and joy. Today is 'Nagapanchami' and Nagas -the 'Serpent Gods'  are being worshiped all over South Asia. The Naga cult or Naga worship is an ancient tradition observed all over the world. The Native Americans also worship Nagas and have their own Naga world-view. And, according to Hindu Mythology God Mahadev, who otherwise is also known as God Shiva, lives in Mt. Kailash and Nagas are one of his much loved 'ornaments'. There were Naga people in the Himalayas in ancient times and today also. The Mahabharat's Arjuna married Ulupi, a Naga girl, and which the Naga people didn't approve of and fight ensued between the parties. So, there persisted enmity between them - one of Yudhistir's descendants - King Parikshit died due to snake bite. His grandson Janmey Jay took revenge, pulled the snakes into his Sarp Yangya - 'sacrificial fire ritual' and destroyed almost all of them. God Brahma, one of the Hindu Trinity, however, saved few of the fleeing Nagas.  This is suggestive of two rival groups of peoples that struggled in the Himalayas which seems persisting even today and; the Nagas may be viewed also as representing - the indigenous group of peoples down there. God Shiva, whose home is the Himalayas  happens to be Kirateshowr Mahadev also. The other is a poem on 'Teej festival' that celebrates Parvati's prayer for obtaining Mahadev as her husband. In Nepal, Teej is being observed this August 28th whereas women in Uttar Pradesh, Bihar, Maharashtra and Rajasthan, have already started observing the festival from July 29th. All Hindu women worship God Mahadev, observe at least a 3-day-fast for their husband's long life but nowadays this tradition has 'outgrown' as only rich-folks' flashy festival that divides women and therefore people have begun to protest against it. But for other Hindu women in the western world, including USA, Teej festival brings them some joy and some longing for far away birthland, seeing their parents, siblings and friends as well. -   The Blogger] 


[आफ्नै सन्तान नागहरुको यस्तो जवाफ सुनेर कद्रुलाई अत्यन्त ठूलो  रिस उठ्यो । र उनीहरुलाई सब 'जलेर भष्म हुनेछौ भन्ने श्राप दिईन' । आफ्नै आमाले यस्तो डर लाग्दो श्राप दिएपछि दुखी नागहरु ब्रह्माजी को शरणमा गए । ब्रह्माजीले नागहरुलाई सम्झाउदै भने  "तिमीहरुलाई श्राप त लागिसक्यो । अब त्यसबाट मुक्ति मिल्न सक्दैन । तर यायावर वंशमा  एकजना आस्तिक नामका धर्मात्मा व्यक्तिको जन्म हुनेछ । राजा जन्मेजयको 'सर्प यज्ञ' मा सबै नागहरु भष्म हुदै जादा  यिनै आस्तिकले त्यो 'सर्प यज्ञ रोक्नेछन र नागहरुको रक्षा गर्नेछन ।"]


 - By The Blogger(ब्लगर)
A woman worships an unreal Naga (cobra.)
Picture Credit: Google
प्राचीन कालमा समुन्द्र मन्थनबाट एउटा सेतो रंगको उच्चैश्रवा नामको घोडा निस्कियो । घोडालाई देखेर गरुडकी आमा  विनीताले आफ्नो सौता कद्रु  नजिक गएर भनिन, "अहाकस्तो सुन्दर सेतो घोडा !"

कद्रुले सौता विनीतालाई सानो देखाउनु परेको थियो । विनीताको कुरो काट्दै कद्रुले भनिन्  " घोडा पुरै सेतो छैन । यसको पुच्छरमा काला काला रौँहरु छन्। शरीरमा पनि कतै कतै काला  काला  धर्काहरु छन ।"

वास्तवमा घोडा पुरै सेतो थियो तर कद्रुको मनमा कुविचार आयो । सौता विनीतालई कसरी होच्याउने भन्ने दुर्भावना मनमा पलायो । उनले भनिन यदि यो घोडाको पुच्छर काला रौँ  र ढाडमा काला ससाना थोप्लाहरु छैनन् भने म तिम्रो दाशी बन्ने छु । तर यदि त्यहा घोडाको पुच्छरमा  काला रौँ  र ढाडमा काला  ससाना थोप्लाहरु रहेछन भने तिमी मेरो दाशी बन्नु पर्नेछ । शर्त मन्जुर भयो ।

कद्रुले  आफ्ना छोराहरुनागसंग गएर  भनिन्, " बाबु हो तिमीहरु मध्ये दुई तीन भाईले अत्यन्त सानो रुप धारण गरेर त्यो उच्चैश्रावाको पुच्छरमा लुक्नु   र ढाडमा पनि त्यसै गरी बस्नु । यदि तिमीहरुले त्यसो गर्यौ  भने त्यो घोडा पुरै सेतो नभएको प्रमाणित हुनेछ र  म यो बाजी जित्ने छु । "

तर,  नागहरुले भने,  "मातासौतेनी आमासंग छलकपट गर्नु ठीक हुदैन । यस्तो काम धर्मको विरुद्ध हुन्छ । त्यसैले हामी यस्तो काम गर्न सक्दैनौ ।" 

(आदिवासी अमेरिकीहरुको नाग देवता )
आफ्नै सन्तान नागहरुको यस्तो जवाफ सुनेर कद्रुलाई अत्यन्त ठूलो  रिस उठ्यो । र उनीहरुलाई सब 'जलेर भष्म हुनेछौ भन्ने श्राप दिईन' । आफ्नै आमाले यस्तो डर लाग्दो श्राप दिएपछि दुखी नागहरु ब्रह्माजी को शरणमा गए । ब्रह्माजीले नागहरुलाई सम्झाउदै भने  "तिमीहरुलाई श्राप त लागिसक्यो । अब त्यसबाट मुक्ति मिल्न सक्दैन । तर यायावर वंशमा  एकजना आस्तिक नामका धर्मात्मा व्यक्तिको जन्म हुनेछ । राजा जन्मेजयको 'सर्प यज्ञ' मा सबै नागहरु भष्म हुदै जादा  यिनै आस्तिकले त्यो 'सर्प यज्ञ रोक्नेछन र नागहरुको रक्षा गर्नेछन ।"

जुन दिन ब्रह्माजी नागहरुलाई माथि भनिएको  कुरा भनेका थिए त्यो दिन पंचमीको दिन थियो । रयसै गरी आस्तिकले  जुन दिन जन्मेजयको 'सर्प यज्ञरोकाएका  थिए र नाग हरुलाई बचाएका थिए त्यो दिन पनि पंचमीको दिन नै परेको थियो । त्यसैले प्रत्येक अगष्ट वा सेप्टेम्बर महीनाको शुक्लपक्ष (Bright Fortnight) को पंचमी तिथि नागलोकमा उत्सव (Festival) मनाईन्छ । पोहर साल साउन महीनाको २७ गते अर्थात्  अगष्ट महीनाको ११ तारिख नेपालमा र सारा भारतभरि नाग पंचमी मनाइएको थियो । यहाँ बोष्टनतिर पनि नाग पूजा गरिएको खबर प्राप्त भएको थियो ।

आगोले पोलिएका अर्ध मृत (Half  Dead)  वा मर्नै लागेका (Near Dead ) नागहरुको उपचारका निम्ति आस्तिकले दूध ल्याए र नागहरुलाई दिए ।  दूधले  नागहरुलाई  शीतलता प्रदान गर्यो  र उनीहरुलाई आराम मिल्यो ।  त्यसैले नाग पूजा गर्दा दूध चढाईन्छ ।

*

[तिजको  बेला रमाईलो यो  भेला साथी र संगिनी  ।तिजको दिनमा रमाईलो यो  छिनमा दिदी र बहिनी ।।]


किरण राना
नारीको हितमा संदेश बोकी बर्षमा दिनको तिज आयो है।
उडीमा आऊ पेऊडा[1]चरी माईतीबाट के खबर ल्यायॊ है।
सरर यो मन उडेर जान्छ माईति देशको देउराली डाडामा।
कोईली पनि बनमा गीत गाउदै  होली सुरिलो भाकामा।।

चेली र बेटी साथी र संगी सोह्र शृंगार गरी सजौला ।
रातो साढ़ीरातो चोलीहरियो छड्के तिलहरी पहिरौला ।
रातो चुरारातो टीकारातो सिन्दुरले माग  भरौउला ।
शिरमा शिरबन्दी कानमा झुम्का गलामा हार लगाउला ।।

तिजको बेला रमाईलो यो  भेला साथी र संगिनी  ।
तिजको दिनमा रमाईलो यो छिनमा दिदी र बहिनी  ।।

तिजको चाड रमाईलो हामीलाई माईती देश जान पाउनाले ।
तिजको दर मीठो हामीलाई आमाको हातको खान पाउनाले।
 कोरी बाटी दुख र सुख जिन्दगीको कथा र व्यथा बिर्सेर कम्मरै भाचौला ।

सम्झना बिर्सना जिन्दगानीको हाम्रो तृष्णा मिलाएर गीत जोडौला।
वारि र पारि विसाई जीवनको भारी मादल घन्काउला ।
साथ साथै तिजको गीत बजाई साथी र संगी छमछमी नाचौला ।
गाउ  र शहर तिजको यो रहर मेटाई तिज मनाउला ।।

तिजको  बेला रमाईलो यो  भेला साथी र संगिनी  ।
तिजको दिनमा रमाईलो यो  छिनमा दिदी र बहिनी ।।



[1] परेवा

नोट: ऋषि पंचमी अर्थात् हरित तालिका वा तीज पर्वका बारेमा एउटा लेख यस लिंकमा