[प्रान्तमा मात्र आफ्नो पहिचान खोज्ने मुसामुसीहरुचाहिँ एकल जातीय पहिचानवादी हुन ? लिम्बुवानमा लिम्बु पहिचान, नेवारातमा नेवार पहिचान, मगरातमा मगर पहिचान, कोइचानमा सुनवार पहिचान, तमुवानमा गुरुङ पहिचान, खसानमा खस पहिचान, सुदुर पश्चिममा खस पहिचान (?) हुनु भनेको यो देशको बहुपहिचान हो कि एकल पहिचान ? फेरिपनि मैले बुझिन । पहिचानको राजनीति गर्ने मुसामुसीहरुले धुर्त बिरालाहरुलाई यति पनि जवाफ दिन नसक्नु कस्तो बिडम्बना !]
डा.
तेजमान आङदेम्बे
Picture Credit: Hoof Beats and Foot Prints |
भदौ
महिनामा
जन्मेका
केही हरिया
बाठाबाठीहरुको
बिचार
अनुसार,
पहिचान
सहितको
संघीयताले
देश
बिग्रदो
रहेछ
।
कुन
देश
बिग्रेको
छ
पहिचान
सहितको
संघीयताले
? प्रमाण
छ
? बिज्ञान
पढेको
मान्छे
भएर
हो
कि
किन
हो,
प्रमाण
बिना
बोल्ने
बाठाबाठीहरु
मलाई
शंके
धामी
र
अंके
ज्योतिषीहरु जस्तो
मात्र
लाग्छ
त
म
के
गरौँ
।
धामी
झाँक्रीहरुको
काम
ढ्यांग्रो
ठोक्दै
हिँड्ने
र
यजमानहरुलाई
ढाँटिखाँदै
हिँड्ने
मात्र
हो,
दर्शन
छाँट्दै
हिँड्ने
होइन
।
म
दार्शनिक
प्लेटोको
चेलो
त
होइन,
तर
मलाई
लाग्छ
प्रमाण
बिना
बोल्ने
यस्ता
बनारसी
धामी
झाँक्रीहरुले
देश
बिगार्छन
।
दार्शनिक
प्लेटोको
लोकतान्त्रिक गणतन्त्रमा
यस्ता
मान्छेहरुलाई
देश
निकाला
गर्ने
सिफारिस
गरिएको
कुरो
कुन
गोरुलाई
थाहा
छैन
?
लिम्बु
भएर
मैले
मेरो
पहिचान
खोज्न
किन
नमिल्ने
? खोज्दा
मैले
के
पाप
गरेँ
? मेरो
लिम्बु
भाषा
बाँचोस
भन्छु,
मेरा
साम्बा
फेदाङमाहरु
बाँचुन
भन्छु,
मेरो
पालाम
गाउन
पाउँ
भन्छु,
मेरो
संस्कृति
बाँचोस
भन्छु
।
यो
अपराध
हो
? मेरो
भाषा
र
संस्कृति
बाँच्दा
अरुलाई
के
को
पिर
? ‘एक
देश,
एक
भाषा,
एक
धर्म,
एक
संस्कृति’
भन्ने
एकतान्त्रिक
नीतिको
कारण
म
खस
नेपाली
भाषामात्र
बोल्छु,
तर
मलाई
कसैले
आर्य
जाति भन्दैनन् ।
मेरो
भाषा
मर्न
लागेकाले
साम्बा
फेदाङ्माहरु
नपाएको
कारण
शंख
फुक्ने
पुरोहितहरु
चलाउँछु,
तर
पनि
मलाई
कसैले
आर्य जातिको
दर्जा
दिँदैन
।
मर्दा
बिजोर
बन्दुक
पढ्काउने
र
बिहेमा
जोर
बन्दुक
पढ्काउने
मेरो
पहिचान
खोज्दा
मैले
के
अपराध
गरेँ
? मान्छेको
जुठो भात
खान
पाउँदा
गर्ब
गरेर
उसले
बनाएको
पिञ्जडामा
कुञ्जिएर
बस्न
राजी
हुने,
आफ्नो
पहिचान
नचाहिने
र
पिञ्जडामा
कञ्ज्याउने
मान्छेको
भाषा
‘गोपी
कृष्ण
कौ’
बोल्दै
बस्ने
सुगा
हुन
मेरो
मनले
मान्दैन
त
म
के
गरौँ
? मान्छेहरुको
पवित्र मन्दिर
पशुपतिको
यात्रा
गर्न
धेरै
मन
लाग्छ,
तर
देहको
ब्यापार
गर्न
मलाई
मन
पर्दैन
त
म
के
मरौँ
? देहको
ब्यापार
गर्नेहरुले
पहिचानको
बिरोध
गर्नु
अस्वाभाविक
होइन
किनकि
कुनै
नगरबधुले पहिचान
खोज्यो
भने
उसको
ब्यवसाय
चौपट
हुन्छ
।
कोही दाजुभाइ
पर्लान, कोही काका
बडाबावु
पर्लान
।
त्यस
कारणले
उसको
आमदानी
घट्छ
।
उसको
पद पनि
गुम्छ
।
मलाई नगरबधु हुन
मन
पर्दैन त के
गरौँ
? एउटा
जातिको मातृभाषा,
धर्म
र
संस्कृति
मान्दा
मात्र
यो
देश
सप्रिन्छ
भन्ने
बनारसी
मान्छेहरुका
कारणले
१२३ जातिहरु अहिले नगरबधु बन्दैछन
कि
छैनन
? अरु जातिको
पहिचान
बिनाको
बनारसी
नीतिको
कारण
नेपाल
अहिले
कहाँ
पुग्यो
? बिश्वकै
सबैभन्दा
दोस्रो
गरीब
र भिखारी
देश
!
पहिचान
सहितको
संघीयता
जोसुकैको
एजेन्डा
होस,
मतलब
छैन,
तर
मलाई
मेरो
पहिचान
मन
पर्छ
त
म
के
गरौँ
? बिश्व
बैंकको
हालसालैको
रिपोर्ट
अनुसार,
अमेरिकालाई
उछिन्दै
चीन बिश्वकै
सबैभन्दा
ठूलो
अर्थतन्त्र
भएको
देश
घोषणा
हुन
लाग्नु
पहिचान
सहितको
संघीयताले
बर्बाद
पारेको
हो
? पहिचान
सहितको
संघीयता
भएको
अर्को
देश
भारत
जापानलाई
उछिन्दै
बिश्वको
तेस्रो
ठूलो अर्थतन्त्र भएको
देश
बिश्व
बैंकले
घोषणा
गर्न
लागेको
छ
।
के
यो
भारत
भन्ने
देशलाई
पनि
पहिचान
सहितको
संघीयताले
बिगारेको
हो
? पहिचान
सहितको
संघीयता
भएको
युरोपियन
देशहरु
सबैभन्दा
पहिला
चन्द्रमामा
पुग्न
सफल
भएको
देखेको
छ
कि
छैन
? यो
वास्तविकता
कुन
गोरु
(गोरा?)लाई
थाहा
छैन
? बनारसी
बुद्वि
भएका
भ्यागुत्ते
नेताहरुलाई
यो
कुरो
थाहा
नहुनु
स्वाभाविकै
हो,
तर
भ्यागुत्तो
हुन
कति
गाहृो
छ
? आफ्नो
कुवाको
वरिपरि
हेर्नु
पर्दैन
? आफू
बसेको
कुवामा
पानी
खान
आएको
गोरुसंग
बढी बाठो
हुने
हुँदा
भ्यागुताको
पेट
पड्केर
मरेको
हो
कि
होइन
? यो
हृदयबिदारक
भ्यागुत्ते
घटना
मैले
मेरै
आँखाले
देखेको
त
होइन,
तर
सबैले
सुनेको
त
हो
नि
! ‘मेरी
बास्सै’
को
कलाकार
मुस्कान
पासाको
शब्दमा
भन्ने
हो
भने
‘हाँस्डा
हाँस्डा
.... कटी
हाँस्ने
होला
.... हाँसेरै
मर्ने
भयो
म
ट
...’ ।
जलश्रोतमा
बिश्वकै
दोस्रो
धनी
देश
र
सन
१९७०
ताका
बिश्वकै
१३
औं
धनी
देश
भनिएको
नेपाल
अहिले
बिश्वकै
दोस्रो
गरिब देश
बन्न
सफल
हुनुको
कारण
के
हो
? यो
प्रश्न
कुनै
हाजिरी
जवाफ
प्रतियोगितामा
सोध्ने
हो
भने
यस्को
एकमात्र
उत्तर
हुनसक्छ
– बनारसी
बुद्वि
भएका
बिराला
बाजेहरुको
कारणले
(कान्तिपुर
पत्रिकाको
एउटा
अंकमा
प्रकाशित
फणिन्द्र
नेपालको
लेख
अनुसार)
।
प्रत्येक
प्रान्तमा
पहिचान
सहितको
संघीयता
आयो
भने
अशान्ति हुन्छ
भनेर
केही बाजेहरुले
बुद्धको रुप
धारण
गरेर
बहुपहिचानको
कुरा
गरेको
राम्रै
नै
होला
।
तर
ति
बाजेहरुको
‘बहुपहिचान’
भनेको
के
हो
?
नेपालका
बिभिन्न
प्रान्तमा
स्थानीय
जातिको पहिचान
बचाउने
संघीयता
आयो
भने
बिभिन्न
प्रान्तहरुमा
बिभिन्न
जातिको
पहिचान
बाँच्छ
।
यो
बहुपहिचान
हो
कि
एकल
जातीय
पहिचान
हो
? बहुपहिचानको
भाषण
ठोक्ने
केही बिरालाहरुले
२४०
बर्षदेखि
यो
देशभरिका
१२३
मुसाहरुमाथि
लादेको
‘एक
भाषा
एक
धर्म’
आदि
नीति
चाहिँ
के
पहिचान
हो
? बहुजातीय
कि
एकल
जातीय
पहिचान
?
भूगोलको
आधारमा
हिमाल,
पहाड
र
तराई
मिलाएर
प्रान्तहरु
बनाउनुपर्छ
भन्ने
बहुपहिचानवादी
बिरालाहरुको
प्रस्ताब
त्यही राजा
महेन्द्रको
पञ्चायती
प्रजातन्त्रको
निरन्तरता
हो
कि
होइन
? बि.सं.
२०१८
सालसम्म
‘जिल्लै
पल्लो
किरात’
भन्ने
गरिएको
लिम्बुहरुको
थातथलो
(लिम्बुवान)लाई
लिम्बु
पहिचान
मेटाउन
पञ्चायती
प्रजातन्त्रले भूगोलको आधारमा
हिमाल,
पहाड
र
तराई
मिलाएर
मेची
अञ्चल
र
कोशी
अञ्चलको
केही भाग बनाइदिएको
कुरो
कुन
लाटालाई
थाहा
छैन
? १२३
मुसाहरुको
पहिचान
मेटाएर
आफ्नो
पहिचानमात्र
देशभरि
लाद्नु
बहुपहिचान
हो
कि
एकल
जातीय
पहिचान
हो
? मैले
बुझ्दै बुझिन ।
प्रान्तमा
मात्र
आफ्नो
पहिचान
खोज्ने
मुसामुसीहरुचाहिँ
एकल
जातीय
पहिचानवादी
हुन? लिम्बुवानमा
लिम्बु
पहिचान, नेवारातमा
नेवार
पहिचान,
मगरातमा
मगर
पहिचान,
कोइचानमा
सुनवार
पहिचान,
तमुवानमा
गुरुङ
पहिचान,
खसानमा
खस
पहिचान,
सुदुर
पश्चिममा
खस
पहिचान
(?) हुनु
भनेको
यो
देशको
बहुपहिचान
हो
कि
एकल
पहिचान
? फेरि पनि
मैले
बुझिन ।
पहिचानको
राजनीति
गर्ने
मुसामुसीहरुले
धुर्त
बिरालाहरुलाई
यति
पनि
जवाफ
दिन
नसक्नु
कस्तो
बिडम्बना
!
पहिचान
सहितको
संघीयता
माग
गर्ने
मुसामुसीहरुले
आफ्नो
माग
बिरालाहरुसंग
ठिकसंग
राख्न
जानेनन् भने
बिरालाहरुले
माग
पूरा
नगर्न
सक्छन
।
पहिचान
सहितको
संघीयता
किन
चाहियो
भन्ने
सवालमा
पहिचानको
राजनीति
गर्नेहरु
नै
त्यति
स्पष्ट
भएको
देखिँदैन
।
एन्टेना
फाउन्डेशन
नेपालले
आयोजना
गरेको
संघीयता
संबन्धी
एउटा
अन्तरक्रियामा
केहि
सहभागीहरुले
स्थानीय
श्रोत
र
साधनको
सदुपयोगको
लागि
पहिचान
सहितको
संघीयता
चाहिएको
कुरो
उठाएको
पाइयो
।
यो
सवाल
ठिकै
नै
जस्तो
लाग्छ
।
उदाहरणकोलागि,
अहिलेको
साल
सगरमाथा
आरोहणबाट
उठेको
१७
करोड
आमदानी
केन्द्र
(काठमाण्डौ)
ले
लग्यो,
खुम्बु
क्षेत्रका
जनताले
सदुपयोग
गर्न
पाएनन् ।
आफ्नो
श्रोत
र
साधन
लुटिएको
जस्तो
महसुस
गरे
होलान
।
तर
स्थानीय
श्रोत
र
साधनको
सदुपयोगकोलागि
मात्र
पहिचान
चाहिएको
हो
? मैले
बुझ्दै बुझिन ।
बि.बि.सी.
नेपाली
सेवाको
एउटा
अन्तरक्रिया
कार्यक्रममा
जति
क्षमता
भएपनि
र
आफ्नो
पार्टीमा
जति
योगदान
गरेको
भएपनि
मुसाहरु
कहिले
पनि
बिराले
सरकारको
माथिल्लो
तहमा
पुग्नबाट
बञ्चित
भएकाले
राजनैतिक
अग्राधिकारकोलागि
पहिचान
सहितको
संघीयता
चाहिएको
भन्ने
कुरो
उठ्यो
।
राजनैतिक
अग्राधिकारको
कुरो
ठिकै
नै
होला
किनकि
अहिलेको
मन्त्रिमण्डल
हे-यो
भने
१२
प्रतिशत जातिबाट
११
जना मन्त्री (प्रधानमन्त्री सहित),
१६
प्रतिशत
जातिबाट
चार
जनामन्त्री र
६०
(?) प्रतिशत
जनजातिबाट
डेड्
जना
मन्त्री,
अर्थात
एकजना
फूलमन्त्री र
एकजना
पियन
मन्त्री,
मतलब
राज्यमन्त्री मात्र
।
यस्तो
राम्रो
समावेशी,
समानुपातिक
र
प्रजातान्त्रिक
व्यवस्था भएको
देशमा
आफ्नो
प्रान्तमा
राजनैतिक
अग्राधिकार
खोज्नु
त्यति
नराम्रो
त
पक्कैपनि
होइन,
किनकि
बरु
पञ्चायती
प्रजातन्त्रमा
एक
जना
जनजाति, मरिचमान
सिंह
श्रेष्ठलाई
प्रधानमन्त्री र
अर्को
एकजना
जनजाति, पदम
सुन्दर
लावतीलाई
गृहमन्त्री बन्ने
मौका
दिइएको
थियो
।
तर
चाहे
सात
सालको
होस,
चाहे
छ्यालिस
सालको,
चाहे
त्रिसठ्ठी
सालको,
यि
तिनवटै
प्रजातन्त्रकालहरुमा
बिराले
प्रजातन्त्रमात्र
देखिएकाले
कम्तिमा
पनि
आफ्नो
प्रान्तमा
मुख्यमन्त्रीसम्म
त
हुन
सकिन्छ
कि
भन्ने
आशाले
राजनैतिक
अग्राधिकारको
कुरो
उठेको
हुनसक्छ
।
अमेरिकामा
आप्रबासी
कालाजाति बाराक
ओबामालाई
राष्ट्रपति
बन्ने
मौका
दिइन्छ,
तर
नेपालमा
जनजातिहरुलाई
केले
रोकेको
छ
माथिल्लो
पदमा
पुग्नलाई
? बाराक
ओबामालाई
राष्ट्रपति
बन्ने
मौकादिँदा
अमेरिकाका
गोराहरुलाई
के
नराम्रो
असर
प-यो
? अमेरिकाको
बिकासमा
के
बाधा
प-यो
? बरु
प्रजातन्त्र
र
समानताको
अनुभूति महसुस
गरेकाले
सबै
जातिहरु
मिलेर
देश
बिकासमा
लागेका
छैनन
र
? त्यसैले
‘मै
मात्र
खाऊँ,
मै
मात्र
लाऊँ’
भन्ने
नेपाली
बिरालाहरुको
कारण
नेपालका
मुसाहरुले
कम्तिमा
पनि
प्रान्तहरुमा
राजनैतिक
अग्राधिकार
खोज्नु
स्वाभाविकै
देखिन्छ
।
तर
राजनैतिक
अग्राधिकार
मात्रै
जातीय
पहिचान
हो
? यो
प्रश्न
किन
नगर्ने
?
ठीकै
छ,
राजनैतिक
अग्राधिकारका
कारण
आफ्नो
प्रान्तमा
कुनै
लिम्बु
मुख्यमन्त्री बन्ला
।
स्थानीय
श्रोत
र
साधनको
पनि
सदुपयोग
होला
।
तर
लिम्बु मुख्यमन्त्रीलाई
नै
आफ्नो
भाषा
बोल्न
आएन
भने
पहिचानको
अर्थ
के
भयो
? लिम्बुवानका
लिम्बुहरुलाई
नै
आफ्नो
भाषा
बोल्न
नआउनु
कस्तो
पहिचान
हो ?
सुगा
पहिचान
? पहिचान
भनेको
आफ्नो
भाषा
र
संस्कृति
हो
कि
होइन
? यो
प्रजातान्त्रिक
देशको
‘एक
भाषा,
एक
धर्म
र
एक
संस्कृति’
भन्ने
बिराले
प्रजातान्त्रिक
नीतिको
कारण
बिभिन्न
जातिहरुको भाषा
र
संस्कृतिहरु
भकाभक
म-याम-यै
छन
।
यो
शताब्दीको
अन्तसम्ममा
शासक
जातिहरुको मातृभाषा
र
संस्कृति
बाहेक
अरु
सबैको
देहावसान
हुने
भविष्यवाणी
युनेस्कोका
वैज्ञानिकहरुले
गरिसकेका
छन
।
त्यसैले,
यि
मराउन
लागिएका
बिभिन्न
जातिका भाषा
र
संस्कृतिहरु
बचाउनकोलागि
पनि
पहिचान
सहितको
संघीयता
चाहिएको
हो
भन्ने
कुरो
राख्न
नसक्नु
कस्तो
बिडम्बना
!
संघीयताले
देश
टुक्रिन्छ
भन्ने
हरियाहरुलाई
‘भदौमा
जन्मेको
हो
कि
क्या
हो
?’ भनेर
प्रश्न
किन
नगर्ने
? युरोप
र
चीन पुग्ने
खर्च
छैन
होला
र
पढेको
पनि
छैन
होला,
पढ्ने
बानी
पनि
छैन
होला,
समाचारहरु
सुन्ने
फुर्सद
पनि
छैन
होला,
तर
आफ्नो
कुवा
छेउको
देश
भारत
देखेको
छैन
? देखेको
छैन
भने
चन्दा
उठाएर
भएपनि
भ्रमण
खर्च
दिएर
हेराउन
सकिन्छ
।
पहिचान
सहितको
संघीयताले
भारत
टुक्रेको
छ
? भारतमा
अहिले
फेरि
नयाँ
तिलांगना
राज्य
अत्यधिक
बहुमतले
पास
भएपछि
तिलांगनाका
जातिहरु कति
खुशी
छन
? यति
पनि
थाहा
नपाउने
मित्रहरुलाई
दुनियाँले
‘कुरी
कुरी’
भन्दा
हामीलाई
चित
किन
दुख्छ
? यति
पनि
उत्तर
दिन
नसक्ने
मित्रहरुले
पहिचान
सहितको
संघीयताको
सवाल
उठाउनुको
अर्थ
के
नै
रह्यो
र
?
जहाँसम्म
संघीयताले
देश
टुक्रिन्छ
भन्ने
सवाल
छ,
यो
बिश्वको
२००
देशहरुमध्ये
एउटा
देश
रसिया
टुक्रेको
देखेकै
हो
।
तर
त्यसको
कारण
सिम्पल
छ
।
लेनिनले
हो
कि
स्टालिनले
हो
– यदि
केन्द्रले
कुनै
प्रान्तलाई
हेप्यो
वा
पक्षपात
ग-योभने
देश
टुक्र्याउन
पाउन
सक्नेसम्मको
आत्मनिर्णय
सहितको
अधिकार
दिएकाले
यस्तो
भएको
हो
।
देश
टुक्र्याउन
पाउने
सम्मको
अधिकार
सहितको
संघीयता
कसले
मागेको
छ
नेपालमा
? माओबादीहरुलाई
गिरिजा
बाबैले
जंगलबाट
घर
फर्काउनकोलागि
सहमति
गर्दा
माओबादीहरुले
भारतको
जस्तो
(उनीहरुको
शब्दमा
‘बुर्जुवा
संघीयता’)
मा
सहमति
गरेका
हुन
कि
होइनन
? रेडियो
र
टेलिभिजनहरुबाट
कति
दिनसम्म
यो
समाचार
आइरहयो
? यतिपनि
थाहा
नपाउने
वा
थाहा
पाएर
पनि
उत्तर
दिन
नसक्ने
तर
संघीयताको
वकालत
गर्नेहरुलाई
दुनियाँले
‘कुरी
कुरी’
भन्दैनन
? युरोपको
स्विटजरल्याण्डमा
रोमान्स
भाषीहरु
०.६
प्रतिशत मात्र
छन
।
उउनीहरुलाई छुट्टै
प्रान्त
छुट्याइएको
छ
।
नेपाल
जस्तै
भूपरिबेष्ठित
त्यो पहाडी
देश
टुक्रियो
कि
युरोपकै
सबैभन्दा
धनी देश
हुन
सफल
भयो
? पहिचानको
वकालत
गर्ने
नेता
वा
अन्यले
यो
प्रश्न
तेर्स्याउन नसक्नु
कस्तो
बिडम्बना
!
संघीयता
यो
देशले
धान्न
सक्दैन
भन्नेहरुलाई
धरानको
बराह
क्षेत्रको
अहिलेको
कुम्भमेलाको
लागि
५०
लाख
दिनसक्ने
र
प्रधानमन्त्री,
प्रधान
न्यायाधीश,
गृहमन्त्रीआदिहरुलाई
करोडौँ
अरबौँ
रकम
बराबरको
जिन्दगीभरि
पेन्सन
र
अन्य
सुबिधा
चाहिँ
कसरी
दिन
सकियो
त ?
यो
प्रश्न
गर्न
नसक्नु
कस्तो
बिडम्बना
!
बि.सं.
२०१८
सालसम्म
‘जिल्लै
पल्लो
किरात’
भन्ने
गरिएको
स्थानलाई
लिम्बु
जातिको पहिचान
मेटाउन
राजा
महेन्द्रको
प्रजातन्त्रले
२०१९
सालमा
यो
देशलाई
भूगोलको
आधारमा
भन्ने
बहाना
पारेर
(हिमाल,
पहाड,
तराई
मिलाएर)
१४
अञ्चल
र
७५
जिल्लामा
बिभाजन
गरी
मेची
अञ्चल
र
कोशी
अञ्चलको
केही भाग
बनाएर
लिम्बु
पहिचान
मेटाउँदा
यो
देशले
के
बढि
प्रगति
ग-यो
? बिश्वकै
दोस्रो
गरिव र
भिखारी
देश
बन्न
सफल
? यो
प्रश्न
सोध्न
नसक्नु
कस्तो
बिडम्बना
!
जहाँ
सम्म
कुनैपनि
प्रान्तमा
कुनै
जातिको बहुमत
छैन
भन्ने
संघीयता
बिरोधीहरुको
बहाना
छ,
लिम्बुवान
(पहाडी
जिल्लाहरुमात्र,
राजा
त्रिभूवनको
लालमोहर
अनुसार)मा
लिम्बु
जाति एक्लै
३०
प्रतिशत
पुग्छ
।
यो
बहुमत
हो
कि
होइन
? अरु
२०/३०
जातिहरु
जोडदामात्र
बाँकि
७०
प्रतिशत
पुग्छ
।
बालकृष्ण
माबोहाङ
(पोप्युलेसन
रिसोर्सेज
अफ
लिम्बुवान,
प्रथम
अन्तराष्ट्रिय
लिम्बु
सम्मेलन,
धरान,
११–१३
बैशाख
२०७१)
का
अनुसार,
पहाडी
६
जिल्लाहरुका
२४०
गा.बि.स.
मध्ये
११७
गा.बि.स.मा
लिम्बुहरुको
जनसंख्या
प्रथम
स्थानमा
छ
।
के
यो
बहुमत
होइन
? २७
प्रतिशत
भोट
ल्याउने
पार्टी
बहुमत
पार्टी
हुने,
तर
३०
प्रतिशत
जनसंख्या
भएको
जाति बहुमतजाति नहुने
कुन
बिराले
नियम
हो
? ‘तिमीहरुको
रीतिथिति
र
अधिकार
थामिदियौँ,
तर
रस्ती
रसाउनु
बस्ती
बसाउनु’
है
भनेर
कैंयौं बिराले
लालमोहरहरु
र
'रुक्काहरु'
जारी
भएको
कसलाई
थाहा
छैन
? रस्ती
रसाउने
र
बस्ती
बसाउने
बिराले
नीतिका
कारण,
५
जनाको
परिवार
भएको
मेरो
घरमा
१२
जना
पाहुनाहरुलाई
ल्याएर
राँखेछु
।
संख्या
हेर्दा
म
मेरै
घरमा
अल्पसंख्यक
भएँ
।
अल्पसंख्यक
भएको
कारणले
त्यो
घर
मेरो
नहुने
के
कारण
छ
? मेरो
पहिचान
हराउने
के
कारण
छ
? यो
प्रश्न
गर्न
नसक्नु
कसको
गल्ति
हो
?
‘आर्य जातिहरुको कुनै प्रान्त नहुने भएकाले पहिचान सहितको संघीयताको बिरोध गरेको’ भन्ने मुद्दा पनि उठेको छ । कर्णाली प्रदेश कसको हो त ? लिम्बुको हो ? नेवारको हो ? गुरुङको हो ? मगरको हो ? ‘अखण्ड सुदूर पश्चिम’ कस्को हो त ?
जहाँसम्म
‘दलितहरुको
कुनै
प्रान्त
नहुने
भयो’
भन्ने
सवाल
छ,
दलितहरु
आर्य
जाति भित्रै
पर्छन
।
उनीहरुको
भाषा
खस
नेपाली
भाषा
हो
।
राज्यले
एकल
भाषिक
नीति
अपनाएर
यो
भाषालाई
बचाइरहेको
छ
।
धर्म
पनि
हिन्दुै
नै
हो
।
राज्यले
‘एक
देश
एक
धर्म’
को
नीति
अपनाएर
यो
धर्मलाई
बचाइरहेकै
छ
।
दलितहरुलाई
तल्लो
जातमा
झारेर
दल्ने
काम
आफ्नै
आर्य
दाजुभाइहरुले
हिन्दु
धर्मको
वर्णाश्रम
अनुसार
गरेका
होइनन
र
? राजनैतिक
अधिकार
र
उत्पीडनको
बिरुद्व
लड्न
दलितहरुलाई
भिन्नै
प्रान्त
चाहिन्छ
जस्तो
मलाई
लाग्दैन,
र
उनीहरु
एकै
क्षेत्रमा
एकत्रित
भएर
बसेका
पनि
छैनन
।
यति
भन्न
नसक्नु
कस्तो
बिडम्बना
!
मुसा
र
बिरालाको
कुरो
धेरै
नै
निस्क्यो
।
बिरालो
बाजे
त
चिनिसक्नु
भयो
होला,
तर
यो
बिरालाले
१२३
जातिहरुलाई
कसरी
खेलाउँदै
खाँदैछ
? यसको
छोटो
कथा
पनि
सुनाउनै
पर्ला
।
पृथ्बीनारायण
बाजेले
‘तिमीहरुको
रीतिथिति
थामिदियौँ
।
नौलाख
किरात
(राई)
हरुलाई
नसघाउनु
।
मैले
भनेको
कुरो
तलमाथि
भए,
मेरा
शाखा
सन्तानलाई
तेतिसकोटी
देव
देवताले
भस्म
पारोस’
भनेर
लिम्बुहरुलाई
फकाएर
लिम्बुवान
कज्याएको
लालमोहर
कुन
लाटाले
देखेको
छैन
? 'बट
स्लोली
स्लोली...'
(तर
बिस्तारै
बिस्तारै
...) यो
देश
‘चार
जात
छत्तीस वर्णको
फूलबारी’
हो
भन्ने
बिरालाको
बहुपहिचानवादी
‘म्याउँ’
फेरिँदै
गयो
।
उदाहरणको
लागि,
आफ्नै
मौलिक
नीति
र
संस्कृति
मानेर
बस्ने
कि
हिन्दु
धर्मको
मनुस्मृतिको
नीति
मान्ने
हो,
ए
लिम्बु
मुसा
हो
भन्ने
‘म्याऊँ’
आयो
।
मनुस्मृतिको
नीतिमा
नबस्ने
र
आफ्नै
मौलिक
लिम्बु
नीतिमा
बस्न
चाहनेले
कर
स्वरुप
१०/१२
वटा
खेत
राज्यलाई
तिनुपर्ने,
अनिमात्र
‘आगे
अरुन
पूर्ब
मेची
पश्चिम,
छथर,
पाँचथर,
फेदाप,
तम्बर
खोला,
आठराई,
चौबिस्या,
इलाम
... ’ का
नीतिवाल
लिम्बुहरुले
आफ्नो
पूरानो
परम्परा
अनुसार
‘पानी
नचल्ने
कामी,
सार्की,
दमाई,
मुसहर
प्रभृति
अछुती
जातसंग
भूलचुकमा
करनी
भई
चन्द्रायन
पर्दा
अघिदेखि
चलिआएको’
दुबो
ढुंगो
छुवाई
शुद्ध हुन
पाउने,
तर
मनुस्मृतिको
नीति
मान्ने
लिम्बुहरुले
‘धर्माधिकार
मार्फत
आउन्या
पण्डितसंग
चन्द्रायनको
पुर्जी
लिई शुद्ध हुन्या’
नीति
(इङनाम
र
इङनाम
२०७०
ः
१८९–१९०)
बिराले
एकल
जातीय
पहिचान
हो
कि
बहुपहिचान
हो
? त्यस्तै,
दँशै मान्न
लगाउने
अनि
‘दशै
भाग
सुब्बापिच्छे
रु.
५
साउन्या
फागु
सहित’
कर
तिराउनु
भनेको
एकल
जातीय
पहिचान
हो
कि
बहुजातीय
पहिचान
हो
? दशैँ
नमान्ने रामली
हाङ र रिदिमा नामका
दुइजना
आठपरिया
राईहरुलाई
मृत्युदण्ड
दिनु
बिराले
बहुपहिचान
हो
कि
एकात्मक
पहिचान
हो
? परम्परादेखि
गाइ
काटी
खाने
जातिहरुलाई
आफ्नो
धर्ममा
लक्ष्मी
देवताको
प्रतिक
भएकाले
‘गौबध’
गर्न
निषेध
गर्नु,
गाइ
मारेर
नखाइ
नसक्नेहरुलाई
म्याग्जेन
(म्याक्सेन
?) भन्ने
कर
तिराउनु,
पञ्चखत
अपराध
अन्तर्गत
सबैभन्दा
ठूलो
पाप
ब्राम्हण
मारेको
पाप
(ब्रम्ह
हत्या)देखि
दोस्रो
ठूलो
पापमा
गाइमारेको
पाप
राख्नु,
गाईलाई
राष्ट्रिय
जनावर
घोषणा
गर्नु
आदि
इत्यादि
एकल
पहिचान
हो
कि
बहुपहिचान
हो
? यो
देशमा
खस
नेपाली
भाषा
जान्दामात्र
काम
चल्ने
तर
अरु
भाषाहरुलाई
‘गलहत्ती’
हान्ने
नीति
बहुपहिचानको
नीति
हो
?
पहिचान
सहितको
संघीयताको
एजेण्डा
अघिसारेर,
बिभिन्न
जातिहरुलाई
१०
बर्षसम्म
बन्दुक
बोकाएर
आफ्नो
क्रान्ति सफल
पारेर
रातारात
यो
देशको
सबैभन्दा
ठूलो
पार्टी
बन्न
सफल
एउटा
'ध्रुबे
हात्ती'
आफ्नो
परिवारमध्ये
आधा
फुटेर
गएकाले
हालसालैको
निर्बाचनमा
पसारिएको
छ
।
यो
पसारिएको
हात्तीले
पहिचान
सहितको
संघीयताको
नारा
छोड्ला
कि
नछोड्ला
हेर्न
बाँकि
नै
छ
।
तर,
यो
भन्दा
पहिलाको
ध्रुबे
हात्तीले
गति
छाडेर
बिरालाको
रुप
धारण
गरेको
कुरो
कसलाई
थाहा
छैन
? ‘राजा
त
राम्रै
हुन,
तर
राणाहरुले
तिमीहरुको
अधिकार
खोसेको
खोसेकै
छन
।
राणाहरुको
विरुद्धको
आन्दोलनमा
सहयोग
ग-यौ
भने
तिमीहरुको
अधिकार
यथावत
रहनेछ’
भन्दै
‘पल्लो
किरात
प्रान्तीय
सरकार
अथवा
(लिम्बुवान
सरकारको)
नाउँले
देशको
नामाकरण
हुनु
र
देशको
आमदानी
जो
देश
सुधार
कार्यमा
खर्च
बचत
धन
प्रान्तमै
आफ्नो
प्रान्तीय
(ब्यांक)
को
बन्दोबस्त
गरी
उही जमाइरहने
नियम
बाँधिनुपर्छ
।
.... देशमा
जुन
जुन
जातको
विशेष
अधिकार
भएर
आएको
छ
उनैका
नामले
प्रान्तीय
सरकार
कायम
होस
।
...केन्द्रीय सरकार
नेपाल
(काठमाण्डौ)
मा
रही
प्रान्त
प्रान्तमा
आफ्नो
प्रान्तीय
सरकार
कायम
गर्दा
देश
जनताको
सुष
र
उन्नति
हुन
सक्छ’
(इजम
र
इजम
२०७०
ः
२६५–२६६)
भन्ने
नारा
घन्काएर
लिम्बुजाति सहित
बिभिन्न
जनजातिहरुलाई
२००७
सालको
क्रान्तिमा
होमेर
क्रान्तिको सफलता
पश्चात
दुइतिहाई
बहुमत
ल्याएर
सबैभन्दा
ठूलो
पार्टी
बनेको
ध्रुबे
हात्तीले,
मलिसा
याक्थुङबाको
'लिम्बुवानको
महाभारत'
(अप्रकाशीत
?) अनुसार,
एक
महीना मात्र
लिम्बुवान
प्रान्त
दिएर
खोसेको
भन्ने
कुरो
यर्थाथ
नै
हुनुपर्छ
।
सात
साले
मुक्तिसेनामा
काम
गरेर
वा
संगठनको
काम
गरेर
आफ्नो
ज्यानको
आहुती
दिने
र
सर्वस्वसहितको
दण्डहरु
भोग्ने
लिम्बुहरुलाई
कसले
यस्तो
तुषारापात
ग-यो
? आफ्नै
पार्टीका
केही बिरालाहरुकै
कारणले
होइन
र
?
राजा
त्रिभुवन राम्रै
नै
थिए
होलान
किनकि
मोरङ
सवारीको
भएको
समय
(बि.सं.
२००८)
मा
राणाहरुले
थिचोमिचो
गरेको
विरुद्ध लिम्बुहरुले
चढाएको
बिन्तीपत्रको
जवाफमा
उनले
लिम्बुहरुको
अधिकार
यसरी
थामी
दिएको
पाइन्छ:
–
‘स्वस्ति श्री ... आगे अरुण पूर्ब, मेची पश्चिम, भोट सिमाना दक्षिण, तराई माल सिमाना उत्तर, यति चार किल्ला भित्रका किपटियाहरुके यथोचित । उप्रान्त अगि परापूर्बदेखि तिमीहरुले खाइ आयेको किपटका लालमोहरमा लेखियाको बन्देजमा पछि बिचमा सनदहरुबाट केहि घटबढ भै बिरोध परेको र एकतंत्री हुकुमी शासनको अन्त्य भै प्रजातन्त्रको रुपमा अन्तरिम सरकार खडा गरिबक्सेको हुनाले हाम्रा थितिमा केहि हेरफेर गर्नु परेपनि किपटको पूरानो लालमोहर कायम गरिबक्सेको ... (र) ... हाम्रो बाबुबाजेले गरिबक्सेको लालमोहर बमोजिम .... इमान धर्म साथ किपट जानी भोग गर’ (इजम र इजम २०७० ः २९५) ।
तर, यो लालमोहर बमोजिम काम नहुनुमा कसको हात थियो ? पक्कैपनि केहि बिरालाहरुकै हात थियो भन्न सकिन्छ । यसको एउटा प्रमाण हो – प्रजातान्त्रिक सरकार भनाउँदाको बि.सं. २०१३ सालको शिक्षा आयोगका अध्यक्ष का सरदार रुद्र राज पाण्डेले शिक्षाको माध्यम खस नेपाली भाषा मात्र हुनुपर्छ । अरु भाषाहरुको बिकासले खस नेपाली भाषाको बिकासमा बाधा पुग्छ भनेर सिफारिस गर्नु र यो सिफारिस लागु हुनुले बिराले प्रजातन्त्र कस्तो हुँदोरहेछ भन्ने कुरो कसरी थाहा हुँदैन ? बिरालाले मुसा खेलाएको हो कि होइन ?
‘स्वस्ति श्री ... आगे अरुण पूर्ब, मेची पश्चिम, भोट सिमाना दक्षिण, तराई माल सिमाना उत्तर, यति चार किल्ला भित्रका किपटियाहरुके यथोचित । उप्रान्त अगि परापूर्बदेखि तिमीहरुले खाइ आयेको किपटका लालमोहरमा लेखियाको बन्देजमा पछि बिचमा सनदहरुबाट केहि घटबढ भै बिरोध परेको र एकतंत्री हुकुमी शासनको अन्त्य भै प्रजातन्त्रको रुपमा अन्तरिम सरकार खडा गरिबक्सेको हुनाले हाम्रा थितिमा केहि हेरफेर गर्नु परेपनि किपटको पूरानो लालमोहर कायम गरिबक्सेको ... (र) ... हाम्रो बाबुबाजेले गरिबक्सेको लालमोहर बमोजिम .... इमान धर्म साथ किपट जानी भोग गर’ (इजम र इजम २०७० ः २९५) ।
तर, यो लालमोहर बमोजिम काम नहुनुमा कसको हात थियो ? पक्कैपनि केहि बिरालाहरुकै हात थियो भन्न सकिन्छ । यसको एउटा प्रमाण हो – प्रजातान्त्रिक सरकार भनाउँदाको बि.सं. २०१३ सालको शिक्षा आयोगका अध्यक्ष का सरदार रुद्र राज पाण्डेले शिक्षाको माध्यम खस नेपाली भाषा मात्र हुनुपर्छ । अरु भाषाहरुको बिकासले खस नेपाली भाषाको बिकासमा बाधा पुग्छ भनेर सिफारिस गर्नु र यो सिफारिस लागु हुनुले बिराले प्रजातन्त्र कस्तो हुँदोरहेछ भन्ने कुरो कसरी थाहा हुँदैन ? बिरालाले मुसा खेलाएको हो कि होइन ?
बि.सं.
२०१७
साल
पुष
१
गते
राजा
महेन्द्रले
तथाकथित
सातसाले
बहुदलीय
प्रजातन्त्र
मासेर
पञ्चायती
प्रजातन्त्र
लागु
गरेपछि
‘स्वस्ति
श्री
आगे
हाम्रो
नेपाल
अधिराज्य
पल्लो
किरातका
लिम्बु’
हरुलाई
आफ्नो
पक्षमा
ल्याउन
‘तिमीहरुले
अघिदेखि
हाम्रो
सरकारप्रति
बफादार
रही
बखत
बखतमा
बहादुरी
देखाई,
सोझो
चिताइ
सेवा’
गरेकाले
पञ्चायत
ब्यब्स्थालाई
समर्थन
गर्दै
परम्परादेखि
भोगचलन
गर्दै
आएको
आफ्नो
हकअधिकार
प्रयोग
गर्नु
भन्ने
लालमोहर
जारी
गरेको
४
बर्षपछि
भूमिसुधारको
नाममा
किपट
उन्मुलन
कार्यक्रम
अघिसारेर
लिम्बुहरुलाई
सुब्बाबाट
सुबा?
(मुसो)
बनाउनु
भनेको
बिरालाले
मुसा
खेलाएको
हो
कि
होइन
? लिम्बुहरुको
पहिचान
मेटाउन
‘पल्लो
किरात’
भनिने
लिम्बुवानलाई
भूगोलको
आधारमा
पञ्चायती
प्रजातन्त्रले
मेची
अञ्चल
र
कोशी
अञ्चल
नामाकरण
गरेर
बिभाजन
गर्नु
पनि
बिरालो
खेल
हो
कि
होइन
?
बिभिन्न
जनजातिहरु
मुसा
बन्नुमा
राणा
शासनकालमा
राणाहरुलाई
दोष
दिइन्थ्यो,
पञ्चायतकालभरि
राजालाई
दोष
दिइन्थ्यो,
तर
अहिले
कसले
मुसा
बनाउन
खोज्दैछ
? पहिचान
सहितको
संघीयता
कसले
बिरोध
गर्दैछ
? एकतान्त्रिक
राणा
शासन
होस
कि,
निर्दलीय पञ्चायती
प्रजातन्त्र
होस
कि
बहुदलीय
प्रजातन्त्र
होस,
नेपालका
मुसामुसीहरुको
मुख
किन
झन
झन
सानो
हुँदैछ
? कारण
सिम्पल
छ
– केही बिरालाहरुको
कारणले,
अनि
पशुपतिको
यात्रा
देहको
ब्यापार
गर्ने
केही मुसामुसीहरुले
बिरालाको
समर्थन
गरेका
कारणले
।केही धुर्त
बिरालाहरु
र
पशुपतिको
यात्रा
देहको
ब्यापार
गर्दै
हिँड्ने
मुसामुसीहरु
हुन्जेलसम्म
मुसी–बिरालीको
खेलमा
नेपालका
मुसामुसीहरु
कहिल्यै
पनि
आफ्नो
दुलाबाट
बाहिर
निस्कन
सक्ने
जोखना
म
चाहिँ
देख्दिन
।
अन्तमा,
मैले
बोल्न
नहुने
कुरो
बोलेकै
छैन,
भन्न
नहुने
कुरो
भनेकै
छैन
ः
लिम्बु
होस
भन्छन,
मेरो
भाषा
बाँचोस
भन्छु
; तेरो
संस्कृति
छ
भन्छन,
मेरो
संस्कृति
बाँचोस
भन्छु
; नेप्टो
नाक
छ,
मेरो
पहिचान
बाँचोस
भन्छु
; एउटा
मुख
छ
बोल्न
पाउँ
भन्छु
; दुइटा
आँखा
छन
हेर्न
पाऊँ
भन्छु
; आमा
... आमा
... तिनिहरुले
जेसुकै
भनुन
म
बौलाहा
होइन
(चर्चीत
गायक
दिप
श्रेष्ठको
बि.सं.
२०३६
साल
ताका
प्रतिबन्धित
चर्चित
‘आमा’
गीतको
सार)
।
.... बाहुन
जाति भाषा
धर्म
संस्कृति
छन
बिशाल,
अग्रगामी
राष्ट्र
हाम्रो
जय
जय
नेपाल
!!!!!!!
सन्दर्भ सामग्री:
इङनाम,
भगिराज
र
शेर
बहादुर
इङनाम.
२०७०.
तेहृथुम
जिल्लामा
सुब्बांगी
प्रथा,
काठमाण्डौ
ः
नेपाल
प्रज्ञा
प्रतिष्ठान
पाण्डे,
रुद्र
राज
(अध्यक्ष).
२०१३.
नेपालमा
शिक्षा
ः
नेपाल
राष्ट्रिय
शिक्षा
आयोगको
बिवरण,
काठमाण्डौ
ः
कलेज
अफ
एजुकेशन