[Today posted is quite an alarming note shared from Bharat Dahal's Facebook wall on Nepal's water resources and India's proposed inter-basin water transfer links project. The author stands something of a bold nationalist and wrathfully critical of today's Nepalese leaders whom he calls 'Bhatmara Deshdrohis' (भातमारा देशद्रोहीहरु) - literally 'slavish traitors' and further accuses them of 'selling the country for mere some pelf and position'. Ringing an alarm bell he writes, Nepalese Terai and some other mountainous regions will transform into a 'huge water reservoir' in the future to supply water to India. Therefore, he calls forth every concerned Nepalese to resist such a devastating project. - Editor]
कुर्सि र पैसाका
लागि देश बेच्ने अपराधीहरुको राष्ट्रघाती तस्विर
“भारतको नदी जडान योजनाले ठूलो जलाशय बन्दैछ नेपालको तराइ र पहाडी भूभाग । देश खाने यस्ता अपराधिहरुबाट देश निर्माणको आशा गर्नु मुर्ख्याई पराकाष्ठा हो ।”
लेखक
भरत दहाल
चित्र नं. १ |
भारतमा पानीको ठूलो समस्या छ । यसको पूर्ति गर्ने कुनै पनि श्रोत भारतमा छैन । उर्जाका विभिन्न विकल्पहरु बनेका छन् । तर पानीको कुनै विकल्प छैन । त्यसैले विष्लेशकहरुले अबको विश्वयुद्ध पानीका लागि हुने भविष्यवाणी गर्दै आएका छन् । यो वास्तविकतालाई बुझेर नै भारतले नेपालका सबै जलश्रोतहरु हडप्न थालेको छ । बिजुली उत्पादन गर्ने भनेर गरिएका संझैाताहरु पनि वास्तवमा पानी लैजानकालागि मात्र गरिएका छन् । यसको एउटा उदाहरण महाकाली सन्धी हो । भातमारा देशद्रोहीहरुले सवा अर्ब रुपैयाँ मासिक आम्दानी हुने भनेर
प्रचार गरिएको महाकालीको आजसम्म डीपीआर बनेको छैन । जबकि डीपीआर नबनिकन सन्धीमा हस्ताक्षर नै हुँदैन । यस्तो गर्नुको कारण पानी हडपेर राख्ने भारतको खेल हो ।
योजनाको
थालनी :
त्यसैले भारतले आफ्नो सिंचाई, खानेपानी र बिजुलीको ठूलो समस्यालाई समाधान गर्न भनेर सन् १९८२ मा ‘राष्ट्रिय जल विकास एजेन्सी’ गठन गर्यो । सन् २००० मा उक्त योजना पारित भयो र सन् २०१६ सम्म काम पूरा गर्नेगरि त्यसले सन् २००२ बाट नदी
जडान
योजनाको काम सुरु गर्यो ।
लक्ष्य
:
भारतका सुख्खाग्रस्त क्षेत्र हरियाणा, राजस्थान, गुजरात, उत्तराञ्चल, उत्तरप्रदेश, बिहार, आसाम, उडिसा, आन्ध्रप्रदेश, कर्णाटक र तामिलनाडुको १६ करोड हेक्टर भूमीमा सिंचाई गर्ने र ३४ हजार मेगावाट बिजुलि उतपादन गर्ने ।
योजना
:
भारतीय भूमीमा उत्पत्ति भएका बाहेक हिमालय र त्यो भन्दा उत्तरबाट उत्पत्ति भएका नेपालका नदीहरुबाट २२४ क्युबिक किलोमिटर पानी (२२४ क्युबिक किलोमिटर पानी भनेको २२४ किलोमिटर लम्बाई, चौडाई र गहिराई बराबरको क्षेत्रमा जम्मा हुने पानीको मात्रा हो) र नेपालका सिमावर्ती क्षेत्रहरुबाट १३८।५ क्युबिक किलोमिटर पानी लैजाने ।
नेपाल
योजना :
चित्र नं. २ |
यसैगरि बैतडीको पञ्चेश्वर र डडेलधुराको पूर्णागिरी बाँध बनाउने तयारीमा छ भने टनकपुर, शारदा, गण्डक र कोशी बाँध पहिल्यै बनिसकेका छन् । यस्ता बाँधहरु अग्ला पहाडी भूभागका साँघुरा घाटीहरुमा बनाउँदा खर्च कम लाग्ने र भारतीय भूमीको डुबान पनि नहुने भएकोले त्यसले सबै प्रकारका ‘ड्यामहरु’ नेपालमा बनाउँदै छ । नमूनाका रुपमा हेर्नुहोस् चित्र नं. २
३) महाकाली र कर्णाली नदीलाई भारतको यमुना नदीसंग र गण्डकी, कोशी तथा कोशी–मेची लिंकलाई गंगा नदीसंग जोड्ने । हेर्नुहोस् चित्र नं. ३
चित्र नं. ३ |
नेपालले
बहोर्ने समस्या
:
डुबान, कटान, बस्ति विस्थापन, मृत्यू, संझौताहरुबाट आफ्नै पानीमाथि नेपालको हक गुम्नु, पानी जम्मागर्दा भारतले बनाईरहेका पानीका बाटाहरुका कारण नदीहरुबाट पहिलेका सिमानाहरुमा परिवर्तन । यी सबै समस्या नेपालले बेहोर्दै आएको छ । यस बाहेक यस्ता आयोजनाहरुले नेपालले आफूले निर्माण गर्न थालेका परियोजनाहरु तुहिएका छन् । बाँके जिल्लामा सिंचाईका लागि निर्माणको अन्तिम चरणमा पुगेको “सिक्टा” आयोजना र दाङदेउखुरी जिल्लाको सिंचाईका लागि बन्न थालेको "राप्ति बहुउद्देश्यीय परियोजना", जसलाई प्रचण्डले "नौमुरे" संझौता मार्फत् तुहाएका थिए, यस्ता केही उदाहरणहरु हुन् ।
देशद्रोही
भारतीय
दलालहरुले गर्दै आएका यस्ता जघन्य अपराधहरुबारे जनतालाई कुनै जानकारी दिनु त कता हो कता यिनीहरुले यो षडयन्त्रलाई नेपालको विकासका रुपमा प्रचार गर्दै आएका छन् । तथ्यांकहरु सहित देशघातीहरुको अपराधबारे प्रत्येक नेपालीलाई सुसूचित गर्ने अभियानमा आजैबाट लागिपरौं । देशका लागि प्रतिरोधको संकल्प गरौं ।