November 23, 2013

UNDER PERFORMANCE PUSHES NEPALI MAOISTS TO THE EDGE

[Below posted today are two Facebook posts on Nepal's November 19, the second time Constituent Assembly, CA Elections - II.  The Maoists badly lost the election. The oldest party in the country, Nepali Congress Party[NC] and Nepal Communist Party or UML- [United Marxist-Leninist] have performed very well or much better than what they might have expected, if there were no 'vote fraud' and 'grand design' as blamed so far by the losing parties. The loser, Nepal Communist Party [Unified Maoists] that fought the so called people's war from 1996 to 2006 and which took nearly 17,000 lives in the country is now trailing behind. The other, Madheshi Janadhikar Forum or MJF, a 'Terain Party' which, some people think, one of the Maoists' virtual offshoots, now splintered into many, had also 'sizable presence' in 2008, also lags far behind. Having lost the Kathmandu seat, the Maoist Chief Prachanda told the media that there had been vote fraud and  for that matter his party would not participate in the assembly to write a constitution. Now since, he has won a seat from Siraha, a Terai district, seems changing his mind. What independent observers from Nepal tell is that elections have never been so very 'fair and impartial' in the country. This time also can't be an exception but they also add  the Maoists lost not because vote 'fraud only' if there were any but because how they did fare after winning the 2008 elections. Under performance pushed them to the edge. - Editor ]


चुनावमा हुने धाँधली ग्रान्ड डिजाइनको बारेमा महरालाई पूर्व  जानकारी थियो
[यसपालिको चुनावमा  छिटपुट धाँधली भयो नै होला जसको उदाहरण गोरखा सिराह मा एमाओबादीका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको उजुरी मतगणना पूर्व नै गरिएको थियो | त्यस्तै कुनै ठाउँमा कांग्रेस एमालेले पनि त्यस्तै गरेको आरोप लाग्यो | तर, देशभरि नै धाँधली भएको ग्रान्ड डिजाइन नै भएकोमा भने मलाइ शंकै लाग्छ | किनभने यसपालि एमाओबादीलाइ जनताले मत नदिनुमा तलका मुख्य कारणहरु  हुन सक्छन: ]

गएको मंग्शीर ४ गतेको  दोस्रो संबिधान सभाको  निर्वाचन हुनु भन्दापहिले माओवादी प्रवक्ता कृष्ण बहादुर  महराले पूर्व-पश्चिम दौडाह अर्थात् भ्रमण सकिवरिकन चुनावमा पार्टीको बस्तुस्थितिको सर्वेक्षण गरेर एमाओबादीले ३५ भन्दा बढी सिट नल्याउने प्रतिबेदन आफ्नो पार्टी हेड क्वार्टरलाइ जानकारी गराएका थिए | उनले अनुमान गरेको हाराहारीमा नै एमाओबादीले पनि सिट ल्याएकोले चुनावमा भएको धाँधली र ग्राण्ड डिजाइनको बारेमा उनलाई पहिल्यै थाहा थियो !!! 

तर प्रचण्ड पो त्यस्ता त, धाँधली र ग्रान्ड डिजाइनको बारेमा महराले दिएको जानकारीलाई टेरपुच्छर नलगाई दम्भले मात्तिएर बहुमत नै ल्याउने घमण्डका साथ चुनावको प्रतिस्पर्धामा होमिए | चुनाव सकिनासाथ चुनाव निष्पक्ष र बडो सफलताको साथ सम्पन्न भएको पनि घोषणा गरे | तर, जव चुनावको मतगणना शुरु भएदेखि नै देशभरिबाट चुनावको नतिजा नेकपा एमाओबादीको अनुकुलमा नआउने लक्षणहरु देखिन थाले; त्यसपछि उनले एकाएक चुनावमा धाँधली भएको र ठूलो 'ग्रान्ड डिजाइन' भएको भनेर मतगणना प्रक्रिया नै बहिस्कार गरेर खेल सकिन पूर्व नै मैदानबाट बाहिरिए  | खेलमा जित्छु भनेर भाग लिएर खेलको नतिजा आफु अनुकुल नहुने भएपछि बिचमै खेलमा धाँधली भयो भनेर बाहिरिने यस्तो रणनीति सायद प्रचण्डपथ भने जस्तै 'प्रचण्ड नीति' होला भनेर भन्न सकिन्छ |

यसपालिको चुनावमा  छिटपुट धाँधली त भयो नै होला जसको उदाहरण गोरखा र सिराह ५ मा एमाओबादीका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको उजुरी मतगणना पूर्व नै गरिएको थियो | त्यस्तै कुनै ठाउँमा कांग्रेस र एमालेले पनि त्यस्तै गरेको आरोप लाग्यो | तर, देशभरि नै धाँधली भएको र ग्रान्ड डिजाइन नै भएकोमा भने मलाइ शंकै लाग्छ | किनभने यसपालि एमाओबादीलाइ जनताले मत नदिनुमा तलका मुख्य कारणहरु  हुन सक्छन:  

१) मानिसले ७ पुस्तामा नकमाउने अकुत सम्पति ५ बर्षमा नै कमाइ दिनु,

२) साइकल चड्ने हैसियत नभएका कामरेडहरु ५ बर्ष मै पजेरो, हेलिकप्टर चड्ने हुनु,

३) पहाडको डाँडोमा कटेरा नहुनेहरुले काठमाडौँ र अन्य ठुला शहरमा महल ठडाउन सफल हुनु,

४) आफुले जनतालाई दिएको बचन पुरा नगरेर बढी सुबिधाभोगी बन्नु,

५) पार्टी बिस्तारको लागि खाते पाते, चोर गुण्डा जो सुकैलाई पनि पार्टीमा प्रवेश दिई वाई सी एल बनाउनु र पार्टीको छबि बिगार्नु,

६) धम्कि, जोर जबर्जस्ति जस्ता लागेको पुरानो बानीलाई सुधारी नम्र भई जनता सामु लोकप्रिय हुन नसक्नु |

यी माथिका कुरा जनताको नजरबाट लुकेछिपेको कुरा होइन | त्यसैले यसपालि जनताले एमाओबादीलाई साथ् नदिएका नै हुन् | होइन भने महराले किन पार्टीले ३५ भन्दा बढी सिट नजित्ने भनेर चुनाव पूर्व  नै भनेका थिए ? परिणाम आफ्नो अनुकुल नभए पछि धाँधली र ग्रान्ड डिजाइनको कुरा गर्नु त्यति राम्रो होइन | यो कुरा सायद कतिलाई नपच्ला तर, भएको यस्तै हो |

***

[कपनमा जनसेनाहरुले नै गगन थापाको घोषणापत्र बोकेर हिडे नलाई जिताउन भनेर । किन यस्तो गर्नु भएको तपाइ जनसेना होइन र ? भन्दा तपाइ त्यसको कुरा छोड्नुस, उसले हामीलाई क्याम्पमा राख्दा हाम्रो कति पैसा खाएको छ, कति पैसा भ्रष्टाचार भएको छ  हामीले पाउनु पर्ने पैसा पनि दिइएन । यसलाइ त किन पो जित्न दिउला र ?]

१) भक्तपुरमा माओवादीले गाविसमा आएको १५ – २० लाख कसैलाई सुइको पनि नदिएर खाएछन । राम्रोसँग पानी नआएर पानी कसरी ल्याउने भन्दा त्यहाँका लोकललाई ५ हजार रे, हामी बाहिरकालाई २० हजार माग्यो त्यसैले यो पटक त एमाओवादीमा झुकाव हुँदाहुँदै पनि काँग्रेसलाई भोट हालियो । 

२) हिसीलालाई भोट हालियो,  उनी फर्केर यहाँ आइनन् । यो बाटो हेर्नुस कस्तो छ, कति गार्हो छ, बाटो बनाउने कोशिष गरिनन् । पानीको त्यस्तै दुःख छ, पानीको सुविधा दिने कोशिष गरिनन् । त्यसैले उनकोलागि भोट माग्दै हिँडे तर, हेटौडा गएर एमालेलाई जिताएर आए । केहि नगरेपछि कसले भोट दिन्छ र ? सबै माइतीलाई मात्र गरिन ।

३) प्रचण्डले काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १० बाट जितेर पनि एकपटक त्यहाँका जनतासँग भेटेनन् । जनताका उनी हुन सकेनन् । जनताले त उसलाई सधै खोजेको हुन्छ की हामीले जिताएको प्रतिनिधि हो भनेर । तर, उनलाई त्यहाँको जनताको कुरा सुन्ने त परै जावोस फोन समेत सुन्ने फुर्सद भएन । 

४) एमाओवादी नेताहरु पजेरो चढेर गाउँ पुग्छन त्यहाँ पुगेर कार्यकर्ता समेत नभेटेर त्यतिकै फर्कन्छन भने जनताको त कुरै छौडौं । 

५) कपनमा जनसेनाहरुले नै गगन थापाको घोषणापत्र बोकेर हिडे उनलाई जिताउन भनेर । किन यस्तो गर्नु भएको तपाइ जनसेना होइन र ? भन्दा तपाइ त्यसको कुरा छोड्नुस, उसले हामीलाई क्याम्पमा राख्दा हाम्रो कति पैसा खाएको छ, कति पैसा भ्रष्टाचार भएको छ  हामीले पाउनु पर्ने पैसा पनि दिइएन । यसलाइ त किन पो जित्न दिउला र ?

६) खिलराज रेग्मी इतिहासकै कलंक हो भनेर आर्टिकल लेख्छु । न्यायाधिश भएर पनि उसले न्याय गर्न सकेन बैद्य जस्तो ठूलो क्रान्तिकारी शक्तिलाई बाहिर राखेर सेनाको आड लिएर चुनाब गरायो । उसले सबैपक्षलाई मिलाएर चैतमा चुनाव गराएको भए त्यसको विश्वभर कति चर्चा हुन्थ्यो । 

७) एकपटक त जिताएकै हो नी माओवादीलाई, के ग-यो त त्यसले ? जावो एकबर्ष पनि सरकार चलाउन सकेन । त्यसैले यो पटकको भोट त सुर्य र रुखलाई नै हालिन्छ ।

८) १० बर्षे जनयुद्धमा हतियार चलाएर जितेर आएको भन्ने जनतामा भ्रम छ, २०६४ मा त नयाँ शक्ति कस्तो रहेछ भनेर हेर्यो जनताले । माओवादीले नसोचेको मत परिणाम आयो र ठूलो शक्ति बन्यो । तर, जनताले ठूलो शक्ति बनाए पनि उसको ब्यबहार र साच्चै सर्वहारावर्गको हितको निम्ति  आएको पार्टी हो भनेर सोचेका थिए । तर, माओवादीको घमण्ड र हामी भन्दा राम्रो अर्को कोही छैन भनेर जनताको वीचमा जान नचाहनु नै माओवादीको हारको प्रमुख कारण  हो । तर, हतास हुनु पर्दैन । अन्य पार्टी झै एमाओवादी जनताको वीचमा यति छिटो स्थापित हुन सक्तैन एकपटक चिठ्ठा परयो । अबका दिनमा व्यवहारमै आफुलाई असल देखाएमा एमाओवादी जस्तो ठूलो शक्ति भोलि पनि अर्को हुँदैन

९) एमाओवादीलाई भोट हाल्न हुन्न, माओवादीले भूमिसुधार लागु गर्यो  भने हाम्रो सम्पत्ति  सबै खोस्छन । त्यसैले अहिले काँग्रेसलाई र समानुपातिकमा गाईलाई हाल्ने हो । गाईले हिन्दुधर्मको रक्षा गर्छ ।