[Below is a post today on the Tamangs of Nepal. The author, who is a Tamang himself writes, Tamangs are indigenous to Nepal and their history of profound significance has remained untold, unwritten or distorted by both Nepali and alien writers. The Tamangs are one of the major ethnic groups of Nepal. The Tamangs form 5.5 % of the total population of Nepal. (Khas & Madhesi-Chhetri 15.5 %, Khas & Madhesis-Brahman 12.5 %, Magar 7.0% Tharu 6.6 and Tamang 5.5 %. Nepal Population Census Report -2001). The author likes to fashion himself as a Mongol but the word 'Mongol' itself was designated only in the 8th century. He also appears to be negating indigenous people's movement worldwide. Instead he writes : 'Moolvasi मूलवासी' , a term used by the indigenous peoples' activists in India. "The Índian government rejects the very term ‘indigenous peoples’, insisting that all Indians are indigenous, and is particularly hostile to any reference to the rights of indigenous people to autonomy, self-governance or self-determination. This is despite the fact that India’s own laws provide for varying degrees of such protection - in some cases, far reaching - to certain communities." Writing another name for the disadvantaged peoples of Nepal as Moolvasi मूलवासी is incorrect. The term 'Moolvasi or मूलवासी' does not offer correct 'meaning'of indigenous peoples of Nepal. - The Blogger]
किन लेखिएन तामाङसालिङ र तामाङ समुदायको इतिहास ?
लेखक कृष्ण बहादुर तामाङ
तामांग जाति एउटा आफ्नै विशिष्ट मौलिक पहिचान र इतिहास भएको जाति हो । यो जाति नेपालको एक आदिवासी पनि हो ।
हामीले लेखमा कहिल्यै पनि बाहुनबादी शासकसंग नझुक्ने तामाङ समुदायको ईतिहास कोर्ने जमर्को गरेका छौ र हामी यसरि नै सबै मूलबासी मंगोल समुदायको ईतिहास लेख्दै जाने छौ । किनकी यती खेर मंगोल डेमोक्रेटिक पार्टीका हजारौ कार्यकर्ताहरु राष्ट्रीय मुक्ती आन्दोलनमा सहभागी भई सकेकाछन । हामी सम्पूर्ण मूलबासी मंगोल समुदायलाई यस निर्णयक र अन्तिम बिद्रोहमा सहभागी भईदिनुहुन हार्दिक अपिल गर्दछौ ।
यो तामाङ समुदाय नेपालको एक आदिवासी समुदाय पनि हो । यस लेखमा हामी निम्न वुदा हरुमा छलफल गर्ने छौ ।
१) वसोवास, २) इतिहास, ३) कथन, ४) तामाङसालीङ क्षेत्रको ऐतिहासिक पृष्ठभूमि ५) लोक बाजाहरू
तामाङ समुदायको वसोवास
तामाङ समुदायको बसोबास नेपालको पचहत्रै जिल्लाहरुमा पाइन्छ । मध्यमाञ्चल विकास क्षेत्रको काठमाडौं, भक्तपूर, ललितपूर, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, चितवन, मकवानपूर र सिन्धूलीमा भने तामाङहरु वहुसंख्यक रुपमा आवाद रहेको छ । नेपाल बाहिर भारत, मंगोलिया, चीन र तिब्बतमा समेत तामाङहरु बसोवास गर्दछन् । अखिल भारत तामाङ बौद्ध संघको २०५९ सालको प्रतिवेदन अनुसार भारतमा मात्रै तामाङहरुको जनसंख्या १४ लाख छ भनि प्रस्तुत गरिएकोछ ।
तामाङ समुदायको इतिहास
तामाङ इतिहासः रचना गरिएका इतिहासहरूले तामाङ समुदायलाई यहीकाल खण्डमा, यही देश र प्रदेशबाट वर्तामान तामाङहरूको आदिम थलो रहेको भूभागहरूसम्म आएको किटानि गरेर कसैले भन्न सकेको वा प्रमाणीत गर्न सकेको छैन । तामाङहरू आफुलाई नेपालको भूमीपुत्र आदिवासी समुदाय भनेर गर्ब गर्दछन् । यस्तो नेपालकै एक आदिम पुरानो तामाङ समुदायको इतिहासलाई नेपालका शासकहरूले उल्लेख तथा महत्व दिएको पाइदैन ।
तामाङ समुदाय, तामाङ राज्य वा अधिराज्य र राजाहरूको वारेमा नेपालको प्राचिन, पुर्ब लिच्छविकाल, उत्तर लिच्छवि काल, मध्य तथा आधुनिक नेपालको इतिहासमा उल्लेख गरेको छैन । नेपालका शासक जातिहरूले तामाङ समुदायलाई राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षीक, भाषिक आदिमा मात्र नभएर इतिहासमा नै तहसनहस, शोषण, दमन र उत्पीडन गरी आएकाछन् , जो वर्तमानसम्म निरन्तर चलिरहेकैछ ।
तामाङ समुदायलाई सामन्ती राज्य सत्ताका सत्ताधारि बिदेशी बाहुन जातिका इतीहासकार, मानवशास्त्री समाजशास्त्री तथा भाषा शास्त्रीहरूले लेखेको रचना इतिहासमा ठग्नु ठगेको छ ।
तामाङ समुदायलाई मात्र होइन सिङ्गो मुलुकको मूलबासी समुदायको पहिचान र अस्तित्वलाई नमेट गरी बाहुन छेत्री साशक तथा अहंकारवादलाई बढाइ चढाइ गरेर कथित इतिहास लेखेका छन् ।
त्यो सत्ताधारी र सेन तथा विष्ट राजालाइ, गोर्खामा मगरका राजालाइ, दोलखा र काठमाडौमा नेवारका राजालाइ, पुर्बमा राइ र लिम्बुका राजालाई हराएको इतीहास लेखेको छ । तर ती समुदायहरूकोभन्दा बढि जनसंख्या भएको काठमाडौ उपत्यकाको तत्कालिन मल्ल रज्य याम्बु (काठमाडौ), हेराङ (पाटन) र खोपाङ (भत्तपुर)को वरिपरि कैयैं किपट र कविलाहरूमा रहेका स्वतन्त्र राज्यहरुको उदय हुनुपूर्ब नै वाइबा, रूम्बा, बल, ग्हीसीङ आदि थरका तामाङ राजाहरू र राज्य अस्तित्वमा थिए । तामाङ राज्य र राजाहरूको बारेमा तामाङहरू मौखीक रूपमा अझै भनिरहेका छन्, यो-यो ठाउँमा फलानो राजा थियो ।
ती राजाका दरवारका अस्तित्वहरू र भग्नावशेषहरू विभिन्न तामाङ किपटहरूमा छरिएर रहेको भेटिन्छ । ताम्बा अर्थात मैखिक इतिहास परम्पराबाट पछिल्लो चरणमा तामाङ लिपिमा लामा बैद्ध धर्मा लिपिबद्ध तामयीग लिपिमा भएका दोङराप, पराप, केराप आदि वंशावलिहरू, उत्पत्तिका नाम थरहरू, हाम्रा, जीक्तेन तामछ्योअ, रूअीछेन च्योप्गे, कुक्पाखा छ्याअी, तामाङ च्युनीला ठङुसा थेन वब्सा आदि हस्त लिखित पुस्तकहरू पाइएको छ । ता पनि तामाङ समुदायको बारेमा लेखेको भन्दा कयैं गुणा बढि सूचनाहरू मौखिक परम्परामै संरक्षित रहेको पाइन्छ । यही परम्पराको माध्यमबाट तामाङहरूले एक पुस्ताबाट अर्को पुस्ता सार्दै आजसम्म जे जस्तो अवस्थामा भएपनि तामाङको इतिहासलाई बचाएर ल्याएका छन् । मैजुदा मौखिक र भग्नावशेषको रूपमा पाइएका प्रमाण तथा तथ्यहरूको वैज्ञानिक अनुसन्धान, अध्यायन, उत्खनन, बिश्लेण, लेखन जस्ता कार्यहरू आर्थिक एवं प्राबिधिक रूपले पनि वर्तामान दरिद्रावस्थाका तामाङ समाजको क्षमता र वशमा छैन भने हिन्दु सामन्ती राज्यसत्तालाई त्यसको कुनै चासो र मतलब छैन ।
जसले गर्दा आज तामाङ समुदायको सामाजिक इतिहासका हाम्रा महत्वपुर्ण भैतिक सम्पदा , निधिहरू तथा मैखिक सम्पदाहरू दिनानु-दिन, आजभन्दा, भोलि भन्दा, पर्सी हुदै अवशेषहरूको पनि अवशेषको रूपमा सधै भग्नावशेष्मै रहन बाध्य छन् । तापनि आज हाम्रो सामु विभिन्न देशका थुप्रै अन्वेषकहरू, समाजसशास्त्री, भाषाशास्त्री, मानवशास्त्री, प्रागैतिहासिक एवं पाषाण पुरातत्व विज्ञहरूले अध्ययन, अनुसन्धान, उत्खनन् गरेर पत्ता लगाएका तथ्यहरु, शोधपत्रहरू विदेशी भाषाहरूमा बग्रेल्ति रहेका छन् ।
अब ती विदेशी भाषाहरूमा भएका तामाङ समुदायका वारेमा लेखिएका, रचिएका अभिलेखहरू संगालेर या संग्रह गरेर आफ्नो भाषामा, पुण: अध्यायन तथा विश्लेषण गरी भावि तामाङ सन्तानहरूलाई पुर्खाको इतिहास पुण: लेखन गरी नयाँ इतिहासको सृजना गरेर भएपनि सन्तोष लिनुपर्ने छ । त्यो नयाँ इतिहास लेख्ने दायित्व आज तामाङ समुदायको सङ्घ तथा नवसन्ततिहरूको थाप्लोमा आइपरेको छ । तामाङ इतिहाससंग सम्बन्धित तामाङहरूको इतिहासका मैखिक अवशेषहरूलाई आफुले सुने, देखेको र स्वदेशी तथा विदेशी अन्वेषकहरूको विभिन्न पत्रपत्रिकामा लेखादि तथा पुस्तकादिमा विभिन्न रूपमा प्राप्त सूचनाहरूको आधारमा तामाङ समुदायको उत्पत्ति, उद्गम् इतिहास र मौखिक रूपमा रहेको तामाङ अधिराज्य र राजाहरूका इतिहासलाई समेटिएको छ ।
नेपालका विभिन्न कालका तामाङहरूको सानातिना घटनाक्रमहरुलाई तथा रीमठीम, आर्थिक लगायत अन्य पक्षहरूलाई छाडेर यहाँ खासगरी उत्पत्तिबारे संक्षिप्तमा र तामाङ राजा र राज्यको मैखिक रूपमा संरक्षित रहेको सारहरूलाइ संगालेर प्रस्तुत गरीएको छ । तामाङ समुदायका राज्य अनि राजाहरूको इतिहास खोज्न तथा बुझ्न पर्दा वारम्बार दोहोरिने र सुनिने तामाङ भाषाका शब्दहरू परिभाषा तथा तामाङ भाषामा खूल्ने आउने कथा विस्तार प्रस्तुत गरिएकोछ । तामाङ समुदाय नेपालको ६० भन्दा बढि मूलबासीहरूमध्ये एक महत्वपुर्ण समुदाय हो । तामाङ भाषा बोल्नेहरूलाई तामाङ भनेर चिनिन्छ । नेपालमा डम्फु, टुङना, मुर्चुङ्गा र सेलो भन्नाले तामाङ समुदायलाई बुझाउछ । अनि यो समुदायको चिनारीको रूपमा आफ्नै घरबुना सुतीको स्यामा लुंगी जस्तो फरिया, ग्या, गाबरको, ग्या तोकरोक, उनी राडी, पाखी स्योल्दो सुकाअी लुकुनी, पेङ्का अल्लोको घरबुना लुगा अनि लोक्ताबाट हाते कागज बनाउने, जंगली निगालोबाट नाङ्लो, डोको, थुन्से, नाम्लो बुन्ने, थाङ्का चित्रकला, मकुण्डो खोप्ने मास्क, आदि मौलिक पेशाहरू रहेको छ । तामाङ शब्दको अर्थबारे विभिन्न ब्यक्तीहरूले आ-आफ्नै मनगढन्ते कुराहरू आएको हुदा यहाँ तामाङ शब्दको अर्थ , प्रयोग, ऐतिहासिकता र व्यापकता आदि वारे निम्न अनुसार चर्चा गरिएको छ ।
तामाङ शब्दको इतिहास र प्रयोग
तामाङ शब्द मुख्यतय नेपालको राजधानि वरिपरि घेरिएर घना बस्ती भएको नेपालमा प्रथम आबाद गर्ने मंगोल मूलको मानव समुदायलाई बुभाउन प्रयोग भइ आएको छ । तामाङहरूले आफ्नो समुदायमा आफ्नो परिचय तामाङ भनेरै चिनाएको पाइन्छ । त्यसोत तामाङ शब्दको प्रयोग कहिलेदेखि भएको रहेछ हेरौं । विदेशी विद्धान म्याक्डोल्डका अनुसार हालको मुस्ताङ जिल्लाको गुन्थाङ जो पुराङ राज्यको एक भाग थियो । त्यहाँका राजा बुम देंगोन जसले सन् १२५३ देखि १२८० सम्म राज्य गरेको थिए । उनको वंशावलीमा तल्लो मुस्ताङमा रहेका 'शे मोन शेरिब अधिराज्य'का तामाङहरुलाई दबाउन मूक्तिनाथमा किल्ला बनाउन लगाएको बृतान्त उल्लेखित छ । सो वृतान्तले तामाङ शब्दलाई जातिवाचक शब्दको रूपमा प्रयोग भएको तथ्यले तामाङ भन्नुमा गर्ब गर्ने तामाङहरूलाई दबाउन मूक्तिनाथमा किल्ला बनाउन लगाएको वृतान्त उल्लेखित छ। सो वृतान्तले तामाङ शब्दलाई जातिवाचक शब्दको रूपमा प्रयोग भएको तथ्य उजागर गरेका छन ।
उपर्युक्त करण अनुसार निम्न कुरा (तथ्य)को पुस्टी हुन्छ
प्राग ऐतिहासिककाल देखि नै तामाङहरु काठमाडौँ उपत्यकामा आवद भईसकेको कुरा बिभिन्न पुरातत्वविद्हरु ले अफ्नो अध्ययन र अनुसन्धानमा उल्लेख गरेका छन । तत्कालिन नेपाल सरकार र सोभियत रुस सरकार बीच २०३४ मा भएको साँस्कृतिक सम्झौता अन्तर्गत लेलिनग्राद विश्वविबिद्धालय, पुरात्व संस्थाका प्राग ऐतिहासिक पुरातत्वविद डा. एनातोली याकोब्लेभ भेटेन्को र नेपाल पुरातत्त्व विभागको संयुक्त अध्ययनको क्रममा बुढानिलकण्ठको दक्षिण पूर्वतिर बानियाँ गाँउ र पण्डित गाँउका बीचमा रहेको धोबीखोलाको किनारामा पाषण युगका ढुङ्गाका हतियारहरु फेला पारेका थिए, जुन हतियारहरु ३० हजार वर्ष पुरानो भएको दावी छ । प्राप्त ढुङ्गाका हतियारहरुमध्ये एक गोवी नमुनाका धार भएको र उक्त ढुंगे हत्तियार मंगोलियाको गोबी भन्ने ठाउँबाट चीन, तिब्बत र हिमालय भएर नेपालको काठमाडौँसम्म लिएर आउने र प्रयोग गर्ने तामाङहरु नै हुन् भन्ने प्रसंगले पनि तामाङहरु ३० हजार वर्षपहिले देखि नै काठमाडौँमा वरपर बसोवास गर्ने गरेका थिए भन्ने अनुमानलाई पुष्टि गर्दछ।
तामाङ समुदायको कथन
तामाङ समुदाय मंगोल वंशका हुनाले महामञ्जुश्रीले काठमाडौँमा वस्ती बसालेको तथ्यलाई तुलनात्मक दृष्टीकोणबाट विश्लेषण गर्दा तामाङ समुदाय काठमाडौँ बसोवास गर्ने पहिलो समुदाय हो भन्ने कुराको पुष्टी हुन्छ ।
तिब्बती राजा श्रङचङ गम्पोले सन् ६४० मा दक्षिणतिर आक्रमण गरी नेपालको उत्तरी भागहरुमाथि कब्जा जमाउन थालेपछि तत्कालिन् नेपालका राजा अंशुवर्माले बुद्धिमत्तापूर्वक आफ्नी छोरी भृकुटीको तिब्बती राजा श्रङचङ गम्पोसँग विवाह गरि नेपाल तिब्बत बीच मित्रताको हात बढाएपछि दुई देश बीच दौत्य सम्बन्ध कायम गरेका थिए ।
तत्पश्चात् राजा श्रङचङ गम्पो राजकुमारी भृकुटीलाई लिएर तिब्बत फर्केका थिए । उनीसँग आएका घोडाचढी सेना हरुमध्ये केही राजासँगै फर्के भने धेरै संख्यामा घोडाचढी सेनाहरु नेपालमै बसेका थिए । घोडाचढी सेनाहरुलाई तामाग भनिन्थ्यो । त्यही तामाग नै कालन्तरमा तामाङ भयो भनेर भनिन्छ, जुन कुरा गलत छ किनकी नेपालका लिच्छबी राजाहरु पनि तामाङ समुदायकै हुन ।
त्यसैगरि अंशुवर्माको शासनकालको अन्ततिर राजगद्दीको उत्तराधिकारी उदयदेवलाई धपाई भिमार्जुन देव र विष्णु गुप्तले शासन चलाएका थिए । धपाईएका उदयदेव तिब्बतमा शरण लिन पुगे जसलाई राजा श्रङचङ गम्पोले स-सम्मान शरण दिए । स-परिवार शरण लिन पुगेका उदयदेवको मृत्यु तिब्बतमै भयो । उन्का छोरा नरेन्द्र देवले सन् ७०० तिर भोटका घोडचढी सेनाहरु लिएर नेपाल आई आफ्नो पैतृक सिंहसन पुन प्राप्त गरे । नरेन्द्रदेवको सहायतार्थ आएका घोडाचढी सेनाहरुलाई विशाल हिमाल श्रृंखलाको कारण फर्केर जान कठिन लाग्नुका साथै नेपालको हावापानी, उर्वराभूमि प्राकृतिक सौन्दर्य र यहाँका बासिन्दा तामाङहरुलाई मन परेर नेपालमै बस्न थाले ।
केन्द्रीय तामाङ गणराज्यको अवशेष बाह्र गोरस्याङ सेमजोङ ग्याल्साका वाइबा ग्ले, बाह्र लाच्याङ ककानी ग्याल्साका रुम्बा ग्ले, बाह्र तेमाल तेमाल ग्याल्साका दोङ ग्ले।
ऐतिहासिक पृष्ठभूमि र तामाङसालीङ क्षेत्र
तामाङ समुदाय बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालको सरकारले सूचिकृत गरेको ५९ समुदायहरू मध्ये ठूलो जनसंख्या भएको समुदाय हो। तामाङ समुदाय नेपालको सबै भन्दा पुरानो समुदाय मध्ये एक हो । मुख्यतय नेपालमा तामाङ भाषा बोल्ने र बौद्ध धर्म मान्ने समुदायलाई तामाङ भनेर चिनिन्छ। नेपालमा डम्फु, टुङ्ना, मुर्चुङ्गा, विनायो र सेलो (स्यालु) भन्नाले तामाङ समुदायलाई बुझाउँछ। अनि आफ्नै घर बुना स्यामा (लुँगी जस्तो फरिया), ग्या(गातो), गाय्.-बरको, ग्याय्.-तोकोरोक, उनी राडी, पाखी स्योल्दो, सुर्काअी (लुकुनी), फेङ्गा (अल्लोको घरबुना गातो लुगा), अनि लोक्ताबाट हाते कागज बनाउने सीप, जङ्गली निगालोबाट नाङ्लो, डोको, थुन्से, नाम्लो बुन्ने, थाङ्का (चित्रकला), मकुन्डो खोप्ने (मास्क), आदि मौलिक पेसाहरू हाम्रो तामाङ राष्ट्रीयताको चिनारी हो। नेपालमा बसोबासको हिसाबले हामी तामाङहरू गणेश हिमाल, लाङटाङ हिमालको उपत्यकाहरू देखि सम्पूर्ण पहाडी क्षेत्रमा फैलिएको हुँदा हिमाली तथा पहाडी भुगोलमा वसोवास गर्ने मुख्य र महत्वपूर्ण समुदाय हौं।
तामाङ शब्द निर्माण बारे विभिन्न मतहरु भए ता पनि तामाङ शब्दले नेपाल र एसियाली हिमालय क्षेत्रको प्राचिन र ऐतिहासिक समुदायलाई बुझाउँछ । काठमाण्डौ उपत्यकाको मानव सभ्यताको आरम्भको कुरा गर्नु पर्दा स्वयम्भू पुराण र स्थानीय जन श्रुति अनुसार उपत्यकामा नागदह थियो र यस नागदहमा श्री ज्योतिरूप स्वयम्भूको दर्शनार्थ महाचीनको पञ्चशिर्ष पर्वतको थुम्कोमा रहनु भएका महामञ्जुश्रीका निर्वाणकाय (टुल्कु) श्री मञ्जुदेवाचार्य महाचीनबाट नागदह याम्बु (काठमाण्डौ) उपत्यका आउनु भयो। श्री ज्योतिरूप स्वयम्भूको दर्शन गर्न नागदहको पानी सुकाउँदा सजिलो हुने देखि आफ्नो राल्डी (खड्ग)ले दहको किनार काटी पानी सुकाए पछि नागदहले बनाएको मलिलो भूमिमा सबै तिरबाट आएका लोकजनहरूलाई बसोबास गराइ देवपट्टन नामक सहर बसाली आफूसँगै आएका राजकुमार धर्माकरलाई राजा बनाए भन्ने ऐतिहासिक लोक आख्यानलाई सार्थकता दिन खोज्ने एउटा पुरातत्वकी अध्ययनको निचोड यस्तो छ।
सन १९७८ मा नेपाल रसिया सँस्कृतिक सम्झौता अन्तर्गत रसियाका लेनिनग्राद विश्व विद्धालयका प्रागऐतिहासिक पुरातत्वविद् डा. एनातोली याकोब्लभ सेटेन्कोले काठमाण्डौको बूढानीलकण्ठको दक्षिण पूर्वतिर बानिया पाखा र पण्डित गाउँको बीचमा रहेको धोबी खोलाका किनारमा एउटा अध्ययन गरेको थियो। यस अध्ययनले प्राचीन पाषाण युग (उत्तरकाल ईशा पूर्व ३०,००० वर्ष) का केही ढुङ्गे उपकरण विना पालिसका तर चोट दिएर ताछेर बनाएको पाषाण उपकरण प्राप्त भएको तथ्य सार्वजनिक गरेका थिए। यो पाषाण उपकरण उपत्यकामा भेट्नुलाई अनुसन्धाकर्ता डा. सेटेन्कोले आफ्नो अध्ययनको निचोडमा यो पाषाण उपकरणको प्रयोग गोवीबाट सुरु भएर सुदूर पूर्व एसिया (पेकिङ) हुँदै याम्बु (काठमाण्डौ) उपत्यकामा आइ पुगेको अनुमान लगाएका थिए। पेकिङ मानवको आकृतिसँग मिल्ने मंगोलायड समुदाय तिब्बत र हिमालय हुँदै काठमाण्डौ उपत्यका आइ पुगेको कुरा निष्कर्ष निकालेका थिए । एसियाकै जेठो मानव विकास चिनको पेकिङमा भेटिएको मानव आकृति आजको काठमाण्डौ उपत्यकाको वरिपरि बसोबास गर्ने तामाङ समुदाय मंगोल समुदायसँग मिल्ने हुँदा महाचीनबाट आउनु भएका महामन्जुश्री (फाबा ज्याम्पेयाङ) ले उपत्यकाको नागदह सुकाएर बस्ती बसालेको भन्ने ऐतिहासिक जनआख्यानलाई पुष्टि गर्ने प्रयास गरेको छ।
त्यसैगरी आफूलाई ज्याम्पालयाङ (महामञ्जुश्री) कै सन्तानको रूपमा दाबी गर्ने तामाङ समुदाय जसको आज पनि काठमाण्डौ उपत्यका भित्र र वरिपरि याम्बु, सैंबु, मुर्मी, मुल्मी, सँयजु (सैंजु), सँय आदि उल्लेखित तामाङ समुदायसँग सम्बन्धित थुप्रै ऐतिहासिक अभिलेखहरूलाई केलाई खोज्ने हो भने लिच्छविकाल देखि मध्यकाल सम्मकै पाइन्छ। उपत्यकाको तामाङहरू नै मंगोल मूलका सबै भन्दा पुरानो मानव समुदाय हुन भन्ने कुरा विद्वान् मानव तथा समाज शास्त्री स्व.जनकलाल शर्माले पनि पटक पटक उल्लेख गर्नु भएको छ। जसको धर्म, भाषा, सँस्कृति, वेषभूषा, रूपरंग आदी चिनिया मंगोल-मूलका सँग हुबहु मिल्छ।
यही ऐतिहासिक तथ्यले तामाङ समुदाय नेपाल कै सबै भन्दा पुरानो मानव वंश हो भन्ने प्रमाणित गर्छ । त्यति मात्र होइन, तामाङ समुदायको महान् चाड नयाँ वर्ष ल्होछार उत्सवले पनि तामाङ समुदाय पुरानो हो भन्ने प्रमाणित गर्छ, किन भने काठमाण्डौ उपत्यकामा प्रागैतिहासिक काल देखि रहि आएको स्वयम्भू महाचैत्यको पूर्व अभिमुखमा सुप्रतिष्ठित अक्षोभ्य बुद्धको सन्मुख स्थापित धर्मधातु वागीश्वर मण्डलको पीठमा अङ्कित तत्त्वीय खगोलशास्त्रका १२ जीव जन्तुको चक्र (ल्होकोर च्युङनी) रहेका छ। यो प्राचीन चिनियाँ तत्त्वीय खगोलशास्त्रका प्राचीन संकेत चिन्हहरूले नेपालमा आलेखन प्रणाली आउनु अगाडी नै यो चित्रलिपि प्रणालीय खगोलशास्त्रको प्रयोग भएको पुष्टि गर्दछ। अझ यसले नेपालमा यो परम्परा प्राग-ऐतिहासिककाल देखि नै थियो भन्ने पुष्टि गर्दछ।
नेपालमा यो चिनियाँ खगोलशास्त्र अनुसारको नयाँ वर्ष उत्सव (ल्होछार) तामाङ समुदायले मात्र आज पनि चिनियाँहरूले मनाउने दिनमा नै मनाउने गरि आएका छन् अर्थात् चिनियाँ र तामाङ ल्होछार पद्धती एउटै हो । नेपालको यो तत्त्वीय खगोल तथा ज्योतिषशास्त्रको प्रयोग कहिले देखि आरम्भ भयो भन्न कठीन भए ता पनि चीनमा यो परम्परा आज भन्दा पाँच हजार वर्ष अघि देखि अर्थात् चिनको सिया राज्यकालमा (२१००-१६०० ई. पू.) प्रचलनमा आएको हो र तत्त्वीय ज्योतिष तथा खगोल शास्त्र परम्परा आजसम्म पनि त्यही रुपमा चलिरहेको छ।
त्यसकारण तामाङ समुदायको महान् चाड ल्होछार नयाँ वर्ष उत्सवमा मात्र सीमित छैन । यो उत्सव तामाङ समुदाय र तामाङसालीङ भूमिको प्राचीनतालाई पुष्टि गर्ने एउटा प्राचीन सांस्कृतिक आधार समेत भएको छ । यसको साथै संसार मै चलिरहेको राष्टि्य मुक्ति आन्दोलन भन्दा नेपालका हामी तामाङ लगायत मूलबासीहरुको राष्टि्य मुक्ति आन्दोलनले पनि पृथक रहन सकेन जसको फलस्वरुप तामाङ समुदायको, तामाङ राष्ट्रको राष्टि्य मुक्ति आन्दोलन चलि रहेको छ । यो तामाङ समुदायको राष्ट्रिय मुक्ति आन्दोलनले तामाङ समुदायको अर्थात् राष्ट्रको छुट्टै सङ्घिय ताम्साली गणराज्यको पहिचानलाई राजनैतिक मान्यता समेत स्थापित गर्न थोरै सफलता तर्फ उन्मुख भइसकेको छ । यही सन्दर्भमा तामाङ राष्ट्रको ऐतिहासिक र प्राचिन गणराज्यको उत्खनन अध्ययनले तामाङसालीङ भित्र तीन प्राचिन सङ्घिय तामाङ गणराज्यहरु रहेको तथ्य पुष्टि हुन आएको छ ।
तामाङ समुदायको केन्द्रीय सङ्घिय गणतन्त्रात्मक राज्य भएको कुरामा भने कुनै सन्देह छैन । यस विषयमा अझ विस्तृत र व्यापक रुपमा गहिराइ सम्म पुग्न थुप्रै अध्ययन अनुसन्धानहरु हुन जरुरी छ । तामाङ समुदाय वा राष्ट्रको प्राचीनता र सङ्घियतालाई बुझ्न र बुझाउन यहाँ यस लघु-अध्ययनमा थोरै प्रयास गरेको छु । बोद सङ्घियताको पर्याय नै महान एवं विशाल सङ्घिय तामाङ समुदाय (राष्ट्र) र राष्ट्रीयता होः तामाङ शब्द प्रयोगका दृष्टिले मुख्यतय नेपालको राजधानी वरिपरिको र उपत्यकामा प्रथम आवाद गर्ने मंगोल मूलको मानव समुदायलाई बुझाउन प्रयोग भइ आएको छ । तामाङ शब्दको प्रयोग विदेशी विद्वान् म्याक्डोनाल्डका अनुसार हालको मुस्ताङ जिल्लाको गुन्थाङ जो पुराङ राज्यको एक भाग थियो'। त्यहाँका राजा बुम देंगोन जसले सन् १२५३ देखि १२८० सम्म राज्य गरेका थिए। उनको वंशावलीमा तल्लो मुस्ताङमा रहेका 'से मोन शेरिब अधिराज्य'का तामाङहरूलाई दबाउन मुक्तिनाथमा किल्ला बनाउन लगाएको भन्ने वृतान्त उल्लेखित छ। सो वृतान्तले तामाङ शब्दलाई राष्ट्रको रूपमा र समुदाय (राष्ट्र) वाचक संज्ञाको सूचकको रूपमा ७०० वर्ष अघि देखि प्रयोग भएको तथ्यको उजागर भएको छ। किन भने एउटा राज्य वा राष्ट्र वा मुलुकलाई डर अर्को राज्यबाटै हुन्छ। त्यो कुरा यहाँ झल्किन्छ।
तसर्थ यो नै नेपालमा भेटिएको तामाङ राष्ट्र (समुदाय) लाई बुझाउन तामाङ शब्दको प्रयोग भएको एकमात्र सबैभन्दा पुरानो अभिलेख हो भने यो क्षेत्रलाई माथ्लो मुस्ताङ भोटको रूपमा चिनिन्छ । यही क्षेत्र तिब्बतमा सबै भन्दा पहिले बौद्ध धर्म फैलिनुमा महत्व राख्ने अुअीसाम्य(सामय्) गोन्पा बन्नु पहिले बनेको भन्ने विश्वास गरिएको लोगेकर (लोग्यागार) गोन्पा छ । अनि यही क्षेत्रमा नेपालकै साबै भन्दा पुरानो मानव वस्तीको पुरातात्वीक अवशेष भेटिएको छ । तामाङ समुदायको लिखित वंशावलीमा यो क्षेत्रलाई तामाङ समुदायको उदगम स्थलको रुपमा उल्लेख गरिएको छ र उत्तरी बौद्ध सम्प्रदाय सबै भन्दा पुरानो मत ङीङमा सम्प्रदायका अनुयायी सबैभन्दा पुरानो (३० हजार वर्ष अघिको मानव समुदाय) र धरै जनसंख्या भएको मूलबासी समुदाय पनि तामाङ नै हुनुले पनि त्यो क्षेत्र तामाङसमुदायको बाब्सा उदगम स्थल हो भन्ने कुराको पुष्टि हुन्छ ।
तामाङ वंशावली अनुसार हुम्ला, जुम्ला भन्दा माथिका चीनको तिब्बतको दक्षिण पश्चिमको मानवसरोवर भन्दा मुनितिरको उरवर प्रदेशलाई 'स्याङस्युङ' युल भनिन्छ । हाल यो चिनको दक्षिण पश्चिम तिब्बतमा अर्थात् माथिल्लो मुस्ताङको उत्तर पश्चिम तर्फ पर्छ । तामाङ वंशावलीमा तामाङसमुदायको 'स्याङबो' थरको 'बाब्सा' उद्गम स्थल 'स्याङस्युङ' हो अर्थात् 'स्याङस्युङ युलरी स्याङबो बाब तथा नेपालका हालको मुगु जिल्लाको कर्मारोङ क्षेत्र जहाँ अझै आफूलाई तामाङ भनेर चिनाउनेहरु छन् वंशावलीमा 'मुगु ग्याल्सारी मोक्तान बाब' अर्थात् मुगु राज्य मोक्तानको उद्गम स्थल हो भनेर वर्णन गरिएको पाइन्छ । यही क्षेत्र आसपास 'स्याङस्हुङ युल्टी स्याङबो बाब', 'मुगु ग्याल्साटी मोक्तान बाब', र 'पुराङ च्यात्टी पाख्रीन बाब' (हालको मुक्तिनाथ क्षेत्र) तामाङ वंशावली अनुसार प्राचीन तामाङ 'बाब्सा' अर्थात् वासस्थान 'पुराङ' हो । मुक्तिनाथ क्षेत्रको नाम मुक्तिनाथसँग नजोडिदा ता का पुराङ कै अधीनस्थ क्षेत्र थियो र आज पनि स्थानिय भाषामा यस क्षेत्रको स्थान नाम 'पुराङ' नै भनेर भनिन्छ । पुराङ तामाङ वंशावली अनुसार तामाङ समुदायको उद्गम स्थल हो ।
आजसम्म मुक्तिनाथ देखि मुनीतिरका बासिन्दा जो मातृभाषामा आफ्नो समुदायलाई बुझाउन 'तमङ' शब्दको प्रयोग गर्ने थकालीहरूको मूल थलो कागबेनी, ठीङी, जोमसोम, मार्फा आदि स्थानहरू रहेका छन् । त्यस्तै थकालीहरू माझ आफ्नो जातीय चिनारी दिदा थकाली भित्र पनि लालचन, भट्टचन, सेरचन, गौचन भनेर चिनाउन नचाहने र आफूलाई आफ्नो भाषामा चिनाउनु पर्दा तामाङ भनेर चिनाउनुमै गर्व गर्नेहरू आज पनि जोमसोम, ठीनी लगायत गाउहरुमा पाइन्छन् । त्यसो मात्र होइन आजका तामाङसालीङ भुगोलका ऐतिहासिक संघिय गणराज्यको अभ्यास आजसम्म ज्युका त्यु छन । थाकखोलामा मात्र ३ गाउले, १२ गाउलेको रुपमा अर्थात् अनेत्र १२ तेमाल, १२ गोर्स्याङ, १२ लच्याङ जस्तै प्राचीन विशाल बोद संघियता भित्रको गणराज्यहरुको अवशेषको स्वरुप पाइन्छ । त्यसैगरी गुरुङ समुदायमा आज भोलि गुरुङ भन्नुमा भन्दा बेसी तमु भन्नुमा गर्व गर्दछन् ।
हुम्लाका लामाहरू पनि पहिले हुम्ली तामाङ भनेर चिनाउने गर्दथ्यो, मुगु कार्मारोङ क्षेत्रकाहरुको पाँच पुस्तासम्मका लेखोटमा आफ्नो जातिगत वंशकारुपमा तामाङ लेख्ने गरेको अभिलेख पाइन्छ । उनीहरुले पनि आजभोलि आफ्नो छुट्टै पहिचानको खोजिमा 'लामा' भन्नुमा गौरव गर्न थालेका छन् । तापनि नेपालको राजधानीलाई नेपालको सिमानाको उत्तर हिमाल, दक्षिणमा चुरे, तराइ या पूर्व-पश्चिम चारैतिर घेरेर घना बसोवास रहेको तामाङ समुदाय जसलाई यहाँका सामन्ती शासकहरुले भोटे, लामाभोटे, घलेभोटे, घले, लामा भनेर विदेसी या फरक राष्ट्रको अर्थमा हेय भावले सम्बोधन गर्ने गरेको थियो, आज पनि छ । यही कुरा हाम्रो आधारभूत राष्टि्य पहिचानका आधार भएको छ । यहाँ सामन्ती सत्ताधारीबाट भोटेको संज्ञा पाएका हामीहरुको भाषा, संस्कृति र भेषभुषा एकरुपता र समता पाइन्छ ।
हाम्रो प्राचीन पहिरन मुख्य रुपमा उनबाट बुनेको बनेको हुन्थ्यो । जसमा आजभोलिको भाषामा स्योल्दो(छ्युपा), वख्खु |