April 30, 2012

IS NEPAL HEADING TOWARDS COLLISION AFTER MAY 28 ?

[The beautiful Himalayan country of Nepal now seems to be taking a collision course as the Constituent Assembly  is again failing to promulgate a new constitution by 28th of May this year. A 601 member Constituent Assembly is sitting in Kathmandu since 2008  to produce a constitution to the country. But apparently,  this year also the assembly is not promulgating any constitution. Yesterday, an impressive public program  was organized in Pokhara in support of Tamuwan ( Gurung State or Province). Interestingly, in the program the Limbuwan Leader Kumar Lingden announced he would promulgate a constitution for Limbuwan should the government fail to promulgate one on May 28. He added  that he has been fighting for Limbuwan since last 10 years and his constitution is ready at hand to promulgate on May the 29th.  But  media from Kathmandu report below a political party floating a demand  that government recognize Brahamans, Chhetris and Dashnami Sanyashis as Janajatis of Nepal, so that they would also have their 'homelands'. But surprisingly however, the Kathmandu media  did not report the program which was live cast from Pokhara to the world audience.  The government of Nepal should seriously take the issue to save the country from another strife. - The Blogger] 


लेखक - बि. के. राना 
ज लेख्नै पर्ने भो | के गर्ने त नलेखी नहुने भो |कुरा  त्यस्तै पर्यो र नलेखी धरै पाइएन | काठमाडौँबाट 'नागरिक दैनिक'ले एउटा समाचारमा लखेको छ - "चुरेभावर राष्ट्रिय एकता पार्टीले मुलुकको आधा जननसङ्ख्या भएका मुख्य जातिहरुलाई ७ दिनभित्र आदिवासी जनजातिको सूचीमा राख्‍नमाग गरेको छ। ब्राह्मण, क्षत्री, ठकुरी र दशनामीलाई ७ दिनभित्र आदिबासी जनजातिमा सूचीकृत नगरे आमहड्तालमा उत्रने चेतावनी उसले दिएको छ।"

यसमा कुरो के हो भने "ब्राह्मण, क्षत्री, ठकुरी र दशनामीहरु नेपालका  आधा जनसङ्ख्या भएका मुख्य जातिहरु" भनिनु  नेपाल सरकारको तथ्यांक विभागको तथ्यांकलाइ मिथ्यांक सिद्ध गर्न खोज्नु हो | किनभने ब्राह्मण, क्षत्री, ठकुरी र दशनामी लगायत तथाकथित् ' मुख्य वा माथिल्लो जात ' भनिनेहरु बढीमा  जम्माजम्मी  ३६.५६ % मात्र  छन भने कसरी आधा जनसंख्या हुन् सक्छ यो समूह बरु यो तथाकथित् "मुख्य वा माथिल्लो जात' भनिनेहरु भन्दा त आदिवासी जनजातिहरु एकमुष्ट ३७ .३८ % ले  ठुला  छन | यसमा  दलितहरु  २१ .७९ %  र मुसलमान लगायत अन्य  ४ .२७ %  समेतलाइ पनि जोड्ने हो भने  कुल जनसंख्याको ६३.४५%  जनता विकासको मूलाधारमा   आउनबाट बन्चितिकरणमा  पारिएका छन  वा वन्चित गरिएका छन  |  

समाचार पत्र वा पत्रपत्रिकाहरुले एक पक्षको मात्र कुरा लेख्न  थाले   भने ती समाचार पत्रहरु  वा पत्रिकाहरुलाइ भोलि गएर आदिवासी जनजातिहरुले वहिस्कार नगर्लान भन्न सकिन्न | एक समूह मात्रको पक्षपोषण भएमा त्यस्तो अखबारहरुलाइ आदिवासी जनजातिहरुले  'विज्ञापन- नाकावन्दी लगाउदैनन भन्न पनि सकिन्न |  

अब कुरा के हो भने आजै पोखरामा 'तमु यूल़ा' अर्थात तमुवानका निम्ति   तेत्त्रो  विशाल सभा  भो, हामीले यहाँबाट प्रत्यक्ष प्रशारण अर्थात  लाइभ नै हेर्यौं घन्टौ सम्म | तर  त्यसको सो नागरिक दैनिकले अहिलेसम्म कुनै रिपोर्टिंग गरेको छैन | प्रतिक्षामा छौ कस्तो रिपोर्टिंग गर्दो रहेछ भनेर  | अर्को शव्दमा भन्नु पर्दा पत्रपत्रिका  वा  पुरै नेपाली  संचार जगतमा  अझै पनि पंचायती धग्धंगी गएको छैन जस्तो छ | त्यो पंचायती धग्धंगी कायमै रहेको छर्लंग देखियो |

अब सिधा कुरा, खस्रो कुरा के भने -  ब्राह्मण-क्षत्रीहरुलाई आदिवासी  जनजातिमा राख्न मिल्दैन | यो ढंगले सरकारका सामु माग राखिनु  कुनै पनि हिसाबले ठीक  छैन | यो संविधान ल्याउन नदिने बेतुकको बखेडावाजी मात्र हो भन्ने सबैले बुझेकै कुरा हो | यसले त्यो सुन्दर हिमाली मुलुकलाई द्वन्द र  भिडन्तको दिशातिर अरु अग्रशर गराउछ, जुन कुनै हालतमा ठीक हुदै होइन| सरोकारवालाहरुले यसबारेमा विचार गर्ने नै छन  |

ब्राह्मण-क्षत्रीहरु अन्तराष्ट्रिय श्रम संगठन [International Labour Oorganization] को  अभिसन्धि संख्या  १६९ को विभिन्न ४४ धारा मद्ध्य कुनै धाराको पनि  सीमा   र परिधि भित्र पर्दै पर्दैनन् | नेपालमा झन्डै ९० प्रतिशत ब्राह्मण-क्षत्रीहरुको एउटै कुराले, अर्थात राष्ट्रिय श्रोत र साधनमाथि उनीहरुको सैयौ वर्षदेखिको अनवरत कब्ब्जाले  नै उनीहरुलाई जनजाति हुनबाट ड्याम्मै छेक्छ | उनीहरु राष्ट्रिय  जीवनमा कहिँ कतै पछि नपरेका कारण उनीहरु जनजाति कहलाइनका निम्ति विल्कुलै अयोग्य छन् | साथै तत्कालिन श्री ५ को सरकारले २०५८ साल माघ  २५ गते प्रकाशित गरेको राजपत्र भाग - २, खण्ड ५१ अतिरिक्त अंक ६७ ले नै स्पस्ट गरेको छ - नेपालमा को  को जनजाति  हुन् र को चाहिँ होइनन भनेर |

विक्रम सम्बत  ४२८को  थानकोट आदिनारायणको राजा वशन्तदेवको   अभिलेख र ब्राह्मणहरुको  कुरा :

यसबाहेक  विक्रम सम्बत ४२८ को    थानकोट आदिनारायणको  राजा वशन्तदेवको   अभिलेखलाइ टेकेर ब्राह्मण-क्षत्रीहरुले आफुलाई आदिवासी वा  जनजातिमा दरिनामा वा  राखिनकानिम्ति यो दावी गरेका हुन भने हो भने त्यो झन सरासर गलत हो | किनभने त्यो अभिलेखले नेपालका  "ब्राह्मण, क्षत्री, ठकुरी र दशनामीहरु" आदिलाई आदिवासी भएका प्रमाणित गर्दैन उल्टै आप्रवाशी भएको सिद्ध गर्दछ | जो आदिवासी होइन त्यो, माथि भनिएको २०५८ को राजपत्रमा प्रकाशित सूचना वा कानून वमोजिम  अनुसार पनि  जनजाति  हुन् सक्दैन  | हो, त्यो विक्रम सम्बत ४२८ को    थानकोट आदिनारायणको  राजा वशन्तदेवको   अभिलेखको पाचौं हरफमा " जयपल्लिकाग्रामे नि[वासोप्ग]तान व्राहमणपुरस्स " अवस्य नै लेखिएको छ | यसमा उल्लेख भएको "व्राहमणपुरस्स"  भन्ने  शव्दले  त्यसबेला थानकोटतिर व्राहमणहरु वसोवास गर्दा रहेछन भन्ने प्रमाणित गर्दछ | यसमा कुनै सन्देह छैन तर  माथि भनिएको त्यहिँ थानकोटको अभिलेखको १९ सौ र २० सौ  हरफहरुमा - "तदेत्स्मिन्ग्रामे ये प्रविष्टा: प्रविविक्षवश्च व्राहमणप्रधाना: साष्टादश प्रक्रिताय्स्तेशामत्र ..." आदि लेखिएको छ | यो "तदेत्स्मिन्ग्रामे ये प्रविष्टा: प्रविविक्षवश्च व्राहमणप्रधाना:"मा भएको 'व्राहमणहरु' "तदेत्स्मिन्ग्रामे ये प्रविष्टा:"ले पछि प्रवेश गरेका हुन भन्ने स्पस्ट गर्दछ | त्यसैले थानकोटतिर  व्राहमणजनहरु पछि आउने आप्रवाशी थिए | यसमा कुनै संशय छदै त छैन |

अब यस बाहेक अर्को कुन कुराले व्राहमणजनहरु नेपालका आदिवासी वा जनजाति त ? निश्चय नै शेर्पाहरु नेपाल निक्कै पछि  १६रौ शताव्दीतिर मात्र  प्रवेश गरेका हुन | तर व्राहमणजनहरु नेपालका आदिवासी वा जनजाति  हुदै नभएको कुरालाई बखेडाबाजीको भाँडो बनाइएको मिलेन |

हो, एउटा कुरा कि नेपालका  ब्राह्मण, क्षत्री, ठकुरी र दशनामीहरु नेपालमा बस्न पाउने वा नपाउने त ? पाउने किन नपाउने नि | उनीहरुको ऐतिहासिक थातथलो नभएकाले वा त्यस बारेमा खुट्याउन  नसकिने भएबाट  उनीहरुको आफ्नै जाति नामको प्रदेश बनाउने सम्भावना नभएपनि उनीहरुको आफ्नो ठाउ कहाँ त ? नेपालबाट उनीहरुलाई बाहिर कहाँ पठाउने त ? मिल्छ त यो कुरा ? अहं मिल्दै  मिल्दैन, उनीहरुले पनि नेपालमा धेरै पहिलेदेखि जन्मदै रहदै बस्दै आएका छन |


त्यसैले   आजको  स्थितिमा उनीहरुको जन्मथलो पनि नेपाल नै भएकाले उनीहरुलाई पनि मिल्ने गरी कुराहरु अघि  बढाइनु आवश्यक छ | एउटा सहमतिको वातावरण बन्नु आवश्यक छ | नानाथरी तिकडम  र  पत्रपत्रिकामा आएको यस प्रकारको प्रचारवाजीले कसैलाई पनि फाइदा गर्दैन |

*****
काठमाडौंवैशाख १७ (नागरिक)- चुरेभावर राष्ट्रिय एकता पार्टीले मुलुकको आधा जननसङ्ख्या भएका मुख्य जातिहरुलाई  दिनभित्र आदिवासी जनजातिको सूचीमा राख् माग गरेको छ।  ब्राह्मणक्षत्रीठकुरी  दशनामीलाई  दिनभित्र आदिबासी जनजातिमा सूचीकृत नगरे आमहड्तालमा उत्रने चेतावनी उसले दिएको छ। 

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एकता पार्टीका महासचिव भूमिराज निरौलाले भनेहामीले दिएको  दिनका समयसीमालाई राज्यले हेल्चेक्र्याइँ गरे  औं दिनबाट देशभर आमहड्ताल गर्नेछौं  १५ दिनभित्र सरकारलाई घुँडा टेकाउनेछौं। 


भूगोलले नै किटान गरेको तराई पहाडको मेरुदण्डका रुपमा रहेको अखण्ड चुरेभावर प्रदेश कायम गर्नसमेत उनले माग गरे। 'अखण्ड चुरेभावर प्रदेश नभए १५ दिनपछि वार कि पारको स्थिति सुरु हुनेछ'- उनले भने।


पत्रकार सम्मेलनमा पार्टी उपाध्यक्ष चन्द्रप्रसाद खनालले चुरेलाई अतिक्रमण गरी प्रकृति प्रकोप नै सखाप पार्ने अतिक्रमणकारीलाई न्यायको कठघरामा ल्याउन आफ्नो पार्टीलाई जिम्मेवारी दिनुपर्ने माग पनि गरे।



Comments ( These comments were received via Facebook)
     


1) Aaryan haru Nepalka aadibasi hoinan (Puranlai 6odne ho vane) tara 60% Aaryan haru janajati hun.


2) Yo lekh bhramak tathyanka haruma aadharit6a kina vane 62% vanda badhi Aaryan haru Nepalma basobash gar6an chahe ti jun sukai jaat wa dharma bibhajit hun.

3) Barshaun dekhi rastriya sampatima kabja jamayeka Aaryan haru 25% matrai hun. Ho samagrama herda 80% Aaryan ra 20% Magoliyan milera rastriya sampati kabja gareka6an. Tara yini haru kun janashankhyako 22% vitra parna aau6an! Banki 78% Aaryan ra Mangoliyan haruka hatama shunna (0) nai pareko thiyo.


NOTE: Ma yi bahun 6etrika maag haru sanga pani sahamat 6aina.


BAHUN-KSHETRI haru Hindu Muslim dangako bela Bharatbata Gorkhama basobas garna aaeka Gopal Pande ra Narayan Aryal jasta VEDIK AARYAko santan hun. Risikesh Shahaka anusar saanai vae pani euta Hindu Rastra banaune uddesyale tiniharukai yojanama DRABYA SHAHAlai Gorakhako rajyasttama basaeko thiyo. Prithvi Narayan Shaha tyahi bansaka raja hun. ILO Mahasandhi 169 anusar RAJYA BISTARKO netritwa garne jaati vaekole VEDIK AARYA BAHUN-KSHETRIharu SHASAK JAATI hun. Rajya bistarko netritwa garne jaatilai ukta mahasandhi anusar AADIBASI bhanna mildaina. Tyasma rajya bistarko bakhat tyahan basobas garne banki sabai JAATI aadibasi hune byabastha 6a. Tyasaile 22se rajya samuhaka rajya satta khosieka Khas Jaati aadibasi hun vanei Rajya Bistarko netritwa garne Vedik Aarya Bahun-Kshetriharu Nepalka aadibasi hoinan.


"बाहुनको घुमाई क्षेत्रिको जाल, आयो सन्न्यासी तेरो काल !" संगठनले दशनामी सन्न्यासी हितमा राजनीतिक माग राख्नु भनेको राजनीति गर्नु हो तसर्थ राजनीतिक अधिकारको माग गर्नु हुदैन भन्ने नेपाल दशनामी समाज माइतीघरले जातिय राज्यको बिरोधको नाममा सन्न्यासीहरुलाई बाहुन  क्षेत्रीको झोला बोकाउँदै जनजातिसंग भिडाउने तयारी गरेको तर नेपाल दशनामी सन्न्यासी समाज राष्ट्रिय तर्दथ समितिले भने यसको बिरोध गर्दै सन्न्यासीहरुको बाहुल्यता रहेको सुनकोशी राज्यलाई सन्न्यासी स्वायत राज्य बनाउँनु पर्ने माग गेरको

@ BK Rana 

त्यो लेखमा भएका तथ्यांक, केन्द्रीय तथ्यांक विभागको 'राष्ट्रिय जनगणना प्रतिवेदन - २००१ को - पृष्ठ ७२ -७३' बाट लिइएको हो |