[Mr. Mardi ordered the couple to pay fines totaling 27,000
rupees, or about $442, Mr. Yadav said in a telephone interview. Mr. Sheikh paid
his portion and was allowed to leave, but when the young woman’s family refused
to pay, Mr. Mardi ordered villagers “to enjoy her,” said a police officer who
spoke on condition that he not be named.]
By Gardiner Harris And Hari Kumar
NEW DELHI — A young woman in West Bengal was gang-raped
this week on the order of a village council, to punish her for planning to
marry a man from outside the village, according to Indian police.
Thirteen people have been arrested in the case, including the
village chief who both ordered and participated in the rape, according to
Suraja Pratap Yadav, a police officer in the Birbhum district of West Bengal in
eastern India.
The episode began on Monday when Khaliq Sheikh, the man from a
different village, asked the young woman to marry him, and she accepted his
proposal, the police said. When Balai Mardi, the chief of the village, heard
about it, he quickly sought to block the marriage.
According to local news media accounts, villagers went to the
young woman’s house and detained Mr. Sheikh, and the next day, he and the young
woman were taken to the village square, tied to separate trees and accused of
breaking tribal rules.
Mr. Mardi ordered the couple to pay fines totaling 27,000
rupees, or about $442, Mr. Yadav said in a telephone interview. Mr. Sheikh paid
his portion and was allowed to leave, but when the young woman’s family refused
to pay, Mr. Mardi ordered villagers “to enjoy her,” said a police officer who
spoke on condition that he not be named.
She was then raped repeatedly in Mr. Mardi’s mud-and-thatch hut,
according to local media reports.
Mr. Mardi told the young woman and her family that if they
reported the rapes to the police, the village elders would burn their house
down, Mr. Yadav said. They went to the police anyway on Wednesday, and within
hours Mr. Mardi and 12 other suspects were arrested, he said.
The chief of police in the area, Sidh Nath Gupta, said that the
13 suspects were charged with rape, wrongful confinement, verbal threats and assault.
The victim has been admitted to a local hospital, where she is in stable
condition, Mr. Gupta said.
Sunil Soren, a tribal leader from a nearby village, insisted in
a telephone interview that people in the area “respect our women a lot.” But he
said that Mr. Sheikh and the young woman were “in an objectionable situation,”
and that such incidents “pollute the minds of youngsters.”
“In the excitement, some wrong things happened,” Mr. Soren said.
Village councils are common in rural India, particularly among
populations that are considered tribal, among the poorest groups in the
country. The councils often enforce strict codes of conduct, and in some cases
are deeply involved in deciding who will marry whom. Councils are often worried
that marriages to outsiders will dilute communal land claims, among other
concerns. Couples who defy the tribal marital codes are sometimes murdered.
Genetic researchers have found that India’s population has hundreds of distinct
sub-groups, in part because village councils have been enforcing marital codes
and limiting intermarriage for centuries.
Several widely publicized rape cases over the past year have
sparked outrage over sexual violence and violence against women in India, and
prompted changes in laws and greater awareness of the problem, although there
is little evidence that rape or gang rape occurs more frequently in India than
in other countries.
With just 7.5 percent of India’s population, West Bengal in 2012
accounted for nearly 13 percent of reported crimes against women. Whether that
demonstrates a higher incidence of such crimes or a greater willingness on the
part of local police to take such reports seriously is unknown.
Local politicians sometimes react angrily to the publicity given
to rape cases, which they believe reflect badly on their administration. The
chief minister of West Bengal, Mamata Banerjee, lashed out at rape victims last
year, saying in one case that a victim was lying, even though police found
evidence supporting the victim’s account.
The gang rape of a 23-year-old student on a New Delhi bus in
December 2012 prompted protests across the country. In response, the government
doubled the maximum prison term for rape to 20 years, created special courts to
prosecute cases more quickly, and made voyeurism and acid attacks specific
crimes under the law. Whether those changes have improved women’s safety in the
country is unclear.
@ The New York Times
किन भैरहेको छ किरात येले संवत बारे दुविधा ?
नयाँ बर्ष ३७९४ नै किन सही ?
[यो बर्ष पनि किरात नयाँ बर्ष ३७९४ वा ५०७४ भनेर बेग्लाबेग्लै शुभ कामनाहरु आइ रहेकाछन् । निश्चय नै यी दुई मिति बेग्लाबेग्लै होइन्न तर किन यस्तो भइरहेछ ? धेरैलाई खोजको विषय हुन सक्दछ । आउनुहोस यसको बारे थोरै चर्चा गरौ ।]
विश्वास दीप तिगेला
आफै पनि नजान्ने अरुले भनेको पनि नमान्ने केही किरातहरु आधारहिन येले तङ्वे, दोङ, थोचे भनेर ५०७४ लेखि रहेकाछन् । यो ५०७४ लाई संसारको कुनैपनि शुरवीरले यसरि गणना भएको हो भनेर आधार दिन सकेको छैन । त्यसैले यो हावादारी संवत चलाउनु आफैमा लज्जास्पद कुरा बनेको छ ।
यो ५०७४ संवत आधार नभएको कारण तथ्य पत्ता लगाउनको लागि केहीबर्ष अघि किरात येले संवत निर्धारण समिति बन्यो र त्यसले प्रकृयागत लामो खोज अनुसन्धान गरि ५०७४ को सट्टा ३७९४ हुनुपर्ने प्रमाण जुटाएको छ । अहिले पनि धेरैलाई यो ३७९४ को लागि प्राप्त आधारहरु थाह छैन तसर्थ उहि हावादारी संवत चलाईरहेकाछन् र थोरैलाई चाहि थाह भएर पनि उहि ५०७४ नै चलाई रहेकाछन् । त्यसको मुख्य कारण अरुले गरेको कामलाई स्वीकृति नदिनु र आफै पनि गर्न नसक्नु हो । तर विस्तारै उनीहरु पनि आधारयुक्त संवतलाई नै मान्न बाध्य हुनेछन् ।
येले संवत निर्धारण समितिले किरात पात्रो समेत प्रकाशित गरि सकेको छ र वर्षौबर्ष देखि संवत र पात्रोको बारे काम गरिरहेको छ । अर्को पट्टि केही किरातजन्य संस्था चाहि निर्धारण समितिले प्रमाणित गरेको संवतलाई स्वीकार्न आनकानी गरेका छन् भने उनीहरु आफैले अझ भरपर्दो आधार खोज्ने काम पनि गरेको पाइदैन । सिर्फ अरुले गरेकोलाई विरोध गर्नु मात्र दायित्व सम्झि रहेकाछन्, के त्यो पर्याप्त र सकारात्मक कुरा हो? किरात जन्य ४ वटै संस्थाको प्रतिनिधित्व रहेको निर्धारण समितिले गरेको कुरा अमान्य हो भने खोई त ती संस्थाहरुले संवत निर्धारणको बारेमा सिन्को भाँचेको? कतिपयले लामो कालखण्ड दर्शाउने संवत हुनुलाई गर्व ठानेका छन्, माया गरेका छन्, तर जति लामो कालखण्ड त्यति नै अस्थित्वमा ह्रास हुने साथै यथर्था इतिहास हुन सक्दैन भन्ने बुझन जरुरी हुदैन र ? संवत निर्धारण समितिको विगतको गतिविधि तथा उपलब्धिहरुलाई तल हेरौ ।
यो बर्ष पनि किरात नयाँ बर्ष ३७९४ वा ५०७४ भनेर बेग्लाबेग्लै शुभ कामनाहरु आइ रहेकाछन् । निश्चय नै यी दुई मिति बेग्लाबेग्लै होइन्न तर किन यस्तो भइरहेछ ? धेरैलाई खोजको विषय हुन सक्दछ । आउनुहोस यसको बारे थोरै चर्चा गरौ ।
वि.स.२०३० मा पहिलो पटक किराती तङ्बे भनी शुरुवात भयो र बि.स. २०४५ मा सिक्किमका जसहाँङ मादेनले येले तङ्बे भनी प्रचलनमा ल्याए । यी दुइ नामबाट ४० बर्ष फरकको संव्त शुरुभयो त्यसपछि चाहि येले दोङ, किरात सम्व्त, किरात एले संव्त र येले संव्त भनिन् थाल्यो । एउटै संव्तलाई बेग्लाबेग्लै नाम र बेग्लाबेग्लै मिति भएकोले यो समस्या समाधान गर्नको लागि अंग्रज बुद्धिजीबिहरु आपसमा गृहकार्यमा जुटे । अन्ततः प्राज्ञ कुलपति बैरागी काँईलाको संयोजकत्वमा ‘किरात येले संव्त अध्ययन समन्वय समिति’ निर्माण भयो र ३१ जनवरी २००९ पहिलो अन्तरक्रिया काठमाडौंमा सुसम्पन्न भयो । सोहि बर्षको अगष्ट ९ गते दोस्रो गोष्ठि भयो । सेप्टेम्बर ७ मा किरातजन्य ४ वटा संस्था किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, किरात याख्खा छुम्मा र किरात सुनुवार समाजका प्रतिनिधित्व रहेको भेलाबाट सर्वसम्मत ‘किरात येले संव्त’ नामाकरण गर्ने समन्वय समितिले निर्णय गरयो । अक्टोबर ३१ मा किराती सभासद्हरु संग र नोभेम्बर ७ मा बुद्धिजीबि तथा इतिहासविद्हरु संग खोजमुलक अन्तरक्रियाहरु भए । त्यसपछि १४ र १५ नोभेम्बरमा ‘किरात येले संव्त अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी’ सुसम्पन्न भयो । अन्तर्राष्ट्रिय गोष्ठीमा सिक्किम, दार्जिलिङ लगायतका विद्धानहरुको समेत ठूलो उपस्थिती थियो ।
निर्माणाधिन संविधानमा पनि यो किरात येले संव्त उल्लेख गरियोस भनी तत्कालिन प्रधानमन्त्रि समक्ष १४ जनवरी २०१० मा ज्ञापनपत्र बुझाइयो । सोहि बर्ष राष्ट्रपति, सभामुख, संस्कृति मन्त्रि, प्रतिपक्ष दलका नेतालाई समेत ज्ञापन पत्र बुझाइयो । ज्ञापनपत्र बुझाउनको लागि चुम्लुङ, यायोक्खा, छुम्मा र सुनुवार सेवा समाजका पदाधिकारी तथा प्रतिनिधिहरुको ब्यापक सहभागिता थियो । सोहि बर्षको मार्च ३१ मा छलफल कार्यक्रम मार्फत प्रथम किरात राजा यलम्बरको तस्वीरमा एकरुपता पनि ल्याइएको थियो ।
विभिन्न गोष्ठीहरुमा अत्यन्तै महत्वपूर्ण दस्तावेजहरु प्रस्तुत भए । धेरै बौद्धिकबर्गहरु मन्थनमा सामेल हुनुभयो । थप सोधखोजको क्रम निरन्तर चलिरह्यो । औपचारिक तथा अनौपचारिक दशकौं लामो अध्ययन अनुसन्धान चल्यो ।
‘किरात येले संव्त अभिलेख’ नामक २७० पृष्ठ भएको पुस्तक सन् २०१० मा प्रकाशित भईसकेको छ । उक्त पुस्तकमा विभिन्न गोष्ठिहरुमा प्राप्त सम्पूर्ण दस्तावेजहरु समावेश गरिएका छन् । सामुहिक दस्तावेजहरुमा यायोक्खा, चुम्लुङ, सुनुवार समाज, याख्खा छुम्माका पदाधिकारी तथा प्रतिनिधि ज्यूहरुले हस्ताक्षर गर्नुभएको छ ।
किरात येले संव्त अभिलेख पुस्तकको पेज २२७ र २२८ मा निम्नकुरा उल्लेख गरिएको छः
‘काठमाडौं मालीगाँउबाट पाइएको मूर्तिमा लेखिएको शिलालेखबाट संव्त १०७ मा राजा जयवर्माको नाम लेखिएको पाइएको हुनाले र गोपालराज वंशावलीको बर्णनमा ३२ पुस्ता किराती राजापछि बर्मावंशी राजाहरुको नामावली पाइनेमा यिनै जयवर्मा नामको राजाले आफ्नो राज्यस्थापना गरेको उपलक्ष्यमा आफ्नो सालिक सो मितिमा खडा गरेको बुझिन आउछ । यस आधारबाट किरात शासनको अन्त्य संव्त १०७ (ई.स.१८५) मा भएको र बर्मा वंशको शासन शुरु भएको देखिन आउछ । यस काल गणनाको आधारमा गोपालराज वंशावलीमा वर्णित ३२ पुस्ता किरात राजाहरुले शासन बर्षका अङ्कहरु सबै जोडेर हिसाब गर्दा हुनआउने काल गणनालाई किरात राजवंशको शासन अवधि मान्नुपर्ने देखिन्छ । उल्लेखित ई.स. १८५ बाट पूर्व काल गणना गरेर हिसाब गर्दा निस्कने अङ्क १९६४ (१९६३ बर्ष ८ महिना) मा १८५ घटाएपछि हुनआउने १८७९ (१८७८ बर्ष ८ महिना) योगफलमा २०११ जोडेपछि हुन आउने समग्र योगफल ३७९० (३७८९ बर्ष ८ महिना) हुन आउछ । यसको आधारमा किरात येले संव्तको वर्तमान कालगणना ३७९० (३७८९ बर्ष ८ महिना) देखिन आउछ । यस अनुसार किरात राजा एलम्ये/लुङ/यलम्बरको शासन आरम्भ बर्ष ई.पू. १८७९ (१८७८ बर्ष ८ महिना) पूर्व भएको मान्नुपर्ने देखिन्छ ।’ (यो पुस्तक सन् २०१० प्रकाशित भएको र हाल ४ बर्षपछि ३७९० मा ३ जोड्दा ३७९४ हुन आउदछ ।)
संव्त निर्धारणको लागि डा. जगदीशचन्द्र रेग्मी, मञ्जुल याक्थुम्बा, दुर्गाहाँङ याक्खा राई, सचेन राई, प्रा दिनेशराज पन्त, प्राज्ञ अमर तुम्याहाँङ लगायत दुई दर्जन भन्दा बढिले खोजमुलक तथा तथ्यपरक लेखहरु अघि सार्नुभएको छ ।
चर्चा गरिएको किरातकालकै सेरोफेरोका सम्राट आसोकको अस्तित्वहरु फेला परेका छन् भने किरात कालिन प्रमाणहरु फेला पर्न सक्दैन्न भन्ने छैन यद्यपी संवत निर्धारणको सवालमा अहिले सम्मको भरोसिलो प्रमाण जयस्थिती मल्लको राज्यकालमा लेखिएको गोपालराजवंशावली र राजा वर्माको मूर्ति नै हो । अहिले प्रचलनमा रहेको ५०७४ संवत पहिलो पल्ट सिक्किमका जसहाँङ मादेनले प्रयोगमा ल्याएका हुन् । यो संवत गणनाको आधार भेटिन्दैन त्यसैले अर्को अकाट्य प्रमाण फेला नपरुन्जेल यहि गोपालराजवंशावली र राजा वर्माको मूर्तिलाई नै आधार मानेर संवत गणना शुरुगर्नु उपयुक्त देखिन्छ ।
अध्ययन समन्वय समितिले भनेको छः ‘अनन्त र अनिश्चित समय कुरेर हामी बस्न सक्दैनौ । हाम्रो सामु प्राप्त विश्वासनीय आधार जे छ त्यसको आधारमा सामुहिक र समुचित निर्णय गरेर अगाडि बढ्नु हाम्रो लागि सर्वथा सहि बाटो हो ।’
‘किरात येले संवत अभिलेख’ पुस्तक अध्ययन गर्ने जो कोहि किरात यलम्बर संवत ३७९४ भन्न शुरु गरेका छन् । पुस्तकको प्रकाशन प्रति थोरै हुनु, वितरण प्रभावकारी ढङ्गले नहुनु र सर्वसाधारणमा प्राप्त आधारहरु पुरयाउन नसक्नु नै किरात संवतको कतिऔ बर्ष हो भन्नेमा समस्या आएको हो ।
किरातजन्य संस्थाहरुले प्रमाणयुक्त अर्थात घटेको संवतको घोषणा लगभग यहि बर्ष भित्र गर्ने आस गरिएको छ । एकिन संवत चाहिन्छ यद्यपी दुविधा भएपनि नयाँ बर्षको दिन सम्झनु तथा शुभकामना आदानप्रदान गर्नु महत्वपूर्ण कुरा हुन् ।
राजा यलम्बरले अहिरवंशी माथि हमला गरि विजय प्राप्त गरेको दिन भएकोले माघ १ गतेलाई नयाँ बर्ष मानिन्छ भने मुन्धुम सम्मत चाहि चाँप फूलेको वेला नयाँबर्ष शुरुभएको कुरा प्रकृतिपुजक किरातहरुले मान्दै आएका छन् ।
संवत सबैले प्रयोग गर्न मिल्ने हुनुपर्दछ । किरात येले संवत नाम राख्ने सहमति भएपनि किरात शब्दले अन्यलाई बार लाग्न सक्दछ त्यसैले ‘किरात येले संवत’को सट्टा ‘येले संवत’ मात्र भन्दा अझ फराकिलो होला की ? हामी स्पष्ट होऔं । दुविधामा नबसौ । नयाँ बर्ष येले संवत ३७९४ को हार्दिक शुभ कामना ।
लेखकः किरात येले संवत अध्ययन समन्वय समितिका एक सदस्य हुन ।